भर्खरै :

अफगानिस्तानबाट भाग्ने भो अमेरिका

यो पृथ्वी आजकै अवस्थामा रहेमा आउँदो भदौ १६ गतेदेखि अफगानिस्तानमा अमेरिकी बूठ, जुत्तारहित हुनेछ । जुलाई महिना सिद्धिन अझै धेरै दिन बाँकी नै छ । संरा अमेरिका राष्ट्रपति प्रमुख प्रशासक हुने मुलुक भएकोले त्यहाँका राष्ट्रपतिका कुल देउता दाँया–बायाँ लागेमा कुरो अर्कै हुनसक्छ । जे होस् अहिल्यै किन नकारात्मक सोचौँ, जुलाई मसान्तदेखि अफगानिस्तान अमेरिकारहित हुनेछ । यो वास्तवमा सानो कुरा होइन । अमेरिकाका राष्ट्रपतिहरूले २० वर्षदेखि अफगानिस्तानमा राज्य गर्दै आएका थिए । तर, सदरमुकाम काबुल जोगाउन पनि धौ धौ परेको थियो । धेरै अमेरिकी युवा अफगानिस्तानमा बलिको बोका भए, मारिए । अमेरिकी जनताले तिरको पैसो अफगानिस्तानका लडाकूहरू मार्ने गोलीगठ्ठा किन्नमै दुरूपयोग भयो । वास्तवमा हेर्दा पैसो अमेरिकाको ज्यान जाने पनि अमेरिकी निर्दोष युवाको । धन्न सहे अमेरिकी बाबुआमाले । अब जति गर्दा पनि अमेरिकी अर्थतन्त्रले सिङ्गो अफगानिस्तान त के काबुलसमेत थेग्न नसक्ने भएर भाग्दै छ अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले सार्वजनिक घोषणा गरिसके ३१ अगष्ट २०२१ भित्र सबै अमेरिकी सेना फिर्ता हुनेछ भनेर । यो बोली पक्कै पनि परिपक्का होला । वास्तवमा त्यत्रो शक्तिशाली अमेरिका आफ्ना सबै झिटीगुण्टा लिई ३१ जुलाईदेखि भाग्दै छ । अमेरिकालाई साध्य भएन बस्न । अमेरिकी अर्थतन्त्र अफगानिस्तानमा नै स्वाहा हुने भयो ।
तालिबानलाई कुनै विदेशी टेवा थिएन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनाले अफगानिस्तान छोड्नुमा आतङ्कवादविरोधी लक्ष्यमा संरा अमेरिकाले लक्ष्य हासिल गरिसकेको भन्दै अब अमेरिकी सेना फिर्ता हुने समय आएको बताए । यो वस्तुतः अचानकको निर्णय हो जस्तो अमेरिका भित्रै पनि चर्काे विरोध भइरहेको छ । धेरै मानिसको धारणामा तथाकथित सेना फिर्ताले अफगानिस्तानमा संरा अमेरिकी टिकिरहन नसकेको बताएको छ । यसको तात्पर्य अमेरिकी सेना अफगानिस्तान सिङ्गोमा मात्र टिक्न नसकेको हो र काबुलमा मात्र पनि टिक्न नसक्ने किन आए । त्यसैले भएभरको आफ्नो झिटिझाम्टा हतार–हतारमा झिकी भाग्न लागेको टिप्पणी चारैतिरबाट भइरहेको छ । यो संरा अमेरिकाले २० वर्षअघि अफगानिस्तान युद्ध थाल्दा त्यो लडाइँ पक्का जित्नेमा पूर्ण विश्वस्त थियो र थियो कटिबद्ध पनि । तर, त्यसको केही वर्षपछि नै आफू कुनैै गहिरो दलदलमा फसेको भन्दै आएको थियो जुन दल दल गहिरो थियो । त्यसपछि अमेरिकी सेनाले आफ्नो लक्ष्यमा सम्झौता पनि गर्दै गयो र लचक पनि बन्दै गयो । संरा अमेरिकी सेनाले तालिबानको सामना पनि गरिरहेको थियो । तालिबानलाई लगभग कुनै विदेशी टेवा थिएन ।
कुनै व्यक्ति, संस्था र देशविरूद्ध हैन
अफगान युद्धमा संरा अमेरिकाले झन्डैझन्डै १० खर्ब अमेरिकी डलर, दुईहजार भन्दा बढी अमेरिकी युवा जो सेनामा थिए– बलिदान हुँदा पनि सम्हाल्न सकेन र आउँदो भदौ १३ गतेदेखि अफगानिस्तान छोड्दै छ । तालिबान मूलतः आफ्नै सामथ्र्यमा लड्नुपर्ने । आजको अफगानिस्तान र काबुल हेर्दा उहिले भियतनाम युद्धकै अवस्था भएको झझल्को दिँदै छ । जुन बेला भियतनाम अमेरिकी शक्ति क्रमशः क्षिण हुँदै गएको थियो । संरा अमेरिका इराक युद्धमा पनि समयान्तरमा इरान पक्षधर शासनमा पुगेर टुङ्गिएको थियो । तर, अहिले एउटा स्थिरता छ । अमेरिकी फौजले छोडेपछि के हुने हो गम्भीर भएर हेर्नुपर्ने हुन्छ । अफगानी युद्धमा वासिङ्गटनले गर्ने गरेको तथाकथित विजय बखान हेर्दा आफैलाई गरेको व्यङ्ग्झै भएको छ । तालिबानका प्रवक्ता सुहैल गएको बुधबार भने चीन अफगानिस्तानका लागि मित्र भएकोले पुनःनिर्माण कार्यमा पेइचिङको लगानीका कुराकानीको अपेक्षा गरिरहेको बताए । अफगानिस्तानलाई सहयोग गर्न चाहने अन्य देशलाई ऊ अहिल्यै भन्न चाहन्छ । हामी अफगानिस्तानलाई चीनलगायत कुनै पनि देश वा व्यक्ति वा संस्थाविरूद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गर्छौँ । यो भनाइले चिनियाँ जनताको ध्यानाकर्षण पनि गरेको छ रे । यसै हुनुपर्छ वास्तवमा ।
घर मूलीलाई नै लाग्छ अब त्यसो हुँदैन
बीस वर्षको द्वन्द्व र अराजकतापछि अफगान सरकार र तालिबान दुवैले चीनलाई मित्रको रूपमा लिने गरेको देखिएको छ । यसले भविष्यमा अफगानिस्तानको अवस्थामा सकारात्मक भूमिका निर्वाह गर्ने चीनलाई बलियो आधार बनाइदिएको छ । अमेरिकी सेनाले खाली गराएको ठाउँमा चीन कदापि प्रवेश गर्नेछैन । अब अफगानिस्तानको पुनःनिर्माणमा चीन उपयुक्त पात्र होजस्तो देखिन्छ । कथं अफगानिस्तानको पुनःनिर्माणमा कुनै पनि बलवान राष्ट्रको सहयोग आवश्यक पर्छ नै । यसो हेर्दा त्यस्तो सहयोग गर्ने राष्ट्र चीन नै देखापर्छ । अब अफगानिस्तानलाई सहयोग गर्ने भनेको अफगानिस्तानको कुनै पनि आन्तरिक मामिलामा हस्तक्षेप गर्न होइन । चीनले आफ्नो क्षमताभित्र रहेर अफगानिस्तानलाई मद्दत गर्नेछ । अफगानिस्तानमा कहिल्यै प्रभुत्व जमाउने छैन । यो कुरा दिउँसोको घामझैँ छर्लङ्गै छ । अफगानिस्तान पनि एउटा सिङ्गो सार्वभौम राष्ट्र हो । उसको आफ्नै उच्चतम सांस्कृतिक परम्परा छ । अफगानिस्तानमा धेरै भो बाहिरियाहरूले साम्राज्यको चिहानको रूपमा लिन लागेको पनि । बितेको लामो समयदेखि पूर्वसोभियत सङ्घ र संरा अमेरिकाले पनि विफलता भोगे अफगानिस्तानमा । अब चीन मद्दत गर्छ भनेको उठ्नमा मद्दत गर्ने हो । त्यहाँ ठुलठुला वनस्पति, फलहरू आफूहरूमात्र हसुर्नु भनेको कदापि होइन । अफगानिस्तान भनेको अफगानहरूको हो । प्रथमतः यो स्पष्ट हुनुपर्छ । यति भयो भने समस्या नै आउँदैन । यहाँ त सहयोग भनी भित्र पस्यो, घरमुलीलाई नै निकाल्यो । अब त्यसो हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *