नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले सोमबार संसारमा गरिबी र भोकको मारमा परेका मानिसको संख्या गएको वर्षको तुलनामा बढेको बताएको छ । गएको सोमबारबाट रोममा शुरु भएको एफएओको अर्धवार्षिक सम्मलेनमा अधिकारीहरुले त्यस्तो तथ्य सार्वजनिक गरेका हुन् ।
सो सम्बन्धि ठोस तथ्याङ्क भने आगामी सेप्टेम्बरसम्ममा सार्वजनिक हुने बताइएको छ ।
सन् २०१७ को खाद्य संकटसम्बन्धि विश्वव्यापी प्रतिवेदनमा दक्षिण सुडान, सोमालिया, यमन र नाइजेरियामा चरम खाद्य संकट रहेको उल्लेख छ । प्रतिवेदनअनुसार सोमालियाका पाँच भागको एक भाग भोकै रहने सम्भावना प्रबल रहेको उल्लेख छ । दक्षिण सुडानका ४९ लाख, नाइजेरियाका ८१ लाख र यमनमा २ करोड जनता भोकै रहने अनुमान गरिएको छ ।
गत साल भोकमरीका कारण १० करोड ८० लाख मानिस प्रभावित भएका थिए । सन् २०१५ मा त्यो संख्या ८ करोड मात्र थियो ।
८ जुलाईसम्म चल्ने रोम सम्मलेनको उद्घाटन इटालीका प्रधानमन्त्री प्याओलो जेन्तिलोनीले गरेका थिए । सम्मेलनमा कम्तीमा १९४ संगठनका ६ सयभन्दा बढी उच्चस्तरीय सरकारी प्रतिनिधिहरु सहभागी छन् ।
Leave a Reply