भर्खरै :

जनताको हित गर्न राजनीतिक दलको सहकार्य

पेइचिङ, ७ जुलाई । जनताको खुसी खोज्ने जिम्मेवारी राजनीतिक पार्टीले आफ्नो काँधमा बहन गर्नुपर्छ । अहिले विश्वव्यापी जोखिम र चुनौती समाधान गर्न सहकार्यलाई बलियो बनाउने समय आएको छ । अनि, जनताको भलो र मानव जातिको प्रगतिको निम्ति जिम्मेवारी बहन गर्नुपर्छ । मङ्गलबार भएको चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीको शिखर सम्मेलनबाट जारी सन्देश हो यो ।
एक शताब्दीमा देखिएका परिवर्तनले ल्याएका गम्भीर चुनौती र कोभिड–१९ को महामारीले संसारका राजनीतिक दललाई मिलेर चुनौतीको सामना गर्नुपर्ने महत्वलाई उजागर गरेको छ । विश्वव्यापी सहकार्यले मात्र विश्वव्यापी चुनौती सामना सम्भव छ ।
‘जनताको हितको लागि राजनीतिक पार्टीहरूको जिम्मेवारी’ भन्ने मूल नाराका साथ भएको शिखर सम्मेलन चिकपा र संसारका राजनीतिक पार्टीहरूबीच आपसी सम्बन्ध बलियो बनाउने र सिक्ने प्रभावकारी दबु बनेको छ ।
जनताको खुसी खोज्ने, विश्व शान्ति र विकास अघि बढाउने र मानव जातिको साझा भविष्यसहितको समुदाय निर्माणलाई प्रवद्र्धन गर्न दर्शन र क्षमतालाई संवद्र्धन गर्ने अवसर हो यो ।
चिकपाले जनताको जीवन र स्वास्थ्यलाई नै सबभन्दा पहिलो प्राथमिकतामा राख्यो । चिकपाको नेतृत्वमा चीनले दसौँ करोड जनतालाई गरिबीबाट उकास्यो र सबै कोणबाट मध्यम ढङ्गले समृद्ध समाज निर्माण गर्ने सफलता हासिल ग¥यो ।
धेरैले चीनका उपलब्धिको कदर गरे र उसले हासिल गरेका सफलता पछाडिका कारण जान्न खोजे ।
संसारकै सबभन्दा ठुलो शासक राजनीतिक दलको रूपमा चिकपाले अरू देशका राजनीतिक पार्टीहरूबाट खुला हृदयका साथ समान उचाइबाट आपसमा सिक्ने र सम्बन्ध विस्तार गरिरहेको छ । विभिन्न संवाद, मञ्च र गोष्ठीमार्फत चिकपाले रुस, अरब देशहरू, ल्याटिन अमेरिकी, अफ्रिकी र एसियाली देशहरूका राजनीतिक पार्टीहरूसँग आपसी सम्बन्ध विकास गर्नुका साथै सञ्चालनको अनुभव पनि आदानप्रदान गर्दै आएको छ ।
चीनले कहिल्यै पनि चिनियाँ ढाँचाको निर्यात गर्दैन । कुनै पनि देशलाई आफ्नो अभ्यासको अन्धानुकरण गर्न पनि भन्दैन । चिकपाले आफ्ना विकासका अनुभव सबै पार्टीहरूसँग आदानप्रदान गर्न चाहेको छ । आपसीमा सिक्न र हातमा हात मिलाएर अघि बढ्न चाहेको छ ।
अहिले पनि संसारको कमजोर आर्थिक पुनःस्थापनाको पृष्ठभूमिमा कोभिड–१९ महामारी फैलिरहेको छ । उपेक्षा र सस्तो लोकप्रियताको भोक अझै पनि केही देशमा राँकिएको छ । संसारभर चिकपा र राजनीतिक दलहरूबीच सहकार्य र सम्बन्धले निःसन्देह मानवताले सामना गरिरहेका साझा समस्या समाधानको निम्ति विवेकवान निर्णय गर्न, सहमति निर्माण गर्न र शक्ति सञ्चय गर्न योगदान गर्नेछ ।
चिकपा शान्तिपूर्ण विकासप्रति प्रतिबद्ध छ । शान्ति र स्थायित्व बलियो बनाउन अथक काम गर्न दृढ छ । चिकपा सबैको भलो हुने सहकार्यमा कटिबद्ध छ । साथै सबै देशबीच आपसी विकासको लागि काम गर्न तयार छ ।
हरेक देशको भविष्य आपसमा नजिकबाट गाँसिएको छ । चिकपाले साझा चुनौतीको मिलेर सामना गर्न योगदानका लागि विश्व व्यवस्थामा सुधार गर्न सक्रियतापूर्वक भूमिका खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *