भर्खरै :

अफगानिस्तान : विगत र आगत

काबुलमा अचानक संरा अमेरिकी आड प्राप्त सरकार ढलेपछि र त्यसको ठाउँ आंशिकरूपमा तालिवानका प्रतिनिधि भएको अन्तरिम सरकारले लिएपछि धेरै पर्यवेक्षकहरू आश्चर्यचकित भएका छन् । विशेषतः बितेका दुई सातामा ती सबै घटना जुन गतिमा भयो, त्यसले सबै चकित बनाएको छ । कसरी यी सबै घटना भयो र युद्धग्रस्त अफगानिस्तानमा अब के हुँदै छ भन्ने कुरा गर्नु अरू कुनै पनि बेलाभन्दा यतिबेला थप महत्वपूर्ण भएको छ ।
अधिकांश सर्वसाधारणको पहिलो बुझाइ त तालिबान नै सत्तामा आइसकेपछि अब लडाइँको कुनै खाँचो रहेन । देशव्यापी सैनिक अभियानको सफल अन्त्यपछि तालिवानहरू शान्तिपूर्ण राजनीतिक माध्यमबाट सत्तामा पुगेका छन् । यसको अर्थ इतिहासकै सबभन्दा लामो लडाईमा अमेरिका असफल भएको छ ।
अल कायदाले गरेको आतङ्कवादी हमलाको सजायस्वरुप संरा अमेरिकाले अफगानिस्तानमा रहेको अल कायदाको सञ्जाल ध्वस्त बनाउनेमात्र लक्ष्य राखेको भए लडाइँ सुरु गरेको केही वर्षभित्रै ऊ ढुक्कसँग आफ्नो लक्ष्यमा सफल हुने थियो । तर, त्यत्तिबेलाको नव–अनुदारवादी शासक खेमाले लालसापूर्वक आफ्नो लक्ष्य अमूर्त रूपमा तथाकथित ‘राष्ट्र निर्माण’ गर्ने भनी घोषणा ग¥यो । त्यो लक्ष्यअन्तर्गत ‘प्रजातन्त्रको रक्षा’ र ‘मानवअधिकारको प्रवद्र्धन’ पनि समावेश थिए । पश्चिमा शैलीको शासन र सामाजिक मूल्य–मान्यता अफगानिस्तानमा थोपरेर सैनिकरूपमा संरा अमेरिका कहिल्यै पनि सफल भएन ।

अफगानी जनताको भित्रदेखिको चाहना र पछिल्लो घटनाक्रमले तालिवान समूहलाई अफगानी द्वन्द्वको वैधानिक राजनीतिक हिस्सेदार बनाएको छ । तालिवानहरू शान्ति प्रक्रियामा सामेल भए । चीन, इरान, पाकिस्तान, कतार र रुसजस्ता विभिन्न देशमा तालिवानले आफ्नो प्रतिनिधिमण्डल पठायो । यसले उनीहरूलाई अन्तर्राष्ट्रिय समुदायले क्रमशः स्वागत गर्नुपर्ने अवस्थामा पु¥यायो । सन् २०२० को फेब्रुअरीमा संरा अमेरिकासँग भएको शान्ति सहमतिले त्यसपछिका महिनाको घटनाक्रम निम्त्यायो । धेरैले सबै कुरा यति चाँडै हुने अपेक्षा नगरे पनि त्यसपछिको घटनाक्रमले तालिवानलाई सत्तामा पु¥याउने निश्चित प्राय थियो ।
भविष्यतिर फर्केर हेर्दा अफगानिस्तानको आगामी दिन यसअघिभन्दा उज्ज्वल छ । निःसन्देह तालिवान नै अफगानिस्तानको सबभन्दा बलियो शक्ति हो ।

व्यवहारत : अमेरिकी नीति निर्माताहरू स्वयम् यस्ता लक्ष्यप्रति कहिल्यै पनि गम्भीर बन्न सकेनन् । त्यस्तो असम्भव परिस्थितिमा अफगानिस्तानमा उनीहरूको सैनिक संलग्नताको लक्ष्य ‘विभाजन गर र शासन गर नीति’ अन्तर्गत क्षेत्रीय अस्थिरता निर्यात गर्ने अमेरिकी गुप्तचर विभागको अन्तरनिहीत लक्ष्यलाई ढाकछोपमात्र थियो । अमेरिका असफल हुनुको अर्को कारण उसले निशाना बनाएका देशहरूमा रङ्गीन क्रान्तिविरुद्ध आन्दोलन हुनु र आतङ्कवादीहरूको लचकता पनि हो । जसले संरा अमेरिकी युद्धलाई समयान्तरमा शक्तिशाली सैनिक उद्योगमार्फत हुने मौद्रिक अपचलनको माध्यममात्र बनायो । त्यसले सैनिक उद्योगमा लगानी गरेका धेरै शासकलाई धनी बनायो ।
यी सबै परिस्थितिमा अफगानिस्तान लगातार पिरोलियो । अफगानिस्तानको सहरी क्षेत्रमा बस्ने झन्डै एकतिहाइ जनताको जीवन भौतिक र सामाजिक हिसाबमा उकासियो । तर, बाँकी देश भने गरिबीको दलदलबाट निस्कन सकेन । उनीहरू आफूविरुद्ध निर्मम हमलाको त्रास लगातार पालेर नै बसे । तालिवानसँग लड्ने नाममा संरा अमेरिका, नाटो र अफगान राष्ट्रिय सेनाले सर्वसाधारणलाई बिना जवाफदेहिता मार्ने खराब छवि बनायो । उनीहरूले विवाह समारोह र सर्वसाधारणका घरलाई समेत निशाना बनाए । यी सबै अवस्थाले बहुमत अफगानी जनताको मन र मुटु नयाँ अमेरिका पक्षधर सरकारको विरोधमा उभ्यायो ।
त्यस अवस्थामा सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको ९० प्रतिशत भूभागमा छोटो अवधिको लागि तालिवानले चलाएको शासन व्यवस्था मन नपराउने मानिसले समेत तालिवानलाई ‘कम खराब’ मान्न थाले ।
तालिवानको एउटा सकारात्मक पक्ष भनेको उनीहरू भ्रष्टाचारविरुद्ध कडाइपूर्वक लड्छन् । राष्ट्रिय सार्वभौमिकतामा बलियो विश्वास गर्छन् । उनीहरू अफगानिस्तानको लागुऔषध समस्या उन्मूलन गर्न चाहन्छन् । कुनै पनि खालको स्थानीय अपराधप्रति तालिवानहरू शून्य सहनशील छन् । यी कुराले अन्तर्राष्ट्रिय मान्यताप्राप्त अफगान सरकारभन्दा तालिवानलाई सबै कुरामा सम्पूर्णतः विपरीत बनाएको छ । तालिवानले अहिले विगतको आफ्नो शासन शैलीमा गल्ती भएको अनुभव गरेको छ । अनि उनीहरूले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहहरूसँग आफ्नो सम्बन्ध तोड्ने निर्णय गरेका छन् ।
अफगानी जनताको भित्रदेखिको चाहना र पछिल्लो घटनाक्रमले तालिवान समूहलाई अफगानी द्वन्द्वको वैधानिक राजनीतिक हिस्सेदार बनाएको छ । तालिवानहरू शान्ति प्रक्रियामा सामेल भए । चीन, इरान, पाकिस्तान, कतार र रुसजस्ता विभिन्न देशमा तालिवानले आफ्नो प्रतिनिधिमण्डल पठायो । यसले उनीहरूलाई अन्तर्राष्ट्रिय समुदायले क्रमशः स्वागत गर्नुपर्ने अवस्थामा पु¥यायो । सन् २०२० को फेब्रुअरीमा संरा अमेरिकासँग भएको शान्ति सहमतिले त्यसपछिका महिनाको घटनाक्रम निम्त्यायो । धेरैले सबै कुरा यति चाँडै हुने अपेक्षा नगरे पनि त्यसपछिको घटनाक्रमले तालिवानलाई सत्तामा पु¥याउने निश्चित प्राय थियो ।
भविष्यतिर फर्केर हेर्दा अफगानिस्तानको आगामी दिन यसअघिभन्दा उज्ज्वल छ । निःसन्देह तालिवान नै अफगानिस्तानको सबभन्दा बलियो शक्ति हो । तालिवानले शान्तिपूर्वक अफगानिस्तानमाथि नियन्त्रण गरेबाट उसले वास्तवमै आफ्नो विगतको शैलीमा परिवर्तन ल्याएको देखाएको छ । साथै ‘आगामी सरकार’ को रूपमा उसले जिम्मेवारीपूर्वक व्यवहार गरेको छ । चाँडै तालिवान अन्तर्राष्ट्रिय समुदायमा सामेल हुनेछ । उनीहरूले अन्तर्राष्ट्रिय आतङ्कवादी समूहबाट आफ्नो सम्बन्ध तोडेर, विपक्षलाई धैर्यतापूर्वक व्यवहार गरेर, प्रमुख देशसँग कूटनीतिक सम्बन्ध गाँसेर र सरकारमा शान्तिपूर्वक फर्केर आफूलाई हिजोभन्दा फरक देखाउने प्रयास गर्दै छन् । अफगानिस्तानलाई अहिले चीनको बेल्ट एन्ड रोड परियोजनालगायत अन्य अन्तर्राष्ट्रिय लगानीको सुविधा प्राप्त छ ।
निश्चय पनि पाकिस्तान–अफगानिस्तान–उज्वेकिस्तान रेलमार्ग निर्माण गर्ने फेब्रुअरीको योजना अहिले कार्यान्वयनको चरणमा छ । यो रेलमार्गले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गतको चीन–पाकिस्तान आर्थिक क्षेत्रको उत्तरी विस्तारित संस्करणको रूप लिएको छ । अफगानिस्तानले चीन–मध्य एसिया–पश्चिम एसिया आर्थिक क्षेत्रको भूमिका खेल्न सक्छ । त्यो सीधा मार्गले अफगानिस्तानको भू–आर्थिक क्षमता उजागर गर्छ । त्यसले अफगानी जनतालाई भरपर्दो रोजगारी र त्यससँग सम्बन्धित अवसर प्रदान गरेर आर्थिकरूपमा दिगो पुनःनिर्माणको लागि सक्षम बनाउनेछ । संरा अमेरिका अब अफगानिस्तानबाट फर्किनुले मध्य तथा दक्षिण पश्चिम एसियामा अन्ततः स्थायित्व र विकासको सम्भावना बढेको छ ।

एन्ड्रु कोरिब्को


(लेखक मस्कोमा बस्दै आएका अमेरिकी राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *