भर्खरै :

अस्पतालमा बिताएको चार रात

मानिसको स्वास्थ्य कुन बेला कस्तो हुन्छ भन्ने कुरामा अहिलेसम्म कसैले आकलन गर्न सकेको छैन भन्दा गलत नहोला ।
हो, मानिसको स्वास्थ्यमा खानपिन, बसोबास स्थान, वातावरण, मौसम र अन्य धेरै पक्षले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पारेको हुन्छ । असार १४ गते बेलुकासम्म यो पङ्क्तिकारको स्वास्थ्य अवस्था सामान्य थियो । सामान्य खानपिनपछि म सुतेको थिएँ । अकस्मात् रातको १ बजे पेटमा सामान्य गडबडी भएको जस्तो महसुस भयो । बाथरुममा गएँ, एक्कासि पखाला सुरु भयो । केही मिनेटपछि फेरि दोस्रो पटक पखाला भयो र उल्टी पनि थपियो । करीब १ घण्टाको बीचमा चार÷पाँच पटकको पखाला र उल्टीले मेरो पूरै शरीर शिथिल भइसकेको थियो । अझै म ठीक हुने सोचेर बसेँ । तर, पखाला बीसको उन्नाइस भएन । अझ पखाला थपियो र धेरै कमजोर भएको महसुस भयो । मेरो परिवारले अस्पताल जान सुझाए । म काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नं. ७ फुटुङ्ग नगरमा बस्थेँ । यहाँ २४ सै घण्टा स्वास्थ्य सेवा पाउन न त कुनै अस्पताल छ न त कुनै स्वास्थ्य चौकी नै छ । आपत्विपत्मा स्वास्थ्य सेवा प्राप्त गर्न यस नगरका नगरवासीहरू काठमाडौँ महानगरभित्र प्रवेश गर्नुपर्ने हुन्छ ।
म परिवारसँगै पखालाको लागि गोङ्गबुस्थित विनायक अस्पतालमा बिहानको ४ः३० बजे पुग्यौँ । चिकित्सकबाट मेरो स्वास्थ्य जाँच भयो र तत्कालै उपचार सुरु भयो । मलाई आकस्मिक कक्षबाट केही समयपछि जनरल वार्डमा सारियो । चिकित्सकको उपचारपछि मेरो पखाला रोकियो । मैले मेरो स्वास्थ्यमा राहत पाएको अनुभव गरँे । असार १५ गतेको रात मैले विनायक अस्पतामा बिताएँ । दिउँसो चिकित्सकले मेरो स्वास्थ्य जाँचको क्रममा Appendix सँग मिल्दोजुल्दो लक्षण देखिएको हुँदा पेटको एक पटक Video X-ray लिनुपर्ने सुझाव दिनुभयो । चिकित्सकको सुझावअनुसार Video X-ray पनि लिएँ । चिकित्सकले Video X-ray को जाँच गर्नुभयो र भन्नुभयो, यसमा प्रस्टसँग Appendix को समस्या भएको देखिएन । तर, के भएको हो निश्चित गरेरमात्र घर फिर्ता हुँदा राम्रो हुनेछ । उहाँले थप जाँच ऋत् क्अबल गर्नका लागि रातको ३ बजेदेखि केही नखान निर्देशन दिनुभयो । मैले चिकित्सकको सुझावअनुसार राति १२ बजेदेखि केही खानेकुरा सेवन गरिनँ । असार १६ गते बिहान नर्सहरूले नियमित स्वास्थ्य जाँच गरेर बिहान ९ बजे CT Scan  गर्न जानका लागि तयारी अवस्थामा रहनु भन्नुभयो । विनायक अस्पतालमा CT Scan को सेवा नरहेको हुँदा अस्पतालले लाजिम्पाटस्थित सौर्या डायगोनाष्टिक सेन्टरमा पठाउने चिट्ठी तयार गरी हामीलाई त्यहाँ जान सुझायो । हामीले CT Scan गर्नको लागि सौर्या डायगोनाष्टिक सेन्टर, लाजिम्पाटभन्दा स्वयम्भूस्थित मनमोहन अस्पतालमा जान चाहेको बतायौँ । एकैछिन अस्पताल प्रशासक अनकनाए । हामीले पुनः मनमोहन अस्पतालमा नै CT Scan गर्न इच्छा राख्यौँ, त्यसपछि भने अस्पताल प्रशासकले तपाईँको इच्छा भएको ठाउँमा CT Scan गर्न सक्नुहुन्छ भन्दै मेरो कागजपत्र दिए ।
अस्पताल प्रशासनले दिएको कागजपत्र लिएर हामी ९ः३० बजे विनायक अस्पतालबाट थप स्वास्थ्य जाँच CT Scan गर्नका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल गयौँ । हामी बिहान १० बजेतिर मनमोहन अस्पताल स्वयम्भू पुग्यौँ । मनमोहनको CT Scan विभागको डेस्कमा रहेका स्वास्थ्यकर्मीसामु आफूहरूCT Scan को लागि आएको बतायौँ । मेरो स्वास्थ्य जाँचको पुर्जा हेरेर स्वास्थ्यकर्मीले तपाईँ चिनी रोगको बिरामी हो भनेर सोध्नुभयो । मैले आफू चिनी रोगको बिरामी भएको र Metfer 850mg SR औषधि हिजोसम्म पनि लिँदै गरेको बताएँ । चिनी रोगको बिरामीले औषधि सेवन गरेको कम्तीमा ४८ घण्टा पार गरेपछि CT Scan गर्न सकिने र यदि त्यसभन्दा अघि CT Scan गरेमा र्मिर्गाैला (Kidney) लाई असर पर्नसक्ने स्वास्थ्यकर्मीले बताउनुभयो । नशाबाट एक प्रकारको औषधि दिएरमात्र तपार्इँको CT Scan गर्नुपर्ने र जसको कारण स्वास्थ्यमा थप समस्या आउन सक्ने हुँदा भोलि ११ बजेपछि मात्र खाली पेटमा आउन सक्ने उहाँे सुझाउनुभयो । हामी एकछिन थप अलमलमा प¥यौँ । यसबारेमा हामीलाई चिकित्सकले पहिला केही बताउनुभएको थिएन । त्यसै अस्पतालमा कार्यरत गाउँकै एक जना भाइ पर्ने शल्य चिकित्सक डा. सुन्दर महर्जनसँग यसबारेमा परामर्श लिँदा उचित हुने ठानेर उहाँसँग सम्पर्क राख्यौँ । डा. सुन्दर महर्जनसँग हाम्रो भेट भयो । मैले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या र CT Scan गर्न नसकिने अवस्थाबारे जानकारी दिएँ । उहाँले पुनः एक पटक पेटको Video X-ray गरेर Appendix को अवस्थाबारे बुझ्दा राम्रो हुने सुझाव दिनुभयो र यसको व्यवस्थापनमा सहयोग पु¥याउनुभयो । पुनः गरिएको Video X-ray बाट Appendix सुनिएको पत्ता लाग्यो । X-ray मा कुनै समस्या नदेख्दा राम्रो हुने मन थियो तर अवस्था ठीक उल्टो देखियो । शल्य चिकित्सा गर्दा उचित हुने उहाँले बताउनुभयो । उहाँसँगको Appendicitis परामर्शको उपचार २ वटा विधिबाट गर्न सकिने थाहा भयो । पहिलो लेजर प्रविधि प्रयोग गरेर पेटमा तीनवटा साना प्वाल पारी गरिने (LaparoscopicAppendectomy) जसमा शरीरलाई पूरा बेहोस बनाइन्छ । दोस्रो विधि पेट चिरेर गरिने (Open Surgery) शल्य चिकित्सा, जसमा शरीरको आधा भागलाई मात्र बेहोस बनाई Appendicitis को उपचार गरिन्छ । चिकित्सकले दुईमध्ये कुन विधिबाट उपचार गर्ने भनी प्रश्न गर्नुभयो । मैले आफू यस विषयमा जानकार नभएको हुँदा चिकित्सकले उचित ठहर गरेको विधिमा आफ्नो सहमति रहने बताएँ ।
चिकित्सकसँगको एकैछिनको परामर्शपछि दोस्रो विधि (Open Surgery Appendicitis) पेट चिरेर गरिने शल्य चिकित्साबाट असार १६ गते दिनको ३ बजे नयाँ बजार, बालाजुस्थित Peoples Hospital मा मेरो शल्य चिकित्सा गर्ने निधो भयो ।
एपेन्डिीसाइटिस (Appendicitis) जुनसुकै उमेर समूहका बालबालिका, युवा वा प्रौढ मानिसहरूमा जुनसुकै समय देखापर्नसक्ने एक स्वास्थ्य समस्या हो । मानिसको दायाँ पेटको तल्लो भागमा सामान्य वा सहन नसक्ने गरी पेट दुख्यो भने यो Appendicitis को लक्षण हुनसक्छ । दुखाइ सहनै नसक्ने गरी पेट दुख्ने यस रोगको समयमा नै उपचार हुन नसकेमा बिरामीको ज्यान नै जान सकिने खतरा हुन्छ । यदि Appendix फुट्न गएमा यसले बिरामीको स्वास्थ्य अवस्था जटिल भई समयमा नै उपचार पाउन नसकेको स्थितिमा बिरामीको मृत्यु हुनसक्ने जोखिम हुन्छ । यो रोगलाई समयमा नै उपचार गरेर जो कोही पनि सुरक्षित रहन सक्छ । धेरैजसो यो तत्काल शल्य चिकित्सा गर्नुपर्ने अवस्थामा अस्पतालमा पुग्ने गर्छन् र तत्कालै शल्य चिकित्साबाट यसको उपचार गर्ने गरिन्छ । अन्तिम अवस्थामा पुगेको Appendicitis का बिरामीको उपचार औषधि उपचारबाट सम्भव देखिँदैन । यसको एकमात्र उपचार विधि शल्य चिकित्सामात्र हो भन्दा गलत नहोला ।
चिकित्सकको परामर्शपछि आजै शल्य चिकित्सा (Open Surgery) गर्ने टुङ्गोमा पुगी पुनः आफू उपचाररत रहेको गोङ्गबुस्थित विनायक अस्पतालमा करीब १२ः३० बजे फर्कियौँ । हामीले अस्पताल प्रशासनलाई आफूहरू अर्काे अस्पतालमा जान चाहेको र Discharge पत्र दिन अनुरोध ग¥यौँ । अस्पताल प्रशासकले के किन अस्पताल छोड्न चाहेको र बेलुका ५ बजे चिकित्सक आएपछि मात्र Discharge गर्न सकिने बताए । हामीले अर्काे अस्पतालमा आजै ३ बजे शल्य चिकित्सा हुने जानकारी गराएपश्चात् हामीलाई अस्पतालले आवश्यक स्वास्थ्य पुर्जीसहित जान सकिने अनुमति दियो । हामी हाम्रो स्वास्थ्य पुर्जीसहित दिनको १ः३० बजेतिर नयाँबजारस्थित पिपल्स अस्पतालको आकस्मिक कक्षमा पुग्यौँ । शल्य चिकित्साको तयारीका साथ पुनः आवश्यक स्वास्थ्य परीक्षण भयो ।
आकस्मिक कक्षबाट दिनको २ः३० बजे (Operation Theatre ) शल्य चिकित्सा कक्षमा लगियो । करिब १० मिनेटको तयारीपछि मलाई शल्य चिकित्साबाट Appendicitis को उपचार गर्न ढाडमा आधा शरीर बेहोस पार्ने सुई (Anesthesia) चिकित्सकले दिनुभयो । सुईको असरले मेरो आधा शरीर केही मिनेटमा नै अर्ध बेहोस भयो । मेरो आधा भाग बेहोस भयो भने माथिल्लो भागको आधा पूरा होसमै थियो । मेरो शल्य चिकित्सा सुरु भयो । शल्य चिकित्सा मेरो जीवनकै पहिलो भोगाइ थियो । यसभन्दा अगाडि आफू कहिले पनि शल्य चिकित्सा कक्षमा प्रवेश गरेको थिएन । शल्य चिकित्सा अवधिभरि आफूले कहिले आँखा चिम्लेँ त कहिले आँखा खुला गरेर शल्य चिकित्साका गतिविधिलाई प्रत्यक्ष अवलोकन गरेँ । करिब ३० मिनेटपछि मेरो शल्य चिकित्सा सम्पन्न भयो । मलाई तत्काल जनरल वार्डमा सारियो । आधा शरीर बेहोस अवस्थामा नै जनरल वार्डको बेडमा पल्टाइयो । खासै दुखाइ महसुस भएन । जब बेहोस गर्ने औषधिले विस्तारै छोड्दै गयो तब दुख्न थाल्यो । जीउ चिसो भएर थरथर काप्न थाल्यो । एकैछिन अगाडिसम्म दुखाइ महसुस नभएको पेट चिरेको घाउ दुख्न थाल्यो । दुखाइले केही घण्टा ज्यादै असहज बनायो । १६ गतेको रात बिताउन मलाई गा¥हो भयो । मेरो सुगरको मात्रा बढ्यो । समय – समयमा लिने सुगरको जाँचअनुसार मलाई इन्सुलिनको सुई दिन थालियो । २४ घण्टासम्म पानी पिउन निषेध थियो । टाउको उठाउन पनि नहुने निर्देशन दिइएको थियो । असार १७ गते र असार १८ गतेको रात बिताउन मलाई केही सहज भएको अनुभव गरेँ । विस्तारै म आफै शौचालय जान सकिने भएँ । दोस्रो दिनमा मात्र झोल पदार्थ पिउन सकिने भयो । चिकित्सकको सुझावअनुसार कालो चिया र सुप सेवन गर्ने अवसर मिल्यो ।
असार १९ गते शनिबार, बिहान ८ः०० बजे शल्य चिकित्सक डा. सुन्दर महर्जनको परामर्शबाट अस्पतालबाट Discharge भएर हामी घर फक्र्याैं । मेरो घाउ पुरै निको भएको अवस्था होइन । अहिले पनि म अस्पतालको नियमित जाँचमा रहेको छु र घरमा नै स्वास्थ्यलाभ गरिरहेको छु ।
अन्तमा कुनै पनि रोगको लक्षण देखिनासाथ रोगअनुसारको चिकित्सकको परामर्शबाट रोगको उपचार हुनसकेमा स्वास्थ्यमा थप जटिलता नहुने र मानिस निरोगी रही आफ्नो जीवनयापन गर्न सकिने मेरो सामान्य बुझाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *