रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
नयाँ दिल्ली, ७ जून । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको सुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् ।
परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरूबीच सुरू गरिएको हो । “आज कोभाक्सिन खोपको बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान सुरू भएको छ,“ एम्सका एक अधिकारीले बताउनुभयो । “परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त मानिएमा खोप दिइनेछ ।”
भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणहरू गर्न अनुमति प्रदान गरेको थियो ।
कोभ्याक्सिन बच्चाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बच्चाहरूमाथि यस पहिले नै परीक्षण सुरू गरिसकिएको छ ।
दिल्लीमा मेट्रो रेल सेवा सोमबारदेखि सञ्चालन
भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध सहरीे रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ ।
कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा सङ्क्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।
कोरोना सङ्क्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मेमा रोक लगाइएको मेट्रो सेवा फेरि सुरु गरिएको हो ।
यद्यपि, अहिले भने ५० प्रतिशतमात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरू पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरू भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले जनाउनुभएको छ ।
दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ सङ्क्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै सङ्क्रमण फेला परेको जनाइएको छ ।
विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा सङ्क्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।
भारतमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेका छ भने तीन लाख ४९ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रवासीको नाममा गरेको सम्बोधनमा भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको जानकारी दिनुभएको छ । उहाँले यो सङ्ख्यालाई आगामी दिनमा थप तीव्रतासाथ वृद्धि गरिने जानकारी दिनुभएको छ ।
भारतलाई विश्व बैङ्कको ५० करोड अमेरिकी डलर
विश्व बैङ्कले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ ।
बैङ्कको कार्यकारी समितिले कोरोना भाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
भारतमा कोरोना भाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरू नराम्रोसँग फसेको तथ्याङ्कले देखाएको छ ।
विश्व बैङ्कले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ ।
सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैङ्कको रकम त्यसमा थपिने बैङ्कका अधिकारीहरूले बताएका छन् ।
बैङ्कले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह गरिएको छ ।
विश्वभरि मर्कामा परेका साना तथा मझौला व्यवसायीहरूलाई सहयोग गर्ने विश्व बैङ्कको नीतिअनुसार अन्य देशहरूलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ ।
Leave a Reply