भर्खरै :

इटालीमा घोषित मितिभन्दा महिनौैँअघि नै भेटिएको थियो कोभिड भाइरस

रोम, ८ मे । इटालीमा पहिलो पटक कोभिड–१९ भाइरस देखिएको भनिएको मितिभन्दा महिनौँअघि नै कोरोना भाइरस वा उस्तै भाइरस फैलिसकेको हुनसक्ने विषयमा विश्व स्वास्थ्य स·ठनले इटालीबाट प्राप्त प्रमाणको आधारमा लेखाजोखा गरिरहेको एक जना अनुसन्धानकर्ताले बताएका छन् ।
इटालीको राष्ट्रिय क्यान्सर प्रतिष्ठना (आइएनटी) ले गत वर्षको नोभेम्बर महिनामा सन् २०१९ को अक्टोबरको सुरुमै क्यान्सरको परीक्षण गर्न दिइएको चार जना विरामीको रगतमा कोरोना भाइरसको प्रतिरोधी तत्व (एन्टीबडी) फेला परेको बताएको थियो । त्यसको अर्थ सन् २०१९ को सेप्टेम्बरमा नै ती मानिसहरूमा कोभिड सङ्क्रमण भएको हुनुपर्छ । सेप्टेम्बर महिना भनेको चीनमा कोभिड–१९ का पहिलो सङ्क्रमित भेटिनुभन्दा तीन महिना हो । त्यस्तै इटालीमा पहिलो सङ्क्रमित फेला परेको औपचारिक घोषणा गर्नुभन्दा पाँच महिनाअघि हो ।
सैना विश्वविद्यालयअन्तर्गत जनस्वास्थ्यका प्राध्यापक र अध्ययन टोलीका सह लेखक इमानुएल मोन्टोमोलीले यो तथ्य उजागर भएलगत्तै विश्व स्वास्थ्य स·ठनलाई जानकारी गराइएको बताए ।
लगत्तै अध्येताहरूले कोरोना भाइरसको उति चर्चा नै नभएको बेला सन् २०१९ को अक्टोबर र डिसेम्बरको बीचमा तीस वटा जैविक नमूना विश्व स्वास्थ्य स·ठनले थप परीक्षणको लागि छनौटमा परेको नेदरल्यान्डको इरास्मस विश्वविद्यालय, रोटरडानमा पठाइएको मोन्टोमोलीले भने ।
इरास्मस विश्वविद्यालय रोटरडानले यो विषयमा प्रतिक्रियाको लागि गरिएको अनुरोधलाई लिएर तत्काल कुनै जवाफ नदिए पनि मोन्टोमोलीले विश्वविद्यालयको प्रयोगशालाको निष्कर्ष ‘इटालीको राष्ट्रिय क्यान्सर प्रतिष्ठानले निकालेको निष्कर्षसँग केही साना अन्तर भए पनि मूलतः उस्तै भएको’ बताए ।
मोन्टोमोलीले दुवै देशका प्रयोगशालाको संयुक्त नतिजाले सन् २०२० को फेब्रुअरीमा इटालीमा पहिलो पटक औपचारिकरूपमा कोभिड–१९ को सङ्क्रमित फेला पर्नुभन्दा महिनौँअघि नै कोरोना भाइरस वा उस्तै भाइरसको सङ्क्रमण फैलिसकेकोमा ‘चित्तबुझ्दो आधार’ बनेको बताए । “हामीले भाइरसको कुनै प्रमाण फेला पारेका थिएनौँ । तर, सङ्क्रमण पछि बाँकी रहने प्रतिरोधी तत्व भने फेला पारेका थियौं”, मोन्टोमोलीले भने । “त्यस हुनुको एउटै कारण भनेको सन् २०१९ को अन्त्यतिर नै कोरोना भाइरस वा उस्तै खालको भाइरसबाट नमूना दिएका ती मानिसहरू सङ्क्रमित भइसकेको हुनु पर्छ । सन् २०१९ को डिसेम्बरमा उहानमा फैलिएको भाइरस इटालीको त्यही भाइरसकै प्रजाति अथवा त्योभन्दा कम खतरनाक र सङ्क्रामक भाइरस हुनसक्छ”, उनले भने ।
इटालीको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको बखत प्रतिष्ठानका वैज्ञानिक निर्देशक गिओभानी अपोलेनीले भाइरस फेला परेकोमा कुनै सन्देह नभए पनि कुन बेला भाइरस फेला प¥यो भन्नेमा मात्र प्रश्न बाँकी रहेको बताए ।
मोन्टोमोलीले यो अध्ययनको नतिजा महत्वपूर्ण भएको बताए । ‘यसले भाइरसको विकासक्रमको वास्तविक चित्र बनाउन मद्दत गर्ने’ उनको भनाइ थियो । भाइरसको सुरुवात कहाँबाट भयो भन्ने प्रश्नको उत्तर अहिलेको महामारी र भविष्यको महामारी प्रतिरोधमा पनि प्रभावकारी बनाउन आवश्यक पर्ने उनले बताए ।
“हामीले पत्ता लगाएको कुराको स्वतन्त्ररूपमा त खासै अर्थ राख्दैन । तर, समग्रतामा यो कुराले पनि महत्व राख्नेछ”, उनले भने ।
विश्व स्वास्थ्य स·ठनका सञ्चार अधिकारीले इटालीको क्यान्सर प्रतिष्ठानको अध्ययन नतिजामाथि अनुसन्धान भइरहेको पुष्टि गरेका छन् ।
इटालीका सञ्चारमाध्यमहरूले महिनौँ पहिले नै कोरोना भाइरस इटालीमा फैलिएको नयाँ आशड्ढा सन् २०१९ को अक्टोबर र डिसेम्बरमा इटालीको मिलान सहरमा व्यापकरूपमा फैलिएको फ्ल्युसँग कहीं न कहीं सम्बन्ध रहेको समाचार लेखेका छन् ।
सन् २०१९ को डिसेम्बर २४ मा इटालीको स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यमा मिलान वरपरका क्षेत्रमा व्यापक रूपमा ‘असामान्य’ ढ·को फ्ल्यु र निमोनिया फैलिरहेको उल्लेख छ ।
सन् २०२० को जनवरी ७ मा इटालीको कोरेरे डेल्ला सेरा नामको पत्रिकामा प्रकाशित एउटा लेखमा ‘निमोकोकस व्याक्टेरिकम’ को कारण विरामीहरूमा सुनिने समस्या देखिएको लेखिएको थियो । तर, कसै कसैलाई भाइरसको कारण त्यसो भएको हुन सक्ने त्यसमा उल्लेख छ । सो लेखमा मिलानका केही अस्पतालहरूमा असामान्य सङ्ख्यामा बढेको बिरामीको उपचारको निम्ति शøया थप गर्नुपरेको थियो ।
बिहीबार इटालीको राष्ट्रिय क्यान्सर प्रतिष्ठानका अध्येताहरूले कोभिडजस्तै भाइरसको सङ्क्रमणको कारण बिरामीमा रहेको प्रतिरोधी तत्वको कोरोना भाइरस नै भएको भनी गल्ती गर्ने सम्भावना नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *