भर्खरै :

सुदूरपश्चिम प्रदेशमा अर्को अराजकता !

कञ्चनपुर, २५ जेठ । सुदूरपश्चिमको प्रदेशसभामा ५२ सदस्य छन् । यसमध्ये एमालेका २५, माओवादीका १३, नेकाका १२ र जसपाका २ सदस्य छन् । एमाले ओली पक्ष ७ र माधव पक्ष १८ मा विभाजित छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टले जेठ २५ गते विश्वासको मतको प्रस्ताव प्रदेशसभा बैठकमा पेश गर्नुभयो । प्रस्तावको पक्षमा माओवादीको १३ र एमाले माधव पक्षका १७ गरी कुल ३० मत प¥यो । विपक्षमा एमाले ओली पक्षका ७ र जसपाको २ गरी ९ मत प¥यो । जसपाको २ ठाकुर–राजेन्द्र पक्षको हुनुपर्छ । नेकाका १२ जना मतदानमा सहभागी भएनन् । एमाले माधव पक्षकाले मुख्यमन्त्री भट्टको पक्षमा नदिएमा नेकाले दिने तयारी थियो । विश्वासको मतमा कुल ५२ सदस्यमध्ये २७ मत आवश्यक थियो ।
मुख्यमन्त्री भट्टले विश्वासको मत पाएको एउटा पाटो हो । सत्तापक्ष र प्रमुख प्रतिपक्षको बीचमा असैद्धान्तिक तालमेल राजनीतिक बेइमानी हो । माओवादीका मुख्यमन्त्री भट्टले साढे तीन वर्ष सरकार चलाएको विषय पनि एउटा पाटो हो । तर, एमाले माधव पक्षका प्रदेश सांसदहरूले माओवादीका मुख्यमन्त्रीलाई समर्थन गरेको राजनीतिक बेइमानी हो ।
ओली र माधवबीच काठमाडौँमा नेतृत्वको विवाद भएको आधारमा प्रदेशमा माधव पक्षका प्रदेश सांसदहरूले माओवादीका मुख्यमन्त्रीलाई मत दिनु राजनैतिक अनैतिकता हो । एमाले ओली पक्षले आफ्नो निर्देशनविपरीत माओवादी मुख्यमन्त्री भट्टलाई मतदान गरेका माधव पक्षका प्रदेश सांसदहरूलाई अनुशासनको कारबाही वा पार्टी र सांसदबाट निष्कासन नगर्नु अर्को अराजकता हो ।
सुदूरपश्चिम र नेपाली जनताको निम्ति यो शुभ सङ्केत होइन । प्रदेश सांसदहरूको अनुशासन उल्लङ्घन गण्डकी र लुम्बिनीमा पनि देखिएको छ । गएको वैशाख २७ गते प्रम ओलीले प्रतिनिधिसभामा विश्वासको मत पेश गरेको बेला माधव पक्षका २७ सदस्यहरू अनुपस्थित भई अनुशासन उल्लङ्घन गरेका थिए । एमालेका अध्यक्ष एवम् प्रम ओलीले अनुशासनहीन सांसदहरूलाई पार्टीबाट निष्कासन गरी संसद् सदस्य रिक्त गर्न नसक्नु पनि अर्को अराजक हो । यस्तो अराजकता आगामी दिनमा पनि देखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *