तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दाङ, ९ असार । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मङ्गलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका निर्देशक प्रज्ञा भण्डारीमार्फत स्वास्थ्यकर्मीहरूको निम्ति ८८० थान एन ९५ मास्क हस्तान्तरण गर्नुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष र सन् १९४९ को जनवादी क्रान्तिपश्चात् चिनियाँ कम्युनिस्ट पार्टीले सरकार सम्हालेको ७० वर्षको अवधिमा ८० करोड चिनियाँ जनतालाई गरिबीको रेखाबाट माथि उठाएको उल्लेख गर्दै कोभिड–१९ महामारीविरुद्ध पनि सफलता हासिल गरेको बताउनुभयो ।
उहाँले संरा अमेरिकालगायतका साम्राज्यवादी देशहरूले कोभिड–१९ महामारीबारे चीनलाई दोषारोपण गर्नु गलत भएको उल्लेख गर्दैै यो रोग पहिले नै अमेरिकाको हवाई टापु र क्यालिफोर्नियामा देखापरेको अमेरिकाकै विज्ञहरूले जानकारी गराएको बताउनुभयो ।
जेठ ६ गते चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका ६ वटा राजनीतिक दलसँग अनलाइन बैठक गरी जेठ १७ गते नेपाल मजदुर किसान पार्टीलगायतका दलहरूलाई कोभिडविरुद्ध सङ्घर्ष गर्न स्वास्थ्य सामग्री उपलब्ध गराएको जानकारी गर्दै सचिव सुवालले नेमकिपालाई प्राप्त स्वास्थ्य सामग्री देशैभरिका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराउने पार्टी केन्द्रीय सचिवालयको निर्णयानुसार हस्तान्तरण गरिएको बताउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रज्ञा भण्डारीले प्रतिकूल मौसममा पनि नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा आभार प्रकट गर्नुभयो ।
Leave a Reply