क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
पछिल्लो समय सामाजिक सञ्जाल ‘क्लब हाउस’ मा ‘चीन र आजको विश्व’ बारे नेपाली युवाहरूले श्रृङ्खलाबद्ध बहस गरे । बहसमा चीनको राजनीतिक प्रणाली, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध आदि धेरै कोणबाट विचारविमर्श भयो । विशेषतः पश्चिमा प्रजातन्त्र र चीनको राजनीतिक प्रणालीमाथिको बहसमा वक्ताहरूले धेरैपटक उच्चारण गरेको नाम हो–किशोर महाबुबानी ।
चिनियाँ सञ्चारमाध्यममा कहिले टिप्पणीकार त कहिले आलेख लेखकको रूपमा आइरहने किशोर महाबुबानी सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक र संयुक्त राष्ट्र सङ्घका लागि सिङ्गापुरका दूत हुन् । संसारको केन्द्र अब युरोप र अमेरिका अर्थात् पश्चिमबाट पूर्व अर्थात् एसियातिर सर्दै गएको मतको प्रतिनिधि वक्ता हुन् उनी । आज हामीले चर्चा गर्न लागेको पुस्तक– ‘ह्याज द वेस्ट लस्ट इट ? (के पश्चिम पराजित भयो ?) उनको यही मतकै पुस्ट्याइको लागि लेखिएको पुस्तक हो । आकारमा मसिनो यो पुस्तक अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धलाई चियाउने आँखीझ्याल जस्तै छ ।
संसारको केन्द्र पश्चिमबाट पूर्वतिर सर्दै आएको वास्तविकता बोध पश्चिमा शक्तिले चाँडै बुझ्न सके संसार अर्को विनाशकारी द्वन्द्वमा नफस्ने महाबुबानीको विचार हो । आफ्नो तर्कलाई पुष्टि गर्न उनले इस्वी सम्वत् १ देखि २०२१ सम्मको दुई हजार वर्षको अवधिलाई सन् १८२० सम्मको पहिलो समयखण्ड र सन् १८२० देखि २०२१ सम्मको दोस्रो खण्डमा विभाजन गरेका छन् । उनले सन् १ देखि १८२० सम्म संसारको केन्द्र एसिया विशेषतः हालको भारत र चीन भएको र त्यस पछिका दुई सय वर्ष संसारको केन्द्र युरोप र अमेरिका बनेको विभिन्न आधारसहित तर्क गरेका छन् । महाबुबानी आज संसारको केन्द्र फेरि पनि युरोप र अमेरिकाबाट एसियातिरै फर्केको मत राख्छन् । ‘संसारमा पश्चिमा प्रभुत्वको चक्र स्वाभाविक अन्त्यतिर जाँदैछ’, उनले लेखेका छन् ।
पश्चिमा देशको अर्थतन्त्र क्रमशः साँघुरिँदै गएको र अब यो प्रक्रियालाई कसैले रोक्न नसक्ने उनी भन्छन् । त्यसको निम्ति उनी संसारका अहिलेका सबभन्दा विकसित मानिएका जी (ग्रेट) ७ देशको आर्थिक सूचकाङ्कहरूलाई संसारका उदयीमान सात देशहरू इ (इमर्जिङ) ७ देशसँग तुलना गर्छन् । ‘सन् २०१५ मा विश्वव्यापी आर्थिक वृद्धिमा जी ७ ले ३१.७ प्रतिशत योगदान ग¥यो भने इ ७ ले ३६.३ प्रतिशत योगदान ग¥यो’ महाबुबानी आफ्नो तर्कको पुस्टायाइको लागि आर्थिक तथ्याङ्क प्रस्तुत गर्छन् । जी ७ देशहरू भन्नाले क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संरा अमेरिका हुन् भने इ ७ देशहरूअन्तर्गत चीन, भारत, ब्राजिल, मेक्सिको, रुस, इन्डोनेसिया र टर्की छन् ।
महाबुबानीले यति भन्दै गर्दा दुई सय वर्षको अवधिमा पश्चिमा देशहरूले संसारलाई दिएको योगदानलाई विस्मृतिमा धकेल्न खोजेका छैनन् । उनको भनाइमा पश्चिम (वेस्ट)ले बाँकी विश्व (रेस्ट)लाई दिएको सबभन्दा महत्वपूर्ण उपहार भनेको कुनै पनि विचारलाई तर्कसङ्गत ढङ्गले परीक्षण गर्न सिकाउनु हो । पश्चिमले दिएको यो हतियारले संसारलाई अगाडि बढाउन निकै मद्दत ग¥यो । संसारलाई आजको उचाईमा पु¥याउन विज्ञानले ठुलो योगदान गरेको छ र विज्ञानको विकासको निम्ति पश्चिमले विकास गरेको तर्कको कसीमा घोट्ने पद्धति निकै महत्वपूर्ण छ । शताब्दियौँदेखि एसियाली देशहरूले भोग्दै आएका धेरै समस्या जस्तै बाढी पहिरो, अनिकाल, महामारी र गरिबी जस्ता समस्या समाधान गर्न पश्चिमाले दिएको त्यही तर्क विज्ञानले टेवा पु¥याएको छ । पश्चिमका विशेषता बनेका यो पद्धतिलाई आफ्नो परिप्रेक्ष्यमा लागु गरेका एसियाली देशहरूले पनि आर्थिक र भौतिक प्रगति गर्न सफल भएको महाबुबानीको मत छ । उनले विशेषतः पूर्वी एसिया र दक्षिण एसियाका विभिन्न देशको अर्थतन्त्रलाई यसका उदाहरणको रूपमा प्रस्तुत गरेका छन् । विडम्बना उनले हाम्रो देश नेपाल भने ‘सरकारको कुशासन’ को कारण अझै पनि सङ्कटबाट उम्कन नसकेको आफ्नो बुझाइ लेखेका छन् ।
पश्चिमको विज्ञानसम्मत चिन्तनको प्रसारसँगै एसियामा तीन क्षेत्रमा परिवर्तन भएको उनले लेखेका छन्–राजनीतिक, मनोवैज्ञानिक र सुशासन । युगौंदेखि पूर्वीय यथास्थितिवादी सामन्ती शासन व्यवस्थाबाट फराकिलो प्रजातान्त्रिक व्यवस्थातर्फ एसियाली देशलाई डो¥याउन पश्चिमा ज्ञानको महत्वपूर्ण भूमिका छ । पूर्वीय राजनीतिक व्यवस्थामै टाँसिएर बसेका देशको राजनीतिक व्यवस्थाले पनि आर्थिक र जनजीविकाको सन्दर्भमा फड्को मार्न नसकेको तर पश्चिमा तर्कसङ्गत ज्ञानको आधारमा राजनीतिक प्रणालीमा परिमार्जन गर्ने देशहरूले अर्थतन्त्र र जनताको जीवनमा फड्को मार्न सफल भएको पुस्तकमा महाबुबानीले उल्लेख गरेका छन् ।
दोस्रो परिवर्तन विशेषतः पश्चिम बाहेकका देशहरूको मनोवैज्ञानिक वा सांस्कृतिक क्षेत्रमा आएको परिवर्तन हो । बितेका तीस वर्ष यी देशले शिक्षा, स्वास्थ्य, जनजीविका आदि क्षेत्रमा हासिल गरेको प्रगति त्यसअघिका सम्पूर्ण अवधिभन्दा अगाडि छ । त्यसले यी देशहरूको मनोवैज्ञानिक अवस्थामा ठुलो आत्मविश्वासको विकास भएको छ । जसले ती देशहरूलाई अग्रगतितर्फ डो¥याउन ठुलो मद्दत गरेको छ ।
महाबुबानीले पुस्तकमा देखेको अर्को परिवर्तन भनेको शासन पद्धतिमा ल्याएको परिवर्तन हो । उपनिवेशवादविरुद्ध लडेका पश्चिमबाहेकका देशहरूको पहिलो पुस्ताको नेताहरूले राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे पनि शासन पद्धतिको जग बसाउने विषयमा उनीहरू कमजोर भएको उनको भनाइ हो । त्यो कमजोरीलाई सच्याउन सक्ने आजको पुस्ताको नेतृत्वले आज आफ्नो देशलाई विश्व प्रतिस्पर्धामा उतार्न सकेको छ ।
महाबुबानी आफ्ना सबै तर्कपछि आज पश्चिमा संसारले भोगिरहेको समस्या र चुनौतीका समाधान पनि दिएका छन् । उनको शब्दमा आफूलाई ठुलो ठान्ने चिन्तन पश्चिमा देशहरूले त्याग्नुपर्छ । आफु नै संसारको केन्द्र हो र आफ्नो राजनीतिक व्यवस्था नै अब्बल भन्ने बडप्पन उनीहरूले त्याग्नसके पश्चिमा देशहरू पनि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूसँग हस्तक्षेप र आक्रमणको सम्बन्ध होइन, सहकार्य र ऐक्यबद्धताको सम्बन्ध कायम गर्न सक्छन् । त्यसो गर्नु उनीहरू र गैरपश्चिमा देशहरूको लागि पनि हितकारी हुनेछ । त्यही जगमा विकास हुने बहुपक्षवाद अर्को रणनीति हो जसले पश्चिमा देश र सिङ्गो संसारलाई उन्नत भविष्यतिर डो¥याउन सक्छ ।
महाबुबानीको विश्लेषणमा शीतयुद्धको समाप्ति र सोभियत सङ्घ विघटन भएपछि संरा अमेरिका नेतृत्वको पश्चिमा देशहरूले आफ्नो राजनीतिक र आर्थिक प्रणाली निर्विकल्प भएको र संसारका सबै देशले आफ्नो जस्तै पद्धति जस्ताको तस्तै लागु गर्नुपर्ने घमण्ड गर्दा पछिल्लो समय अन्य देशहरूले हासिल गरेको आर्थिक र प्राविधिक उन्नतिको ख्याल गर्न सकेन । शीतयुद्धको समाप्तिपछि फ्रान्सिस फुकुयामाजस्ता अमेरिकी प्राध्यापकहरूले आत्मगौरवले मख्ख पर्दै ‘इतिहासको अन्त्य’ जस्ता कृति लेखे । तर, त्यही आत्मागौरवमा लठिएको पश्चिमा देशहरूले संसारमा आफ्नो प्रतिस्पर्धामा कोही पनि आउन नसक्ने आँकलन गरे । तर, पश्चिमबाट सिक्न सकिने सकारात्मक पक्ष अङ्गीकार गर्दै संसारका गैरपश्चिमा देशहरू पनि प्रगतिको दौडमा सफलतापूर्वक अघि निस्के । फलतः आज संसारको केन्द्रमा परिवर्तन भएको महाबुबानीको निष्कर्ष हो । आज पश्चिमा देशका जनता भविष्यलाई निराशावादी आँखाले हेर्दैछन् भने बाँकी विश्व संसारलाई आशावादी कोणबाट हेर्दै गरेको उनले लेखेका छन् । पश्चिमा देशहरूलाई शीतयुद्ध पछिको आत्मश्लाघा (हब्रिस)ले गलाए र त्यही आत्मश्लाघाले पश्चिमा देशहरूलाई तीन गल्ती गर्ने ठाउँमा पु¥याएको महाबुबानीको बुझाइ हो ।
पश्चिमले पहिलो गल्ती इस्लामको विषयमा ग¥यो । इस्लाम धर्मावलम्बीलाई चिढाउने गरी विशेषतः मध्यपूर्वका देशहरूमा संरा अमेरिका नेतृत्वको पश्चिमा मोर्चाको गल्तीले उसलाई कमजोर बनाएको छ । मध्यपूर्वमा पश्चिमा देशहरूले गरेका हमलाकै कारण युरोपेली देशमा आप्रवासी समस्या बल्झिएको र त्यसले पश्चिमा देशको प्रगतिको बाटो अवरुद्ध बनाएको छ ।
जसरी प्रथम विश्व युद्ध पछि जर्मनीलाई गरेको अपमानको परिणाम दोस्रो विश्वयुद्धको बिजारोपण भयो, त्यसरी नै सोभियत सङ्घको विघटनपछि त्यसको आत्मगौरवको धज्जी उडाउने पश्चिमा देशहरूको गल्तीले रुसमा भ्लादिमिर पुटिनजस्तो दीर्घ शासकको जन्म भएको र त्यसले पश्चिमा देशलाई नै अक्करमा फसाएको बताएका छन् ।
पश्चिमा देशहरूले विशेषतः शीतयुद्धको समाप्तिपछि संसारलाई आफ्नो मौजा ठानेर अन्य देशहरूका आन्तरिक मामिलामा पनि हस्तक्षेप गर्ने र आफ्नो अनुकूलताको शासन व्यवस्था स्थापना गर्ने प्रयास अर्को गल्ती हो । विभिन्न देशमा रङ्गीन क्रान्ति (कलर रिभोल्युसन)को नाममा भएको हस्तक्षेप पश्चिमा विश्वको लागि आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको सावित भएको छ । प्रजातन्त्रको निर्यात पश्चिमा देशको गल्ती थियो । तर, प्रजातन्त्रको सन्दर्भमा पश्चिमा देशहरूको स्थिरता पनि छैन । इराक, इरान, लिविया र सिरियाजस्ता देशमा प्रजातन्त्रकै बहाना बनाएर हमला गरेको पश्चिमा देशहरूले आफ्नो सहयोगी देशमा साउदी अरबमा प्रजातन्त्रबारे केही बोल्ने गरेको छैन । साउदी अरबमा कथित प्रजातन्त्र नहुँदा पश्चिमा देशको निम्ति चिन्ता र चासोको विषय बनेको छैन ।
महाबुबानी आफ्ना सबै तर्कपछि आज पश्चिमा संसारले भोगिरहेको समस्या र चुनौतीका समाधान पनि दिएका छन् । उनको शब्दमा आफूलाई ठुलो ठान्ने चिन्तन पश्चिमा देशहरूले त्याग्नुपर्छ । आफु नै संसारको केन्द्र हो र आफ्नो राजनीतिक व्यवस्था नै अब्बल भन्ने बडप्पन उनीहरूले त्याग्नसके पश्चिमा देशहरू पनि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूसँग हस्तक्षेप र आक्रमणको सम्बन्ध होइन, सहकार्य र ऐक्यबद्धताको सम्बन्ध कायम गर्न सक्छन् । त्यसो गर्नु उनीहरू र गैरपश्चिमा देशहरूको लागि पनि हितकारी हुनेछ । त्यही जगमा विकास हुने बहुपक्षवाद अर्को रणनीति हो जसले पश्चिमा देश र सिङ्गो संसारलाई उन्नत भविष्यतिर डो¥याउन सक्छ ।
महाबुबानीले यो पुस्तकमा पश्चिमा देशहरूलाई राजनीतिक दार्शनिक मेकियावलीका सिद्धान्तको व्यवहारमा कार्यान्वयनमा ल्याउन सल्लाह दिएका छन् । मेकियावालीलाई सामान्यतः कुटिल राजनीतिका प्रबद्र्धक मानिन्छ । तर, महाबुबानी यो मतप्रति विमति राख्छन् । उनी मेकियावलीलाई गतिशील र वस्तुपरक राजनीतिक चिन्तनका दार्शनिक भएको र उनका मतको कदर गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राख्छन् । उनी संरा अमेरिका र युरोपका समस्या र अवसर पनि फरक भएको बताउँछन् ।
सारमा महाबुबानीका यो पुस्तक सङ्क्षेपमा आजको विश्व व्यवस्थाको बिहङ्गम अध्ययन गर्न उपयुक्त पुस्तक हो । जम्मा ९१ पृष्ठमा सीमित पुस्तकको परिधि भने निकै फराकिलो छ । अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका अध्येता, विद्यार्थी र चासो राख्ने सबैको लागि यो पुस्तक पठनीय छ । आज चीनविरुद्ध किन पश्चिमा देशहरूले चौतर्फी घेराबन्दी गर्दैछन् भन्ने कुराको मूल कुरा बुझ्न यो पुस्तक उपयोगी पठन सामग्री हो । ‘युरोकेन्द्रियता’, ‘पहिलो विश्व’, ‘उत्तरी गोलाद्र्ध’, ‘सेन्टर–पेरिफेरी’, ‘पश्चिमा विश्व’जस्ता अनेक चिन्तन प्रणालीमा आधारित अनेकन शब्दावलीमा अभिव्यक्त युरोप र अमेरिकाका धनी देशलाई संसारको केन्द्र मान्ने चिन्तनको विपक्षमा आजको विश्वमा फैलिँदो बहुपक्षतावादको सोचाइ बुझ्न यो पुस्तक पठनीय छ ।
Leave a Reply