धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
भक्तपुर नगर कला र संस्कृतिले सुसज्जित एक ऐतिहासिक नगर हो । यस नगरको कला, संस्कृति संरक्षण र सफाइ हुनुमा राजनीतिक पार्टी, नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको योगदान महत्वपूर्ण छ । विश्वकै सरसफाइ सहरमध्ये भक्तपुर नगर पनि एक हो । भक्तपुर शैक्षिक विकासमा अगाडि छ, भक्तपुर शैक्षिक केन्द्रजस्तै भएको छ ।
भक्तपुर नगरपालिकाले आ.व. २०७८÷७९ को लागि नीति तथा कार्यक्रम, बजेट तर्जुमा र योजना छनोटको लागि नगरवासी, बुद्धिजीवी, शिक्षक, मजदुर, किसान, महिला, विद्यार्थी, उद्यमी, व्यापारीलगायत अन्यबाट राय–सुझाव सङ्कलन गर्दै आएकोले नगरवासीको हैसियतले देखेका, सुनेका र गर्नुपर्ने केही कामहरूबारे केही सुझाव दिन चाहन्छु ।
ख्वप अस्पताल
केही वर्ष पहिलेदेखि भक्तपुरलगायत अन्य जिल्लाका जनतालाई भक्तपुर जनस्वास्थ्य केन्द्रले सस्तो र सर्वसुलभ स्वास्थ्य सुविधा दिइरहेको छ । अहिले ख्वप अस्पताल निर्माणको क्रममा छ । विगत वर्षदेखि फैलिएको कोभिड–१९ को महामारीले अस्पतालको महत्व कति छ भन्ने कुरा अनुभवले देखाइसकेको छ । आगामी बजेटमा ख्वप अस्पताललाई प्राथमिकता दिई सकेसम्म चाँडो सञ्चालन गर्ने गरी बजेट विनियोजन गर्नुपर्दछ । अस्पताल अत्याधुनिक तथा सुविधासम्पन्न बनाउनेमात्र होइन अस्पतालमा कार्य गर्ने प्राविधिक तथा अन्य जनशक्तिहरू अनुशासित र योग्य बनाउन समय–समयमा व्यक्ति र आवश्यकता हेरी तालिमको व्यवस्था गर्नुपर्दछ । अस्पताललाई आवश्यक जनशक्ति आफै तयार गर्नको लागि कार्यरत जनशक्तिलाई उचित मूल्याङ्कन गरी उच्च शिक्षाको लागि पठाउनुपर्छ । ल्याव, रेडियोलोजी, इमर्जेन्सी, अपरेसनलगायतका विभागहरू आधुनिक र सुविधासम्पन्न होस् । आजकल हरेक व्यक्तिको पहिलो नजर नै सरसफाइमा हुने भएकोले अस्पतालको मापदण्डअनुसार सरसफाइमा उचित ध्यान दिनु आवश्यक छ ।
नगरको सरसफाइ
भक्तपुर नगर विश्वकै एक सफा सहरहरूमध्येमा पर्छ । तर, जति छ त्यतिमै सन्तोष मानेर बस्ने हो भने थप प्रगति हुँदैन । त्यसकारण, नगरलाई अझ सफा बनाउन नयाँ नयाँ योजनाहरू ल्याउनु आवश्यक छ । कुहिने र नकुहिने फोहरहरू छुट्याएर घरघरबाट उठाउने कार्यलाई अझ व्यवस्थित गर्नु आवश्यक छ । नगरको सफाइलाई थप प्रभावकारी बनाउन सफाइ कर प्रभावकारी बनाइनुपर्छ । डेरावाल परिवारबाट पनि केही सफाइ कर उठाउनु आवश्यक छ ।
नयाँ आवासीय क्षेत्र
नगरको नयाँ आवास क्षेत्रहरूमध्येमा पूर्वको कमलविनायक, लिवाली र दुगुरे क्षेत्र पर्दछ । यी आवास क्षेत्रको राम्रो समुचित विकास हुनसकेको छैन । त्यसकारण, यी क्षेत्रहरूमा यथाशक्य छिटो विकास योजना छुट्याउनु आवश्यक छ ता कि आवास क्षेत्रप्रति जनता सकारात्मक होस् र थप नयाँ आवास क्षेत्र बनाउन जनता लालायित होऊन् ।
तारको माकुरोको जाल
ऐतिहासिक कला र सांस्कृतिक नगरमा रहेको केबुल र तार पुरानो घरमा देखिने माकुरोको जालोजस्तै भएको छ । त्यसकारण, सम्बन्धित निकायसँग समन्वय गरी आगामी वर्षमा ती केबुल तथा विद्युतीय तारहरूलाई व्यवस्थित गर्ने नीति तथा कार्यक्रम ल्याउनु आवश्यक छ ।
शैक्षिक नीति नियम
अहिले भक्तपुर एक शैक्षिक केन्द्र हुँदै गइरहेको छ । यहाँ साना–साना शिशु स्याहारकेन्द्रदेखि ठुलठुला कलेजहरू सञ्चालित छन् । यहाँको शैक्षिकस्तर तुलनात्मकरूपमा उत्कृष्ट छ । यसलाई निरन्तरता दिन र गुणस्तर अझ बढाउन नगरपालिकाले शैक्षिक संस्थाहरूसँग नियमित अन्तरक्रिया सञ्चालन गर्नु आवश्यक छ । त्यस्तै शैक्षिक संस्थाहरूको निरीक्षण तथा अनुगमन नियमितरूपमा गर्नु आवश्यक छ । शिक्षामा सुधार ल्याउन हरेक शिक्षक–शिक्षिकाहरूलाई तालिमको आवश्यकता पर्दछ । त्यसकारण, आगामी आवको नीति तथा कार्यक्रममा अनुगमन र तालिमको शैक्षिक क्यालेन्डर बनाइनुपर्छ । नगरमा सञ्चालित कतिपय शिशु स्याहार केन्द्रहरू घाम नपुग्ने कोठामा पनि सञ्चालित भएकोले त्यसतर्फ ध्यान पु¥याउनु आवश्यक छ । शिशु स्याहार केन्द्रलाई अझ व्यवस्थित गरिनुपर्छ । नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार ज्येष्ठ नागरिकको लागि आदर्श निकेतन खोल्नेतर्फ ध्यान दिनुपर्छ ।
कुकुर व्यवस्थापन
अस्पतालहरूको अभिलेख हेर्ने हो भने वर्षमा हजारौँ व्यक्तिलाई कुकुरले टोकेर रेबिजको सुई दिनुपरेको छ । नगरमा छाडा कुकुरमात्र होइन घरपालुवा कुकुरको सङ्ख्या पनि बढ्दै छ । छाडा कुकुरलाई नियन्त्रण गर्नु आवश्यक छ । घरपालुवा कुकुरलाई पनि वडा कार्यालयमा दर्ता गराउनुपर्ने प्रावधान गर्नु आवश्यक छ । कुकुर पाल्दा पालन गर्नुपर्ने नीति नियम बनाउनु आवश्यक छ ।
खानेपानी
खानेपानी सहजीकरणको लागि जतिसक्दो छिटो काठमाडौँ उपत्यका खानेपानी प्रा.लि.सँग समन्वय गरी भक्तपुर नगरवासीहरूमा भइरहेको खानेपानी हाहाकारलाई समाधान गर्न उचित व्यवस्थापन गर्नुपर्छ ।
Leave a Reply