भर्खरै :

इरानमा संरा अमेरिकी नाकाबन्दीले मान्छे मार्दै छ

तेहरान, १४ जुलाइ (सिन्ह्वा) । इरानको एउटा माध्यामिक विद्यालयका विद्यार्थी पारिया अब्दोल्लाहीलाई ध्यानकेन्द्रित गर्न नसक्ने रोग लागेपछि विद्यालयमा उनको नतिजा खराब बन्दै गयो । उनको मूल समस्या उनको रोग होइन । बरु रोग निको पार्न औषधिको अभाव हो ।
“नाकाबन्दीको कारण एडीएचडी नामको औषधि आयात गर्न सम्भव भएन । त्यो रोग निको पार्न इरानमा प्रयोग गरिएको औषधिभन्दा एडीएचडी औषधि दस गुणाले प्रभावकारी छ”, अब्दोल्लाहीले भनिन् ।
उनको जस्तो दुरावस्था असामान्य होइन । इरानविरुद्ध संरा अमेरिकी नाकाबन्दीले त्यहाँको मुद्रा विनिमयलाई असहज बनाएको छ । त्यसकारण, इरानसँग औषधि कम्पनीहरू व्यापारिक सम्बन्ध राख्न अनकनाइरहेका छन् । फलतः औषधि र अन्य चिकित्सकीय सामग्रीको अभाव भइरहेको छ ।
यस्तै अवस्थाको कारण इरानमा बिरामी परेका नागरिक र तिनका परिवारजन संरा अमेरिकी नाकाबन्दीलाई मानवताविरोधी अपराध भन्छन् । उनीहरू जीवन बाँच्ने र स्वस्थ रहने अधिकार उल्लङ्घन गरेकोमा संरा अमेरिकाको आलोचना गर्छन् ।
महँगो औषधि
औषधि नपाएकोले अब्दुल्लाहीको ध्यानकेन्द्रित गर्ने क्षमतामा ¥हास आयो । उनले विकल्पमा खाँदै गरेको औषधि किन्न समेत गा¥हो छ ।
अब्दुल्लाहीकी आमा आफै नर्स हुन् । उनले आफ्नी छोरी जस्तै इरानका धेरै मानिसले औषधि अभावको यस्ता समस्या भोगिरहेको देखेकी छिन् । कोही कोही महँगो औषधि किन्नसमेत निकै पर–परसम्म जान बाध्य छन् ।
“एउटा ट्याब्लेटको लागि झण्डै १२० संरा अमेरिकी डलर पर्छ । बिरामीहरू पनि अधिकांश न्यून आयको वर्गका छन्”, उनले भने ।
सन् २०१८ मा संरा अमेरिकी तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले इरान आणविक सम्झौताबाट हात झिकेर पुनः नाकाबन्दी थोपर्ने निर्णय गरेपछि त्यहाँ तेलको निर्यातमा कमी आयो । व्यापार खुम्चियो । मुद्रास्फीतिले आकाश छोयो ।
वास्तवमा चिकित्सकीय उपचार महँगो मात्र बनेन, बरु जोखिमपूर्ण समेत बन्यो ।
संरा अमेरिकी नाकाबन्दीले विदेशबाट इरानमा औषधि आयातलाई प्रभावित बनाएपछि हरेक दिन इन्सुलिनको सुई लिनुपर्ने रेजालाई मधुमेहको रोग थप बल्झियो । उनी अहिले जटिल प्रकारको मधुमेहका बिरामी भएका छन् । “अत्यावश्यक औषधिको अभाव हुँदा उनको स्वास्थ्य र जीवन नै पनि उनीजस्तै अरुको लागि खतरामा परेको छ”, ६९ वर्षका रेजाले भने ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणसँगै उनको परिवार आफ्नो ज्यान जोखिममा पारेर पनि भीडभाड भएका औषधि पसलमा धाउन बाध्य भएका छन् ।
“कसैले मलाई आफ्नो परिवारका सदस्यको निम्ति औषधि खोज्न औषधि पसलहरू चहार्ने क्रममा आफै कोभिड–१९ बाट बिरामी भएको सुनाए”, इरानलाई औषधि आयात गर्न निषेध गर्ने संरा अमेरिकी निषेधलाई ‘राक्षसी’ काम भन्दै उनले भने ।
घातक मिलन
इरानमा कोभिड–१९ बाट ३ करोड ४० लाख मानिस बिरामी भइसकेका छन् । सन् २०२० को फेब्रुअरीमा पहिलो सङ्क्रमित फेला परेयता इरानमा हालसम्म सो रोगबाट ८६ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ । आज इरान कोभिडको पाँचौँ लहरको सामना गरिरहेको छ । अहिले डेल्टा भाइरेन्ट व्यापकरूपमा फैलिरहेको छ ।
इरानी जनताको स्वास्थ्यमा संरा अमेरिकी नाकाबन्दीको नकारात्मक प्रभाव नयाँ विषय होइन । तर, महामारीको समयमा यो प्रभाव अझ व्यापक बनेको छ ।
“नाकाबन्दी त पहिला पनि थियो । तर, कोभिड–१९ महामारीसँगै नाकाबन्दीको प्रभाव अझ दोब्बर भयो”, तेहरानको इमाम हुस्सेन अस्पतालको मुटुरोग विभागका नर्स मलिहा घारिब शाहले भनिन् ।
“इरानमा महामारी फैलिएयता औषधि खरिद र आफैले स्वास्थ्य सामग्री उत्पादनको लागि आवश्यक सामग्री आयात गर्न आवश्यक विदेशी मुद्रा संरा अमेरिकी नाकाबन्दीका कारण पाउन सम्भव भएन”, इरानमा मानवअधिकारको अवस्थाबारे संरा अमेरिकी विशेष दूत जाभेद रेहमानले यो वर्षको सुरुमा जारी प्रतिवेदनमा उल्लेख छ ।
महामारीसँगै नाकाबन्दीको दोहोरो मारको कारण इरानमा साहजस्ता स्वास्थ्यकर्मीहरू सीमित सुरक्षा सामग्री लगाएर अतिरिक्त काम गर्न बाध्य भएका छन् । परिणामतः इमाम हुस्सेन अस्पतालका सबै जस्तो स्वास्थ्यकर्मीहरू कोभिड सङ्क्रमित भए । साह आफै पनि दुई पटक कोभिडबाट सङ्क्रमित भइन् ।
सबभन्दा ठुलो समस्या भनेको शाहले भनेजस्तै ‘न कुनै औषधि छ न कुनै स्वास्थ्य सामग्री नै’ ।
संरा अमेरिकी नाकाबन्दीसँगै अहिलेको स्वास्थ्य सङ्कटको बेला प्रभावकारी श्वासप्रश्वास र एन्टीबायोटिक औषधि नै पाउन मुस्किल भएको छ । स्वास्थ्यकर्मीहरूलाई कसलाई प्राथमिकताका साथ उपचार आवश्यक छ, को मर्छ वा को बाँच्छ भन्ने कुरा भन्न नै गा¥हो भएको छ ।
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार प्रतिवेदनमा भनिएको छ, “यो भद्रगोल अवस्थाले अभाव र सुलभताको प्रश्न उठेको छ जसले स्वास्थ्य अधिकारलाई प्रभावित बनाएको छ ।”
‘मानवताविरोधी अपराध’
मार्च महिनामा मानवअधिकारको लागि इरानको न्यायिक उच्च परिषद्ले आयोजना गरेको बैठकमा इरानका रगतमा हेमोग्लोबिनको कमी हुने रोगीहरूको सङ्गठनका निर्देशक योनिस अरबले भने, “यदि यो रोगका बिरामीलाई उत्तम जीवन दिने हो भने दुईवटा कुराको आवश्यकता छः पहिलो गुणस्तरीय औषधि र दोस्रो स्तरीय स्वास्थ्य सामग्री ।”
“तर आज हामीलाई औषधिको चरम अभाव भइरहेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार हामीलाई वर्षको ७० लाख मात्रा डेसफेरिओजामिनको खाँचो छ । तर, दुर्भाग्यवश हामीलाई १० लाख मात्र प्राप्त छ”, अरबले भने ।
संरा अमेरिकी नाकाबन्दी मानवताविरोधी र बिरामीहरूविरुद्धको अपराध भएको उनको भनाइ थियो ।
जनस्वास्थ्य र सुरक्षालाई राजनीतिक कारणले जोखिममा पार्नु गैरकानुनीमात्र होइन, बरु मानवताविरोधी युद्धअपराध र अपराध पनि भएको संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूत तख्त राभाञ्चीले राष्ट्र सङ्घको एउटा उच्चस्तरीय बैठकमा भने ।
तर, अझै पनि इरानमाथि नाकाबन्दी अन्त्य र आणविक सम्झौतामा फिर्ता कहिले हुने हो, कुनै टुङ्गो लागेको छैन ।
नर्स शाहले भनिन्, “यदि उनीहरू (अमेरिकी) ले मानवीय व्यवहार गरे र नाकाबन्दी फिर्ता गरे इरानका सर्वसाधारण जनताको जीवन सहज हुने थियो ।
नेपाली अनुवाद : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *