तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर २२, असार । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर थिमि नगर समितिले सोमबार अनलाइन प्रवचन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा विश्व राजनीतिक पार्टीहरूसँग सहकार्य गर्ने उद्देश्यले संसारका ५ सय राजनीतिक पार्टीहरूसँग मङ्गलबार शिखर सम्मेलन आयोजना हुने बताउनुभयो ।
पेइचिङको थेआनमेन चोकमा ७० हजार चिनियाँ जनता भेला भएको भव्य समारोहमा चीनका युवा विद्यार्थीले ‘हामी समाजवादका उत्तराधिकारी’ बोलको गीत गाएर देशभक्ति प्रदर्शन गरेको चर्चा गर्दै चिनियाँ कम्युनिस्ट पार्टीले युवाहरूलाई चीनको रक्षकको रूपमा विकास गरेको उल्लेख गर्नुभयो ।
‘यो संसार तिम्रो पनि हो हाम्रो पनि हो, तर यो संसार युवाहरूकै हो’ भन्ने माओ त्सेतुङको भनाइ उल्लेख गर्दै सचिव सुवालले दासताबाट चीन सदाको निम्ति मुक्त भएको र चीनविरुद्धको गतिविधिको प्रतिरोध गर्न चीनका १ अर्ब ४० करोड जनता फलामको पर्खाल बनेर उभिने सी चिन फिङको भनाइको चर्चा गर्नुभयो ।
चीनको युवा कम्युनिस्ट सङ्घले युवाहरूलाई चिकपाको नजिक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेजस्तै नेपाल क्रान्तिकारी युवा सङ्घका कार्यकर्ताहरूले पनि नेपाली युवाहरूलाई नेपाल मजदुर किसान पाटी नजिक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टीका एकतिहाइ सदस्यहरू कोभिड–१९ विरुद्धको लडाइँमा स्वयम्सेवी भएर सेवा गरेको हुँदा चीनमा महामारी नियन्त्रण भएको उल्लेख गर्दै अमेरिकाको हवाई टापु र क्यालिफोर्नियाको सहरमा देखिएको कोभिड–१९ संसारमा फैलिएको उल्लेख गर्नुभयो । संरा अमेरिकाले चीनको विकासलाई रोक्न र प्रभुत्व कायम राख्न खोजेको हुँदा चिनियाँ युवाहरू संरा अमेरिकासित आक्रोशित रहेको सचिव सुवालले बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीले अर्काे १०० वर्षमा ‘विज्ञान र प्रविधिमा धेरै अगाडि बढेको आधुनिक समाजवादी चीन’ निर्माण गर्ने सी चिन फिङले उद्घोष गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले भारतले नेपालको मेची महाकाली पुरेर एकतर्फी ढङ्गले बाटो निर्माण गरेको र नेपालको ७१ ठाउँमा सीमा मिचेको उल्लेख गर्दै चीनबाट नेपाली युवाहरूले देशभक्तिको भावना सिक्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक समाज नेपालका सुजन माकले चिनियाँ कम्युनिस्ट पार्टीले ८० करोड चिनियाँ जनतालाई गरिबीबाट माथि उठाएको चर्चा गर्दै चीनले विश्वको गरिबी निवारणमा झन्डै ७० प्रतिशत योगदान गरेको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादलगायत पश्चिमा सञ्चारमाध्यमले चीनले उइगुर प्रान्तमा मानवताविरोधी काम गरेको, चीनमा प्रजातन्त्र नभएको भन्नेजस्ता भ्रम छरेर समाजवादविरोधी गतिविधि गरिरहेको उल्लेख गर्दै उहाँले चीनले ‘नयाँ युगका एडगर स्नो’ जस्ता मित्र खोजिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले निर्वाचनमार्फत शान्तिपूर्ण ढङ्गले समाज परिवर्तन गर्न सकिने भन्दै कम्युनिस्ट नामधारी शासक पार्टीहरूले संशोधनवादलाई अघि बढाइरहेको हुँदा चीनमा जस्तै नेपालमा कम्युनिस्ट क्रान्ति अघि बढ्न नसकेको बताउनुभयो ।
उहाँले तत्कालीन नेकपा एमालेका नेता मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ प्रतिपादन गरेर संशोधनवादलाई नेपालमा प्रवेश गराई कम्युनिस्ट आन्दोलनलाई धोका दिएको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिका अध्यक्ष सुरेन्द्र थाश्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रमेश वैद्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply