भर्खरै :

शिक्षा, स्वास्थ्य र अर्थतन्त्रमा चीनको उपलब्धि

चिनियाँ कम्युनिस्ट पार्टीको सत्वार्षिक दिवसको अवसरमा नेपाल प्राध्यापक समाजको तर्फबाट शुभकामना तथा बधाई दिन चाहन्छु । कोभिड–१९ को महामारीबाट चीनले आफ्नो देश सुरक्षित भएको सन्देश दिँदै गत जुलाई १ को दिन भव्य कार्यक्रम ग¥यो । समाजवादी देश चीनको सफलता विश्वसामु छर्लङ्ग भयो । कोभिडले संसारका प्रायः सबैजसो मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत दैनिक जीवनलाई नै तहसनहस पा¥यो । महामारीको क्रममा संयुक्त राज्य अमेरिकाको स्वास्थ्य प्रणाली र पूर्वतयारी कस्तो थियो भन्नेबारे छर्लङ्ग भएको छ । अमेरिकामा ३ करोडभन्दा बढी जनता सङ्क्रमित भए भने ६ लाखभन्दा बढीको मृत्यु भयो । ब्राजिल, फ्रान्स, बेलायत, इटली, स्पेन, जर्मनीजस्ता विकसित देशहरू पनि कोभिड–१९ महामारी नराम्ररी प्रभावित भए, लाखौँ मानिसले ज्यान गुमाउनुप¥यो । समाजवादी मुलुक चीनमा करिब ९२ हजार जना सङ्क्रमित भए भने ४ हजार ६३६ जनाको मृत्यु भयो । चीनले कम समयमा नै महामारी नियन्त्रण गर्नुको साथै विश्वका ८० भन्दा बढी मुलुकलाई सङ्कटको घडीमा खोपलगायत स्वास्थ्य सामग्री पठाएर कोभिडबाट बच्न सहयोग ग¥यो । यसरी संसारमा लाखौँ जनताको ज्यान बचाउन चीनले गरेको मानवीय सहयोग अनुपम उदाहरण बन्यो । चीनले कम समयमा महामारी नियन्त्रण गरी संसारलाई चकित पा¥यो । संसारकै ठुलो विकसित देश संयुक्त राज्य अमेरिका आफ्नै देशको जनताको ज्यान जोगाउन असफल भयो ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी नियन्त्रण गर्न र खस्किएको अर्थतन्त्रको पुनःस्थापना गर्न चीनले खेलेको भूमिका एक ऐतिहासिक सफलता हो । सङ्कटको बेलामा चीनले अवलम्बन गरेको नीति विश्वकै लागि अनुकरणीय छ ।
यस कार्यक्रममा केही दशकभित्र शिक्षा, स्वास्थ्य र अर्थतन्त्रमा चीनले गरेका उल्लेखनीय उपलब्धिबारे केही कुरा राख्न चाहन्छु ।
शिक्षा
बितेका एक सय वर्षमा चीनले गुणस्तरीय र समतामूलक शिक्षामा उल्लेखनीय प्रगति गरेको छ । जनवादी गणतन्त्र स्थापना हुँदा चीनमा ८० प्रतिशत मानिस अशिक्षित तथा अर्धशिक्षित थिए । सन् २०२० सम्म आइपुग्दा नौ वर्षको आधारभूत शिक्षा सबैको पहुँचमा पुगेको छ । विद्यालय जाने उमेरका बालबालिका र किशोरकिशोरीहरूमध्ये शिशु कक्षाको तहमा ८५.२ प्रतिशत र उच्च माध्यमिक तहमा ९१.२ प्रतिशतको पहुँच पुगेको छ । चीनको आधाभन्दा बढी युवा अर्थात् ५४.४ प्रतिशत स्नातक तहको शिक्षाको लागि विश्वविद्यालय जाने गर्छन् । वास्तवमा चीनको उच्च शिक्षा प्रणाली संसारभरमा सबभन्दा ठुलो हो । करीब ४ करोड २० लाखभन्दा बढी विद्यार्थी उच्च शिक्षा अध्ययन गर्दै छन् । यसरी चीनले विगत केही दशकदेखि शिक्षामा जोड दिएको कारणले नै चीनको आर्थिक विकासको लागि मनग्य मानवीय स्रोत तयार भएको छ । यसले मध्यम ढङ्गले समृद्ध समाजमा सबैको लागि रोजगारी सुरक्षित हुनुको साथै आर्थिक र सामाजिक प्रवद्र्धनमा पनि टेवा पु¥याउनेछ । संसारभर जुनसुकै देशमा पनि यस खालको लक्ष्य हासिल गर्न लामो समय र धेरै स्रोतको आवश्यकता पर्छ । तर, चीनले भने दुई दशकभित्रै शिक्षाको लक्ष्य हासिल गर्न सफल भयो । यसरी छोटो समयमा उपलब्धि हासिल गर्न सक्नुको मुख्य कारण चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ सरकारले जनताको भलो र समृद्धिलाई पहिलो प्राथमिकता दिनु हो ।
स्वास्थ्य
सन् २०२० को सुरूमा कोरोना भाइरसले हुपे प्रान्तमा भयावह अवस्था खडा ग¥यो । यस भाइरसलाई रोक्न चीन सरकारले अभूतपूर्व कदम चाल्नुप¥यो । दैनिक सङ्क्रमण दर हजारौँबाट शून्यमा झार्न जनताको जीवनलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय ऐक्यबद्धता, बलिदान, विज्ञानप्रति सम्मान र मानव सेवाको भावनामा सरकारको लगावले गर्दा भाइरसविरूद्धको लडाइँमा चीन सफल भयो । चीनले निकै छोटो समयमा अस्थायी अस्पतालहरू स्थापना ग¥यो, एकान्तवास स्थलहरू बनायो र सबैलाई अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू ग¥यो । स्वास्थ्य उपचार, छिटो स्रोतको पहिचान र व्यापक स्तरमा पीसीआर परीक्षणले गर्दा छोटो समयमा नै महामारीको प्रभावलाई नियन्त्रणमा लिनसक्यो ।
मानवीय सहायतामार्फ चीनले ८० वटाभन्दा बढी देशमा ३५ करोड मात्रा खोप पठाइसकेको छ । विश्वभर ३ अर्ब १९ करोड २४ लाख ७६ हजार डोज खोप लगाइएको छ । त्यसमध्ये १ अर्ब २९ करोड ६० लाख डोज चीनमा मात्र लगाइएको छ । यसबाट पनि चीन सरकार जनताको स्वास्थ्यका लागि कति चिन्तित र अग्रसर छ भन्ने देखिन्छ ।
आर्थिक
सन् २०२१ को प्रारम्भमा चीनले निरपेक्ष गरिबी उन्मूलनको घोषणा ग¥यो । चीनले गएको आठ वर्षमा करिब ९ करोड ९० लाख जनतालाई गरिबीबाट उकासेको छ । सन् १९७० पछि चीनले गरिबी निवारण अभियानअन्तर्गत ७७ करोडभन्दा बढी ग्रामीण जनतालाई गरिबीबाट मुक्त ग¥यो । सहर र ग्रामीण क्षेत्रका जनताबीचको दूरी कम गर्न आवश्यक स्रोत–साधन परिचालन गरी ग्रामीण जनताको जीवनस्तर उकास्न महत्वपूर्ण कार्य ग¥यो । यसरी आर्थिक वृद्धिका साथै चीनका जनताले आज गुणस्तरीय शिक्षा, स्वास्थ्योपचार र सफा वातावरणजस्ता विकासका लाभहरू लिइरहेका छन् । चिनियाँ जनताको भावनाले राष्ट्रिय मनोबल बढाएको छ । यसले गर्दा महामारीलाई पनि छोटो समयमा चीनलाई आफ्नो लक्ष्यमा पुग्न सक्ने बनाएको छ । यो उपलब्धि जनताप्रति चिनियाँ कम्युनिस्ट पार्टीले प्रतिबद्धता गरेकोको परिणाम हो ।
चिनियाँ कम्युनिस्ट पार्टीले सुधार, विकास र स्थानीयबीच सम्बन्ध स्थापना गर्नुलाई विशेष महत्व दिएको छ । यसले गर्दा चीनका जनता सबै सुरक्षित भएको अनुभव गर्छन् । कानुनी शासन अघि बढाउने र सुरक्षित चीन स्थापना गर्ने सिलसिलामा आज चीन संसारकै सबभन्दा सुरक्षित देशमा गनिएको छ । वास्तवमा यो नै समाजवादी कम्युनिस्ट पार्टीको उपलब्धि तथा सफलता हो । चीनले गरेको सन्तुलित प्रगतिले पनि पुँजीवादी व्यवस्थाभन्दा समाजवादी व्यवस्था धेरै गुणा अब्बल छ भन्ने थाहा हुन्छ ।
(नेपाल प्राध्यापक समाजको आयोजनामा चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवसको अवसरमा आयोजित अनलाइन गोष्ठीमा व्यक्त मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *