हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
यी अवैध उपायहरूले जनताको जीवनस्तरमा पु¥याएको क्षति आकस्मिक वा अनिर्धारित होइनन्, बरु समस्त क्युवाली जनतालाई जानीजानी दण्डित गर्ने कुनियतको परिणाम हो ।
क्रूरताको पराकाष्ठा, अन्तर्राष्ट्रिय कानुनसँग पटक्कै नमिल्ने र दण्डात्मक रवैयासहितको अमेरिकी व्यवहार झल्किने एउटा महत्वपूर्ण पाइला सन् २०१९ को अप्रिलमा क्युवालाई इन्धन आपूर्तिबाट वञ्चित गरेर चालियो । यस्तो गर्न अपरम्परागत युद्धको जस्तो अत्याचारी उपायहरू अपनाइयो, हाम्रो क्युवाको सार्वभौम भूमिमा आउने आपूर्तिलाई रोक्ने क्रूरता हो ।
यसप्रकारका विभिन्न घटनामध्ये यही एउटै उदाहरणले क्युवाविरुद्ध आर्थिक युद्धको नयाँ आयामलाई खुलस्त पार्छ । यो युद्धको सामना गर्दा हामीले पटकपटक ठूलो समस्या झेलेका छौँ । संरा अमेरिकाले चाहेझैँ यसको असर विनाशकारी नहुनुको एकमात्र कारण हामीले निर्माण गरेको र जोगाएको समाजको तागत र हाम्रा पराक्रमी जनताको प्रतिकार गर्ने क्षमता हो ।
साम्राज्यवादको प्रकृति र हाम्रो राष्ट्रविरोधी उसको चुलिँदो आक्रामकता उदाङ्गो पार्ने अर्को उदाहरण क्युवाले प्रदान गरेको अन्तर्राष्ट्रिय स्वास्थ्य सहायताविरुद्ध उसले उछालेको अनैतिक अभियान हो ।
यस मोर्चामा हाम्रो कीर्तिमानको दाँजोमा आउने कोही छैन र यो क्युवाली समाजको जगमा रहेको नैतिक सिद्धान्तहरूअनुरूप छ । जगडा चीजबीज बाँड्ने होइन, हामीसँग भएको सबै बाँड्छौँ भन्ने अवधारणामा यो समाज टिकेको छ । लगन र समर्पण, महत्वपूर्ण जनशक्ति तथा बलियो, प्रभावकारी र दिगो सरकारी स्वास्थ्य प्रणालीका साथ तयारी अवस्थामा रहन सफल हुनाले नै हामीलाई अरूसँग बाँडचुँड गर्ने अवसर प्रदान गर्छ ।
दुष्प्रचार चल्दाचल्दै पनि ज्यूँका त्यूँ रहने ऐक्यबद्धताप्रतिको यो हाम्रो प्रतिबद्धता हो । हाम्रो सहायताले संसारभरिका, खासगरी सबैभन्दा दुर्गम क्षेत्रका र कहिलेकाहीँ अत्यन्तै जटिल र खतरनाक परिस्थितिबिच सबैभन्दा कमजोर वा सुविधाहीन लाखौँ जनताको जिन्दगी बचाएको छ, रोगव्याधिको सामना गरेको छ, दुःख पिर हरेको छ र स्वास्थ्य स्थिति सुधारेको छ । यसमा प्राकृतिक प्रकोपग्रस्त देशहरूलाई दिएको महत्वपूर्ण र प्रशंसनीय सहयोग पनि पर्छ ।
अमेरिकी दुष्प्रचारको उद्देश्य एउटा पवित्र र सम्माननीय कार्यलाई बदनाम गर्नु हो र क्युवालाई हजारौँ प्राविधिक र नैतिक तालिम प्राप्त पेशेवरहरूको मिहिनेतबाट देशमा भित्रिने उचित, इमानपूर्ण र वैध आम्दानीबाट वञ्चित गर्नु हो ।
स्वास्थ्य सुविधामाथिको पहुँच विश्वव्यापी मानव अधिकार हो । अमेरिकी सरकारले हामीमाथि प्रहार गर्नका लागि जब विश्वका लाखौँ जनताको पहुँचमा रहेको स्वास्थ्य सेवाहरूको एकमात्र स्रोतलाई नष्ट गर्छ, उसले अपराध गर्छ ।
थप भन्छु, सन् २०१९ अप्रिलमा क्युवासँग आर्थिक वा व्यापारिक सम्बन्ध बढाउन रुचि लिने विदेशी लगानीकर्ता, कम्पनी र व्यापारीहरूलाई धम्क्याउन संरा अमेरिकाले पहिलोचोटि कुख्यात हेल्म्स–बुर्टोन ऐन (Helms-Burton Act) को तेस्रो शीर्षक ब्युँताउने निर्णय ग¥यो । यो कानुनअनुसार क्रान्तिका प्रारम्भिक वर्षहरूमा न्यायोचित र वैधानिक तवरले राष्ट्रियकरण गरिएका सम्पत्तिहरूका कथित दाबेदारहरूले अमेरिकी अदालतमा मुद्दा हाल्न पाउँछन् ।
यो नौलो कानुन होइन । यो विचलन सन् १९९६ को हो । यसले नाकाबन्दीलाई कानुन मान्छ र अमेरिकी सरकारले क्युवामाथि अन्तर्राष्ट्रिय स्तरमा र चौतर्फी हिसाबले आर्थिक आक्रमण गर्नुपर्ने बाध्यकारी प्रावधान स्थापित गर्छ । यसले (अमेरिकी) सङ्घीय बजेटबाट बर्सेनि आधिकारिकरूपमा लाखौँलाख डलर बजेट छुट्याउँदै क्युवाको संवैधानिक व्यवस्थालाई ध्वस्त पार्न राजनीतिक उच्छेदनलाई मलजल गर्नुपर्ने वैधानिक आदेश पनि प्रदान गर्छ ।
यो कानुनले हाम्रो देशमा राजनीतिक हस्तक्षेप गर्न र दबाबकारी योजना स्थापित गर्ने कार्यक्रमसमेत तय गर्न भ्यायो । उक्त योजनाले क्युवालाई संरा अमेरिकाद्वारा नियुक्त एक मध्यस्थकर्ताको रेखदेखमा अमेरिकी सार्वभौमिकतामुनि एक अधीनस्थ देशको हैसियत दिन्छ ।
यो एक तुच्छ राजनीतिक र कानुनी अस्त्र हो । यसलाई विशेष अवधिको सबैभन्दा पेचिलो क्षणको मौका छोपेर संरा अमेरिकाले तयार गरेको थियो । त्यसबेला क्रान्ति टिक्ने छैन अथवा समाजवादको झन्डा उँचो उठाउने र हाम्रा सहिदहरूले जोगाएको उद्देश्यको जगेर्ना गर्ने हाम्रो प्रतिबद्धताप्रति क्रान्ति इमानदार रहनेछैन भनी वासिङटन ढुक्क थियो ।
त्यसैले हामी भन्छौँ, यो कानुन कुनै दिन खारेज हुने भए तापनि यसलाई हाम्रा जनताले राम्ररी बुझ्नुपर्छ, यसलाई बिर्सने भूल गर्नुहुन्न ।
सन् २०१४ डिसेम्बरमा हामीले राष्ट्रपति बाराक ओबामाको नेतृत्वमा रहेको अमेरिकी सरकारसँग संयुक्तरूपमा दुई देशबीचको आपसी बुझाई प्रगाढ बनाउनुपर्ने निर्णय ग¥यौँ । त्यसबेला मैले जनसत्ताको राष्ट्रिय सभासामु भनेको थिएँ, “… एउटा महत्वपूर्ण पाइला चालिएको छ, तर आधारभूत कुरा टुङ्गो लगाउन बाँकी छ, त्यो भनेको हालैका वर्षहरूमा खासगरी वित्तीय लेनदेनको क्षेत्रमा विभिन्न देशका बैङ्कहरूमा अति धेरै र अवैध दस्तुर लगाएर कसिलो बनाइएको क्युवाविरोधी आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी हो ।”
पछिल्लो अमेरिकी प्रशासनले गरेको आक्रामक व्यवहारले स्पष्ट प्रमाणसहित दुई देशबीच एकदम सकारात्मक सम्बन्धको विकासलाई दिगो बनाउन आर्थिक नाकाबन्दी र त्यसलाई जीवित राख्ने कानुनी कलेवर नष्ट गर्नैपर्छ भन्ने पुनः पुष्टि गरेको छ ।
यो काम त्यति सजिलो वा सरल होला भन्ने भ्रम हामीमा छैन । बरु, उल्टो यसको लागि जोसुकै भए पनि अमेरिकी सत्ताधारीमा संवेदनशील र सम्मानपूर्ण राजनीतिक इच्छाशक्ति हुनुपर्छ । क्युवाले भन्दै आएको छ र भनिरहन्छ, हामी अमेरिकी जनतालाई शत्रु मान्दैनौँ, हाम्रा छिमेकीसँगको आदरपूर्ण, सभ्य सम्बन्धमा राजनीतिक र वैचारिक मतभेद बाधक नै होइन ।
हामीले यो पनि भनेका छौँ, विभिन्न विषयमा दुवै देश वा क्षेत्रको हितका आधारमा सहकार्य हुनसक्छ ।
हामीले संविधानको धारा १६ को पहिलो अनुच्छेद कहिल्यै भुल्न सक्दैनौँ । यस धाराले आक्रमण वा बलमिचाइमा परेर कुनै अन्य राज्यसँग हाम्रो आर्थिक, कूटनीतिक र राजनीतिक सम्बन्धमा सम्झौता हुँदैन भनी सुनिश्चित गरेको छ ।
म यस पार्टी महाधिवेशनसामु पुनः संरा अमेरिकासँग नयाँ खालको सम्बन्ध स्थापित गर्न सम्मानपूर्ण संवाद अघि बढाउने आकाङ्क्षामा जोड दिन्छु । त्यसको लागि क्युवाले क्रान्ति र समाजवादका सिद्धान्तहरू परित्याग गर्नेछैन, हाम्रो सार्वभौमिकता वा स्वाधीनतामा मोलमोलाइ हुनेछैन, हाम्रा आदर्शहरूको रक्षा वा हाम्रो विदेश नीतिको अभ्यासमा लत्रनुपर्ने छैन । हाम्रो विदेश नीति न्यायोचित लक्ष्यहरू, जनताको आत्मनिर्णयको प्रतिरक्षा र भगिनी देशहरूप्रतिको हाम्रो ऐतिहासिक समर्थनमा प्रतिबद्ध छ ।
यति नै बेला, इतिहासका पाठहरूको जिम्मेवारी लिन र हाम्रो देशको सुरक्षा गर्न र सार्वभौम अधिकार कायम राख्न हामी चनाखो हुनुपर्ने दायित्व पनि छ । यिनका लागि धेरै क्युवाली पुस्ताले आहुति दिएका छन् ।
हामीले प्रतिरक्षालाई बेवास्ता नगरी आर्थिक जग निर्माण गर्न अविरल र प्रतिबद्ध प्रयासहरू जारी राख्नुपर्छ । यसले हामीलाई हाम्रो मातृभूमिमाथि अटुट र एकतर्फी आर्थिक युद्ध चलाउनका निम्ति आफ्नो आकार र आर्थिक प्रभावको लाभ उठाउन उद्यत शक्तिको सफलतापूर्वक सामना गर्न मद्दत गर्नेछ ।
साथीहरू,
आजभन्दा ठीक पाँच वर्षअघि ल्याटिन अमेरिकी र क्यारिबियाली क्षेत्रले साम्राज्यवाद र क्षेत्रीय कुलीनतन्त्रहरूद्वारा क्रान्तिकारी र प्रगतिशील सरकारहरूविरुद्ध चलाइएको बलियो र खुला प्रत्याक्रमणको प्रभाव अनुभव गरिरहेको बारे हामीले सचेत गराएका थियौँ । यी सरकारहरू नवउदारवादी नीतिहरूको दुष्ट प्रभावहरूविरुद्ध जनप्रतिकार र सङ्घर्षहरूको बलमा सत्तासीन भएका थिए ।
त्यो प्रत्याक्रमण त्यतिबेला बलियो भयो जब अमेरिकी विदेश नीतिको लगाम दुष्ट पात्रहरूको हातमा पुग्यो । ती पात्रहरू हाम्रो भेगमा हस्तक्षेपका घटनाहरूसँग र क्युवाली मूलका अमेरिकी उग्र दक्षिणपन्थी तत्वहरूसँग जोडिएका थिए । तीमध्ये कैयन्को आतङ्कवादी र भ्रष्ट पृष्ठभूमि जगजाहेर छ ।
तिनले मुनरो सिद्धान्तको मान्यताप्रतिको आफ्नो प्रतिबद्धता कहिल्यै लुकाएका छैनन् । तिनले समाजवादविरोधी उन्मादलाई तत्कालीन उद्देश्यहरू पूर्ति गर्ने व्यग्र प्रयासहरूसँग जोडे । तिनले अपरम्परागत युद्धकला र अस्थिर पार्ने अपरेसनको सहारा लिए र यो हत्कण्डा हाम्रो समग्र भेगमा अत्यन्त भयावह सावित भएको छ ।
तिनीहरूले हाम्रा जनता र संस्थानहरूको निन्दा गरे । हाम्रो गोलाद्र्धका सम्पूर्ण राष्ट्रका सार्वभौम अधिकारहरूलाई बेवास्ता गरे र क्षेत्रीय शान्ति र सुरक्षालाई अघोर सताए । यस क्षेत्रका धेरै सरकारहरूले सन् २०१४ जनवरीमा हवानामा ल्याटिन अमेरिकी र क्यारिबियाली राज्य र सरकार प्रमुखहरूले हस्ताक्षर गरेको शान्तिक्षेत्रको रूपमा ल्याटिन अमेरिका र क्यारिबियाको घोषणापत्र (Proclamation of Latin American and Caribbean) लाई बेवास्ता गरे ।
त्यो अपूर्व राजनीतिक सन्धिमा पूर्ण स्वतन्त्रताका आधारभूत सिद्धान्तहरू र सार्वभौम अधिकारहरूको वास्तविक उपभोगका साथै हाम्रो भेगको एकता र मिलनको आकाङ्क्षा प्रकट भएको थियो ।
यसमा अन्तर्राष्ट्रिय कानुनका सिद्धान्त र मूल्यमान्यता र राष्ट्र सङ्घीय चार्टर (United Nations Charter) का सिद्धान्त र लक्ष्यहरूप्रतिको सम्मान पर्छन् । विवादको शान्तिपूर्ण समाधान, अन्य राज्यको आन्तरिक मामिलामा प्रत्यक्ष वा परोक्ष अहस्तक्षेपको नीति र राष्ट्रको सार्वभौमिकता, समान अधिकार र जनताको आत्मनिर्णयको परिपालन सोही सन्धिभित्र पर्छ । यसमा राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था वा विकासमा असमान भए तापनि यस क्षेत्रका देशहरूको आपसमा र अन्य राष्ट्रहरूसँग मित्रता र सहकार्य बढाउने वचनबद्धता पर्छ । राज्यहरूको शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न आवश्यक परिस्थितिको रूपमा आफ्नो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक प्रणाली चुन्ने प्रत्येक राज्यको अक्षुण्ण अधिकारप्रतिको पूर्ण सम्मानको प्रतिबद्धता पर्छ ।
आफ्ना कुकृत्यहरूलाई ढाकछोप गर्न निरन्तर झूटा फलाकाहरूको सहारा लिनुका साथै क्रूर एकतर्फी बलमिचाइपूर्ण हत्कण्डाहरू र एकसुरे धाकधम्की अपनाइन्छ । यसमा हाम्रो अमेरिका(Our America) का जनताले ठूलो मूल्य चुकाउनुपर्छ । सन् २०१८ को अन्त्यतिर संरा अमेरिकी सरकारले खासगरी भेनेजुयला, निकारागुआ र क्युवाविरुद्ध तीनवटै देशका सरकारहरूलाई एकाएक उल्टाउने कुत्सित उद्देश्यले आक्रामक कारबाही ग¥यो ।
यो योजना विफल भयो । तैपनि, यो प्रकरणले यस भेगमा दबदबा कायम गर्ने साम्राज्यवादी महत्वाकाङ्क्षा पार पाइसकिएको कुनै अँध्यारो र पुरानो खतरा होइन, बरु संरा अमेरिकाको राजनीतिक सत्ताको घेराभित्र जीवित सक्रिय खतरा हो भनी आतङ्कित गर्दै छन् ।
यस कारबाहीको हिस्साको रूपमा नवउदारवादी दमनको अस्त्रको रूपमा बदनाम ओएस (OAS) लाई व्युँताइएको छ र आक्रमण चर्काइएको छ । साथै सदैव अमेरिकी प्रभुत्वकारी स्वार्थहरूको सेवामा हाजिर हुने त्यसको सशस्त्र सङ्गठन परस्पर सहयोगसम्बन्धी अन्तर–अमेरिकी सन्धि, टिएर (Inter-American Treaty of Reciprocal Assistance, TIAR) लाई ब्युँताइएको छ । त्यसैगरी सेलाक (CELAC) लाई तहसनहस गर्ने र उनासुर (UNASUR) लाई नष्ट गर्ने प्रयास भएको छ ।
हुन त यसमा शङ्का थिएन, हामीले फेरि एकचोटि हाम्रो भेगका सामाजिक समस्याहरू सम्बोधन गर्न नवउदारवाद असमर्थ भएको कुरा पत्याउनैपर्छ । सामाजिक न्याय प्रदान गर्ने संस्थानहरूलाई ध्वस्त पार्नमा उसको भूमिका र सामाजिक न्यायको विचारमाथि यसको सैद्धान्तिक आक्रमणले कोभिड–१९ को कहरविरुद्ध धेरै देशलाई शक्तिहीन र सुरक्षाहीन बनाई अलपत्र छाड्यो । बढ्दो असमानता, गहिरिँदो सामाजिक ध्रुवीकरण तथा चर्किँदो जडता र अस्थिरताको सङ्कटले प्रताडित हाम्रो अमेरिकाका धेरै समाजहरूमा नवउदारवादले छोडेको विरासत पाइन्छ ।
फलस्वरूप सामाजिक अस्थिरताका सूचक नवउदारवादी नीतिहरू प्रवद्र्धन गर्दै गरेका सरकारहरूको चुलिँदो तँछाडमछाड देखिन्छ । यसले गर्दा वाम र प्रगतिशील शक्तिहरूको क्रियाशीलतासँगै जनप्रदर्शनहरू र युवा परिचालन बढेको छ । वामपन्थी शक्ति र सामाजिक आन्दोलनहरूको राजनीतिक समन्वय गर्ने साओ पाओलो फोरमले यही देखायो ।
अझ यी प्रगतिशील शक्तिहरूले कसरी राजनीतिक रङ पोतिएका अदालती कारबाहीका साथै कर्पोरेट मिडियाको सहयोगमा सञ्चालित लाञ्छना र चरित्रहत्या अभियानहरू झेल्नुप¥यो भन्ने पनि देखियो । यस्ता कारबाही र अभियान यी शक्तिहरूलाई थर्काउन र सरकारहरूमा तिनको सहभागिता वा पहुँच रोक्न चलाइएको थियो ।
क्युवालीहरूले भेनेजुयला, त्यहाँका वीर जनताको नागरिक–सैन्य एकता र एकमात्र वैधानिक राष्ट्रपति साथी निकोलस माडुरो मोरोसप्रतिको हाम्रो ऐक्यबद्धतामा जोड दिन्छन् ।
हामी सान्डानिस्टा निकारागुआ, त्यहाँका जनता र राष्ट्रपति सेनानायक डानियल ओर्टेगा साभेद्राप्रति हाम्रो ऐक्यबद्धता जाहेर गर्छौँ ।
हामी बोलिभिया बहुजातीय राज्यका राष्ट्रपति लुइस एक्रेलाई सलाम गर्छौँ । त्यहाँका जनताले लोकविजय हासिल गरेका छन् र संरा अमेरिका र उसको वाहन अमेरिकी राज्यहरूको सङ्गठनको गालामा थप्पड हानेका छन् जुन सङ्गठनले साथी ते मोरालेस एइमाविरुद्ध कू गरेको थियो ।
हामीले मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुयल लोपेज ओब्रादोर र अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले अगुवाइ गरिरहेका राजनीतिक प्रक्रियाहरूलाई आशा, सम्मान र ऐक्यबद्धतासाथ हेरिरहेका छौँ । नवउदारवादी नीतिहरूको कार्यान्वयनबाट पर्न गएका असरहरूलाई उल्टाउने उहाँहरूका चेष्टाहरूलाई पछ्याइरहेका छौँ जुन नीतिहरूले गर्दा ती राष्ट्रहरूमा ठूलो हानि पुगेको थियो ।
ल्याटिन अमेरिकी एकता प्रक्रियालाई वास्तवमै ब्युँताउने ती दुवै सरकारका प्रयत्नहरूले हामी हर्षित छौँ र त्यसको समर्थन गर्छौँ ।
हामी माल्भिनास, दक्षिण जर्जिया र दक्षिणी स्यान्डविच टापुहरूको सार्वभौमसत्ता फर्काउने अर्जेन्टिनी गणतन्त्रका प्रयासहरूप्रति हाम्रो अटल समर्थन दोहो¥याउँछौँ ।
हामी राजनीतिक नियतवस अदालती कारबाही झेल्नुभएका ब्राजिली मजदुर पार्टीका नेता पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाप्रतिको हाम्रो ऐक्यबद्धता पुनः व्यक्त गर्छौँ । हामी उहाँलाई निर्दोष घोषणा गर्नुपर्ने, उहाँको पूर्ण स्वतन्त्रता र सम्पूर्ण राजनीतिक अधिकार फिर्ता गर्नुपर्ने कुरामा जोड दिन्छौँ ।
हामी क्यारिबियाली राष्ट्रहरूको वैध स्वार्थहरूको प्रतिरक्षालाई निरन्तरता दिनेछौँ र दासप्रथा एवम् उपनिवेशवादका असरहरूको निम्ति तिनको क्षतिपूर्तिको मागमा समर्थन जनाउँछौँ । क्यारिबियालीहरूले सदैव क्युवामा विश्वास गर्दा हुन्छ । विशेषगरी, हाइटीका भगिनीजनप्रतिको हाम्रो प्रतिबद्धता पुनः व्यक्त गर्छौँ । तिनको लागि अन्तर्राष्ट्रिय समुदायले अझै धेरै गर्नु छ ।
हामी प्युर्टोरिकोको आत्मनिर्णय र स्वाधीनताप्रतिको हाम्रो पूर्ण समर्थनमा पुनः जोड दिन्छौँ ।
ल्याटिन अमेरिका र क्यारिबियाको एकताप्रतिको क्युवाली प्रतिबद्धता अटल छ । सार्वभौमिकताको रक्षाप्रतिको बफादारिता र जनताको आत्मनिर्णयको अधिकार क्रान्तिको सिद्धान्त हो र क्षेत्रीय सहकार्य र एकताको संवद्र्धन गर्ने आकाङ्क्षा हाम्रो लक्ष्य हो । हामी हाम्रो अमेरिकालाई यसका सम्पूर्ण छोराछोरीको साझा थलो बनाउनमा योगदान पु¥याउने हाम्रो प्रयास एकछिन पनि रोक्नेछैनौँ ।
Leave a Reply