भर्खरै :

खोपको वितरणमा समता आवश्यक–बान कि मुन

पेइचिङ, ४ जुलाई । संयुक्त राष्ट्र सङ्घका पूर्वमहासचिव बान कि मुनले संसारमा कोभिड–१९ को खोप पु¥याउन सहकार्य एवम् साझेदारीको लागि सबै देशलाई अहिले गरिरहेको प्रयत्न दोब्बर गुणाले बढाउन आग्रह गरेका छन् । विश्व शान्ति मञ्चमा बोल्दै उनले संयुक्त राष्ट्र सङ्घीय दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु परिवर्तन रोकथाम रोक्न संसारका सबै देशलाई आह्वान गरे ।
“कोभिड–१९ महामारीले हाम्रो अर्थतन्त्र, समाज र जीवनचर्यामा ठुलो प्रभाव पारिरहेको छ । जलवायु परिवर्तनको अवस्थामा दिनानुदिन खराब बन्दै छ”, मञ्चको कार्यक्रममा अनलाइनमाध्यमबाट सहभागी बन्दै उनले भने ।
उनले कोभिड–१९ खोपको समतामा आधारमा वितरण गर्न जोड दिए । “हामीले नबिर्सौं–सबै सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन सक्दैन”, उनले कोभिड–१९ को खोपलाई विश्वव्यापी सार्वजनिक वस्तु बनाउने प्रस्तावप्रति समर्थन जनाउँदै भने ।
“शान्ति र सुरक्षा निर्माणको लागि र दिगो विकास सुनिश्चित गर्न संयुक्त राष्ट्र सङ्घको दिगो विकास लक्ष्यकोरूपान्तरणकारी दस्तावेजलाई व्यवहारमा पालना गर्न नेतृत्वले जोड दिनुपर्छ”, उनले भने ।
“महामारीबाट हाम्रो बहुपक्षीय समाधान र त्यसका थप प्रभावले जलवायु परिवर्तनको समस्यालाई पनि समाधान गर्नुपर्छ । साथै थप दिगो, समावेशी र शानदार भविष्यको लागि असमानताको जगलाई भत्काउनुपर्छ”, उनले भने ।
“म चीन र संसारका सबै देशलाई शुन्य उत्र्सजनको प्रतिबद्धतामा अघि रहन आग्रह गर्छु”, मुनले थपे ।
दुई दिने नवौँ विश्व शान्ति मञ्च ‘महामारी पछिको युगमा अन्तर्राष्ट्रिय सुरक्षा सहकार्यः बहुपक्षवादको पक्षपोषण र व्यवहारमा प्रयोग’ भन्ने नाराका साथ शनिबारबाट चीनको राजधानी पेइचिङस्थित सिन्ह्वा विश्वविद्यालयमा सुरु भएको छ । बाह« देशका एक सत्र्न्दा बढी विद्वान्हरू, विभिन्न देश र अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ अधिकारी तथा कुटनीतिज्ञहरू अनलाइन र भौतिक उपस्थिति सहित सहभागी बनेका थिए ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *