हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
भरतपुर, २७ असार । भरतपुर महानगरले बजार क्षेत्रको फोहोर नउठाउँदा नगरवासी आक्रोशित भएका छन् । महानगरले दुई हप्तादेखि फोहोर उठाएको छैन । नारायणगढ बजारको चोक र गल्लीमा फोहोरका थुप्रोहरू जहीँतहीँ देख्न सकिन्छ । फोहोर नउठ्दा महानगर दुर्गन्धित र कुरूप बन्न पुगेको छ ।
महानगरमा बढ्दै गएको जनघनत्व र त्यसबाट निस्कने फोहोरमैलालाई व्यवस्थापन गर्न महानगरले अन्य वैकल्पिक स्थान र उपायहरू अपनाउन सक्नुपर्दथ्यो । तर, महानगरले विगतदेखि नै मुख्य समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनमा दीर्घकालीन समाधानको उपाय पहिल्याउन नसक्दा समस्या खेप्दै आइरहेको छ । मानव समुदायको मुख्य पहिचान र चिनारी भनेको स्वच्छ र सफा वातावरण हुनु हो । भरतपुर महानगरमा बेलाबखत फोहोर उठ्न नसक्दा विकासका ठुलठुला कुरा गर्ने मै हुँ भन्ने जनप्रतिनिधिहरूलाई दुर्गन्धित नगरले गिज्याइरहेको छ ।
वर्षा याम छ । बाटो बिगार्छ । समयमा बन्दैन । पानी पर्दा सहर हिलाम्य हुन्छ भने घाम लाग्दा धुलाम्य बन्छ । निषेधाज्ञाले थिलथिलिएको व्यवसाय खुकुलो भएसँगै बजारमा मानिसको आवतजावतमा समस्या पारेको छ । नारायणगढस्थित प्रगतिपथ घर भएका कमल शाक्य भन्नुहुन्छ, “बजेट सकाउन राम्रो बाटो बनाउन भनी भएको बाटो बिगार्यो, अहिले आएर हिलाम्य भयो । समयमै काम पूरा गरे जनताले दुःख पाउने थिएनन् । नेताहरू नै बेइमानी भएपछि जनताले दुःख पाउने हो ।” नारायणगढ बजारमा प्रगतिपथदेखि बालकुमारी चोकसम्मको बाटो मर्मत हुँदै छ । त्यसैमाथि गल्ली र चोकमा फोहोर थुप्रेर दुर्गन्धित हुँदा नगर कुरूप बनेको हो । फोहोर एक दिन नउठ्दा पनि कुहिएर दुर्गन्धित हुन जाने कमलको तर्क छ । छिनभरमै पानी दर्किन्छ र घाम चर्किँदा त फोहोर कुहिएर बजार दुर्गन्धित भई मानिसलाई हिँड्डुल गर्न नै गा¥हो हुने उहाँको कुरा छ ।
लायन्सचोकस्थित कोठा भाडामा बस्दै आएका रेखा श्रेष्ठ महानगरको फोहोर उठाउने गाडी नआउँदा डस्विनमै फोहोर कुहिन पुगेको गुनासो गर्नुहुन्छ । भान्साबाट फोहोर निस्कन्छ । अन्त कहीँँ फाल्ने खुला ठाउँ छैन । जथाभावी फोहोर फाल्न पनि भएन । नगरको फोहोर छिटोभन्दा छिटो उठाउन गाडी आउनुपर्ने उहाँको तर्क छ । फोहोर कुहिएर दुर्गन्धित बन्दा सङ्क्रामक रोगहरू फैलने सक्नेप्रति महानगर बेलैमा सचेत रहनुपर्ने देखिन्छ ।
उठाएको फोहोर व्यवस्थापन गर्ने ठाउँ तत्काल नमिल्दा महानगरकै परिसरभित्र फोहोर बोकेका गाडीहरू राखिएका छन् । महानगरलाई नगरभित्र निस्कने फोहोर व्यवस्थापन गर्नमा ठूलो चुनौती बन्दै आएको छ । महानगरले फोहोर व्यवस्थापनको लागि दीर्घकालीन उपाय नसोचेसम्म समस्या आइरहने महानगरवासीहरूको बुझाइ छ ।
Leave a Reply