भर्खरै :

चिकपाको एक सय वर्ष – सङ्घर्षसँगै प्रगतिका वर्षहरू

चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) को स्थापना सन् १९२१ जुलाई १ मा भएको हो । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र चिकपाबीच आधा शताब्दीदेखि मैत्रीपूर्ण सम्बन्ध छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिकपाको स्थापनाको एक सय वर्षको अवसरमा चिकपाका महासचिव सि चिनफिङ तथा चिनियाँ जनतालाई बधाई एवम् शुभकामना सन्देश पठाउनुभएको छ । यो अनलाइन कार्यक्रममार्फत नेपाली जनताको तर्फबाट हामी चिकपाका महासचिव सि चिनफिङ र चीनका जनतालाई पुनः बधाई दिन चाहन्छौँ ।
चिकपा स्थापनाको एक सय वर्षको अवसरमा चिकपा विदेश विभागको आयोजनामा जेठ १२ गते नेपालका ६ ओटा राजनीतिक पार्टी– नेमकिपा, एमाले, नेका, माओवादी, जसपा र राप्रपासँग कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य गर्नेबारे अनलाइन कार्यक्रम भएको थियो । सो बैठकमा अध्यक्ष बिजुक्छेँले पनि सम्बोधन गर्नुभएको थियो । बैठकको सहमतिअनुसार चिकपाले नेपालका ६ ओटा राजनीतिक पार्टीहरूलाई कोभिड–१९ विरुद्ध लड्न एन ९५ मास्क र हाइड्रोजन अक्सिजन मेसिन सहयोग ग¥यो ।
नेमकिपालाई प्राप्त एक लाख थान एन ९५ मास्क र आठ थान हाइड्रोजन अक्सिजन मेसिन पार्टी केन्द्रीय सचिवालयको निर्णयानुसार कोभिड–१९ विरुद्धको अग्रमोर्चामा बसेर लड्ने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन पार्टीको टोली मोरङको विराटनगरदेखि कैलालीको धनगढीसम्मका अस्पताल र पहाडी एवम् उच्च पहाडी जिल्ला दैलेख, अछाम, कालिकोट, जुम्लासम्मका जिल्ला अस्पताल र नगर अस्पतालका चिकित्सक एवम् स्वास्थ्य कार्यकर्तालाई हस्तान्तरण गर्ने कार्यक्रममा नेमकिपाको यो कामलाई ती ठाउँका स्वास्थ्यकमीहरूले अद्धितीय र अनुकरणीय भएको बताउनुभयो । चिकपाले नेमकिपालाई उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाली जनताकै निम्ति प्राप्त भएको हो । चिकपाको यो सहकार्यलाई नेपाली जनताको तर्फबाट हामी उच्च मूल्याङ्कन गर्दछौँ ।
चिकपा स्थापनाको शतवार्षिकीको अवसरमा २०७८ जेठ १३ गते चिकपा विदेश विभागद्वारा माक्र्सवादी राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय गोष्ठी पनि आयोजना भयो । गोष्ठीमा ४८ ओटा देशका ७० ओटा राजनीतिक पार्टीको सहभागिता थियो । नेपालबाट नेमकिपासहित चार ओटा राजनीतिक पार्टीको सहभागिता थियो । गोष्ठीमा चिकपा महासचिव सि चिनफिङको सन्देश वाचन गरिएको थियो । आफ्नो सन्देशमा उहाँले माक्र्सवाद संसारलाई बुझ्ने र परिवर्तन गर्ने बलियो हतियार तथा समाज विकासको नियम भएको उल्लेख गर्नुभयो । उहाँले चिकपाको मार्गदर्शक सिद्धान्त माक्र्सवाद भएको बताउनुभयो ।
चिकपा विदेश विभाग प्रमुख सोङ्ग थाओले चीनमा सानादेखि ठूला भ्रष्टाचारीलाई कारबाही गरिएको, चिकपाको १६० देशका ५६० राजनीतिक पार्टीसँग सम्बन्ध भएको, चिकपाको एक सय वर्षमा चीनमा गरिबी निवारण भएको, विश्व महामारीको रुरूपमा फैलिएको कोभिड–१९ विरुद्धको लडाइँमा चीनलाई विजय प्राप्त भएको उल्लेख गर्नुभयो ।
कोभिड–१९ विरुद्धको लडाइँमा चिनियाँ जनताले मास्क लगाउने, घरमै बस्ने, बसन्त मेलाजस्तो महत्वपूर्ण सांस्कृतिक पर्व नमनाउनेलगायत स्वास्थ्य अनुशासन पालना गरेका थिए । चीनभरिका आईसीयू डाक्टर १० मध्ये १ जना उहानमा पुगेर कोभिड–१९ बिरामीको सेवा गरेको, चीनमा कोभिड–१९ बारे सन् २०२० जनवरी ३ मै विश्व स्वास्थ्य सङ्गठनमार्फत सारा संसारलाई जानकारी गराएको, सङ्क्रमण र उपचारसम्बन्धी कामलाई पारदर्शी बनाई अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गरेको चीनले कोभिड–१९ विरुद्धको लडाइँमा सहकार्य गर्न ८० देशलाई ३५ करोड खोप सहयोग उपलब्ध गराएको छ ।
नेपालले चीनबाट १८ लाख खोप अनुदान प्राप्त ग¥यो । भारतसँग २० लाख खोप खरिद गर्न नेपाल सरकारले रकम भुक्तानी गरेको हो । त्यसमध्ये १० लाख खोपमात्र प्राप्त भयो । नेपाल सरकारले चीनसँग ३० लाख खोप खरिद गर्ने कारबाही अघि बढायो । भारत आफै कोभिड–१९ को जोखिममा परेको वर्तमान स्थितिमा नेपाल सरकारले आवश्यक खोप चीनसँग अनुरोध गरी ल्याउनु जरुरी छ ।
कोभिड–१९ सबभन्दा पहिले संरा अमेरिकाको हवाई र क्यालिर्फोनियामा देखिएको थियो । त्यसबेलाको अमेरिकी ट्रम्प प्रशासनले कोभिड–१९ लाई सामान्य रुघाखोकी भनी बेवास्ता ग¥यो । परिणाम कोभिड–१९ विश्वभरि महामारीको रूपमा फैलियो । सैनिक खेलकूदमा भाग लिन गएका अमेरिकीहरूबाट उहानमा कोभिड–१९ फैलाइएको समाचार पनि पुरानो हो ।
चिकपा स्थापनाको एक सय वर्षको अवसरमा जुलाई १ को दिन चीनको राजधानी बेइजिङको थेआनमेन चोकमा ७० हजार चिनियाँ जनता भेला भई चिकपा स्थापनाको शताब्दी कार्यक्रम भब्यरूपमा मनाइयो । त्यस अवसरमा प्रस्तुत केही गीतको बोल थियो– ‘चिनियाँ कम्युनिस्ट पार्टी नभए चीन हुने थिएन’, ‘समाजवादका हामी नयाँ उत्तराधिकारी’ आदि । पुरानो चीनमा विदेशी थिचोमिचो र राजा महाराजाहरूको शोषणमा आम चिनियाँ जनताको जीवन कठिन र गरिबीमा गुज्रिरहेको थियो । अहिले चिनमा क्रान्तिको उत्तराधिकारीको रूपमा नयाँ पुस्ता तयार भइसकेको छ ।
नेपालमा बहुदलीय व्यवस्था पुनः स्थापनापछि सरकारमा गएको नेकाले प्रजातन्त्रको उत्तराधिकारी दावी ग¥यो तर व्यवहारमा पञ्चायती शैली नै अवलम्बन ग¥यो । २०५१ सालमा सरकारको नेतृत्वमा पुगेको एमाले र २०६५ सालमा सरकारको नेतृत्वमा पुगेको माओवादी आफूलाई कम्युनिस्ट दावी गर्छन् तर दुवैको काम पञ्चायत र नेकाकोभन्दा फरक भएन । यी दुवै पार्टीले चिकपाबाट सिकेनन् ।
चिकपाले समाजवादी क्रान्तिको निम्ति जनतालाई एक ग¥यो । चिनियाँ विशेषतासहितको समाजवादले नै चीनको विकास भएको हो । चिकपाको एक सय वर्ष सङ्घर्षका वर्षहरू हुन् । यो अवधिमा जापानविरोधी आन्दोलन, साम्राज्यवाद, सामन्तवाद र कर्मचारी पुँजीवादविरोधी आन्दोलन, किसान आन्दोलन भए । चिकपाका अध्यक्ष माओ त्सेतुङले सन् १९२७ मा सशस्त्र सेना जरुरी भएको ठहर गर्नुभयो । सन् १९३० मा चिकपाले जापानी उपनिवेशविरुद्ध लडाइँ गर्ने निर्णय ग¥यो ।
कृषिमा निर्भर चीन उद्योग र व्यापारमा अघि बढेको देश बन्यो । चीनमा अहिले ३०० थरी वस्तु संसारमै धेरै उत्पादन हुन्छ । संसारमा हुने कूल उत्पादनको ५० प्रतिशत चीनमा भइरहेको छ । अमेरिकाभन्दा चीनमा वार्षिक १ करोड ८० लाख कार उत्पादन हुन्छ । संयुक्त राष्ट्र सङ्घले सन् १९३० मा विश्वबाटै गरिबी उन्मूलन गर्ने लक्ष्य राखेको थियो । यसको दश वर्ष अगाडि नै चीनमा गरिबी उन्मूलन भयो । ७० वर्षयता चीनले १६० देशलाई आर्थिक सहयोग ग¥यो । चीनले समाजवादको आधारभूत विशेषता समानतालाई जोड दिँदै छ ।
चिकपाको लागि अमूल्य जीवन त्याग्ने र विचारप्रति बलियो निष्ठा राख्ने माध्यमिक विद्यालयका प्रधानाध्यापक, गलवान उपत्यकामा भारतीय सेनासँगको तनावमा चीनको भौगोलिक अखण्डता रक्षाको क्रममा जीवन गुमाएका, चीनको मुक्ति युद्ध (सन् १९४६–४९) मा याङजी नदी तर्ने अभियानमा विशिष्ठ योगदान गरेका, चीनको दक्षिण चीन सागरमा नान्शा टापु बनाउन सहभागी भई चीनको भौगोलिक अखण्डता र समुद्री अधिकार स्थापनामा दृढतापूर्वक लागेका, सन् १९५०–५३ को कोरिया युद्धमा साम्राज्यवादसँग लडेका, चीनको भूउपग्रह उडानमा महत्वपूर्ण योगदान गरेका, चीनको उत्तरपश्चिम सिन्चियाङ उइगूर स्वाशासित क्षेत्रमा अतिवादीसँग लड्न नेतृत्वदायी भूमिका निर्वाह गरेका, चीन–अफ्रिकाबीच सम्बन्ध प्रवद्र्धन गर्न योगदान गरेका वीरहरूलाई ‘जुलाई १ पदक’सहित कदर गरिएको छ ।
नेपालमा भारत सरकारले मेची र महाकाली नदीमा ढुङ्गा खसालेर बाटो बनाउँदै छ । सरकार विरोध गर्न सक्दैन । नेपाली जनता पनि आफ्नो सार्वभौम अधिकार रक्षा गर्न चिनियाँ जनताजस्तै उठ्नु जरुरी छ । चीनले आफ्नो सार्वभौमिकतामाथि हेप्नेविरुद्ध उचित प्रतिवाद गर्ने र चीनको सार्वभौमिकता बचाउन चिनियाँ विशेषतासहितको समाजवाद सक्षम भएको दोहो¥याएको छ । यो अवसरमा आगामी शताब्दीको लक्ष्य प्राप्तिको निम्ति हामी एक पटक पुनः चिनियाँ जनतालाई बधाई दिन चाहन्छौँ ।
(नेमकिपाको आयोजनामा २०७८ असार १७ गते चिकपा स्थापनाको एक सय वर्षको अवसरमा आयोजित अनलाइन प्रवचन गोष्ठीमा व्यक्त मन्तव्यको सार सङ्क्षेप– सं.)

One response to “चिकपाको एक सय वर्ष – सङ्घर्षसँगै प्रगतिका वर्षहरू”

  1. Dipendra kumar tiruwa says:

    Good news

Leave a Reply

Your email address will not be published. Required fields are marked *