भर्खरै :

ॅहजुरबुबाका चिठी’ बारे

यो संसारमा आँखा खोल्ने र सास फेर्ने अवसर पाएको बेलासम्ममा मेरा हजुरबुबा-हजुरआमाको निधन भइसकेको थियो । त्यसैले उहाँहरूको काखमा बस्ने र मायाको अनुभूति गर्ने सुवणर् मौकाबाट वञ्चित भएँ । कहिलेकाहीँ साथीभाइका हजुरबुबा-हजुरआमाको नजिक हुने अवसर नपाएको होइन तर मनैदेखि त्यो अनुभूति नआउने रहेछ । मेरा पनि हजुरबुबा-हजुरआमा अहिलेसँगै हुनुभएको भए कति धेरै कुरा सिक्न पाउँथे जस्तो लाग्छ । अध्ययनको क्रममा विदेश वा गृह जिल्लाभन्दा बाहिरी जिल्लामा गएको बेला समय-समयमा चिठी वा इमेल आदानप्रदान हुन्थ्यो होला, हजुरबाहजुरआमासँग !
साहित्यकार हरिबहादुर श्रेष्ठका ॅहजुरबुबाका चिठी’ पुस्तक अध्ययन गर्दा आफ्नै हजरबुबासँग भलाकुसारी गरिराखेको जस्तो आभास भयो । पुस्तक अध्ययन गर्दासम्म त मेरा पनि हजुरबुबा हुनुहुन्छ जस्तो लाग्यो । सो पुस्तकको प्रकाशन संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) ले २०७६ मा गरेको छ ।
ॅहजुरबुबाका चिठी’ पुस्तकमा २०७१ पुस १९ देखि २०७६ असार ३१ सम्मका ३१ वटा चिठी सङ्ग्रहित छन् । उच्च शिक्षा हासिल गर्न अमेरिका पुगेका नाति अमर र नातिनी अमृताको नाममा लेखिएका ती चिठी पढ्दा तत्कालीन समाजको सामान्य हाल खबरको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी प्राप्त हुन्छ । चिठीहरू पढ्ने बेलामा कताकता इतिहास पढिरहेको जस्तो अनुभूति पनि हुन्छ ।
अध्ययन वा रोजगारीको नाममा नेपालका नयाँ पुस्ताका ७० लाखभन्दा बढी नेपाली विदेश पलायन भएको जानकारहरू बताउँछन् । नेपालमै राम्रो, सुलभ र सहजरूपमा रोजगारी पाएको भए युवापुस्ता विदेश जान बाध्य हुन्थेन । म्यानपावर कम्पनी चलाउने काम सत्तामा जाने दलहरूकै मान्छेहरूले गरिरहेका छन् । युवा पुस्तालाई विदेश पठाउने सुरुआत नेपाली काङ्ग्रेसले नै गरेकोमा कसैको दुईमत नहोला ! यस विषयमा पुस्तकको प्रकाशकीयमा स्पष्ट चर्चा गरिएको छ-“आजसम्मका शासकहरूले नेपालमै रोजगारी, उद्यमको अवसर सृजना नगरी युवाहरूलाई विदेश जान उक्साए । गरिबलाई घर-खेत बेच्न लगााई, ऋण बोकाई विदेश जान बाध्य पारे । परिणामस्वरूप नेपाली समाज नयाँ-नयाँ विकृति तथा बर्बादीको सिकार बन्दै छ । नेपाल परनिर्भर बन्दै छ । नेपालीको इज्जतप्रतिष्ठामा दाग लाग्दै छ ।”
हजुरबुबा नाति अमर र नातिनी अमृतालाई सम्बोधन गर्दै भन्नुहुन्छ-“विदेश गएर ज्ञान र विज्ञानबारे अध्ययन गर्ने, अनेक कलाकौशल सिक्ने देश र जनताको सेवा गर्ने भावना राखेर अध्ययन गर्नु र काम गर्नु उपयुक्त हुन्छ ।”
नेपालभन्दा पछि सभ्यता विकास भएको अमेरिका संसारमा पहिलो धनी र शक्तिशाली देशको रूपमा अगाडि बढ्यो । अमेरिकाको विषयमा हजुरबुबा यसरी लेख्नुहुन्छ-“अमेरिका आफै नेपालभन्दा धेरै पछाडि मात्र सभ्यताको संसार देखेको भूमि हो, झन्डै ६-७ सय वर्ष पहिले मात्रै प्रकाशमा आएको भूमि हो । त्यहाँ ताम्रवणर्का केही आदिवासी जनता मात्रै बसोबास गर्थे । त्यो समाज आदिम साम्यवादी वा वर्गविहीन र शोषणरहित समाज थियो । पछि युरोपेलीहरूले जङ्गल फाँडी बस्नलायक बनाएका हुन् । तर, नेपाल हजारौँ वर्ष पुरानो सभ्य देश हो । अमेरिका आजको स्थितिमा पुग्न अफ्रिकी जनताको रगत र पसिना बगेको छ । युरोपेली सामन्त वर्ग र पुँजीपति वर्गले आदिवासी जनता र अफ्रिकी दासहरूको परिश्रम तथा शोषणमा विकास गरेको देश अमेरिका हो ।”
पहिलो चिठी
सन् १९६१ देखि अमेरिकाले आर्थिक नाकाबन्दी गरेपनि आफ्नै क्षमताले विकास गरेको समाजवादी देश क्युवाबारे चिठीमा उल्लेख गरिएको छ । हजुरबुबा अगाडि लेख्नुहुन्छ-“क्युवा एक समाजवादी देश हो र त्यहाँ डाक्टरी पढ्न नेपालमा जस्तो ३०-४० लाख रुपैयाँ लाग्दैन बरु योग्यता भएका हरेक छात्रछात्राले निःशुल्क चिकित्साशास्त्र पढ्न पाउँछन् । साथै, त्यहाँ २०० जना नागरिकको निम्ति एक जना डाक्टरको व्यवस्था छ । क्यारेबियाली देशहरू ल्याटिन अमेरिकी वा दक्षिण अमेरिकी मुलुकहरू र दक्षिण अफ्रिकी देशहरूमा ५-५ हजार क्युवाली डाक्टरहरूले स्वयम् सेवकको रूपमा सेवा गर्दै छन् ।”
दोस्रो चिठी
हजुरबुबा केशरी र गुण कार्की भेट्न आउँदा समाज र कार्यालयबारे भएको छलफल यसरी प्रस्तुत गर्नुहुन्छ-“स्वास्थ्यमन्त्रीहरूले सरकारी अस्पतालको निम्ति अरबौँ रुपैयाँको औषधी खरीद गर्दा कम्पनीहरूसँग करोडौँ करोड कमिसन खान्छन्, स्वास्थ्य उपकरणहरू किन्दा कम्पनीहरूसँग करोडौँ कमिसन खान्छन् , चिकित्सक र स्वास्थ्यसेवक कर्मचारीहरू नियुक्ति र सरुवा बढुवामा लाखौँ रुपैयाँ घुस खान्छन् । त्यति मात्र होइन निजी अस्पतालहरूलाई स्वीकृति दिँदा मन्त्रीहरूले २७-२७ लाख रकमसम्म घुस खाएका छन् ।”
तेस्रो चिठी
संविधान निर्माण गर्ने काम संविधानसभाको भएपनि शासक दलहरू एमाले, नेका, माओवादी र मधेसवादी दलहरू सहमतिको नाममा होटल, रिसोर्ट र विभिन्न ठाउँहरूमा बरोबर बैठक बस्दै गरेको खबरले ती दलहरू प्रजातन्त्रको अभ्यास गर्न चाहन्नन् भन्ने कुरा चिठीमा चर्चा गरिएको छ ।
चौँथो चिठी
ब्रतवन्ध, विवाह र भोजभतेरबारे नाति र नातिनीको जिज्ञासामा हजुरबुबा यसरी सम्झाउनुहुन्छ, “प्राचीन समाजमा फरक – फरक जातजाति र भाषाभाषीहरूले आ-आफ्नै ढङ्गले १०-१२ वर्षका केटाहरूलाई शिक्षा दिने, आ-आफ्नो पेशाबारे जानकारी दिने तथा बानी व्यहोरा सिकाउने एक परम्पराको नाम हो ब्रतवन्ध । त्यस्तै गुफा राख्ने परम्परा पनि हुर्कँदो अवस्थामा छोरीहरूलाई व्यावहारिक विषयमा जानकारी दिने परम्पराको रूपमा विकास भएको देखिन्छ । समाजलाई निरन्तरता दिन सबैलाई साक्षी राखी दुई जनाको मिलनको विधि पूरा गर्ने परम्परा हो तर आजभोलि विवाहको जन्ति र भोजभतेरले पुराना सबै विधि र परम्परा धुजा-धुजा भएका छन् । समाजमा धनी र गरिबको खाडल बढ्दै गएपछि धनीहरूले टोल नै थर्किने गरी सबैलाई बाधा पुग्नेगरी सडक र गल्ली नै अवरुद्ध गर्छन् र जन्तिको नाममा विवाह जुलुस गर्छन् ।”
पाँचाँै चिठी
राजनैतिक दार्शनिक, राजनेता र रााजनीतिज्ञहरूमा भिन्नताबारे राखिएको जिज्ञासालाई प्रस्ट पार्न हजुरबुबाले ग्रीसका दार्शनिकहरू सोक्र्याटिस, प्लेटो र एरिस्टोटलका राज्य र लोकतन्त्रबारेका विचारहरू प्रकाश पार्नुभएको छ । हजुरबुबा नेपालको सन्दर्भमा लेख्नुहुन्छ-“ नेपालका प्राचीन नगरहरूको स्वरूपलाई यथावत राख्न, कला, संस्कृति र वास्तुकलालाई जोगाउन पुराना घरका छाना, झ्याल, ढोका र स्वरूप कायम गर्नु काठ, झिँगटी र अन्य आवश्यक सामान एवम् प्रविधिको लागि सरकार तथा नगरपालिबाट अनुदान दिलाउन कोसिस हुन्छ ।”
छैटौँ चिठी
२०७२ वैशाख १२ मा आएको ठूलोभूकम्पबाट क्षतिग्रस्त घरहरू देखेर हजुरबुबालाई केही दिनसम्म एक तमासको विरक्तिले छोपेको पीडा चिठीमा व्यक्त गरिएको छ । हजुरबुबा चिठीमा विदेशमा भएका विकासबारे लेख्नुहुन्छ-“दोस्रो विश्वयुद्धबाट ध्वस्त भएको सोभियत सङ्घ र युरोप केही वर्ष र दशकमा सपनाका जस्ता सहरहरू बने । पार्क र ऐतिहासिक स्मारक क्षेत्रहरू पुनः स्थापित भए । जनताको क्रान्तिबाट धुजाधुजा भएका चिनियाँ सहर तथा गाउँहरू केही वर्ष र दशकमा पुनः प्राचीनताको गौरवबाट सजिए । बम, बारुद र विध्वंसको क्रुर हमलाबाट एउटा पनि किल्ला साबुत नभएको कोरियाली प्रायःद्वीपमा एक दुई दशकमै फूलबारी जस्ता सहरहरू बने ।”
सातौँ चिठी
पुँजीवादको विकासबारे हजरबुबा यसरी लेख्नुहुन्छ, “खेतीपातीको विकास भएपछि आफूले खाएर पनि उब्रेको अन्न र अन्य उत्पादन किसानले बजारमा लगेर बेच्न सुरु गरे । पैसा वा मुद्राको चलन कम थियो । सामान सामानसँगै साटिन्थे । सिकर्मीले आफूले बनाएको काठको सामान, ॅकामी’ ले बनाएको हँसिया र बन्चरोसँग साट्थ्यो भने तरकारी बेच्ने किसानले सार्कीसँग जुत्ता लिन्थ्यो । व्यापारको वृद्धि हुँदै गएपछि ठूल्ठूला व्यापारी, कारखानेदार र साहुमहाजन बढ्दै गए । ती साहुमहाजनले ठूलाबडा कर्मचारी र राजारजौटालाई भेटी चढाएर वा घुस खुवाएर कर मिनाहा गराउँथे र धनी झन् झन् धनी हुँदै गए ।”
विदेशी प्रभाव नेपालमा कसरी बढेको छ भनेर हजुरबुबा चिठीमा स्पष्ट रूपमा भन्नुहुन्छ-“विदेशी केटीसँग बिहेवारी चलाएर विदेशी प्रभाव बढाउने र विदेशीहरूसँग नक्कली विवाह गरेर विदेशी ज्वाइँहरूलाई नागरिकता दिएर देशमा विदेशी प्रभाव बढाउने काम गरिँदै छ । शासक दलहरूले पैसाको बलमा ४० लाख विदेशीलाई नागरिकता दिएको प्रचारमा आइरहेको छ ।”
नेपालको संविधान – २०७२ संविधानसभाबाट पारित भएपछि नेपालमा भारतीय हस्तक्षेप भएकोबारे हजरबुबा चिठीमा यसरी लेख्नुहुन्छ- “संविधानसभाको दुईतिहाइ बहुमतबाट मात्र होइन ९० प्रतिशतद्वारा संविधान पारित भएपनि व्यापक कामदार जनताको रोजगारी र जीवनको सुनिश्चितता भएन । संविधान पारित हुनु अगाडि भारतीय प्रम मोदीको विशेष दूतको रूपमा आएका परराष्ट्र सचिवले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र अन्य शासक दलका नेताहरूलाई भेटे । उनले प्रत्यक्ष र अप्रत्यक्षरूपले भारतसँग सीमा जोडिएको हुँदा मधेसवादीहरूको माग पूरा गर्नुपर्छ वा ॅएक मधेस एक प्रदेश’ तथा ॅआत्मनिणर्यको अधिकार दिने’ र ॅअलग्ग राज्य’ समेत घोषणा गर्न पाउने माग पूरा गर्नुपर्छ भन्ने दबाब दिए । नेपाली नेताहरूले त्यसको जवाफमा नेपाल एक स्वतन्त्र र सार्वभौम देश हुँदा भारतले यसरी दबाब दिन नमिल्ने बताए ।”
नवौँ चिठी
नेपालको प्राकृतिक स्रोतसाधनमाथि भारतले कसरी कब्जा गर्दै छ भनेर चिठीमा स्पष्ट उल्लेख गरिएको छ- “अब नेपालको प्राकृतिक स्रोत र साधनको सन्धि-सम्झौता प्रतिनिधिसभाको दुईतिहाइ मतले पारित गर्नुपर्दैन बरु लगानी बोर्डले नै गर्नसक्ने भयो । यसरी भारत आफैले नेपालमा सैनिक आक्रमण नगरी नेपालका सबै प्राकृतिक स्रोत र साधन आफ्नो पोल्टामा पार्‍यो ।”
दशौँ चिठी
काठमाडौँमा विभिन्न जिल्लाका मानिसले बसाइसराइ गरी घर बनाएका छन् । परिणामस्वरूप खानेपानीको अभाव, प्रदूषण, फोहोर व्यवस्थापन लगायतका समस्या काठमाडौँमा बढेको छ । यस्तो स्थिति आउनुमा शासक दलका नेताहरू जिम्मेवार भएको भन्दै हजुरबुबा लेख्नुहुन्छ- “गाउँ र जिल्ला – जिल्लाका ठूलाठालुहरू काठमाडौँमा जागीर खान आउँछन् । ती नेताको पछि लागेर कार्यकर्ता पनि आउँछन् । व्यापार र अरू कामको सिलसिलामा यहीँ आउँछन् तर तिनीहरू गाउँ र जिल्ला बस्नेगरी फर्कँदैनन् । काठमाडौँमै घरजम गर्ने कल्पना साकार पार्न तिनीहरू भ्रष्टाचार गर्छन् । विदेशी गैरसरकारी सङ्गठनहरूमा लागेर केही वर्षपछि काठमाडौँमै घरबास बनाउँछन् – मानौँ तिनीहरूले भर्खरै काठमाडौँ उपत्यकामाथि विजय प्राप्त गरेका हुन्, तिनीहरूका लागि क्रान्ति र नयाँ युग पनि यही हो । तिनीहरूले आफ्नो गाउँ वा जिल्लाका जनतालाई कमिलाका ताँती सम्झेर निर्वाचनको बेला ॅचिनी छरेर’ मतलब साध्य गर्छन् ।”
एघारौँ चिठी
नाति र नातिनीको जीवनमा कर्मचारी भएर देशको सेवा गर्ने इच्छा जाहेर भएपछि हजुरबुबा यसरी जवाफ दिनुहुन्छ- “हिजोआज नेपालमा राजनीतिक दलहरूपछि सबभन्दा बदनाम क्षेत्र कर्मचारी सेवा नै हो । तिमीहरूले आरामको जीवन बिताउने, जोखिम मोल्न नपर्ने, हरेक २-४ वर्षमा तलब र भत्ता वृद्धि हुने र कहिलेकाहीँ ॅठाउँ’ मा पर्‍यो भने ठूलै पुरस्कार र भेटी’ पाउने आदि बतायौ । ॅपुरस्कार र भेटी’ को अर्थ कानुनी र गैरकानुनी रकम पाउनु हो ।”
बार्‍हौँ चिठी
देशको परिस्थितिबारे बताउँदै हजुरबुबा चिठीमा लेख्नुहुन्छ- “८० प्रतिशत काम सिधिनुलाई निर्माण सकिएको मान्ने ॅठेक्का ऐन’ ठेकेदारको हितमा भएको हुँदा गार्‍हो अप्ठ्यारो ठाउँमा सडकै नबनाई निर्माण सम्पन्न भएको घोषणा गरिन्छ ।….निजी विद्यालय अनुगमन प्रतिवेदनमा ॅक’ श्रेणीको दाबी गर्ने विद्यालयमध्ये कतिपयले भर्ना शुल्क नै ५० हजारदेखि ७५ हजारसम्म लिन्छन् ।…..रिकन्डिसन गरिएका भारतीय गाडी, नक्कली लाइसेन्स वा अदक्ष ड्रात्रलाई लाइसेन्स, ठेकेदारको लापरवाहीले सडक निर्माणमा कमजोरी आदि पनि दुर्घटना हुनुका कारण हुन् ।”
तेर्‍हौँ चिठी
नेपालका भ्रष्ट नेता-कार्यकर्ताहरूका व्यवहार र गतिविधिहरू देखेर नयाँ पुस्ताले ॅराजनीति फोहोर खेल’ भन्दै घृणा गर्न थालेका छन् । त्यसैले तिनीहरूले राजनीतिमा नलाग्ने र नेता नबन्ने भन्न थालेका छन् । तसर्थ, चिन्तित भएर हजुरबुबा लेख्नुहुन्छ-“राज्यविना देश चल्दैन, राज्य चलाउन राजनीतिक, सैनिक वा कर्मचारी नेता चाहिन्छ । हरेक अस्पताल, कार्यालय, पाठशालादेखि विश्वविद्यालय, खेलकुद, राजनीतिक दलका जिल्ला समितिदेखि केन्द्रीय समितिसम्मै एकजना नेता अगाडि देखिएकै हुन्छ । के हाम्रा माध्यमिकस्तरका विद्यालयहरूले आ-आफ्ना विद्यार्थीलाई मोटर चलाउन एक जना चालक, विद्यालय चलाउन एक जना प्रधानाध्यापक वा प्राचार्य चाहिन्छ भन्नेबारे शिक्षा दिन बिर्सेका हुन् ?”
चौधौँ चिठी
अमेरिकामा काला जातिका युवाहरूलाई सोधपुछ नै नगरी दनादन गोली हानेर मारेको समाचार पढेपछि हजुरबुबालाई सार्‍है पीडा हुन्छ र चिठीमा लेख्नुहुन्छ- “संरा अमेरिका संसारको सबभन्दा ठूलो कारागार हो, सबभन्दा बढी मानव अधिकार हनन हुने देश हो, हत्या र हिंसाको गढ नै हो । त्यहाँ सबभन्दा बन्दी काला जातिका जनता नै छन् । किन ? किनभने, संसारलाई मानव अधिकार सिकाउने अमेरिकी सरकारले काला जातिका जनतालाई शिक्षा, स्वास्थ्य र रोजगारबारे कहिल्यै उचित ध्यान दिने आवश्यकता अनुभव गरेन । संसारमा सबभन्दा बढी रङ्गभेदी, जातिवादी र पक्षपाति देश संरा अमेरिका नै हो ।”
पन्ध्रौँ चिठी
नेपालका निजी मेडिकल कलेजबारे नाति-नातिनीको जिज्ञासा मेट्न हजुरबुबाले यसरी प्रयास गर्नुभएको छ- “आज देशमा पुँजी लगानी गर्न नपर्ने कुनै उद्योग र सेवा छ भने त्यो निजी मेडिकल कलेजको स्थापना हो । स्वीकृति पाएपछि नै प्रति विद्यार्थीबाट ४० लाख नेपाली रुपैयाँ र प्रत्येक भारतीय विद्यार्थीबाट ४० लाख भारु लिइन्छ । १५० जना विद्यार्थी पढाउने स्वीकृति छ भने कक्षामा ३०० विद्यार्थी भर्ना लिइन्छ । करोडपति र अरबपति भारतीयहरूका बिग्रिएका छोराछोरीलाई भर्ना लिनु नै कतिपय मेडिकल कलेजको उद्देश्य हो ।”
सोर्‍हौँ चिठी
संरा अमेरिकाका ४५ औँ राष्ट्रपति ट्रम्पले २० जनवरी २०१७ मा गोपनियता र पदको शपथ लिएपछि हजुरबुबा चिठीमा लेख्नुहुन्छ- “ट्रम्पको भावना अमेरिकाका ठूल्ठूला कम्पनीहरूको एक पक्षको विचार हो । कुनै पनि अमेरिकी राष्ट्रपतिको पछाडि अनेक विषयका सल्लाहकार वा विशेषज्ञहरू हुन्छन् । तिनीहरूले राष्ट्रपतिको भाषण र नीति तयार गर्छन् । पहिलेका राष्ट्रपतिको बेला सच्याउनै नसक्ने गरी लिएको नीतिलाई सच्याउन नयाँ-नयाँ राष्ट्रपतिलाई निर्वाचनमा बोल्न दिन्छन् ।”
सत्रौँ चिठी
“विश्वयुद्धपछि सांस्कृतिकरूपले आ-आफ्नै इतिहास भएका युरोपेली देशहरू संरा अमेरिकाको नेतृत्व र निर्देशनमा रहेर स्वयम् हीनताबोधबाट पीडित थिए । युरोपेली देशहरूका पूर्व उपनिवेशहरूका सत्तासीनहरू सद्दाम हुसेन र कणर्ेल गद्दाफीजस्ता शासकहरूले अमेरिकी डलरसँग होइन, युरोसँग व्यापार गर्ने अभिव्यक्ति दिनु र संयुक्त राष्ट्र सङ्घको कार्यालय न्यूयोर्कमा होइन अर्को कुनै महादेशमा सार्नुपर्ने प्रस्ताव गर्नु आदिले संरा अमेरिका र युरोपेली सङ्घको माझमा बेमेलहरू देखापर्‍यो ।”
हजरबुबाले चिठीमा संसारलाई नेतृत्व र निर्देशन गरिरहेको अमेरिकाको आर्थिक सङ्कटले गर्दा युरोपेली सङ्घसँग बेमेल देखापरेको उल्लेख गर्नुभयो ।
अठारौँ चिठी
पत्रिका वितरण गर्दै विद्यालय र कलेज अध्ययन गरिरहेका भाइहरूको उदाहरण दिँदै चिठीमा सांस्कृतिक समस्याबारे बुझाउन खोजिएको छ । हजुरबुबा चिठीमा लेख्नुहुन्छ-“सांस्कृतिक समस्या पनि भाँतिभाँतिका छन् । हेर्दा सामान्य लाग्छ तर त्यसको प्रभाव र अर्थ गहिरो र व्यापक पनि हुन्छ ।”
उन्नाइसौँ चिठी
नेपालको संविधान २०७२ अनुसार पहिलो पटक २०७४ सालमा स्थानीय तह, प्रदेश र सङ्घको निर्वाचन भएको थियो । त्यतिबेला शासक दलहरू एमाले, माओवादी, नेका, राप्रपा, मधेसवादी दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर पैसा खर्च गर्ने, पैसा बाँड्ने, सामान बाँड्ने, चुनाव चिन्ह भएको क्याप र टिसर्ट दिने, भोजभतेर गर्ने लगायतका काम गरी निर्वाचन जितेका थिए । ती दलहरूको विषयमा हजुरबुबा लेख्नुहुन्छ- “नेकाले धार्मिक, जातजाति, भाषाभाषी र क्षेत्रीय साम्प्रदायिक दलहरूलाई समेटेर ॅलोकतान्त्रिक गठबन्धन’ बनायो भने एमाले र माओवादी मिलेर ॅवाम गठबन्धन’ बनाए । ती दुवै गठबन्धन एकै सिक्काका दुई पाटाजस्तै पुँजीवादी दलका दुई रूप नै हुन् ।”
बीसौँ चिठी
चिठीमा बोक्सी आरोप, चेलीबेटी बेचबिखन र तराईमा दहेज प्रथाले समाजमा अपराध, विकृति, विसङ्गति र अनेक समस्याहरू देखिएकोले ऐन-कानुन बनाएर नै कारबाही गर्नुपर्ने हजुरबुबाको मत रहेको छ । हजुरबुबा चिठीमा लेख्नुहुन्छ- “एक जना व्यक्तिले गर्दा सयौँ चेली र तिनका परिवारले दुःख भोग्नुपर्ने हुँदा त्यस्ता अपराधीहरूलाई १०-२० वर्ष कैद हुने कानुन बनेमा त्यस्ता अपराधमा कमी आउने निश्चय छ ।”
एक्काइसौँ चिठी
“नेपाल, भारत, श्रीलङ्का, भुटान, म्यानमार र थाइल्यान्ड मिलेर बनेको ॅबङ्गाल खाडीका देशहरूको प्राविधिक र आर्थिक सहयोग सङ्गठन बिम्स्टेकको बैठक नेपालमा भयो । नेपालको विद्युत् भारतस्थित ग्रीडमा जोड्ने र त्यसलाई सिङ्गापुरसम्म लाने हल्ला चल्यो । साथै, भारतीय प्रम मोदीको भाषणमा नेपालसमेत बिम्स्टेकका देशहरूको एक संयुक्त सैनिक अभ्यास भारतको पुणेमा हुने बताइयो । बिम्स्टेकलाई एक सैन्य गठबन्धन बनाउने गन्ध आउनासाथै नेपालका प्रम ओलीले त्यसमा नेपाली सेनालाई भाग नलिन आदेश दिए ।”- चिठीमा हजुरबुबाले बिम्स्टेक वा हिन्द प्रशान्त नयाँ सैन्य गठबन्धन नेपालको हितमा नभएकोबारे स्पष्ट पार्नुभएको छ ।
बाइसौँ चिठी
हजुरबुबा आफ्नो तितो राजनीतिक अनुभव चिठीमा यसरी व्यक्त गर्नुहुन्छ- “३०-४० वर्षदेखि सँगै हिँडेका कतिपय साथीहरूले विभिन्न कारणले राजनीति छोड्दै गए, कतिपय विचारबाट थाके, कतिले केटाकेटी समाल्नुपर्‍यो, कोहीलाई उमेर र शरीरले साथ दिएन-, कतिपय विचारले हारे, कतिपयले आ-आफ्नो स-साना स्वार्थको अगाडि आत्मसमर्पण गरे ।” हजुरबुबा नाति-नातिनीलाई व्यावहारिक ज्ञान दिने हिसाबले लेख्नुहुन्छ- “घरीघरी साथी, सहयोगी र आफ्नो गन्तव्य नछोड्नू ! निराशाले मानिसलाई कमजोर बनाउँछ । आफ्ना साथी र सहयोगीहरूलाई छाड्नुहुन्न । कमि-कमजोरी जसको पनि हुन्छ । सबैसँग मिलेर काम गर्ने उत्साह छाड्नुहुन्न । किनभने, केही साथीहरूको सांस्कृतिक स्तरको अभावले हाम्रो उद्देश्यलाई बुझ्न नसकेर वा गलत समझदारीले गर्दा उल्टो निष्कर्षमा पुग्ने सम्भावना हुन्छ । रिसाएर गएका दुःखी साथी, सहयोगी र मित्रहरूलाई बीचमा छोड्नुहुन्न । तिनीहरूको कमजोरीलाई सच्याउने अवसर दिनुपर्छ र सबैको योगदानलाई बिर्सनुहुन्न ।”
तेइसौँ चिठी
चिठीमा राजनैतिक दलहरूबारे हजुरबुबा यसरी स्पष्ट पार्नुहुन्छ- “पालैपालो शासनमा जान पार्टीको नाम, झन्डा, धर्म, भाषा र जातको आधारमा दलहरू खडा गरेका हुन्छन्-पुँजीपति र सामन्त वर्गले । अमेरिकामा ॅगणतान्त्रिक’ र ॅप्रजातान्त्रिक’ नाम दिइएको छ भने बेलायतमा ॅअनुदार’, ॅउदार’ र ॅमजदुर’ दल आदि । नेकपा भनिने एमाले ॅकम्युनिस्ट’ नाउँको राष्ट्रियरूपले ॅभाइकाङ्ग्रेस’ र माओवादी केन्द्र भारतीय एकाधिकार पुँजीका ॅमथ्यापुत्र’ हुन् ।”
चौबिसौँ चिठी
हजुरबुबाले नाति अमर र नातिनी अमृतालाई अन्तर्राष्ट्रवादी र देशभक्त व्यक्तित्वहरूको जीवनी पढ्नमा जोड दिँदै चिठीमा लेख्नुहुन्छ- “अब तिमीहरूको हातमा विश्वको नक्सा हुनुपर्छ र त्यसका पछिल्तिर अफ्रिका महादेशका पेट्रिस लुमुम्बा, ओमर मुख्तार, एनक्रुमा, सेकुतुरे र नेरेरे तथा ल्याटिन अमेरिकाका जोसे मार्टी, सिमोन बोलिभार, क्यास्ट्रो, चे ग्वेभारा र ह्युगो चाभेजजस्ता देशभक्त एवम् अन्तर्राष्ट्रवादीहरूको तस्बिर तथा जीवनी हुनुपर्छ, जसको अध्ययनबाट व्यक्तिगत दुःखको अनुभव हुनेछैन ।”
पच्चिसौँ चिठी
शासक दलका नेता-कार्यकर्ताहरू काठमाडौँ केन्द्रित भएकोले चिन्तित भएर हजुरबुबा चिठीमा लेख्नुहुन्छ- “राजधानीमा प्राप्त हुने स्वास्थ्य, शिक्षा, रोजगारी र सहरी व्यवस्थाका सुविधाहरूजस्तै आ-आफ्नो प्रदेश, जिल्ला, नगर र गाउँलाई राम्रो, सफल र व्यवस्थित क्षेत्र बनाउने सोच शासकहरूमा कहिल्यै आएन । सबै प्रधानमन्त्री, मन्त्री, नेता र मुख्यमुख्य कार्यकर्ताहरूले सरकारबाट पाइने अनेक प्रकारका रोजगारी र सरकारी सहुलियत लिएर काठमाडौँको जनसङ्ख्या २० लाखबाट ८० लाख बनाउँदै गए ।”
छब्बिसौँ चिठी
“शत्रु देशले आफ्ना जासुसहरूमार्फत त्यस देशको झगडा, समस्या, कमि-कमजोरी र बलियो पक्ष पत्ता लगाउँछ । तिमीहरू व्यापारी, फकिर, हात हेर्ने ज्योतिष, सिद्धबाबा र सिद्धपुरुष, चटके आदि अनेक प्रकारको भेषमा शत्रु देशमा पुगेका हुन्छन् । अहिले गुप्तचरीको काम गर्न विश्व सुन्दरी, खेलाडी, कलाकारहरू, लेखक, प्राध्यापक आदि पेशाकर्मी अथवा पर्यटकको रूपमा पठाउँछन् ।”
यस चिठीमा शत्रु देशले कसरी देश कब्जा गर्दा रहेछन् भनेर हजुरबुबाले स्पष्ट पार्नुभएको छ । त्यसको लागि विदेशका देशभक्त, असल र बुद्धिमान राष्ट्रपति तथा प्रधानमन्त्रीहरूको जीवनी हाम्रो देशका राष्ट्रपति र प्रधानमन्त्रीहरूले अध्ययन गर्नुपर्नेमा पनि चिठीमा विशेष जोड दिइएको छ ।
सत्ताइसौँ चिठी
नयाँ पुस्तालाई तालिम दिएर योग्य, दक्ष र देशभक्त नागरिक बनाउन पुराना पुस्ता हरपल लागिपरेका हुन्छन् । यसै महत्वपूणर् विषयमा हजुरबुबा लेख्नुहुन्छ- “जसरी एक जना योग्य विशेषज्ञ र असल नागरिक बनाउन झन्डै ३० वर्ष लाग्छ, त्यस्तै ती ३० वर्षे हजारौँ कार्यकर्ताहरूले अर्को ३० वर्षमा लाखौँ योग्य विशेषज्ञ र असल नागरिक तयार गर्नेछन् ।” हजुरबुबाले क्युवामा समाजवादी क्रान्तिपछि ६० वर्षमा एक सबल र सम्पन्न देश बन्नमा फिडेल क्यास्ट्रो, चे ग्वेभारा र अन्य क्रान्तिकारीहरूको योगदान र सङ्घर्षमय त्याग महत्वपूणर् भएको चर्चा चिठीमा गर्नुभएको छ । अझ स्पष्ट पार्न उहाँ अगाडि लेख्नुहुन्छ- “जहिलेसम्म राजनैतिक नेता र कार्यकर्ताहरू निःस्वार्थी र योग्य हुँदैनन्, तबसम्म कर्मचारी, सेना, प्रहरी, गुप्तचर संस्था, बुद्धिजीवी, शिक्षक र प्राविधिकहरू पनि इमानदार र देशभक्त हुँदैनन् ।”
अठ्ठाइसौँ चिठी
चर्चित साहित्यकार भाषा र व्याकरणका अथक अन्वेषक एवम् इतिहासकार, झर्रोवादका एक प्रवर्तक, प्राध्यापक तथा प्राज्ञ बालकृष्ण पोखरेल र नेपाली साहित्यका पुराना पुस्तक, पत्रपत्रिका, चिठी-पत्र, अनेक रचना तथा समालोचना साहित्यका सङ्कलक पारखी, लेखक एवम् अनुसन्धानकर्ता शिव रेग्मीको निधनले आफूलाई स्तब्ध बनाएको चिठीमा उल्लेख गरिएको छ । लेखक, कवि र कलाकारहरूको हेरचाह गर्नेहरूको अभाव भएकोबारे हजुरबुबा यसरी लेख्नुहुन्छ- “छोराछोरीहरू विदेशमै बसिदिँदा कति कवि, लेखक र कलाकारहरूको हेरचाह गर्नेहरूको अभावको अनुभव हुँदै छ । यस्तो अवस्थामा सङ्घीय सरकार र प्रदेश सरकारहरूले लेखक, कवि र कलाकारहरूको लागि ॅआदर निकेतन’ को बन्दोवस्त गर्नु उपयुक्त हुन्छ ।”
उनान्तिसौँ चिठी
कार्ल माक्र्स, लेनिन, जोन रिड, एड्गर स्नो, अन्ना लुइस स्ट्रङ्ग, ग्राहम वर्चेट आदि अन्तर्राष्ट्रिय पत्रकारहरूका साथै नेपाली पत्रकारितामा महत्वपूणर् योगदान गर्ने पत्रकारहरूबारे हजुरबुबाले चिठीमा विशेष चर्चा गर्नुभएको छ । हजुरबुबा अगाडि लेख्नुहुन्छ- “जहाज जतिसुकै ठूलो भएपनि कम्पासविनाको जहाज कालरात्रीको महासागरमा हराउने सम्भावना हन्छ, त्यस्तै राजनीतिक कम्पास भएको पत्रकारिताले छिट्टै आजुमा पुर्‍याउँछ । यसकारण, सम्पादक र पत्रकारहरू जिम्मेवार पनि हुन्छन् ।”
तीसौँ चिठी
हजुरबुबा चिठीमा कर्मचारीहरू ॅसरल’, ॅकुटिल’ र ॅउच्चविचार’ गरी तीन थरि चरित्रका हुने भन्दै लेख्नुहुन्छ- “साधारण पढाइअनुसार र आफ्नो योग्यताअनुसारको पारिश्रमिक प्राप्त गरी आफ्नो परिवार चलाउने सरल कर्मचारीहरू ऐन-नियमअनुसार सरुवा-बढुवा हुन्छन् र माथिल्लो तहले दिएका कामहरू समयमै गरी आनन्दको जीवन खोज्छन् । कुटिल कर्मचारीहरू पदमा बसेर देश र जनताको विरोधमा अनेकौँ अपराधहरू गर्छन् । प्राविधिकतन्त्र र कर्मचारीतन्त्रबाट नेपाली जनता आक्रान्त छन् । उच्चविचारका कर्मचारीहरू आफूलाई प्राथमिकतामा नराखी देश र जनताको इज्जत, प्रतिष्ठा र गौरवको निम्ति आफ्नो बल र बुद्धिले भ्याएसम्म रातदिन नभनी ओभरटाइम अर्थात् १० देखि ५ बजेभन्दा अगाडि र पछाडिको समयमा समेत थप सेवामा रहन्छन् ।
यसरी मजदुर-किसानका प्रिय साहित्यकार हरिबहादुर श्रेष्ठले आफ्नो अध्ययन र अनुभवको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे नाति अमर र नातिनी अमृतामार्फत हामीजस्ता नयाँ पुस्तालाई मार्गदर्शन तथा प्रशिक्षित पार्ने उद्देश्यले ॅहजुरबुबाका चिठी’ लेख्नुभएको छ । तसर्थ, विदेश जाने तयारीमा रहेका र जान चाहेका नयाँ पुस्तालाई ॅहजुरबुबाका चिठी’ पुस्तक अनिवार्य अध्ययन गराई छलफल चलाउनु समयको आवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *