धर्म, परम्परा र विज्ञान : कर्मकाण्डको भीडमा हराउँदै गरेको चेतना
- जेष्ठ २, २०८३
(तिब्बतको शान्तिपूर्ण मुक्तिको ७० औं वार्षिकोत्सवमा जनवादी गणतन्त्र चीनको राज्य परिषद् सूचना कार्यालयले मे महिनामा जारी गरेको श्वेतपत्रको नेपाली अनुवाद ।)
शान्तिपूर्ण मुक्ति
तत्कालीन जटिल र परिवर्तित अन्तर्राष्ट्रिय परिस्थिति र तिब्बतको कठिन अवस्था सम्बोधन गर्न र तिब्बती जनताको मुक्तिको सपना सकेसम्म चाँडै पूरा गर्न माओ त्सेतुङले सन् १९४९ को डिसेम्बर महिनामा सोभियत सङ्घको भ्रमण जाने क्रममा मनचाओलीबाट चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको नाममा एउटा चिट्ठी लेख्नुभएको थियो । सो चिट्ठीमा माओले ‘ढिलो हुनअघि नै सकेसम्म चाँडो जनमुक्ति सेनालाई तिब्बत पठाउनु उपयुक्त हुने’ रणनीतिक निर्णय गर्नुभयो ।
छाम्दो लडाइँमा प्राप्त विजयले तिब्बतको शान्तिपूर्ण मुक्तिको अवस्था बन्यो
तिब्बतका यातायातको कठिनाइ तथा त्यहाँको जातीय र धार्मिक विशेषता बुझेर माओ त्सेतुङले दुई वटा सिद्धान्त प्रस्ताव गर्नुभयो–पहिलो, राजनीतिक समाधानमा प्राथमिकता र दोस्रो, तिब्बत मुक्त गर्न अनावश्यक हतारो नगर्ने । चीनको केन्द्रीय जनसरकारले राजनीतिक निकासको लागि धेरै काम ग¥यो । शान्तिपूर्ण मुक्तिको लागि धेरै पटक मध्यस्थताको लागि तिब्बतमा धेरै प्रतिनिधि र प्रतिनिधिमण्डलहरू चीनको केन्द्रीय जनसरकारले तिब्बत पठायो । पेइपिङ ( पछि पेइचिङ), स्युयुआन र सिन्जियाङमा यस्तो उपाय सफल भएको थियो । सन् १९५० को फेब्रुअरीमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिकिो उत्तरपश्चिम व्युरोले चाङ चिङछेङ नाम गरेका एक जना तिब्बती अधिकारीलाई तिब्बत पठाएको थियो । उनी छिङहाई प्रान्तीय जनसरकारका तत्कालीन उपाध्यक्ष लाएओ हनशेङले चौधौँ दलाइ लामा र मुख्तियार ताकत्रा नवाङ सुनग्रबको नाममा लेखेको चिट्ठी लिएर तिब्बत गएका थिए । मार्च महिनामा विख्यात हान भिक्षु मास्टर चिछिङ छेन्दुबाट तिब्बत लागे । उनको तिब्बतका राजनीतिक र धार्मिक वृत्तसँग सौहार्द सम्बन्ध थियो । उनी चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अनुमोदन र दक्षिणपश्चिम व्युरोको समर्थन बोकेर तिब्बत गएका थिए । जुलाइ महिनामा कुमबुम गुम्बाका ताकत्रा रिम्पोचेको नेतृत्वमा छिङहाइका मन्दिर र गुम्बाका प्रतिनिधि सम्मिलित सिनिन गएको थियो । छिङहाइ प्रान्तीय जनसरकारका उपाध्यक्ष र तिब्बतका विख्यात विद्वान् शेरब ग्यात्सोले रेडियो सन्देशमार्फत तिब्बतको सरकारलाई ‘शान्ति वार्ताको लागि पेइचिङमा राजकीय प्रतिनिधि तत्काल पठाउन’ आग्रह गरेका थिए । त्यही महिनामा सिकाङ, गार्जेको बेरी गुम्बाका पाँचौँ गेदर तुल्कुसहितको एउटा प्रतिनिधिमण्डल तिब्बत गएको थियो ।
तर, ती सबै मध्यस्थताका गतिविधिलाई तिब्बतमा पश्चिमा साम्राज्यवादी र साम्राज्यवादपक्षधर पृथकतावादीहरूले अवरोध गरेका थिए । यसैबीच तिब्बतको आर्थिक अवस्था ओरालो लागे पनि तिब्बतको उच्च वर्गीय पृथकतावादीहरूले तिब्बती सेनाको आकार बढाउने र जनमुक्ति सेनालाई अघि बढ्नबाट रोक्ने प्रयासस्वरूप सेना परिचालन गरेका थिए । उनीहरूले साम्राज्यवादी समर्थकहरूको सहायतामा गोप्यरूपमा रेडियो स्टेसन स्थापना गरेका थिए । तिनै रेडियो स्टेशनमार्फत हान र तिब्बती जनताबीच विभाजन ल्याउने हल्ला फैलाएको थियो । विभिन्न देशहरूबाट समर्थन जुटाउन ‘सद्भावना दूत’ खटाइएको थियो ।
त्यस परिस्थितिमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति र माओ त्सेतुङले तिब्बतको मुक्ति तत्काल गरिहाल्नुपर्ने अनुभव गर्नुभयो । केन्द्रीय जनसरकारको एकीकृत समन्वयमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका दक्षिणपश्चिम र उत्तरपश्चिम व्युरोले जनमुक्ति सेनालाई तयारी अवस्थामा राख्न निर्देशन जारी ग¥यो ।
राजनीतिक प्रयास असफल भएको अवस्थामा मात्र सैनिक कारबाही गर्ने सिद्धान्तमा जनमुक्ति सेना अडिग बस्यो । साथै, कदाचित लडाइँ भएको अवस्थामा आफ्नो लागि आवश्यक सबै बन्दोबस्तीका सामना तयारी अवस्थामा राख्यो । विभिन्न दिशाबाट गएर शत्रुलाई घेर्ने केन्द्रीय नेतृत्वको रणनीतिअन्तर्गत अठारौँ सेनाको मुख्य नेतृत्वमा जनमुक्ति सेना चारतिरबाट तिब्बततिर अघि बढ्यो । सन् १९५० को अक्टोबर महिनामा छाम्दोको लडाइँमा जनमुक्ति सेनाले विजय हासिल ग¥यो ।
विजयपश्चात् छाम्दोमा पहिलो जनकाङ्ग्रेसको बैठक बस्यो । त्यहाँबाट छाम्दो जनमुक्ति समिति निर्वाचित गरियो र तिब्बतको शान्तिपूर्ण मुक्तिको लागि कार्य समिति पनि गठन गरियो । समिति विभिन्न धार्मिक र सामाजिक समुदायका प्रतिनिधिहरू मिलाएर गठन गरिएको थियो । लडाइँले तिब्बतको शान्तिपूर्ण मुक्तिको लागि पूर्वाधार तयार गरेको थियो । केन्द्रीय जनसरकार र अध्यक्ष माओ त्सेतुङले यो लक्ष्य प्राप्त नहुँदासम्म प्रयत्न लगातार जारी राख्नुभयो । लडाइँको समयमा पनि माओ त्सेतुङले तिब्बती प्रतिनिधिमण्डललाई सकेसम्म चाँडो पेइचिङ आउन आग्रह गर्नुभयो ।
तिब्बत मुक्तिको सत्रबुँदे सहमतिमा हस्ताक्षर
छाम्दोको विजयले तिब्बतको सरकारभित्र पनि देशभक्त र प्रगतिशील शक्तिलाई बलियो बनायो । राजनीतिक अवस्था शान्तिपूर्ण मुक्तिको दिशातर्फ अघि बढ्यो । सन् १९५१ को फेब्रुअरीमा बसेको तिब्बत सरकारका ‘अधिकारीहरूको बैठक’ ले चीनको केन्द्रीय सरकारसँग शान्ति वार्ता गर्न पेइचिङमा एउटा औपचारिक प्रतिनिधिमण्डल पठाउने निर्णय ग¥यो । केन्द्रीय जनसरकारलाई पठाएको चिट्ठीमा चौधौँ दलाइ लामाले शान्ति वार्ताको लागि आफ्नो चाहना व्यक्त गरिएको थियो । अप्रिल २९ बाट शान्तिपूर्ण मुक्तिको लागि केन्द्रीय जनसरकार र तिब्बत सरकारबीच शान्ति वार्ता सुरु भयो । गम्भीर परामर्श र व्यापक छलफलपछि मे २३ मा दुई पक्षबीच पेइचिङमा सत्रबुँदे सहमतिमा हस्ताक्षर भयो ।
सत्रबुँदे सम्झौताका धारामा निम्नानुसार बुँदा समावेश थिए–
– तिब्बतका जनता सङ्गठित भएर आक्रामक साम्राज्यवादी शक्तिहरूलाई धपाउनेछन् । उनीहरू जनगणतन्त्र चीनको परिवारमा फर्किनेछन् ।
– राष्ट्रिय सुरक्षाको लागि जनमुक्ति सेना तिब्बतमा प्रवेश गर्नेछन् ।
– तिब्बतका सबै परराष्ट्र मामिला केन्द्रीय जनसरकारले केन्द्रीय रूपमा हेर्नेछ ।
– तिब्बतको सरकारले तिब्बतमा पस्न र राष्ट्रिय सुरक्षा बलियो बनाउन जनमुक्ति सेनालाई सक्रियतापूर्वक मद्दत गर्नेछ ।
– चीनको केन्द्रीय जनसरकारको एकीकृत नेतृत्वअन्तर्गत तिब्बतका जनतालाई क्षेत्रीय जातीय स्वायत्तता प्राप्त हुनेछ ।
– तिब्बतका जनताको धार्मिक विश्वास र परम्पराको सम्मान गरिनेछ ।
सहमतिमा केन्द्रीय सरकारले दलाइ लामा र पाञ्चेनज एर्डेनीका पद, जिम्मेवारी र अधिकारमा कुनै हस्तक्षेप नगर्ने प्रस्ट पारिएको छ । तिब्बत सरकारका सबै तहका पूर्वअधिकारीहरूले आ–आफ्ना साविक जिम्मेवारीमै रहेर काम गर्ने त्यसमा उल्लेख छ । उक्त सत्र बुँदे सहमतिमा हस्ताक्षरले मूलभूमि चीनका सबै क्षेत्रको अन्तिम मुक्ति प्रतिबिम्बित गरेको थियो । तिब्बतमा जनवादी गणतन्त्र चीनको पूर्ण सार्वभौमिकता स्थापित भएको थियो । समग्र सामाजिक स्थायित्वको लागि सबै शक्ति एकढिक्का भएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका जातीय, धार्मिक, आर्थिक र सांस्कृतिक नीति कार्यान्वयन सुनिश्चित गरिएको थियो । अनि तिब्बतको सामाजिक विकास र सुधारको मूर्त राजनीतिक आधार तयार गरेको थियो ।
चीनका सबै जातीय समूह र सबै क्षेत्रका जनताबाट सत्रबुँदे सहमतिप्रति समर्थन प्राप्त भयो । सन् १९५१ को मे २८ को ‘द पिपुल्स डेली’ को अङ्क सबै चीन र तिब्बतबीच भएको सहमतिले भरिएको थियो । त्यो अङ्कको सम्पादकीयको शीर्षक थियो–तिब्बतको शान्तिपूर्ण मुक्तिको लागि भएको सहमतिप्रति समर्थन ।’ त्यो सम्पादकीयमा विगतको अँध्यारो र कठिन समयबाट तिब्बती जनता बाहिर निस्केर उज्यालो र सुखी भविष्यतिर पहिलो पाइला चालेको कुरा उल्लेख छ । पेइचिङ, सियान, चुङकिङ, छेन्दु, सिन्जियाङ र भित्री मङ्गोलियामा सो सहमतिमा हस्ताक्षर भएको अवसरमा जनसभा र उत्सव आयोजना गरियो ।
त्यही दिन दसौँ पाञ्चेन लामा र पाञ्चेन कामपुस सभाले सहमतिको समर्थनमा वक्तव्य जारी गरी ‘हामी अध्यक्ष माओ, चीनको केन्द्रीय सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको दरिलो समर्थक बन्नेछौँ’ भनी घोषणा गरेका थिए । अक्टोबर २४ मा चौधौँ दलाइ लामाले तिब्बत सरकार र आफ्नोतर्फबाट सहमतिप्रति समर्थन व्यक्त गर्दै चीनको केन्द्रीय सरकारलाई चिट्ठी पठाए । त्यसमा लेखिएको थियो, “चीनको केन्द्रीय सरकारका अध्यक्ष माओ, यो वर्ष सन् १९५१ को अप्रिल मसान्तमा तिब्बतको सरकारले पूर्ण अधिकारसहित कालोन नाङ्पोको नेतृत्वमा पाँच सदस्यीय एउटा प्रतिनिधिमण्डलले शान्ति वार्ता गर्न पेइचिङ पठायो । मित्रताको आधारमा दुई पक्षका प्रतिनिधिहरूले सन् १९५१ को मे २३ मा तिब्बतको शान्तिपूर्ण मुक्ति सहमतिमा हस्ताक्षर गरे । तिब्बतको सरकारका साथै धार्मिक र धर्म निरपेक्ष जनता सो सहमतिमा एकमतले समर्थन गर्दछ । अध्यक्ष माओ र चीनको केन्द्रीय जनसरकारको नेतृत्वमा राष्ट्रिय सुरक्षा, तिब्बतबाट साम्राज्यवादी प्रभाव अन्त्य र मातृभूमिको भौगोलिक एकीकरण र सार्वभौमिकता रक्षाको लागि जनमुक्ति सेनालाई सक्रियतापूर्वक सहयोग गर्नेछौँ ।”

तिब्बतका भूदासहरू
Leave a Reply