भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
हरेक देशको आ–आफ्नो सीमा हुन्छ । हरेक देशले आ–आफ्नो सीमा छुट्याएको हुन्छ । आ–आफ्नो सीमा निर्धारण नभएसम्म एकआपसमा मनमुताव भइरहन्छ, झगडा भइरहन्छ । कहिलेकाहीँ दुई देशबीच मनमुताव बढेर या विवाद उत्कर्षमा पुगेर बोलीचाली नै बन्द हुन्छ । यसले दुई देशको दौत्य सम्बन्धमा आघात पु¥याउँछ । विकास र सहयोगमा बाधा पुग्छ । दुई देशको सम्बन्ध चिसो हुन्छ । मित्र र छिमेकी देश भएर पनि अनेक शङ्का उपशङ्का उठेको हुन्छ । कहिलेकाहीँ सीमा विवादको कारण सीमा क्षेत्रमा गोली हानाहान हुन्छ, हताहत हुन्छ । यसले धनजनको क्षति हुन्छ ।
नेपाल र भारतबीच सीमा विवाद छ । भारत र पाकिस्तानबीच सीमा विवाद छ । भारत र चीनबीच सीमा विवाद छ । भारतको सीमामा रहेका अधिकांश देशहरूसँग सीमा विवाद छ । सबै छिमेकी देशहरूसँग भारतको सीमा विवाद छ । सीमा विवादकै कारण पाकिस्तान र भारतबीच गोली हानाहान भयो । चीन–भारतको सीमा पनि विवादकै कारण गोली चल्यो र केही सुरक्षाकर्मीहरूको मृत्यु भयो । नेपाल र भारतबीचको सीमा विवाद पनि यथावत छ । सीमा अतिक्रमणबारे देशमा ठुलठुलो जुलुस, सभा, प्रदर्शन भयो, ज्ञापनपत्र दिइयो । तर, पनि सीमा विवाद अन्त्य गर्ने या नेपाल र भारतको सीमा छुट्याउनेसम्बन्धी विवाद सुल्झिएन ।
सीमा विवाद सुल्झाउने नाममा कसले किन रोक्यो या बाधा हाल्यो ? भारतले नचाहेको हो कि नेपालले पनि ¤ सीमा विवाद त अन्त्य गर्नैपर्ने विषय हो । सीमा विवाद अन्त्य गर्न प्रक्रिया थालनी गर्नुपर्छ । प्रक्रिया सुरू भएपछि ढिलो–चाँडो अन्त्य हुन्छ, अन्त्य गरिनुपर्छ । सीमा विवादलाई जहिल्यै यथावत राखिराख्नु उचित होइन । सीमा विवादको चर्चा उहिलेकै हो । तर, यो शताब्दीसम्म पुग्दा पनि समाधानको उपाय नखोजी के नेपाल–भारत जहिल्यै विवादमा मुछिरहने ?
यो विवाद टुङ्ग्याउन कुनै एक बिन्दुबाट सत्य र तथ्यको आधारमा नाप–नक्सा गरी सीमाङ्कन सुरू गर्नुपर्छ । विवादको कारण तत्काल सीमा छुट्याउन कठिनाइ भए हाललाई विवादित ठाउँ छोडेर अन्यत्र सिमाङ्कन गरिनुपर्छ । सबै ठाउँमा व्यवस्थित सीमाङ्कन भएपछि विवादित ठाउँमा नापीविद् या विज्ञहरूको परामर्शमा प्रमाणको आधारमा टुङ्ग्याउनुपर्छ । सीमाको नक्साङ्कन भनेको विवाद भए पनि गर्नुपर्छ नभए पनि गर्नुपर्छ । हो, यस्तो सीमाङ्कन गर्न हजारौँ हेक्टर नेपाली भूमि मिचिरहेको, जोतिरहेको भारतलाई मन पर्दैन, ऊ चाहँदैन । नक्साङ्कन भएपछि भारतले नेपाली भूमि फिर्ता दिनुपर्ने हुन्छ या आफ्नो बास छोड्नुपर्ने हुन्छ । बास छोड्नुपर्दा भारतीय शासकहरूलाई नमज्जा हुन्छ या भारत नेपाली भूमि मिच्ने देशको रूपमा दरिनेछ । यसकारण, नेपाली सीमा विवाद मिलाउने काममा भारतले पहल गर्दैन, नेतृत्व गर्दैन । बरू सकेसम्म पन्छिएको हुन्छ, पन्छिरहेको छ ।
भारतले नेपाली भूमि मिचिरहेकोमा शङ्का छैन । मिचिएको या अतिक्रमित भूमिमध्ये सुस्ता पनि एक हो । सुस्ता फिर्ता गर्न तत्कालीन नेपाल मजदुर किसान सङ्गठन (पार्टी) ले सशक्त विरोध गरेको थियो, जुलुस र सभा गरेको थियो । नेमकिपाले स्थापनाकालदेखि नै भूमि अतिक्रमणविरूद्ध सङ्घर्ष गर्दै आएको हो, सभा, सङ्गठन र प्रदर्शनमार्फत मिचाहा नीतिको विरोध गर्दै आएको हो । यस्तै विरोध अन्य कुनै देशभक्त दल, कम्युनिस्ट पार्टी र वाम पार्टीले गर्नुपथ्र्यो । भूमि अतिक्रमणविरूद्ध न नेका र नेकाको सरकारले विरोध गरे न त अन्य कम्युनिस्ट भनिने दलले विरोध गरे ।
नेपाल–भारत सीमामा प्रत्येक दिनजसो नेपाली र भारतीय पक्षबीच विवाद भइरहेको छ । लालपुर्जासहित दशकौँ पहिलेदेखि नेपाली किसानले जोत्दै आएको कञ्चनपुरको जग्गामा दलबलसहित भारतीय नागरिकले नेपाली किसानहरूलाई खेदिरहेका छन् । भारतीय सुरक्षाकर्मीहरू पनि नेपाली किसानहरूलाई गोली हानेर मार्ने धम्की दिएर नेपालीलाई भूमिमा पाइला पनि टेक्न नदिने धम्की दिइरहेका छन् । विनाप्रमाण नेपाली भूमिमा खेत जोत्ने भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीहरु बलजफ्ती नेपाली भूमि कब्जा गर्दै छन् । यसरी भारतीय नागरिक र सुरक्षाकर्मीहरू विनाप्रमाण नेपाली भूमि कब्जा गरे पनि नेपाल सरकार र स्थानीय जिल्ला प्रशासन कार्यालय मौन छन् । यो विडम्बनाको विषय हो ।
सीमा अतिक्रमण देश निल्ने दाउ हो, पूर्वाभ्यास हो । सीमा विवाद नटुङ्ग्याउनु या चासो नराख्नुको कारण त्यही हो । नेपाल–भारत सीमा रहेको अधिकांश क्षेत्रमा भारतले नेपाली भूमि मिचेको छ । पहिले पहिलेमात्र होइन पछिल्ला दिनमा पनि नेपाली भूमि मिच्ने काम भारतले गरिरह्यो । सीमा व्यवस्थापन नभएको हुँदा या नेपाल–भारत सीमा छुटेको कुनै चिह्न या सङ्केत नभएको हुँदा भारतीय पक्षले मिच्ने काम ग¥यो । नेपाली भूमिमाथिको हस्तक्षेप बलमिचाइ हो । ठुलो देशको धाक र रवाफ देखाएर भारत नेपाली भूमि मिच्न अहिले पनि लागिरहेको छ । मिचेको भूमि त्यसै छोडेपछि फेरि मिच्ने क्रम चालू रहन्छ । सीमा विवाद मिलाउने काममा भारतले पहल गरेन भनेर नेपाल चुप लागेर बस्नु हुँदैन । भूमि नेपालको मिचेको हो । सीमा विवाद मिलाउन नेपाल सरकार नै अग्रसर हुनुपर्छ ।
सीमा विवाद मिलाउने पहिलो उपाय कूटनीतिक पहल हो । पटक–पटकको प्रयास गर्दा पनि मिचिएको भूमि छोडेन, नेपाली भूमिमा बसेका भारतीय नागरिकहरू उठेनन् भने नेपाली भूमि कब्जा गरेको भनी सम्बन्धित निकायमा मुद्दा राख्नुपर्छ । नेपाल सरकारले कुनै पनि उपाय अपनाएन भने भारतले मिचेको भूमि मिचिरहेकै हुन्छ । भारतीय शासकहरूलाई लागेको होला, सानो देश नेपालले भारतलाई केही गर्नसक्दैन । भारतको यो बलमिचाइको अभिमानी तोड्न भारतले हालसम्म मिचिरहेको ठाउँ र क्षेत्रफलसहितको सूचना देशभर सार्वजनिक गर्नुपर्छ र त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । मिचेको भूमि सार्वजनिक गरेर भारतीय बलमिचाइको प्रकरण संसारभर फिजाउनुपर्छ ।
भूमि मिच्ने भारत नडराउने अनि नेपाली भूमि मिचाएर बस्ने नेपाल सरकार किन डराउने ¤ चुचे नक्सा निकाल्ने आँट गर्ने नेपाल सरकारले मिचिएको नेपाली भूमि फिर्ता लिन किन प्रक्रिया अघि नबढाउने ! नेपाल–भारतको सीमाको नक्साङ्कन गर्न या साँध लाउने काम एकै वर्षभित्र सकाउनुपर्छ भन्ने होइन । अतः नेपाल सरकारको सीमा विवाद मिलाउन पहल गर्नु जरूरी छ, प्रक्रिया अघि बढाउनु जरूरी छ । सीमा विवाद टुङ्ग्याउन अब विलम्ब गर्नु हुँदैन । सधैँको लागि सीमा विवाद टुङ्ग्याएर नेपाल र भारत तथा नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बढाउनुपर्छ, सुमधुर बनाउनुपर्छ ।
Leave a Reply