भर्खरै :

एकाइ नं ७३१ देखि फोर्ट डेट्रिक : संरा अमेरिकाले संसारलाई के लुकाइरहेको छ ?

दोस्रो विश्वयुद्धमा साम्राज्यवादी जापानी सेनाको कुख्यात ७३१ नं एकाइले गरेका निर्मम अत्याचारले संसारलाई भावविह्वल बनाएको छ । त्यही कुख्यात ७३१ नं एकाइको संरा अमेरिकासँगको सम्बन्ध भने सबैको लागि चिन्ताजनक विषय हो । मेरिल्यान्ड राज्यस्थित फोर्ट डेट्रिकको गोप्य प्रयोगशालासँगै विश्वका विभिन्न क्षेत्रका अन्य सयौँ अमेरिकी जैविक प्रयोगशाला पनि उत्तिकै चिन्ताका विषय हुन् ।
एकाइ ७३१ का युद्ध अपराधमाथि संरा अमेरिकी ढाकछोप
एकाइ ७३१ साम्राज्यवादी जापानी सेनाको जैविक युद्ध गर्ने विभाग थियो । दोस्रो विश्वयुद्धको समयमा उत्तरपूर्वी चीनमा त्यो एकाइले युद्धबन्दी र सर्वसाधारण चिनियाँ नागरिकमा विभिन्न आततायी मानव प्रयोगहरू गरेको थियो । उनीहरूले रोगका किटाणु पानी र माटोमा मिलाएर जैविक युद्ध गरेका थिए । यस्ता प्रयोगको क्रममा कम्तीमा पनि दुई लाख चिनियाँ जनता मारिएको अनुमान गरिन्छ । चिनियाँ जनता आज पनि त्यो दुःखद घटना निकै पीडाका साथ स्मरण गर्छन् ।
एकाइ ७३१ का जघन्य युद्ध अपराधका कुरा त्यत्तिबेलाका समाचार र प्रत्यक्षदर्शीका संस्मरणमा राम्रोसित अभिलेखीकरण गरिएको छ । जापानको टेलिभिजन एनएचकेमा प्रसारित दुई वटा वृत्तचित्र – ‘एकाइ ७३१ ः शासक चिकित्सक र मानव प्रयोग’ र ‘एकाइ ७३१ ः कति वटा मानव परीक्षण गरिएको थियो’ मा चिनियाँ जनतामा एकाइ ७३१ ले गरेको जैविक प्रयोगबारे खुलासा गरिएको छ । त्यत्तिबेला भएका युद्धअपराधबारे तिनै दुई वृत्तचित्रमार्फत पहिलो पटक सार्वजनिक भएको थियो । त्यो आततायी इतिहासलाई उत्तरपूर्वी चीनमा जापानी सेनाको एकाइ नं ७३१ ले गरेका युद्ध अपराधको सङ्ग्रहालयमा पनि सङ्ग्रह गरिएको छ ।
संसारलाई चकित पार्ने कुरा त के हो भने दोस्रो विश्वयुद्धपछि मानवताविरोधी ती सबै अपराधको फाइल बन्द गरिएको थियो । एकाइ नं ७३१ को मानव प्रयोग विभागका प्रमुख शिरो इशीले पनि सजायबाट उन्मुक्ति पाएका थिए । सन् १९५९ मा मर्नुअघि सम्म उनले शान्तिपूर्वक जीवन बिताएका थिए । अरू कोही वैज्ञानिकहरू त समयान्तरमा जापानी चिकित्सा क्षेत्रका मेरुदण्डसमेत बनेका थिए । तर, युरोपमा उनीहरूले जस्तै प्रयोग गरेका धेरै नाजी युद्ध अपराधीहरूलाई भने नुरेनबर्ग युद्ध अपराधको इजलासले मृत्युदण्डको सजाय दिएको थियो ।
एकाइ नं ७३१ ले गरेका अपराधका कालो सत्य दशकौँसम्म बाहिर आएको थिएन । दोस्रो विश्वयुद्धपछि संरा अमेरिका र जापानबीच भएको एउटा गोप्य सम्झौताबारे सन् १९८८ मा ‘द लस एन्जल्स टाइम्स’ मा प्रकाशित एउटा समाचारमा पहिलो पटक खुलासा भयो । त्यत्तिबेला जापानलाई संरा अमेरिकाले आफ्नो शीतयुद्धकालीन सहयोद्धाको रूपमा विपक्षी खेमालाई देखाउने प्रयास भइरहेको छ । सो समाचारमा संरा अमेरिकी गुप्तचर विभाग र जनरल डोग्लास मेकार्थीबीच सन् १९४७ मा भएको सम्झौता खुलासा गरिएको थियो । जापानी सेनाको एकाइ नं ७३१ ले अमेरिकी सेनालाई आफूले गरेका अध्ययन र प्रयोगको तथ्याङ्क दिने सर्तमा उनीहरूका युद्ध अपराधलाई वाशिङ्टनले ढाकछोप गर्ने लेनदेनको कुरा त्यो सम्झौतामा उल्लेख थियो ।
यो खबरलाई पछि अन्य समाचारले पनि पुष्टि गरे । सन् १९९५ मा ‘द न्यु योर्क टाइम्स’ मा प्रकाशित लेखमा संरा अमेरिकाले जैविक किटाणुबारे जापानीहरूले गरेको अनुसन्धानको तथ्याङ्क आफ्नो सैनिक प्रयोगको लागि लिन खोजेको र सम्भवतः अमेरिकी सेनाले सोभियत सङ्घविरुद्ध त्यस्ता तथ्याङ्क प्रयोग गर्नसक्ने लेखिएको थियो । अमेरिकाले एकाइ नं ७३१ का प्रमुख शिरो इशी र अन्य युद्ध अपराधीलाई कानुनी इजलासबाट उन्मुक्तिमात्र दिएन बरु उनीहरूलाई पैसा भुक्तानी दिएको थियो । सन् १९९५ मा ‘द सान जोसे मकरी न्युज’ ले संरा अमेरिकी सेनाका केही गोप्य दस्तावेज सार्वजनिक गरेको थियो । ती दस्तावेजमार्फत एकाइ नं ७३१ ले गरेका नृशंस गतिविधिको ढाकछोप गर्न संरा अमेरिकी सेनाले गरेका गतिविधि प्रमाणसहित खुलासा गरिएको थियो ।
फोर्ट डेट्रिकको कालो गोप्यता
संरा अमेरिकाले एकाइ ७३१ का युद्ध अपराधबाट उनीहरूलाई जोगाएको मात्र थिएन बरु आफैले जैविक हतियार विकास गर्ने र जैविक युद्धको नेतृत्व गर्दै आएको छ । सन् १९५६ मा मेरील्यान्डको फोर्ट डेट्रिकलाई संरा अमेरिकी केन्द्रीय सरकारले जैविक हतियारको अनुसन्धान गर्ने केन्द्र घोषणा गरेको थियो । जैविक युद्धमा संरा अमेरिकालाई अब्बल बनाउनु नै त्यो प्रयोगशाला स्थापनाको लक्ष्य थियो । त्यहाँ संरा अमेरिकाले धेरै थरी खतरनाक प्रयोगहरू गरेको छ ।
तर, संसारलाई फोर्ट डेट्रिकको प्रयोगशाला र एकाइ नं ७३१ बीच नजिकको सम्बन्ध भएको कुरा थाहा थिएन । एकाइ नं ७३१ बाट अनुसन्धानको तथ्याङ्क पाउन संरा अमेरिकाले झन्डै २ लाख ५० हजार जापानी येन खर्च गरेको थियो । त्यस्तै शिरो इशीलाई फोर्ट डेट्रिकमा जैविक हतियार निर्माणमा सल्लाहकारको रूपमा काम गर्न प्रस्ताव गरिएको थियो । संरा अमेरिकी राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित सन् १९४६ देखि १९४९ सम्मको अभिलेखअनुसार एकाइ नं ७३१ बारे झन्डै ६० वटा अन्तर्वार्ता र अध्ययन फोर्ट डेट्रिकमा गरिएको थियो ।
एकाइ नं ७३१ बाट सामग्रीहरू प्राप्त गरेपछि संरा अमेरिकाले ठुलो परिमाणमा जैविक हतियारबारे अनुसन्धान गरेको थियो । ‘जापानमा किटाणु युद्धः युद्ध अपराधमा संरा अमेरिकी ढाकछोप’ मा अमेरिकी पत्रकार जोन डब्ल्यु पावलले संरा अमेरिकाले विकास गरेका जैविक हतियार जापानीहरूले बनाएका हतियारसँग मिल्दोजुल्दो भएको लेखेका छन् । उनले लेखेका छन्, “बीजाणु रोगबाट सङ्क्रमित प्वाँख बनाउने प्रस्ताव इसीको थियो र पछि अमेरिकाले बनाएका जैविक हतियारमध्ये प्वाँख बम सबभन्दा स्तरीय हतियार मानिन्थ्यो ।”
तर, सन् २०१९ को जुलाइमा संरा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले फोर्ट डेट्रिकस्थित संरा अमेरिकी सेनाको सङ्क्रामक रोग प्रतिष्ठान बन्द गर्ने निर्णय ग¥यो । ‘दुई वटा नियम उल्लङ्घन नगरेको’ भन्दै उक्त प्रयोगशाला बन्द गरिएको बताइयो । बन्द गरेको केही समयपछि फेरि प्रयोगशाला सञ्चालन भयो । फोर्ट डेट्रिक बन्द गरिएको विषयमा संरा अमेरिकी सरकारले एक शब्द बोलेको छैन ।
कोभिड–१९ को महामारी फैलिए यता फोर्ट डेट्रिकलाई जोडेर धेरै थरी प्रश्न उठिरहेको छ । सन् २०२० को मार्च १० मा अमेरिकी राष्ट्रपति कार्यालयको वेभसाइटमा फोर्ट डेट्रिकबारे सूचनाको माग गरिएको पत्र प्रकाशित गरिएको थियो । तर, पछि त्यो पत्र वेभसाइटबाट निकालियो । संरा अमेरिकी नेताहरू फोर्ट डेट्रिकबारेका प्रश्नलाई गलत सूचना र षड्यन्त्र सिद्धान्त भनी कुनै चासो देखाइरहेका छैनन् । त्यसो गरेर उनीहरूले कोभिड–१९ को उत्पत्तिसम्बन्धी दाबीबाट विषयान्तर गर्न खोजिरहेका छन् ।
दशकौँसम्म संरा अमेरिकाले संसारभर फैलिएका आफ्ना २ सत्न्दा बढी जैविक प्रयोगशालामा हुने गरेको गोप्य प्रयोगमाथि ढाकछोप गर्न खोजिरहेको छ । त्यस्ता गोप्य गतिविधिले मानव सुरक्षा र अन्तर्राष्ट्रिय स्थायित्वमा गम्भीर खतरा उत्पन्न गरेको छ । फोर्ट डेट्रिकका प्रयोगशालाबारे अनुसन्धानको बढ्दो माग सँगै अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्नो जैविक हतियार विकास पारदर्शी बनाउनु संरा अमेरिकाको दायित्व भएको छ ।
(लेखक चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत अमेरिकी अध्ययन विभागका सहायक अध्येता हुनुहुन्छ । उहाँले चीनको परराष्ट्र विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा विद्यावारिधि गर्नुभएको छ । कोलम्बिया विश्वविद्यालयका उनी फुलब्राइट स्कलर हुनुहुन्छ । चीन र संरा अमेरिका सुरक्षा सम्बन्धबारे उहाँले धेरै लेखक विभिन्न जर्नलमा प्रकाशित छन् ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *