भर्खरै :

शिक्षाका दुई उद्देश्य र दुई बाटा

कक्षामा नियमित हाजिर नहुने, परीक्षामा कहिलेकाहीँ सहभागी हुने एकजना विद्यार्थी कलेजबाट निष्कासित भयो । त्यहीँ विद्यार्थी काठमाडौँको एक विदेशी सम्बन्धन प्राप्त विश्वविद्यालयमा भर्ना भयो । उसले परीक्षा दियो, प्रथम श्रेणीमा पनि उच्च स्थान प्राप्त ग¥यो ।
पुरानो कलेजका एक विद्यार्थी साथीले उसलाई सोध्यो, “तिमी त कमजोर र अनुशासनहीन विद्यार्थी कसरी विशिष्ट स्तरको अङ्क ल्यायौ ?”
विद्यार्थीले उत्तर दियो, “परीक्षा केन्द्र नै कलेजले किनेपछि, सबैलाई किताब हेरेर लेख्न दिएपछि मेरो पनि राम्रै परीक्षाफल आउने भयो नि !”
साथीले सोध्यो, “‘कसरी यस्तो हुनसक्छ ?”
विद्यार्थीले उत्तर दियो, “मेरो बुबाले कलेजमा नाम लेखाउँदा नै दुई लाख रूपैयाँ दिनुभएको थियो ।”
साथी : “त्यत्रो पैसा किन ?”
विद्यार्थी : “भर्ना, परीक्षा शुल्क र एक वर्षको अध्ययन शुल्क … आदि ।”
साथी : “पछि के भयो ?”
विद्यार्थी : “परीक्षामा केन्द्रमा नक्कल गर्न दिइएन, नराम्रोसित फेल भएँ । त्यसैले विदेश जाँदै छु ।”
साथी : “त्यसो भए, फेल हुनेहरू सबै विदेश जान्छन् त ?”
विद्यार्थी : “राम्रा विद्यार्थीहरू पीएचडी गर्न र नयाँ नयाँ विषय पढ्न जान्छन् । केही काम गर्न जान्छन् । दोस्रो डिभिजन ल्याउने, मजस्ता पत्रु विद्यार्थी भाँडा माझ्न र गा¥हो गा¥हो काम गर्न जान्छन् ।”
साथी : “तिमीजस्तो अनुशासनहीन, अल्छी र चोरेर पास हुने विद्यार्थी कसरी विदेशमा टिक्छौ ?”
विद्यार्थी : “त्यसैले पाँच लाख खर्च गरेर ३ महिनामा रूवावासी गरी फकिर्एँ त ¤ मेरा आमा–बुबाले सानैमा मलाई पुलपुल्याएर हुर्काएको हुँदा म बर्बाद भएँ । धनीका धेरै छोराछोरीको यस्तै गति हो ।”
साथी : “के सबै धनीका छोराछोरी तिमीजस्तै हुन्छन् ?”
विद्यार्थी : भर्खर भर्खर पैसा कमाएका अभिभावकहरू, नयाँ नयाँ ठेकेदार, घर–जग्गा व्यापारी, कालाबजारिया, खानेपानी, भन्सार र माल अड्डाका कर्मचारीहरू, काठमाडौँ आएका गाउँका जालीफटाहा र शोषकहरू यस्तै हुन्छन् ।
हहह
उच्च माविको प्रावधान भएको बेलाको कुरा । एउटा उच्च मा.वि.को परीक्षा राम्रो थियो । काठमाडौँको नाउँ चलेको एक निजी कलेजले त्यस उमाविको विज्ञानको एक जना राम्रो शिक्षकलाई दोब्बर तलब दिएर एक वर्षको सम्झौता गरी अध्यापन गराउने सर्तमा लिइयो ।
त्यस विज्ञान शिक्षकलाई के थाहा भयो भने ए–बी–सी सेक्सनमध्ये ‘ए’ सेक्सनका विद्यार्थी ठिक्कै हुन् । ‘बी’ सेक्सनका विद्यार्थी आवश्यक मेहनत गर्दैनन् र ‘सी’ सेक्सनका विद्यार्थी काठमाडौँभन्दा बाहिरी जिल्लाका र विदेश जाने उद्देश्यले मात्रै कक्षामा आउने गरेका धनीका छोराछोरीको कक्षा थियो । कक्षा सञ्चालन हुँदै गर्दा पनि साइड टक गर्ने, मोबाइल खोलेर हसी–मजाक गर्ने र हल्ला गर्ने गर्दारहेछन् ।
शिक्षकले अनुशासन कायम गर्न “कक्षामा हल्ला गर्ने होइन, हल्ला गर्ने हो भने बाहिर जाऊ” भनेछन् । ५–१० जना केटाहरू उठेर शिक्षकलाई धम्की दिएर बाहिर गए – “होस गर, तिम्रो काम पढाउने हो, पढ्ने–नपढ्ने हाम्रो इच्छा हो ।”
कक्षापछि प्रिन्सिपलकहाँ शिक्षक भेट्न जाँदा प्रिन्सिपलले भने, “केटाहरू यहाँ आएका थिए सर ! हाम्रो काम पढाउने हो, हामीले तिनीहरूसँग आवश्यक शुल्क लिइसकेका छौँ, तिनीहरूको जीवन सुधार्ने वा बर्बाद गर्ने तिनीहरूका अभिभावकको काम हो ।”
सम्झौताको समयपछि शिक्षकले निजी कलेज छोडे ।
हहह
यी दुई कलेजको उद्देश्य हाम्रा विद्यार्थीको जीवन, योग्यता र कलेजको सञ्चालन सरकार, समाज वा अभिभावक एवम् भविष्यसँग पटक्कै मेल खाँदैन ।
हो, ‘ए’ सेक्सनका विद्यार्थी विद्यालयदेखिकै राम्रा हुन्छन् र कलेज वा विश्वविद्यालयमा पनि राम्रै गर्छन्, आ–आफ्ना विषयमा !
‘सेन्ट जेभियर्स’ र अन्य विदेशी राजदूतावाससँग सम्बन्धित शिक्षण संस्थाहरूको उद्देश्य आ–आफ्ना देशमा नेपालका राम्रा विद्यार्थी र युवाहरू लाने, तिनलाई काम दिने, फर्डर स्टडीजको अवसर दिने र आ–आफ्ना विश्वविद्यालय र देशका निम्ति काम लिने हो ।
यसबाट नेपालका शिक्षित र राम्रामध्ये झन्डै एकतिहाइ विद्यार्थीलाई गोर्खाली सेना दिएजस्तै विदेशको सेवा प्रदान गर्ने उद्देश्य सरकारको हो भन्ने प्रस्ट देखियो ।
२० वर्षअगाडि नै भारत, फिलिपाइन्स, श्रीलङ्का आदि एसियाली देशहरूबाट नर्सहरू बेलायत लगिन्थे । विवाहपछि नर्सिङ सेवा छोड्ने, अवकास लिएर बढी सहुलियतको कारण संरा अमेरिका जाने परिस्थितिले गर्दा हरेक वर्ष झन्डै बेलायतमा नर्सहरूको आपूर्तिमा ध्यान दिनु स्वाभाविक थियो ।
नेपालको हिमाल र पहाडी क्षेत्रमा छात्राहरूको कमी थियो र विदेशीले कपडा, पुस्तक र छात्रवृत्तिको बन्दोबस्त गरे । सँगसँगै सरकारसँग सीटीईभीटीको पनि सम्झौता ग¥यो । नेपाल सरकार दङ्ग भयो, केही शासक दलका कार्यकर्ताले काम पाए । तर, त्योभन्दा पनि बेलायत र अन्य पश्चिमी देशहरूले नर्सको खाँचो पूरा गरे ।
अब प्रश्न उठ्छ – नेपाल सरकारले आफ्नो शिक्षा नीति आफ्नो देशको आवश्यकतालाई ध्यान दिएर बनाउने हो वा अरूको सेवाको निम्ति के यो अर्को गोर्खा भर्ती हो ?
विश्व बैङ्क र नेपालको शिक्षा नीति
एकपटक १५–२० वर्ष अगाडि नेपालको शिक्षा नीतिबारे छलफल गर्न एउटा टारे होटलमा केही बुद्धिजीवीहरूले कार्यक्रम राखे ।
छलफलको सिलसिलामा अभिभावक र सरकारले गरेको खर्चको एकतिहाइमात्रै प्रतिफल आएको मूल्याङ्कन एकजनाले बुद्धिजीवीले प्रस्तुत गरे । २–४ कक्षामा भर्ना हुने विद्यार्थी १० कक्षा पुग्दा एकतिहाइमात्र बाँकी रहन्छन् । साथै प्रवेशिका परीक्षामा पनि एकतिहाइमात्र उत्तीर्ण हुन्छन् । विश्वविद्यालयको परीक्षाफल अर्को कहालीलाग्दो वर्णन गरियो । कलेज र विश्वविद्यालयहरूमा विभिन्न बहानामा हुने हडताल, तालाबन्दी, आगजनी, ढुङ्गा–मुढा, प्रिन्सिपल र कर्मचारीहरूलाई कालोमोसो आदि काण्डले आधा पनि कक्षा सञ्चालन हुने गर्दैनथ्यो ।
सरकार बदल्नुप¥यो । विद्यार्थी आन्दोलन भयो । परीक्षामा गा¥हो प्रश्न आयो । कलेज र विश्वविद्यालयमा हड्ताल गरियो । कुनै निश्चित दलको समर्थक उपकुलपति, रेक्टर, रजिष्ट्रार वा कलेज वा विश्वविद्यालयमा कुनै महत्वपूर्ण पदमा नियुक्ति, प्रमोसन वा सरूवा–बढुवाको माग राखी आन्दोलन र हड्ताल गरियो । सजिलो प्रश्न र नक्कल (चिटिङ) गर्न पाउने अधिकार र होम सेन्टर अर्थात् आ–आफ्नै कलेजमा परीक्षा केन्द्र बनाउने मागमा हड्ताल गरियो । यसरी प्रवेशिका परीक्षामा सबैलाई उत्तीर्ण गरियो । ‘फेल’ कसैलाई नभनी विभिन्न विषय पढ्ने अवसर दिइयो ।
यी सबै उपद्रव गरिएको कारण शिक्षाको स्तर खस्कियो । नेपालका केही बुद्धिजीवीहरूमार्फत विश्व बैङ्कले भन्यो, एक, सबै वर्ग वा धनी र गरिब परिवारका छोराछोरीले उच्च शिक्षा हासिल गरेमा शारीरिक श्रम कसले गर्छ ?
दुई, जसरी मानिस गर्मीमा फान्टा, कोक वा बरफ र जूस खाएजस्तै अभिभावकहरूले आ–आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउने हो भने खर्च व्यहोर्नुपर्छ, सरकारले त्यो बोझ बोक्न सक्दैन ।
तीन, समाजलाई सबै जनता उच्च शिक्षा हासिल गरेको श्रमशक्ति आवश्यक छैन । यसकारण सरकारले निःशुल्क र उच्च शिक्षा सस्तो वा जनताको पहुँचमा पु¥याउने दृष्टिकोण खोटपूर्ण छ ।
छोटकरीमा, निजी र महँगो शिक्षाको निम्ति र उच्च शिक्षा नियोजन गर्न विश्व बैङ्क अर्थात् अन्तर्राष्ट्रिय पुँजीवादी दृष्टिकोणको केन्द्र ‘वाल स्ट्रिट’ ले विकासशील देशहरूलाई आर्थिक सहयोग गर्न तयार छ । दुई प्रतिशत ब्याजले हरेक कलेज वा विश्वविद्यालयहरूमा करोडौँ र अर्बाैँ डलर लगानी गर्न विश्व बैङ्क वा वाल स्ट्रिट तयार छ । किन ?
पुँजीवादीहरू समाजको व्यापक हित हुन्छ भन्नेबारे कल्पनासमेत गर्नसक्दैनन् । चोरी र डकैतीबाट धनी भएका मानिस कहिले राम्रो काम गरी कमाउन सकिन्छ भन्नेबारे कल्पना गर्नसक्दैनन् । किनभने, तिनीहरू चोरी र डकैतीले नै सम्पन्न हुन्छन् र सपनामा पनि तिनीहरू आफूभन्दा बलियो गिरोह वा अपराधीबाट आफू लुटिएको सपना देख्छन् ।
आजको संरा अमेरिकामा युरोपेली उपनिवेशवादीहरूले नै त्यहाँका आदिवासीहरूको हत्या र हिंसा गरी तिनीहरूको भूमि कब्जा गरेका थिए, क्रूरतापूर्वक हब्सीहरू अफ्रिकाबाट ल्याएर कपास खेती, निर्माण कार्य र अन्य कार्यमा लगाएका थिए । आधुनिक दासहरूको सालाखाला आयु २७ वर्षको थियो । अमेरिकी स्वतन्त्रता र त्यसपछिका लडाइँहरूलाई पनि लडाइँमा प्रयोग गरी विजय हासिल गरे, तिनीहरूको रगत र पसिनाको मूल्य पुनः काला जातिका लडाकुहरूलाई निःशस्त्र गरी व्यापक हत्याकाण्ड मच्चाइयो ।
त्यस्तै, दोस्रो विश्वयुद्धमा सोभियत सङ्घसँग मिली फासीवादी मुसोलिनी र सैन्यवादी जापानी शक्तिलाई हराउने सिलसिलामा संरा अमेरिकी राष्ट्रपति ट्रुम्यान र बेलायती प्रधानमन्त्री चर्चिलहरूले बाँकी रहेका पराजित फासीवादी र नाजीवादी सेना र गुप्तचरहरूलाई सोभियत सङ्घ र मित्र ‘कम्युनिस्टहरू’ को विरोधमा प्रयोग गरे ।
यसकारण, पुँजीवादी, उपनिवेशवादी र साम्राज्यवादीहरू अरूको हत्या र हिंसाको आहालबाट जन्मन्छन् । त्यस्तैमा तिनीहरूको पनि दुःखद मृत्यु हुन्छ – व्यवस्थाकै हिसाबले ।
पुँजीवादीहरू सबै जनता शिक्षित हुने कल्पना नै गर्दैनन् र सबै जनता शिक्षित र बुद्धिमान भए शोषण र लुटको क्षेत्रको अभाव हुने कल्पना गर्छन् । केही बुद्धिजीवीहरू खरोरूपले नै प्रस्तुत हुन्छन् – सबै जनता शिक्षित हुँदैनन् जसरी हातका औँला समान हुँदैनन् । तर, त्यसको उत्तर १९१७ मा क्रान्ति भएको सोभियत सङ्घले ४०–४२ वर्षभित्र संसारको सबभन्दा ठुलो बुद्धिजीवी (वैज्ञानिक, प्राविधिक र हरेक क्षेत्रका विशेषज्ञहरू) को क्षेत्र साबित भयो । अभिभावकहरूले आफ्ना छोराछोरी र नाति–नातिनीहरूलाई उच्च शिक्षामा पु¥याउन खर्च गर्नु परेन बरू, सबै खर्च सरकारले व्यहोरेको थियो । अनेक गृहयुद्ध र विदेशी हस्तक्षेप र अन्तरध्वंशहरूपछि पनि ३०–४० वर्षभित्र समाजवादले बेलायतको ४ सय वर्ष र संरा अमेरिकाको २ सय वर्षलाई ४० वर्षमा उछिन्यो ।
यसकारण, विश्व बैङ्क र वाल स्ट्रिटले सोचेजस्तै सबै जनताले समाजवादमा उच्च शिक्षा हासिल गर्छन्, आफ्नै देशको र संसारकै जनताको सेवा पनि गर्नेछन् ।

One response to “शिक्षाका दुई उद्देश्य र दुई बाटा”

  1. Bindu Hamal says:

    Thank you very much ! Right . Wishes and Blessings!

Leave a Reply

Your email address will not be published. Required fields are marked *