सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
चीनले फेरि १० लाख खोप अनुदान दिने समाचारबाट नेपालमा उत्साह सञ्चार भएको छ । पैसा लिइसकेर पनि भारतले खोप रोक्दा नेपालीहरूमा चिन्ता छाएको थियो । कोरोना महामारीको चरम सङ्कटको यो बेला चीनले थप खोप अनुदानमा उपलब्ध गराउनु निकै नै सराहनीय विषय हो ।
कोरोनाको दोस्रो लहर फैलिएसँगै धेरैले खोपको महत्व बुझे । खोप लगाएका व्यक्ति सङ्क्रमित नै भए पनि ज्यादै सास्ती भोग्नु नपरेको अनुभवले पनि खोप छिट्टै लिन पाए हुने धेरैको मनसाय देखियो । यहीबेला भारतले खोप रोकेको हुँदा दोस्रो मात्राको खोप लगाउन हानथाप भइरहेको छ । खोप नै लाउन पाइन्न कि जसो गरेर एउटा समुदायको निम्ति आह्वान गरिएको क्षेत्रमा खोप लगाउन अर्को समुदाय पहिला नै लर्को लाग्ने गरेको छ । संसद् भवनमै लक्षित समुदायभन्दा अरू धेरै जना खोप लिन ताँती लागेपछि विवाद भयो र खोप कार्यक्रम नै स्थगित गर्नुभयो । ललितपुर, भैरहवा या विराटनगर जतासुकै आफ्नो मान्छेलाई मात्र खोप दिएको भन्दै लक्षित समुदायलाई खोप दिन बाधा भइरहेको छ ।
भारतबाट आएको पहिलो खोप कोभिड–१९ महामारीमा प्रत्यक्ष सेवामा लाग्नुपर्ने समुदाय स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधिहरू, सोसँग सम्बन्धित कर्मचारीहरू, एम्बुलेन्स चालकहरू, वित्तीय संस्थाका कर्मचारीहरू र दोस्रो खोप, ज्येष्ठ नागरिक समुदायलाई लगाइएको थियो । माघ र फागुनमा खोप लगाएका पहिलो समुदायका व्यक्तिहरूलाई दोस्रो खोप दिइरहेको छ । दोस्रो खोप कार्यक्रममा छुटेका पहिलो समुदायकै व्यक्तिहरूलाई जेठ ११, १२ र १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा खोप लगाइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालका खोप संयोजक सत्यराज शाक्य भन्छन्, “कोभिड–१९ विरुद्ध फ्रन्ट लाइनमा खटिएका १४÷१५ सय जना छुटेकाहरूलाई खोप खोलिएको हो । पहिलो खोप लिइसकेका ज्येष्ठ नागरिकहरूको लागि होइन ।”
गएको फागुन २३ गतेदेखि चैत २÷३ गते पहिलो खोप लिएका ज्येष्ठ नागरिकहरूको लागि दोस्रो खोप कहिलेदेखि सुरु हुन्छ ? निश्चित छैन । पहिलो खोप लिएका ज्येष्ठ नागरिकलाई जेठ अन्तिम सातादेखि असारको पहिलो हप्ताभित्र दोस्रो खोप लिइसक्नुपर्ने हुन्छ । त्यतिबेलासम्म उहाँहरूले खोप लिनुभएको १२ हप्ता पुग्छ । ज्येष्ठ नागरिकहरूले समयमै खोप पाउने आशा जनाउँदै संयोजक शाक्य भन्छन्, “खोप आउँदैन नभनौँ । ज्येष्ठ नागरिकहरूले पहिलो खोप लगाएको सरकारलाई थाहा छ । दोस्रो खोपको लागि सरकारले ल्याउँछ भन्ने भरोसा राखौँ ।” पहिलो र दोस्रो खोप दिने समय सुरुमा २८ दिनको फरकमा भनियो । अहिले एस्ट्राजेनिक र सिरम १२ हप्तापछि लगाउँदा प्रभावकारी हुने भनिरहेको छ । प्राविधिकहरूले भनेको कुरा सही पनि होला । तर, नेपालमा भारतबाट कोभिसिल खोप आउन रोकिनु र खोप दिने समयावधि बढाउनुले ज्येष्ठ नागरिकहरूमा आशङ्का उत्पन्न गरेको छ । कोभिसिल लगाएका ज्येष्ठ नागरिकहरू दोस्रो खोप लगाउन नपाइने त्रासले अन्य समुदायको निम्ति खुलेको ठाउँमा खोप लगाउन गइरहेका छन् । अनि खोप लगाउने कर्मचारीहरूले आफ्नै आमाबुबा र आफन्तहरूलाई खोप लगाइदिँदा समस्या आएको बुझाइ संयोजक शाक्यको छ । लक्षित समुदायलाई भन्दा आफ्ना मानिसहरूलाई खोप लगाएको देखेपछि रिस उठ्नु र विवाद हुनु स्वाभाविक नै भएको संयोजक शाक्यको धारणा छ । बुटवलमा छुट खोप कार्यक्रम सौहार्दपूर्णरूपमा सम्पन्न हुनुको कारण प्रस्ट पार्दै संयोजक शाक्य भन्छन्, “मेरै आमाबुबाले दोस्रो भ्याक्सिन लगाउनुभएको छैन । जब कि मेरै हातमा भ्याक्सिन थियो ।” खोप खुलेको थाहा पाएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अरू ज्येष्ठ नागरिकहरू पनि खोप लगाउन आएका थिए । तिनीहरूलाई सम्झाइबुझाइ फर्काएको संयोजक शाक्यको भनाइ छ ।
कोरोनाविरुद्धको खोप सुरु गर्दा धेरैले खोप लगाउन रुचि देखाएनन् । खोप लगाउने मान्छे खोज्दै हिँड्नु परेको नमीठो अनुभव पनि संयोजक शाक्यले सँगालेका छन् । माघ १४ गतेबाट लुम्बिनी प्रादेशिक अस्पतालमा खोप कार्यक्रम सुरु भयो । कार्यक्रम उद्घाटन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री आएका थिए । खोप लगाउन कोही तयार भएनन् । खोप लगाउन आफै अगाडि सर्दै अस्पतालका मेसु डा. राजेन्द्र खनालले भनेका थिए, “मैले नलगाए अरूले झन् लगाउनन् । जे पर्ला पर्ला ।” दोस्रो खोप त खोप संयोजक शाक्य आफैले लगाए । खोप सुरु गर्दाको तीतो सम्झना संयोजक शाक्य सुनाउँछन्, “एउटा भायल (सीसी) मा १० मात्रा हुन्छ । बडो मुश्किलले बल्ल बल्ल १० जना पु¥याएको थिएँ । एघारौँ मान्छेलाई खोप लगाउन आधा एक घण्टा कुर्नुप¥यो । हामी सुरुमा खोप लगाउनेलाई केही नराम्रो हुन्छ कि भनी हेरी बसेका थियौँ ।”
सुरुमा परीक्षणको लागि मात्र खोप आएको भन्ने हल्ला थियो । भारतमै खोप लगाएर झन् बिरामी भएको र मान्छे नै मरेको सुनिएको थियो । त्यही हल्लामा डराएर लुम्बिनी प्रादेशिक अस्पतालका दुई चार जना चिकित्सक र पन्ध्र बीस जना स्वास्थ्यकर्मीहरूले समेत खोप लगाएनन् । तिनीहरूले अहिलेसम्म खोप लगाउन पाएका छैनन् । खोप संयोजक शाक्य भन्छन्, “उतिबेला डराएको कारण केही चिकित्सक र स्वास्थ्यकर्मीहरूले अहिले पनि खोप लगाएका छैनन् । हामीले मन्त्रालयमा फ्रन्टलाइनमा खटिने चिकित्सकहरूले नै पहिलो डोज पनि पाउनुभएको छैन भनेर अनुमतिको लागि लेखी पठाए पनि सुनुवाइ भएको छैन ।”
कोरोनाको दोस्रो लहरमा खोपको प्रभावकारिता प्रस्ट देखिएको छ । “खोप लिएकाहरूलाई कोरोना सङ्क्रमण नै नभएको भन्ने होइन तर खोप लिएका मानिसहरू कोही पनि अस्पताल नै जानुपर्ने गरी सङ्क्रमित भएको थाहा छैन” संयोजक शाक्य थप्छन् ।
लुम्बिनी प्रादेशिक अस्पतालका खोप संयोजक सत्यराज शाक्य स्वास्थ्यकर्मीको नाताले कोभिड–१९ सङ्क्रमित बिरामीहरूको उपचारको लागि समन्वयमा सक्रिय भए । अक्सिजन अभाव भएको अत्यन्तै जटिल दिनहरूमा अक्सिजन व्यवस्थापनका लागि दोडधूप गरे । अक्सिजनको सिलिन्डर अभाव भएको भनियो र सङ्कलन पनि गरियो । यद्यपि, समस्या समाधान भएन । संयोजक शाक्य भन्छन्, “अक्सिजनको हाहाकार भएका ती दिनहरू सम्झन पनि चाहन्नौँ ।”
Leave a Reply