भर्खरै :

विद्यार्थीहरूबीच चिनियाँ क्रान्तिको चर्चा

भक्तपुर, २३ असार । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकीको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिले अनलाइन प्रवचन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासको विषयमा प्रकाश पार्नुभयो । सोभियत सङ्घको समाजवादी अनुभवबाट सिक्दै चीनले नौलो बाटो लिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “चीनले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई नयाँ पुस्तामाझ पु¥याउन २१ औँ शताब्दीमा चिनियाँ माटो सुहाउँदो समाजवादलाई अगाडि बढाइरहेको छ ।” नेपालको अन्योलपूर्ण राजनीतिक परिस्थितिमा चिनियाँ समाजवाद एक आशाको दियोजस्तै बलिरहेको उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गर्नुभयो । साम्राज्यवादी देशहरूले चीनबारे अनर्गल प्रचार गरिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले छोटो समयमै कोभिड नियन्त्रण गर्न सफल भएको उहाँले बताउनुभयो ।
उहाँले कोभिडको महामारीबीचमै चीनले निरपेक्ष गरिबी उन्मूलन गरेर देखाइदिएको र त्यसबाट नेपाली विद्यार्थीले प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ १३ औँ केन्द्रीय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले चिनियाँ विद्यार्थीहरूको देशभक्तिपूर्ण र परिवर्तनकारी भावनाबाट सिकेर देशको सेवा गर्न आग्रह गर्नुभयो । कार्यक्रम नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका संयोजक मिलन गणेजूको अध्यक्षता र सचिव विलम सुवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *