अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
हेटौँडा, १७ जेठ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सोमबार बसेको बागमती प्रदेशसभाको आठौँ अधिवेशनमा नेपाली जनताले वास्तविक प्रजातन्त्र र गणतन्त्रको अनुभूति गर्न नपाएको बताउनुभएको छ ।
उहाँले अगाडि भन्नुभयो, “गणतन्त्र स्थापनाको १४ वर्षमा धेरै वटा सरकार बने र धेरै जना प्रधानमन्त्री–मन्त्री बने । तर, बहुमत जनताका लागि आवश्यक अस्पताल बनेनन्, स्कूल–कलेज र विश्वविद्यालयहरू बनेनन् । यहाँ केही बने त धनीमानीका निम्ति बने ¤ महामारीले देशको स्वास्थ्य क्षेत्रको वास्तविकता उदाङ्गो पा¥यो । अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट, आईसीयू, भेन्टिलेटर, अत्यावश्यक अन्य उपकरण, औषधि केही केहीको पनि जोहो त के उचित बन्दोबस्त पनि छैन ¤ पर्याप्त स्वास्थ्यकर्मी छैनन् ¤ स्वास्थ्य क्षेत्र खोक्रो साबित भयो । स्वास्थ्य प्रणाली असफल साबित भयो । यसका निम्ति अहिलेसम्मका सम्पूर्ण स्वास्थ्यमन्त्री, प्रधानमन्त्री तथा शासक नेताहरू जिम्मेवार छन् । सर्वसाधारण जनतालाई अस्वस्थ पार्ने, उपचारबिना मार्ने, देशलाई नै रोगी बनाउने र तीर्खा लाग्दा मात्र कुवा खन्ने स्वास्थ्यमन्त्री तथा प्रधानमन्त्रीहरूलाई एक दिन कठघरामा उभ्याइनेछ ।”
समृद्धिको कुरा गर्नेहरूले विद्यालय–विश्वविद्यालयलाई प्रविधियुक्त बनाउने प्रयास कहिल्यै नगरेको चर्चा गर्दै सांसद गोसाईले स्मार्ट सिटी बनाउने सपना बेच्ने बिचौलिया मन्त्रीहरूको ध्यान स्मार्ट विद्यालय, स्मार्ट विश्वविद्यालय, स्मार्ट शिक्षक बनाउनेतर्पm कहिल्यै नगएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विपत्तिको बखत जनताको जीवनसँग जोडिएका समस्या समाधानमा केन्द्रित बनोस्, पक्षपात र सङ्कीर्णताबाट मुक्त बनोस् ¤ केन्द्रका मन्त्रीभैmँ प्रहसन देखाउने कमेडीमन्त्री नबनून् ¤”
उहाँले भन्नुभयो, “देशको राजनीतिमा अराजकता एवम् अनुशासनहीनताले सीमा नाघ्दै छ । विदेशी चलखेल तथा दबाब नाङ्गोरूपमा चल्दै छ । जनताको अधिकार हिजो दरबारमा बुझाउनेहरू आज विदेशी शक्ति केन्द्रहरूलाई बुझाउन तम्सिरहेका छन् । नागरिकता अध्यादेशले फेरि एकचोटि स्वाभिमानी देशभक्त नेपालीलाई झस्काइदिएको छ । विपत्तिमा यसले अर्को महाविपत्ति थपेको छ ।”
विनियोजन बजेटको प्राथमिकता र सिद्धान्तबारे प्रदेशसभा सदस्य सैँजूको टिप्पणी
बाग्मती प्रदेशसभामा अर्थमन्त्री कैलाश ढुङ्गेलले सोमबार प्रस्तुत गर्नुभएको बजेटको प्राथमिकता सिद्धान्तबारे नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैंजूले टिप्पण गर्दै भन्नुभयो, “राजनीतिक पार्टीले लिएको सिद्धान्त र विचार बजेटमा प्रतिबिम्बित हुन्छ । बजेट विचारलाई व्यवहारमा उतार्ने एउटा आर्थिक–राजनैतिक दस्तावेज नै हो । मुखले कम्युनिस्ट सिद्धान्तको फलाकोबाजी गरे पनि बजेटमा समाजवादी मूल्य–मान्यता र बजेटको समाजवादी सिद्धान्त हिजोका बजेटहरूमा पनि थिएन र यसपटक पनि छैन ।”
प्रदेशसभाको शुरूआती वर्षदेखि नै चर्कोसँग लगाइएको समृद्धिको नारा र समाजवादउन्मुख अर्थतन्त्र निर्माणको गफगाफ यो पटक दोहोरिँदा शासक दललाई जनताले विश्वास गर्लान् र भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सिद्धान्तभन्दा परको बजेट भिक्षाटनमात्र हुने धारणा राख्दै प्रदेश सदस्य सैंजूले प्रदेश सभाको बजेटले देश र जनतालाई ऋणको पासोमा नराम्रोसँग बेर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ऋणमात्र ३ वर्षमा ८ खर्ब ४३ अर्बबाट बढेर १५ खर्ब ८९ अर्ब पुग्नु दुर्भाग्य हो । प्रतिव्यक्ति ५२ हजार ऋणबाट जनतालाई बोकाउने अर्थनीतिले देश झन्झन् परनिर्भर बनेको दृष्टान्त प्रस्तुत गर्छ ।”
बजेटको सिद्धान्तले आत्मनिर्भर अर्थतन्त्र, उत्पादनकेन्द्रित अर्थतन्त्र, स्वदेशी श्रमको स्वदेशमै प्रयोग गरी उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्ने नीति बनाउन आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।
प्रदेशसभा सदस्य संैजूले भन्नुभयो, “नेपालको हकमा नयाँ शिरा भनेको निजीकरणको अन्त्य गर्नु हो ।”
महामारीसँग लड्न सरकार पूर्णतः असफल प्रमाणित भइसकेको र लकडाउनमात्र गर्ने अन्य आवश्यक तयारी नगर्ने प्रवृत्तिले काम गरी खाने जनता, मजदुरहरू भोकले मर्ने स्थिति आएको उहाँले बताउनुभयो ।
Leave a Reply