भर्खरै :

श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे अन्तरक्रिया

काठमाडौँ, १८ जेठ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले समाजवादी साहित्य अध्ययन गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले प्रत्येक कार्यकर्ताले आफ्नो घरपरिवारसँगै बसेर अध्ययन गर्ने बानी विकास गर्नुपर्छ भन्नुभयो ।
भारत छिमेकी देश भए पनि छिमेकीले गर्नुपर्ने व्यवहार नगरेको उल्लेख गर्दै उहाँले चीन सरकारले महामारीविरुद्धको युद्धमा अन्तर्राष्ट्रियरूपमा साथ र सहयोग गर्दै आएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले नेमकिपाको स्पष्टतता, दृढता तथा इमानदारीको राजनीतिले हामी सदैव जनताको पक्षमा हुने बताउनुभयो ।
उक्त कार्यक्रममा सुरेन्द्र महर्जन, सानुकाजी महर्जन, रमेश डंगोल, हरिशरण श्रेष्ठ, कुलनारायण महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *