भर्खरै :

अफगानिस्तान अब कुन दिशातिर ?

गत जुलाई २ मा संरा अमेरिकी सेनाले अफगानिस्तानको विशाल बगराम हवाई अड्डा अफगानी सरकारलाई हस्तान्तरण ग¥यो । संरा अमेरिकी सेना र नाटोसम्बद्ध शक्तिहरूले आगामी मध्य–जुलाईसम्ममा अफगानिस्तान छोड्ने तयारी गरिरहेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ को सेप्टेम्बर ११ अघि सबै सेना फिर्ता गर्ने मिति तोके पनि त्यसअघि नै सेनाको फिर्ता प्रक्रिया सकाउने तर्खर भइरहेको छ ।
ब्राउन विश्वविद्यालयका अध्येताहरूको विश्लेषणअनुसार अफगानिस्तानमा दुई दशक लामो अमेरिकी युद्धको लागत झन्डै २३ खर्ब अमेरिकी डलर परेको छ । अहिले संरा अमेरिका फर्केपछि त्यो क्षतिपूर्ति कसरी गर्ने भनी अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान, इरान, चीन, भारत र मध्य एसियाली देशहरू चिन्तित छन् ।
जून महिनाको अन्त्यतिर ‘अफगानिस्तानबाट संरा अमेरिका फर्केको ६ महिनाभित्र अफगानी सरकार समाप्त हुने’ अमेरिकी गुप्तचरी निकायले बताएको थियो । अमेरिकी गुप्तचर निकायले यसअघि दिएका ज्यादै आशावादी बुझाइभन्दा यो पछिल्लो निष्कर्ष नितान्त फरक छ । अफगानिस्तानको उत्तरी भाग तालिबानको नियन्त्रणमा गइसकेको छ । उनीहरू एकपछि अर्को जिल्ला र प्रमुख सहर कब्जा गर्दै छन् । अफगानी सिपाहींहरू भने बिनाप्रतिरोध आत्मसमर्पण गर्दै छन् । संयुक्त राष्ट्र सङ्घको अफगानिस्तान नाकाबन्दी अनुगमन टोलीले जून महिनामा जारी गरेको एक प्रतिवेदनअनुसार अफगानिस्तानका आधाभन्दा बढी क्षेत्रीय प्रशासनिक केन्द्रहरू र सहरी क्षेत्रभन्दा बाहिरको ७० प्रतिशत भूभागमा तालिबानले प्रत्यक्ष नियन्त्रण जमाइसकेको छ ।
तालिबानहरूको यो विजयको कम्पन वरपरका क्षेत्र पनि अनुभव गरिएको छ । ताजिकिस्तानको राजधानी दुशानबेबाट चार घण्टाको दुरीमा भीषण लडाइँ चलिरहेको छ । जून २० मा उत्तरी अफगानिस्तानमा सक्रिय तालिबान लडाकुहरूले देशकै छैटौँ ठुलो कुनदुज सहर (३ लाख जनसङ्ख्याको बसोबास भएको) मा तैनाथ सरकारी सेनालाई घेराबन्दी गरेको थियो । जून २२ मा तालिबानले शेर खान बन्दरस्थित अफगान–ताजिक सीमा चौकीमाथि कब्जा जमायो ।
यसैबीच ताजिकिस्तानको सीमा प्रशासनले १३४ जना अफगानी सिपाहींहरूले आफ्नो शरण लिएको बताएको छ । अफगानिस्तानको सोर्टेपा जिल्लामा तालिबानको कोपभाजनबाट जोगिन ५३ जना अफगानी सिपाहीं र स्थानीय सशस्त्र प्रहरी उज्वेकिस्तानतिर भागेका थिए । जुलाई ५ मा बदखशान प्रान्तको सीमाबाट एक हजारभन्दा बढी अफगान सिपाहींहरू ताजिकिस्तानतिर भागेका थिए ।
उज्वेकिस्तान र ताजिकिस्तानबाट अफगानिस्तानलाई छुट्याउने अमु दर्या र पञ्ज नदीलाई केही साताभित्रै तालिवानले पूर्ण नियन्त्रणमा लिने देखियो । त्यसले अफगानिस्तानको अन्तर्राष्ट्रिय सीमासँगैको यो मोर्चामा तालिबानले नियन्त्रण जमाउँदा अफगानिस्तानबाट मध्य एसियाका देशहरू हुँदै रुस र युरोपमा शरणार्थीहरूको ठुलो सङ्ख्या ओइरिने सम्भावना बढेको छ ।
संरा अमेरिकी युद्धलाई असफल बनाउन गोप्यरूपमा तालिबानलाई मद्दत गर्दै आएको रुसलाई यतिबेला मध्य एसिया र वरपरका क्षेत्रमा अस्थिरताको सम्भावनाले पिरोलेको छ ।

“हामी केही आशावादी छौँ, “अहिले परिस्थिति बदलिसकेको छ । पहिलो, बितेका ४० वर्षमा दुई पक्षबीच प्रत्यक्ष सम्पर्क स्थापित भएको छ । शान्तिपूर्ण सहमतिमा पुग्न तालिबानले पनि प्रत्यक्ष वार्ताको माग गरिरहेको छ ।” आफू तालिबानको पक्षधर नभएकोमा जोड दिँदै कमिलोभले तालिबान समूहको आधिकारिक वेभसाइटमा बिना विदेशी हस्तक्षेप स्वाधीन, सार्वभौम इस्लामिक इमिरेट अफ अफगानिस्तान स्थापना गर्नु तालिबानको लक्ष्य भएको उल्लेख रहेको बताए । त्यो नयाँ देश (व्यवस्था) मा महिला, बालिका र अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गरिने अपेक्षा गरिएको छ ।

अफगानिस्तानको पछिल्लो विकसित घटनाक्रमप्रति प्रतिक्रिया जनाउँदै रुसका रक्षामन्त्री सर्गेइ शोइगुले भने,“यो वर्षको अन्त्यसम्ममा केन्द्रीय सैनिक जिल्लाको कमान्डले अत्याधुनिक सु–३४ एम लडाकु बम वर्षक र एमआइजी–३१ बीएम लडाकु विमानसहित दुई वटा हवाई रेजिमेन्ट परिचालन गर्नुपर्ने देखियो ।” सो क्षेत्रमा थप रुसी हवाईसेना परिचालन गरे, ‘केन्द्रीय एसियाली रणनीतिक दिशामा शत्रुविरुद्ध हमला गर्न र मिसाइलले प्रतिरोध गर्न क्षमता बढाउनेछ ।’
तालिबानसँग नरम सम्बन्ध बनाएको चीन पनि संरा अमेरिका अफगानिस्तानबाट फर्केपछि ठुलो क्षेत्रीय अस्थिरता फैलिनमा चिन्तित छ । तालिबानको पुनरोदयले चिनियाँ राष्ट्रपति सी चिनफिङको बेल्ट एन्ड रोड परियोजनालाई युरेसियाली क्षेत्रमा फैलाउने योजना बिथोलिनुका साथै चीनको पश्चिममा अवस्थित सिन्च्याङ प्रान्तमा इस्लामिक अतिवादी खतरा पनि बढ्न सक्ने भएको छ ।
अफगानिस्तान फेरि पनि गरिबी, बसाइ सराइ र अस्थिरताको स्रोत बन्ने सम्भावना सबैको निम्ति टाउको दुखाइको विषय बनेको छ । मध्य एसियाली देशहरू भने यो द्वन्द्वको अग्रमोर्चामा रहनेछन् । यद्यपि, मध्य एसियाका केही देशका नेताहरू भने अझै आशावादी छन् । अफगानिस्तान र क्षेत्रीय सुरक्षाको विषयमा छलफल गर्न हालै संरा अमेरिकाको भ्रमण गरेका उज्वेक विदेशमन्त्री अब्दुलाजिज कमिलोभले दिएको एउटा लामो अन्तर्वार्तामा तालिबानसहित अफगान जनताले मात्र अफगानिस्तानका समस्या समाधान गर्नसक्ने बताए ।
उनले व्याख्या गरे, “हामी केही आशावादी छौँ, “अहिले परिस्थिति बदलिसकेको छ । पहिलो, बितेका ४० वर्षमा दुई पक्षबीच प्रत्यक्ष सम्पर्क स्थापित भएको छ । शान्तिपूर्ण सहमतिमा पुग्न तालिबानले पनि प्रत्यक्ष वार्ताको माग गरिरहेको छ ।” आफू तालिबानको पक्षधर नभएकोमा जोड दिँदै कमिलोभले तालिबान समूहको आधिकारिक वेभसाइटमा बिना विदेशी हस्तक्षेप स्वाधीन, सार्वभौम इस्लामिक इमिरेट अफ अफगानिस्तान स्थापना गर्नु तालिबानको लक्ष्य भएको उल्लेख रहेको बताए । त्यो नयाँ देश (व्यवस्था) मा महिला, बालिका र अल्पसङ्ख्यकको अधिकार सुनिश्चित गरिने अपेक्षा गरिएको छ ।
कमिलोभजस्ता अनुभवी कूटनीतिज्ञ कुनै शब्दबाजीमा फस्ने कुरा विश्वास गर्न गाह«ो छ । यद्यपि, अफगानिस्तानलाई मध्य एसियाली अर्थतन्त्रमा गहिरोसँग एकाकार गर्नुपर्ने उनको तर्क परिपक्व रणनीतिक जगमा उभिएको देखिन्छ । तालिबान पनि नवीकृत ‘बृहत् मध्य एसिया’ कार्यक्रममा आकर्षित छ जसले महान् रेशम मार्ग (११००–१६०० ईस) का गौरवपूर्ण वर्षका केही आर्थिक गतिशीलता फर्काउन मद्दत गर्नसक्छ ।
युरेसियाभरि व्यापार, लगानी र पूर्वाधारको सम्बन्ध गहिरो बनाउने चीनको सङ्कल्पको कारण बृहत् मध्य एसियाको यो कल्पना सफल हुने सम्भावना बढ्दै छ । तर, त्यसको निम्ति अफगानिस्तानभरि पहिले शान्ति कायम हुन जरुरी छ ।

जुमार्ट ओटोरबेभ


लेखक सन् २०१४–१५ मा कीर्र्गिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो ।
स्रोत : प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *