भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले विघटित प्रतिनिधिसभाका सांसदहरूको बैठक बोलाउँदा २० मध्ये १२ जना सहभागी भएको समाचार छ । यसलाई पार्टी सत्तामा हुँदा सांसद पनि उत्तैलागेको भनी टिप्पणी गरिएको छ । यसमाथि जसपाका ३२ सांसदमध्ये २० जना ठाकुर–राजेन्द्र महतो पक्षमा लागेका थिए ।
प्रम ओलीको सरकारमा उपेन्द्र यादवपक्ष सामेल हुँदा महन्थ र राजेन्द्र पक्षले विरोध गरेको थियो । पछिल्लो समय ठाकुर–राजेन्द्र पक्ष सरकारमा गएपछि यादव पक्षले विरोध ग¥यो ।
ठाकुर पक्षले कार्यकारिणी समिति फेरबदल र हेरफेर गर्ने अधिकार अर्को अध्यक्ष उपेन्द्र यादवको सहमतिमा ठाकुरलाई दिएको माइन्यूटको प्रतिलिपि निर्वाचन आयोगमा बुझाएपछि यादव पक्षले सो माइन्यूटलाई किर्ते बतायो ।
ठाकुर–राजेन्द्र र यादव पक्षमध्ये एउटा किर्ते वा अर्को झूटा सावित हुने देखिन्छ । राजनीतिक पार्टीमा यस्तो विवाद देश र जनताको हितमा हुँदैन । यस्ता पार्टीको पछि जनता लाग्नु पनि घातक हो । जसपाको यो विवादलाई लिएर राजनीतिक पार्टी कि पातकी भनी जनतामाझ चर्चा चलिरहेको छ ।
Leave a Reply