भर्खरै :

नपाका प्राविधिक र नक्सा शाखाकै मिल्दैन कुरा

२०७८/३/२५ गते साविक मापदण्डअनुसार निर्माण भएका पुराना 9″×9 ” वा 9″×12″ पिलरवाला घरहरूको नक्सा पास वा सूचिकृत गर्न भनपाले जारी गरेको कार्यविधिसम्बन्धी जानकारीमूलक तथा सर्वसाधारणले बुझ्ने गरी सरलरूपमा लेखिएको लेख पढ्न पाइयो ।
भनपाले २०७८/३/११ गते जारी सूचनाअनुसार वडा र नपाको नक्सा शाखामा सम्पर्क गर्दा कार्यविधिभन्दा भिन्न कुराहरू जानकारीमा आयो । उक्त लेख भनपाको बखान गर्नमात्र आएको पक्कै होइन होला । किनकि भनपाले जारी गरेको कार्यविधिमा सूचिकृत हुने घरहरूले के के पाउने वा पास भएका घरहरूले के के पाउने भन्ने कुरा वडाका प्राविधिक र नपाको नक्सा शाखामै पनि फरक÷फरक धारणा रहेको पाइयो ।
१) घरहरू सूचिकृत गरिसकेपछि घरको नक्सा सेवाग्राहीलाई फिर्ता नदिने नपाको सूचना र कार्यविधिमा छैन । कार्यविधिको अन्तिम पानामा सूचिकृतको नमुना प्रमाण घरको बनोट र नाप नक्साबारे केही उल्लेख गरिएको छैन । एउटा सूचिकृत प्रमाणपत्रको आधारमा धारा, बिजुलीको सिफारिस पाउन अझै गाह्रो हुनेछ ।
के यो सूचिकृतको आधारमा धितो राखेर ऋण पाउन बैङ्क र सहकारीले मान्लान् ?
२) 9″×ढु9″ को पिलरवाला घर ३ तल्लासम्म र 9″×12″ चार तल्लासम्म नक्सा पास गर्न पहिले नै पाइन्थ्यो । अनि, यो सूचिकृतको ‘नाटक’ किन ? नपाले राजस्व लिएर पैसामात्र कमाउन चाहेको हो ?
३) एकपल्टलाई सूचिकृत प्रमाणपत्र दिने भए बाटो नै मिचेको, पुरातात्विक धरोहर छेकिने गरी बनाएको वा अरु साँध सँधियार मिचेको बाहेकलाई यो सुविधा दिनुपर्छ । नत्र यो सुविधा होइन दुविधामात्रै प्रमाणित हुनेछ ।
४) यस कार्यविधिअनुसार कुनै नक्सा विरलै पास हुनेछ । किनकि साविकको मापदण्डअनुसार केही न केही नमिलेर वा फरक भएर नै ती नक्सा रोकिएका हुन् । जस्तो कसैको क्षेत्रफल वा कभरेज बढेर, कसैको स्लोप छाना नमिलेर, कसैको उचाइ बढेर, कसैको बार्दाली नभएको बनाएर ती नक्साहरू रोकिएका हुन् । त्यो भनेको साविकको मापदण्डअनुरूप नभएको हो ।
अब पर्ने निवेदनहरू पनि केही न केही मापदण्ड नमिलेको नै हुने भएपछि ती सबै सूचिकृतमात्रै हुनेछन् । सरकारी कार्यालयहरूको काम त्यसै पनि लामो प्रक्रियाको हुन्छ । केही वडा कार्यालयमा सूचिकृतको वडाबाट सिफारिस लिन ५÷६ दिन धाउनुप¥यो । कति प्राविधिकलाई यो कार्यविधिबारे जानकारी नै छैन ।
५) २०६० साल अगाडि पास भएका घरहरूको विनियम लागु हुनुअगाडि भूकम्पभन्दा अगाडि 9″×9 ” को पिलरवाला ४ तला र ५ तला घर बनाएको भए सूचिकृतमात्रै हुने र नक्सा पाउनेछैन । यो गलत हो ।
६) सूचिकृत भएका घरहरूको पुर्जामा घर जनाउन निर्माण सम्पन्न नभई मालपोतमा गर्न मान्दैन । त्यसमा सूचिकृत भएको घरको नक्साविना घर जनाउन मालपोतले पक्कै मान्दैन । यो मालपोतका भ्रष्ट कर्मचारीहरूलाई घूस माग्ने बहानामात्रै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *