भर्खरै :

क्युवामा विरोध प्रदर्शन पछाडिका हातहरू

खराब आर्थिक अवस्था र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दै गर्दा क्युवाका विभिन्न सहरमा जुलाई ११ मा विरोध प्रदर्शनहरू भएका छन् । पछिल्लो तीन दशकमा भएका विरोध प्रदर्शनमा अहिले सबभन्दा ठुलो प्रदर्शन भएको छ । विरोध प्रदर्शन आगामी साता पनि चालु रहन सक्छ । सन् २०२० को अन्त्यतिर राजधानी हवानामा भएको कलाकारहरूको विरोध प्रदर्शनकै जगमा अहिलेका प्रदर्शनहरू भइरहेका छन् । क्युवाका विभिन्न भागमा यस्ता प्रदर्शन भएका छन् । तर, विगत ६० वर्षदेखि नै लगातार क्युवा सरकार पतन हुने भविष्यवाणी गर्दै आएका पश्चिमा सञ्चारमाध्यम र क्युवाली अमेरिकीहरूले त्यस्ता विरोध प्रदर्शनलाई लिएर अतिरञ्जना फैलाइरहेका छन् ।
‘द न्यु योर्क टाइम्स’ जस्ता सञ्चारमाध्यमले ‘सयौँ क्युवालीहरू’ सहभागी भएको भनी लेख्दै गर्दा रोयटर्सले भने हजारौँको सहभागिता भएको लेखेको छ । क्युवाको कुल जनसङ्ख्या १ करोड ११ लाख हो । प्रदर्शनमा सहभागिता र राज्यको प्रतिक्रिया दुवैको आधारमा क्युवामा भएको विरोध प्रदर्शनलाई बितेका पाँच वर्षमा कोलोम्बिया, हाइटी, चिली, इक्वेडर र ल्याटिन अमेरिकाका अन्य देश अथवा पोर्टल्यान्ड, ओरेगन वा फर्गुसन, मिसौरीमा भएका प्रदर्शनसँग तुलना गर्नु कदापि मिल्दैन । बरु, संरा अमेरिकी सञ्चारमाध्यमले क्युवाली सरकार र क्रान्तिको समर्थनमा सडकमा निस्केका प्रदर्शनलाई लुकाउन खोजेका छन् । क्युवामा भएका सरकारविरोधी प्रदर्शनलाई ‘जनताको एकतामा चिरा ल्याउने’ प्रयास भनी भत्र्सना गर्दै हवानाका सडकमा भएका प्रदर्शनमा क्युवाली राष्ट्रपति मिगुएल डाएज कानल पनि सहभागी थिए ।
क्युवामा भएको सरकारविरोधी प्रदर्शनलाई संरा अमेरिकाले बितेका ६० वर्षभन्दा लामो समयदेखि क्युवामाथि थोपरिएको निर्मम आर्थिक युद्धको सन्दर्भमा पनि बुझ्न जरुरी छ । सन् १९६० मा संरा अमेरिकी सहायक विदेश सचिवले खुलारूपमा ‘क्युवामा पैसा र अन्य आपूर्ति बन्द गर्ने, मौद्रिक र वस्तुगत ज्याला घटाउने, भोक र निराशा फैलाएर सरकार अपदस्थ गर्ने’ घोषणा गरेर क्युवाविरुद्धको आर्थिक युद्ध सुरु गरेको थियो । क्युवाको सत्ता परिवर्तन गर्ने यो लक्ष्य भने दशकौँ बितिसक्दा पनि सफल भएको छैन । न त अहिले नै सफल हुने कुनै सम्भावना छ ।
यतिबेला क्युवालीहरूले ज्यादै कठिन समयको सामना गरिरहेको कुरालाई अस्वीकार गर्न सकिन्न । क्युवामा विद्युत् आपूर्तिमा अवरोध हुने समस्या छ । त्यस्तै औषधि, खाना र अन्य आधारभूत आवश्यकता पनि अभाव छ । खाद्य अभावले भोकमरी वा अनिकाल नै निम्त्याएको छैन । तर, मानिसहरू आवश्यक सामान महँगो मूल्यमा किन्न पनि लामो लाइन बस्न बाध्य छन् । उनीहरूको खाना सीमित बनेको छ ।
स्वास्थ्य सेवामा पनि सुई दिने सिरिन्जजस्ता अत्यावश्यक चिकित्सकीय सामग्री पाउन हम्मेहम्मेको अवस्था छ । त्यसमाथि कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । विशेषतः मतान्जास सहरमा कोभिडका बिरामीको सङ्ख्या बढिरहेको छ । मतान्जासका जनताको निम्ति कष्टकर बनेको सङ्क्रमण दर बढे पनि त्यसैको आधारमा कुनै धारणा बनाइहाल्नु भने गलत हुन्छ । झन्डै १ करोड १० लाख जनसङ्ख्या भएको क्युवामा कोभिड–१९ बाट २ लाख ४० हजारभन्दा कम मानिस सङ्क्रमित भए र १ हजार ५३७ जनाको निधन भयो । तुलनात्मक अध्ययन गर्ने हो भने संरा अमेरिकाको ओहायो राज्यमा पनि उही सङ्ख्यामा मानिस बस्छन् । त्यहाँ ११ लाख मानिस सङ्क्रमित भए र २० हजारभन्दा बढी मानिसको निधन भयो ।
चर्को अभावबीच क्युवाली स्वास्थ्य नीति महामारीको भयावह अवस्थामा पनि जनताको रक्षा गर्न सफल भयो । प्रति दस लाख मानिसमा १३९ जना मानिसको निधन भएको क्युवालाई दक्षिण गोलाद्र्धकै सबभन्दा अब्बल नतिजा देश मान्न सकिन्छ । कोभिड–१९ को कारण संरा अमेरिकामा प्रति दस लाख जनसङ्ख्या १ हजार ८७१ जना मानिसको निधन भएको छ । त्यसका साथै क्युवाले बनाएका पाँच थरी खोपमध्ये दुई थरी खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी प्रमाणित पनि भएको छ । दुवै खोप कोरोनाको सङ्क्रमण रोक्न सफल भएको प्रमाणित भएको छ । हालसम्म क्युवाले आफ्नै माटोमा बनेका खोप बीस लाखभन्दा बढी मानिसलाई लगाइसकेको छ ।
सत्ता परिवर्तनका पक्षधरहरूले अहिलेको अभावलाई आफ्नो नागरिकप्रति क्युवा सरकारको बेवास्ताको रूपमा चित्रण गर्न खोजिरहेका छन् । संरा अमेरिकी बाइडेन सरकारले पनि क्युवा सरकारलाई ‘आफ्ना जनताको कुरा सुन्न र आफैलाई धनी बनाउनेतिर लाग्नुभन्दा अहिलेको महत्वपूर्ण समयमा जनताको सेवा गर्न’ आग्रह गरेको छ । बाइडेनले क्युवामा ‘आफैलाई धनी बनाउनेतिर’ लागेको भनी कसलाई भन्न खोजेको हो, प्रस्ट छैन । तर, अन्तर्राष्ट्रियरूपमा सर्वत्र भत्र्सना गरिएको क्युवामाथिको नाकाबन्दीको पूर्णतः विश्लेषण नगरी क्युवाको कुनै पनि आलोचनाले क्युवाली जनताले अहिले सामना गरिरहेको कठिनाइको मूल विषय बुझ्न सक्दैन ।

क्युवा सरकारलाई अपदस्थ गर्न संरा अमेरिकाले क्युवाविरुद्ध आर्थिक युद्धबाहेक अरू पनि धेरै रणनीति अपनाएको छ । हत्या प्रयास, आतङ्कवादीहरूलाई समर्थन (जस्तै सन् १९७६ मा ७३ जना मानिसको ज्यान जाने गरी भएको क्युवाली विमानमा विस्फोटनको दोषी लुइस पोसाडा कार्लेससँग मेलमिलाप) र ‘सफ्ट’ पावरमा करोडौँ डलर खर्च गरेर हस्तक्षेपको प्रयास आदि रणनीति पनि क्युवा सरकारले अपनाएको छ । उदाहरणको लागि संरा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) ले क्युवाका सरकारविरोधी समूहलाई वर्षको २ करोड अमेरिकी डलर पैसा खर्च गर्दै आएको छ ।

क्युवाविरुद्धको नाकाबन्दी ६ दशक पुरानो भए पनि ट्रम्प सरकारको ‘अधिकतम दबाब’ को नीतिले त्यो नाकाबन्दीलाई उल्लेख्यरूपमा कडा बनाएको छ । संरा अमेरिकी सरकारको यो रणनीतिले क्युवाको पर्यटन, ऊर्जा र अर्थतन्त्रका अन्य क्षेत्रलाई लक्षित गरेको छ । क्युवाली अमेरिकीहरूले क्युवामा पैसा पठाउन पनि अमेरिकी सरकारले रोक्यो । अमेरिकामा बसेका क्युवालीहरूले रेमिट्यान्स पठाउने प्रमुख बाटो वेस्टर्न युनियनको क्युवाली शाखा पनि अमेरिकी सरकारले बन्द गराएको छ । यस्तो नीतिले क्युवाली अर्थतन्त्रमा निकै ठुलो खराब असर पा¥यो । विशेषतः कोभिड–१९ को कारण पर्यटन क्षेत्र प्रभावित हुँदा क्युवालाई अरबौँ डलर घाटा भएको र हजारौँ क्युवालीहरूले रोजगारी गुमाएका छन् । बाइडेन सरकारले आफ्नो क्युवा नीतिमा समीक्षा गरिरहेको ६ महिना भइसकेको छ । तर, यसबीच बाइडेन सरकारले पनि आर्थिक युद्धको ट्रम्प रणनीति नै अवलम्बन गरेको छ । त्यसकारण क्युवाली जनता अहिलेको अभावको समय व्यतीत गर्न बाध्य भएका छन् ।
क्युवा सरकारलाई अपदस्थ गर्न संरा अमेरिकाले क्युवाविरुद्ध आर्थिक युद्धबाहेक अरू पनि धेरै रणनीति अपनाएको छ । हत्या प्रयास, आतङ्कवादीहरूलाई समर्थन (जस्तै सन् १९७६ मा ७३ जना मानिसको ज्यान जाने गरी भएको क्युवाली विमानमा विस्फोटनको दोषी लुइस पोसाडा कार्लेससँग मेलमिलाप) र ‘सफ्ट’ पावरमा करोडौँ डलर खर्च गरेर हस्तक्षेपको प्रयास आदि रणनीति पनि क्युवा सरकारले अपनाएको छ । उदाहरणको लागि संरा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) ले क्युवाका सरकारविरोधी समूहलाई वर्षको २ करोड अमेरिकी डलर पैसा खर्च गर्दै आएको छ । संरा अमेरिकी पैसाले चलेको क्युवाली प्रसारण कार्यालयले रेडियो र टीभी मार्टी सञ्चालन गर्दै आएको छ । त्यसमा एक सत्र्न्दा बढी कर्मचारी छन् । त्यसको बजेट २ करोड ८० लाख अमेरिकी डलर छ । त्यसको मूल लक्ष्य भनेकै लगातार क्युवा सरकारविरोधी प्रचारबाजी गर्नु हो ।
यो प्रचारबाजी सामाजिक सञ्जालमा पनि बिस्तार भएको छ । अहिले क्युवामा भएको विरोध प्रदर्शन हुन एक दिनअघि फ्लोरिडामा ह्यासट्याग एसओएसक्युवा ट्रन्डिङमा थियो । त्यसले क्युवा सरकारविरुद्ध समन्वयात्मक आन्दोलनको निम्ति आह्वान गर्नुका साथै क्युवाली जनताले सामना गरिरहेका समस्याको निम्ति क्युवा सरकारमाथि दोषारोपण गरिएको थियो । त्यसले सन् २०२० मा भएको एउटा काण्डको सम्झना गरायो । संरा अमेरिकी विदेश विभागसँग साइनो भएको सीएलएस रणनीतिअन्तर्गत ल्याटिन अमेरिकी देशहरूमा रहेका वामपन्थी सरकारहरूबारे हानिकारक झूटा समाचारको बाढी सामाजिक सञ्जालमा ओइरिएको थियो ।
सामाजिक सञ्जालमा मच्चाइएको सो अभियानले ल्याटिन अमेरिकामा काम गरेको पनि देखियो, तर क्युवामा भने त्यसले सिल्टिमुर खायो । त्यसैले फ्लोरिडाका क्युवाली खेमा र त्यसका समर्थकहरूलाई आक्रोशित बनाइयो । मायामीका प्रमुख फ्रान्सिस स्वारेजले त संरा अमेरिकी हमलाको निम्ति समेत आह्वान गर्न भ्याए । सत्य कुरा के हो भने क्युवामै हुने कुनै पनि घटनाभन्दा फ्लोरिडामा हुने कुनै पनि घटनाको प्रभाव क्युवामा बढी पर्ने गर्छ ।
अहिले क्युवामा भएको विरोध प्रदर्शनले क्युवा सरकारलाई त ढाल्न सक्दैन । तर, ट्रम्प सरकारले क्युवामाथि थोपरेका नाकाबन्दी हटाउन बाइडेन सरकारमाथि दबाब दिने काममा भएका केही प्रगतिलाई अवरोध गर्न भने ती प्रदर्शनले सामथ्र्य राख्छ । ओबामा सरकारको पालामा जस्तै बाइडेनको सरकारबाट पनि नाकाबन्दी हटाउन केही महत्वपूर्ण काम भइसकेका थिए । जस्तै मार्च महिनामा प्रतिनिधि सभाका ८० जना सांसदहरूले राष्ट्रपति बाइडेनलाई एउटा पत्र पठाएर अविलम्ब यात्रा र रेमिट्यान्समाथिको रोक अन्त्य गर्न माग गरे । अहिले शिक्षक तथा युद्धवीर कार्लोस लाजोको नेतृत्वमा क्युवाली अमेरिकीहरूको समूह क्युवामाथिको नाकाबन्दी अन्त्यको माग गर्दै मायामीदेखि वाशिङ्टनसम्मको पैदल यात्रा गरिरहेका छन् । अनि नाकाबन्दीविरुद्धको दबाबस्वरूप हजारौँ अमेरिकीहरूले क्युवामा कोभिड–१९ को खोप दिन आवश्यक सुइ किन्न ५ लाख अमेरिकी डलर सङ्कलन गरी चन्दा दिए ।
जनस्तरमा भइरहेका राजनीतिक दबाबका यस्ता गतिविधिलाई दक्षिणपन्थी मुद्दाहरूले बिथोल्ने प्रयास भइरहेका छन् । ती दक्षिणपन्थी मुद्दाहरूबाट क्युवालीहरूको रक्षाको नाममा क्युवालीहरूलाई सजाय गर्न खोजिँदै छन् । राष्ट्रपति बाइडेन दक्षिणपन्थीहरूको पक्षमा लागेर अझ क्रूर नाकाबन्दी थोपर्न सक्छन् । अमेरिकी राष्ट्रपति कार्यालयको वक्तव्यको आधारमा राष्ट्रपति बाइडेन १ करोड १० लाख क्युवालीहरूको भलाइभन्दा अघि आफ्नो आन्तरिक राजनीतिको जोडघटाउमा व्यस्त भएको अनुभव हुन्छ ।
तर, नाकाबन्दीलाई निरन्तरता दिएर बाइडेन आफैले क्युवाली आप्रवासी सङ्कट सामना गर्नुपर्ने हुनसक्छ । बितेका केही महिनामा संरा अमेरिकी तटीय रक्षकहरूले क्युवाबाट फ्लोरिडातिर डुङ्गामा जाने मानिसको सङ्ख्या बढेको बताएका छन् । सन् २०२१ मा झन्डै ५ सय जना अमेरिका पुगेका क्युवालीहरूलाई अमेरिकी प्रशासनले क्युवा फर्काएको थियो । गत वर्ष यो सङ्ख्या ४९ जनामात्र थियो । संरा अमेरिकी नाकाबन्दीको कारण क्युवाली अर्थतन्त्रमा जति धेरै क्षति पुग्छ, धेरैभन्दा धेरै क्युवालीहरू संरा अमेरिकाको यात्रामा निस्कने छन् । क्युवालीहरूको यो बसाइँसराइले सङ्कटको रूप लिनसक्छ । जसले बाइडेन सरकारलाई नै हानि पु¥याउनेछ ।
बाइडेनले कलमको थोरै मसी खर्च गरे ट्रम्पले थोपरेका सबै हस्तक्षेपकारी कदम सच्याउन सक्छन् । त्यसले क्युवालीहरूको जीवन रक्षा गर्नसक्छ । त्यसो गरे ओबामाले आफ्नो दोस्रो कार्यकालमा मात्र अङ्गीकार गरेको कूटनीतिक बाटोमा बाइडेनको विदेश नीति पुनः गठन हुन सक्छ । तर, क्युवा, भेनेजुयला, इरान, चीन र अमेरिकी विदेश नीति समस्याग्रस्त बनेका क्षेत्रमा बाइडेनले ओबामाको कूटनीतिक बाटो अहिलेसम्म त्याग्दै आएका छन् ।
(लेखक बेन्जामिन ऋइम्भ्एक्ष्ल्प् का सहसंस्थापक र क्युवासम्बन्धी विभिन्न पुस्तकका लेखक हुनुहुन्छ भने फ्लोर्स ल्याटिन अमेरिकी नीतिका विश्लेषक हुनुहुन्छ ।)
स्रोत : पिपुल्स डिस्प्याच
नेपाली अनुवाद : सुशिला
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *