हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भक्तपुर, १८ जेठ । भक्तपुर नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको प्रमण्डले आज डेरी उद्योगमा अनुगमन गरेको छ ।
अनुगमनमा शिवम् डेरी प्रालिमा दूधमा मिसाउने दूधको पाउडर बरफ बनाउने भाँडो र पानी ट्याङ्कीमा मुसाको लिड भेटिएकोले सरसफाइमा ध्यान दिन र म्याद नाघेको कलर फूड, चोको पाउडर, मुसाको लिड भएको दूधको पाउडर जफत गरी नष्ट गरिएको स्रोतले जनाएको छ । कामदार र वितरकलाई पीसीआर परीक्षण गराई स्वस्थ व्यक्तिलाई मात्र काममा लगाउन, दहीमा लेबल नभएकोले लेबल राखेर बिक्री वितरण गर्न र नगरपालिकामा तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
भक्तपुर डेरी प्रालिमा कामदार र वितरकलाई पीसीआर परीक्षण गराउन, सरसफाइमा ध्यान दिन निर्देशन दिइएको छ । सञ्जीवनी डेरी उद्योगमा कामदार र वितरकलाई पीसीआर परीक्षण गराउन र दहीको बट्टामा लेबल राख्न निर्देशन दिइएको छ । जगदम्बा डेरी एन्ड वेभरेज प्रालिमा कामदार र वितरकको पीसीआर परीक्षण गराउन, दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिकामा आउन निर्देशन दिइएको छ ।
Leave a Reply