हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
पूर्व समाजवादी देश रूसमा प्रजातन्त्रको स्थापनापछि त्यहाँको स्थितिमा आएको हेरफेरबारे दिनहुँझैँ पत्रपत्रिकाहरूले प्रकाशन गरिरहेका छन् । थोरै शब्दमा भन्दा समाजवादी व्यवस्थामा जनताले पाएको सुख सुविधा संशोधनवादी व्यवस्थामा घट्यो भने संशोधनवादी व्यवस्थामा घटेको सुविधा पुँजीवादी व्यवस्थामा हरायो भन्न सकिन्छ ।
छिमेकी मित्र राष्ट्र चीनमा लागू गरिएको सुधारले एकातिर निकै प्रगति गरेको छ भने अर्कोतिर केही नराम्रा पक्षहरूको समुचित नियन्त्रण भएको देखिँदैन । तिनै कुराहरूबारे यहाँ उल्लेख गरिएको छ ।
रुसको प्रजातन्त्र
हिजो एक महाशक्तिको रूपमा स्थापित भई विश्व हाँकिरहेको सोभियत सङ्घको विखण्डनपछि कल्पना नै नगरिएका घटनाहरू त्यहाँ सामान्य हुन थालेका छन् । आज पनि भूमिपति नै रहेको रुस पश्चिमी देशहरूसँग हाहाकार छ भने मुद्रा अवमूल्यनले रुसी मुद्रा रुबलको कागजभन्दा अलि बढीमात्र महत्व बाँकी रहन पुगेको छ ।
पूर्व सोभियत सङ्घमा अध्ययन गरेर फर्केका एक व्यक्तिका अनुसार हिजो पश्चिमी देशको भ्रमणमा जाँदा आफू असुरक्षित भएको, विचल्लीमा पर्ने हो कि भन्ने आशङ्काले पछ्याइरहन्थ्यो । तर जब सोभियत सङ्घको सीमाभित्र पाइला टेकिन्थ्यो तब आफूलाई सुरक्षित र जस्तोसुकै आपद् पनि समाधान हुने आत्मविश्वास त्यहाँको वातावरणले नै दिन्थ्यो ।
जब सोभियत सङ्घ विखण्डन भयो पुँजीवादी प्रजातन्त्र वैधरूपमा लागू भयो तब पश्चिमी देश र पूर्व सोभियत सङ्घका देशहरूमा खास भिन्नता देखिएन ।
रूसी राष्ट्रपति बोरिस येल्सिनको सुधार कार्यक्रम लागू भएपछि रुसीहरूको जीवनस्तर द्रुतगतिमा ह्रास भएको छ । उता सरकार र संसद्बीचको राजनैतिक द्वन्द्वले, शान्ति–सुरक्षा क्षितिज बनेको छ । आफ्ना विरोधीलाई अराजनैतिक ढङ्गले झुकाउन र दमन गर्न राष्ट्रपति येल्सिन त्यतिकै लागिपरेका छन् । येल्सिनका कट्टरविरोधी सभामुख रुस्लान खास्बुलातोभपछि अब अर्का कट्टर विरोधी उपराष्ट्रपति अलेक्जेन्डर रुझकोई माथि दमन सुरु भएको छ । रुझाकोईले येल्सिनको मित्र मण्डलीको भ्रष्टाचार उदाङ्ग्याएको प्रतिशोधमा कथित भ्रष्टाचारको आरोपमा राष्ट्रपतिले उपराष्ट्रपतिलाई गरेको निलम्बनको अध्यादेशलाई रुसी संसदले अस्वीकार गरेको छ ।
अपराध
अहिले त्यहाँ हत्या, बलात्कार, मगन्ते, चोरी, लुट, वेश्यावृत्ति….. का घटनाहरू अनियन्त्रितरूपमा बढेका छन् । सोभियत प्रहरीको जमानामा मस्को सहरलाई संसारको सबभन्दा सुरक्षित सहरहरूमध्ये एक मानिन्थ्यो ।
दुई वर्षसम्म सोच्नै नसकिने घटनाहरू आज सामान्त्र्mैँ भएको कुरा ठूला मेसिनहरू बनाउने अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत एक युगोस्लाभियाली बिक्रेताले बताएका छन् ।
यसै वर्षको अगस्तमा दुई पश्चिमी व्यापारी र एक रूसी साझेदारको हत्या भएपछि त्यहाँ जीउ–ज्यानको सुरक्षा निकै बढेको महसुस गरिएको छ । प्रायः विदेशीहरूले पूर्व केजीवीका कर्मचारीहरूलाई अङ्गरक्षकको रूपमा राख्न थालेका छन् ।
रुसको गृह मन्त्रालयले जुलाईमा जानकारी दिएअनुसार यस वर्षको पूर्वाद्र्ध वा जून महिनासम्ममा रुसमा ७ हजार विदेशीहरूले आफूविरुद्ध अपराधको घटना भएको उजुर गरेका थिए, जबकि सन् १९९२ भरिमा त्यस्ता घटनाको सङ्ख्या ३ सय थियो ।
एक बहुराष्ट्रिय कम्पनीमा काम गर्ने पदाधिकारीको भनाइअनुसार मस्कोमा बितेको केही वर्षदेखि ‘राजनैतिक उन्मुक्तता’ को वातावरण पाएको थियो, त्यसैले आज विश्वका अन्य ठूला सहरहरूमा झैँ हिंसात्मक अपराधहरू यहाँको दैनिक सामान्य घटना भइसकेको छ ।
अगस्त १७ को दिन काला सागर नजीकको एउटा गुफामा पर्यटकहरू घुमिरहेका थिए । त्यसैबेला तीन जना मुकुण्डोधारी डाँकाहरूले हमला गरे, १० लाख रुबलको सामान लुटे र जर्जियाको सङ्घर्षरत अब्खाजिया भागे ।
प्रजातन्त्र आएपछि रुसमा १९९३ को ६ महिनाभित्र १६ हजार हत्या, ३४ हजार घाइते र ९ हजार यौन अपराधका मामला भएको कुरा आन्तरिक मन्त्रालयले प्रकाशनमा ल्याएको छ ।
फेरि अपराध
मस्कोका एक अपराधसम्बन्धी पत्रकार युरी स्चेकोचिखिनका अनुसार रुसका माफियाको तुलनामा इटाली माफिया तल्लो स्तरमा पुगेको छ । रुसमा माफियालाई डर भनेको पटक्कै छैन । आज प्रहरीभन्दा यी ग्याङ्गहरू निकै शक्तिशाली भएका छन् । तिनीहरू देश बाहिर सक्रिय हुन पुगेका छन् । युगोस्लाभियाको प्रागमा कोठी चलाउन थालेका छन् भने न्युयोर्कमा पनि सङ्गठित अपराधमा संलग्न छन् । सं.रा. अमेरिकामा अरू कुनै अपराधी समूहभन्दा यिनीहरू अति छिटो विकास गरेको र तिनीहरू उच्च शिक्षा हासिल गरेका हुन् भनी सङ्घीय गुप्तचर विभाग (ँ। द्य। क्ष्।) का अपराध शाखाका प्रमुख जीना मुडीले बताएका छन् ।
एकातिर खुला समाज र प्रजातन्त्रको भाषण गर्न मस्कोका नेताहरू कति पनि कञ्जुसी गर्दैनन् तर अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने आदेशहरू पनि लाजै नमानी दिन्छन् ।
सन् १९९१ मा गोर्भाचोभविरुद्ध सत्ता विद्रोहको दोस्रो वार्षिकोत्सव मनाउन आयोजना गर्न लागेको प्रदर्शनमाथि स्थानीय प्रशासनले मस्कोमा प्रतिबन्ध लगाएको थियो ।
रुसमा अपराध बढ्ने क्रममा कार चोरी पनि निकै बढेको छ । एक तथ्याङ्कअनुसार सन् १९९२ को पहिलो ६ महिनामा २८७३ वटा कार चोरी भएको थियो भने सन् १९९३ को पहिलो ६ महिनामा ६३.५ प्रतिशत बढी ४६९७ वटा कार चोरी भएको जानकारी रुसको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले दिएको छ । यसरी बढी सङ्ख्यामा कार चोरी हुनुको कारण अरू चोर्ने केही नभएको तथ्यलाई सङ्केत गर्छ ।
दयनीय स्वास्थ्य
सोभियत सङ्घको विखण्डनपछि जनताको स्वास्थ्य स्थिति निकै दयनीय अवस्थामा पुगेको छ । त्यहाँ भ्यागुते रोग, हैजा, विषमज्वरो, क्षयरोग र ब्युबोनिक प्लेगजस्ता प्राणघातक रोगहरू व्यापकरूपमा फैलिएको छ र उपचार कार्यमा संलग्न भएका स्वास्थ्यकर्मीहरू त्यसको शिकार भएका छन् । रुस र अन्य गणराज्यहरूमा जीवनस्तर घट्नु, स्वास्थ्य सेवाको स्तर घट्नुको कारण फैलिएका यी सरुवा रोगहरूले रुसमा आएको प्रजातन्त्रले जनतालाई कति र कस्तो प्रजातन्त्र दिइरहेछ, स्पष्ट छ । रुसमा सन् १९९२ को तुलनामा तीन दोब्बर भ्यागुते रोग बढेको छ । रुसमा सफाइ स्थिति, घरविहीन, अस्वस्थकर खानेपानीको कारण यी रोग फैलिएको हो । रुसका अस्पतालहरूमा नियमित तातो पानीसम्म आपूर्ति गर्न सकिए ।
यद्यपि, आम जनतालाई खोप लगाउने घोषणा रुसी सरकारले ग¥यो । तर, खोपको परिमाण पु¥याउन सकेन । सोभियत सङ्घ विखण्डन नहुँदा १५ गणराज्यलाई खोप उत्पादन गर्ने रुसका कारखाना आज रुसको मात्र आवश्यकताको ३÷५ (पाँच भागको तीन भाग) मात्र उत्पादन गर्नसक्छ, त्यसैले खोपको लागि पनि विदेशमा हात फैलाउनु परेको छ ।
रुसी जनताको रुसमा उत्पादन भएको खोपप्रति विश्वास पनि अटेको देखिन्छ । तिनीहरू रुसी खोपले रोग लाग्नबाट बचाउनुको साटो रोग लाग्छ भन्ने आशङ्का गर्छन् । तर, विश्व स्वास्थ्य सङ्घले त्यो आशङ्कालाई निराधार बताएको छ ।
सारमा, रुसमा प्रजातन्त्र आएपछि त्यो देश तेस्रो विश्वको पनि सबभन्दा तल्लो देशको स्तरमा पुगेको छ, त्यहाँका जनताको स्थितिले यही बताउँछ ।
चीनको सुधार
विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङ्गको निधनपछि चीनमा केही समय सत्ता सङ्घर्षको चर्चाले विश्व सञ्चार माध्यम प्रभावित रह्यो । त्यसपछि ती समाचार बिलाउँदै गयो, चीनमा राजनीतिक स्थिरताले जग लिँदै गयो ।
चीनका वरिष्ठ नेता सियाओ पिङको नेतृत्वमा सुधारका विभिन्न कार्यक्रमहरू लागू गरिए । त्यसैताका समाजवादी व्यवस्थामा सुधार ल्याउन सक्ने सम्भावित विकृतिहरूबारे चिनियाँ पत्रपत्रिकामा र जनतामाझ छलफल भएको जानकारी विश्व सञ्चार माध्यमले प्रकाशनमा ल्याएको थियो । त्यसबारे चिनियाँ सरकारले विकृति आउन नदिने विभिन्न उपाय र नीति पनि बुझाएको थियो ।
चीनको राजनीति, अर्थतन्त्र र सामाजिक व्यवस्थामा ल्याएको सुधार र खुलापनकै कारण आज चीन विश्वको तेस्रो आर्थिक शक्तिको रूपमा उदय भएको चर्चा पश्चिमी विश्वले गर्न थालेको छ । तर, चीनले त्यस कुरालाई अस्वीकार गर्दै चीन अझै विकासशील नै रहेको दोहो¥याएको छ ।
चीनमा गरिएको ‘सुधार’ ले पश्चिमी शक्तिले चीन ‘महाशक्ति’ को रूपमा द्रुतत्तर विकास गरिरहेको देखाएको छ । लन्डनका विशेषज्ञहरू ९तजष्लप तबलप० का अनुसार सन् २०१० सम्ममा चीन विश्वको सबभन्दा ठुलो आर्थिक शक्ति हुने छ ।
एकातिर यस्तो स्थिति छ भने अर्कोतिर सुधारका केही नरुचाइएका पक्षहरू पनि प्रकाशमा आउने गरेको छ । त्यस सँगसँगै वरिष्ठ नेता तङ याओ पिङ र प्रधानमन्त्री सी फङको स्वास्थ्यबारे विभिन्न चर्चा, त्यसको भावी असरबारे अड्कल पनि काट्न थालिएको छ ।
चीनमा शिक्षा
समाजवादी चीनमा शिक्षा क्षेत्रमा परिवर्तन आएको छ । हिजो शिक्षाको निम्ति सम्पूर्ण व्यत्रर सरकारले व्यहोथ्र्यो भने प्राविधिक सुधारपछि निजी विद्यालयहरूको सङ्ख्या बढ्न थालेको छ ।
सिन्ह्वाको एक खबरअनुसार चीनमा १७ वटा निजी विश्वविद्यालय, ५४ वटा निजी निम्न माध्यमिक विद्यालय र ६५५ वटा निजी प्राथमिक विद्यालयहरू सञ्चालित छन् । ती निजी विद्यालय अति महँगा छन् ।
सानजियाङ विश्वविद्यालयमा पढ्ने विद्यार्थीले वार्षिक ४,००० युआन (चिनियाँ मुद्रा) शैक्षिक शुल्क तिर्नुपर्छ, सिया ओ चुमाङ प्रयोगात्मक विद्यालयमा प्रवेश शुल्कमात्र २४,००० युआन तिर्नुपर्छ भने वार्षिक शैक्षिक शुल्क ६,००० युआन छुट्टै लाग्छ ।
अति महँगो भएकोले त्यस्ता विद्यालयहरूलाई स्थानीय जनताले ‘ठूला बडाको स्कूल’ को संज्ञा दिएका छन् ।
लागूपदार्थ
चीनको अङ्ग्रेजीमा प्रकाशित हुने ‘चाइना डेली’ पत्रिकाले खबर छापेअनुसार १९९३ को सुरू ५ महिनामा ८२.६ किलोग्राम लागूपदार्थ जफत गरिएको छ । गत वर्षको (१२ महिनाको) तुलनामा यो ५६ प्रतिशतले बढी छ ।
चीनमा लागूपदार्थको कुलतमा लाग्नेहरूको सङ्ख्या नाटकीयरूपले बढेको छ । सरकारी तथ्याङ्कअनुसार उनीहरूको सङ्ख्या २,५०,००० छ ।
किसानहरूमा असन्तोष
स्थानीय कर र शुल्कहरूबाट किसानहरूमा बढेको असन्तोषले बेलाबखत मुठभेदको स्थिति उत्पन्न हुन थालेको छ ।
चीनको हेनान प्रान्तका गू चिवेनलाई उद्धृत गर्दै हङकङको आर्थिक पत्रिका बेन वे पो ले खबर दिएअनुसार, चिवेनको ४ जनाको परिवारले ५ मू भन्दा बढी जमिनमा खेती गर्न रासायनिक मलको निम्ति ३०० युआनभन्दा बढी खर्च ग¥यो, सिँचाइ, कीटनाशक औषधि र कृषि करमा १५० युआन खर्च ग¥यो, सम्पूर्ण परिवारले वर्षभरि मेहनत ग¥यो र अन्तमा ६०० युआन आम्दानी ग¥यो ।
चिनियाँ किसानहरूको आम्दानीभन्दा उत्पादन खर्च बढी रहेको छ । सरकारले दिने सहुलियतहरू घटेको छ ।
बेरोजगार
चीनमा बेरोजगारहरू भएको कुरा प्रकाशमा आएको छ ।
चीनको जन दैनिक पत्रिकाले खबर छापेअनुसार सन् १९९५ सम्म सरकारले २५ प्रतिशत कर्मचारी कटौती गर्ने नीति गएको मार्च महिनामा पारित गरिसकेको छ । जसबाट २० लाख कर्मचारीहरू प्रभावित हुनेछन् । सन् १९९१ मा प्रशासनिक खर्चमात्र २४ अर्ब डलर रहेको थियो । त्यहाँ ‘ओभर स्टाफ’ (बढी कर्मचारी) को समस्या छ ।
चीनको रोजगारसम्बन्धी व्यवस्था गर्ने विभागले दिएको जानकारीअनुसार चीनमा जूनको अन्तसम्म सहरी बेरोजगारको सङ्ख्या ३६ लाख छ । यो सङ्ख्या गत वर्षको त्यही समयको भन्दा ९.१ प्रतिशत बढी छ ।
त्यस्तै, सहरी क्षेत्रमा कामको अवसर ११,३०,००० देखि १४,६८,००००० घटेको छ । तर, बेरोजगार भने २.३ प्रतिशतमात्र छ ।
रोजगारसम्बन्धी व्यवस्था गर्ने विभागका निर्देशक चाङ्ग सियाओजिनले बनाएअनुसार स्थिति खराब छ तर १९८९ को तुलनामा राम्रो छ । १९८९ को प्येन आनमेन चोकको घटनामा मजदुरहरूको असन्तोषले पनि भूमिका खेलेको बताइन्छ ।
(स्रोत : ‘भक्तपुर मासिक’, २०५०, वर्ष– १२, अङ्क– ११)
Leave a Reply