सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
काठमाडौँ, १७ जेठ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको आयोजनामा जेठ १३ गते माक्र्सवादी राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय गोष्ठी अनलाइनमा सम्पन्न भयो ।
गोष्ठीको उद्घाटनमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवम् जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको शुभकामना सन्देश पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख एवम् गोष्ठी उद्घाटन सभाका अध्यक्ष सोङ थाओले वाचन गर्नुभएको थियो ।
महासचिव सीको शुभकामना सन्देशमा माक्र्सवादले मानव जातिको विकासको नियमलाई स्पष्ट पारेको र माक्र्सवाद संसारलाई बुझ्ने र संसारलाई परिवर्तन गर्ने बलियो वैचारिक हतियार भएको उल्लेख थियो ।
“स्थापनादेखि चिनियाँ कम्युनिस्ट पार्टीले माक्र्सवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अङ्गीकार गरेको छ । चिनियाँ विशेषताको समाजवादले नयाँ युगमा प्रवेश गरेको छ । गोष्ठीले एक्काइसौ शताब्दीमा माक्र्सवादलाई नयाँ उचाइमा पु¥याउन सहयोग गर्नेछ ।” महासचिव सीको सन्देशमा उल्लेख थियो ।
लाओस जनक्रान्तिकारी पार्टीका महासचिव थोङलोन सिसउलीथको शुभकामना सन्देशमा माक्र्सवाद संसारलाई चिन्ने र बुझ्ने क्रान्तिको बाटो भएको उल्लेख थियो ।
ग्रीस कम्युनिस्ट पार्टीका महासचिव दिमित्रिस कोटसोमपासको शुभकामना सन्देशमा पुँजीवाद युद्धको स्रोत भएको उल्लेख गर्दै पुँजीवादी सञ्चार माध्यमले समाजवाद र चीनविरूद्ध दुष्प्रचार गरिरहेको उल्लेख थियो ।
रूसी सङ्घीय कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभको शुभकामना सन्देशमा जनताको हितलाई प्रतिनिधित्व गरेको हुँदा चिनियाँ कम्युनिस्ट पार्टी सफल भएको उल्लेख थियो । सन्देशमा गरिबी निवारण चिकपा स्थापनाको एक सय वर्षको राम्रो उपहार भएको र सोभियत सङ्घमा माक्र्सवादको सृजनात्मक प्रयोग नहुँदा पुँजीवाद पुनःस्थापना भएको उल्लेख थियो ।
ब्राजिलियाली कम्युनिस्ट पार्टीका अध्यक्ष लुसियाना सान्तोसको शुभकामना सन्देशमा नवउदारवादले ल्याटिन अमेरिकालगायत विश्वलाई शोषण गरिरहेको अवस्थामा माक्र्सवादको सृजनात्मक प्रयोगबारे गहन चिन्तन गर्नुपर्ने उल्लेख थियो ।
भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीको शुभकामना सन्देशमा पुँजीवादी व्यवस्थाले सङ्कटलाई पार लगाउन नसक्ने यथार्थ सन् २००८ को पुँजीवादी आर्थिक सङ्कट र अहिले कोभिड–१९ महामारी सङ्कटबाट पुष्टि भएको उल्लेख थियो ।
संरा अमेरिकाको कम्युनिस्ट पार्टीका सहअध्यक्ष जो सिम्सको तर्फबाट इयान गुडरनले अमेरिकी साम्राज्यवाद आफ्नो गुमेको प्रभाव पुनःस्थापना गर्न लागिपरेको र चीनविरूद्ध नयाँ शीत युद्धमा लागेको अवस्थामा माक्र्सवादी पार्टीहरूको अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउने चीनको विचार प्रशंसनीय भएको उल्लेख थियो ।
उद्घाटन गोष्ठीमा माल्डोभाली कम्युनिस्ट पार्टीका प्रतिनिधि भ्लाडिमिर भोरोनीनले चीनको सफलतालाई कसैले नकार्न नसक्ने बताउनुभयो ।
क्युवाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले क्युवा–चीन सम्बन्ध समानतामा आधारित भएको बताउनुभयो ।
इटाली कम्युनिस्ट पार्टीका मौरो अलबोरेसीले माक्र्सवादलाई आफ्नो देशको अवस्था अनुकूल प्रयोग गर्ने खुबी हुनुपर्नेमा जोड दिँदै चिकपाको सफलता माक्र्सवादी सिद्धान्तलाई व्यवहारमा उतार्नु भएको चर्चा गर्नुभयो ।
दक्षिण अफ्रिकाली कम्युनिस्ट पार्टीका ब्लेड जिमडिले अक्टोबर क्रान्तिको प्रभावमा सन् १९२१ जूनमा आफ्नो पार्टी स्थापना भएको उल्लेख गर्नुभयो ।
भियतनामी कम्युनिस्ट पार्टीका भु भान हिएनले माक्र्सवाद र जनताको सम्बन्ध रूख र अक्सिजनजस्तै भएको बताउनुभयो ।
उद्घाटन गोष्ठीका अध्यक्ष सोङले चीनमा भएको भ्रष्टाचारविरोधी अभियानमा पार्टीभित्रका साना झिङ्गादेखि ठूला बाघहरूलाई सजायको घेरामा ल्याएको उल्लेख गर्नुभयो ।
उहाँले चिकपाको संसारका १६० देश र क्षेत्रका ५६० राजनीतिक पार्टीसँग द्विपक्षीय सम्बन्ध रहेको र यसमध्ये आधा कम्युनिस्ट र वामपन्थी पार्टी भएको उल्लेख गर्नुभयो ।
उद्घाटनपछिको गोष्ठीको पहिलो चरणमा जनताकेन्द्रित दर्शन र गरिबी निवारण विषयमा छलफल भयो । छलफलको अध्यक्षता चिकपा केन्द्रीय पार्टी स्कूलका उपप्रमुख चन चान यिनले गर्नुभयो ।
यो छलफलमा चिनियाँ ग्रामीण पुनःस्थापना विभागका प्रमुख वाङ चनफूले माक्र्सवादी पार्टीको जनताकेन्द्रित सिद्धान्त हुनुपर्नेमा जोड दिनुभयो । संसारको गरिबी घटाउन पनि चीनको महत्वपूर्ण भूमिका भएको उहाँले उल्लेख गर्नुभयो ।
अस्ट्रेलियाली कम्युनिस्ट पार्टीका आन्द«ुले अस्ट्रेलियाली बुर्जुवा पार्टीहरूमा रहेको चीनविरोधी रोगसँग लडिरहेको बताउनुभयो ।
कङ्गोलियाली श्रमिक पार्टीका पियर मउसाले पनि बोल्नुभएको छलफलमा जर्मन कम्युनिस्ट पार्टीका पातृक कोबेलेले अमेरिका, बेलायत, जर्मनीजस्ता साम्राज्यवादी देशहरूले संसारका गरिब देशलाई शोषण गरी धनी बनेको उल्लेख गर्दै चीनले गरिबी निवारणलाई शब्दमा होइन व्यवहारमा देखाएको बताउनुभयो । उहाँले चीन स्वप्नलोक नभई वास्तविक भएको उल्लेख गर्नुभयो ।
मेक्सिकाली कम्युनिस्ट पार्टीका सिर्से कोमाचोले पुँजीवाद अमानवीय व्यवस्था भएको बताउनुभयो ।
गोष्ठीको दोस्रो चरणमा छाई फाङकुओको अध्यक्षतामा दर्शन र उच्चस्तरको विकासबारे छलफल भएको थियो ।
चिकपाका वाङ लिङकुईले चीनको विकास थप गुणस्तरीय हुने बताउनुभयो ।
ब्राजिलियाली कम्युनिस्ट पार्टीका मार्को खलिल जाब्बरले चीनका ठूला कम्पनी र बैङ्कहरू सार्वजनिक स्वामित्वको भएको उल्लेख गर्नुभयो ।
भाकपाका जी. देवराजनले कोभिड–१९ महामारीको समाधान आर्थिक वृद्धि भएको (संरा अमेरिका युरोपमा भारतलगायत) देशमा पनि नभएको बताउनुभयो ।
लाओ जनक्रान्तिकारी पार्टीका प्रतिनिधिले बोल्नुभएको छलफलमा बेलायती कम्युनिस्ट पार्टीका प्रतिनिधि रोवर्ट ग्रिफथाले चीनको समाजवाद उदाहरणीय भएको बताउनुभयो ।
सिरियाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले सन् २०३० सम्म चीन संसारकै ठूलो अर्थतन्त्र बन्ने उल्लेख गर्नुभयो ।
चिकपा केसका नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख वाङ लानच्युनले विकासको नयाँ अवधारणाको खोजी हुनुपर्ने औँल्याउनुभयो ।
गोष्ठीको तेस्रो चरणमा चिकपा पेकिङ विश्वविद्यालय समितिका सचिव छ्यऊ स्वयफीङको अध्यक्षतामा ‘क्षेत्र र मार्ग, सहकार्य तथा मानव जातिको लागि साझा भविष्यसहितको समुदाय’ विषयमा छलफल भएको थियो ।
छलफलमा चिकपा हुनान विश्वविद्यालय समितिका सचिव चियाओ याङ्गले चीन सन् १९४९ मा ब्यँुझेको, सन् १९७८ मा सम्पन्नतातिर लागेको र सन् २०१२ यता शक्तिशाली हुने बाटोमा बढेको उल्लेख गर्नुभयो ।
बेलारूसी कम्युनिस्ट पार्टीका सोकोल एलेनी, चिलियाली कम्युनिस्ट पार्टीका क्लाउडियो डे नेग्री, इजिप्टेली कम्युनिस्ट पार्टीका प्रतिनिधि, श्रीलङ्काली कम्युनिस्ट पार्टीका महासचिव वारासिङ्घे गेगानागो र तान्जानियाली कम्युनिस्ट पार्टीका प्रतिनिधिले बोल्नुभएको थियो ।
गोष्ठीको समापन चरणका अध्यक्ष चिकपाका प्रतिनिधि यूए याङछ्वाले मार्ग र क्षेत्र अवधारणा विश्वको साझा भविष्य भएको बताउनुभयो ।
बङ्गलादेशी कम्युनिस्ट पार्टी (माले) का दिलिप बरूवा र टर्की देशभक्त पार्टीका प्रतिनिधिले बोल्नुभएको समापन कार्यक्रममा चिकपा अन्तर्राष्ट्रिय विभागका उपप्रमुख छन चऊले माक्र्सवाद निर्देशक सिद्धान्त भएको बताउनुभयो ।
गोष्ठीमा ४८ देशका ५८ पार्टीका प्रतिनिधिहरूको सहभागिता थियो भने नेपाल मजदुर किसान पार्टीको तर्फबाट सचिव पे्रम सुवाल सहभागी हुनु भएको थियो । गोष्ठीमा एमालेका प्रमेश पोखरेल, माओवादी वैद्यका सीपी गजुरेल, मालेका सीपी मौनालीको सहभागिता थियो ।
Leave a Reply