ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
नेपाल मजदुर किसान सङ्गठनलाई समूल समाप्त पार्न निर्दलीय निरङ्कुश पञ्चायत व्यवस्थाले राज्यस्तरबाट रचिएको भक्तपुर काण्डको षड्यन्त्र तीन दशक नाघिसकेको छ । त्यस षड्यन्त्रका कतिपय प्रमुख षड्यन्त्रकारीको मृत्यु भइसकेको छ । पञ्चायत व्यवस्था पनि रसातलमा पुगिसकेको छ । तर, भक्तपुर काण्डका पीडितहरूको घाउ अझै चह¥याउँछ । त्यसैले, हामी हरेक वर्ष भदौ ९ गते भक्तपुर काण्डको भत्र्सना गछौँ, त्यस्तो षड्यन्त्र दोहोरिन सक्नेतर्फ सचेत र सतर्क हुन सबैलाई आग्रह गछौँै । आज पनि हामी पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको विरोध र भत्र्सना कार्यक्रम गर्दै छौँ ।
भक्तपुर काण्डबारे पुस्तक, लेख–रचना थुप्रै प्रकाशित भइसकेका छन् । नयाँ पुस्तालगायतले त्यसबारे धेरै जानकारी पाइसकेका छन् । नयाँ कुराहरू पनि प्रकाशमा आइरहेका छन् । यद्यपि, मनमा बरोबर कुरा खेल्ने गर्छ – पञ्चायती राज्यस्तरबाट एउटा प्रतिबन्धित दलविरूद्ध त्यति ठूलो षड्यन्त्र किन रचेको होला ?
पञ्चायत व्यवस्था र पञ्चायती राज्यमा नेपाल मजदुर किसान सङ्गठन एउटा प्रतिबन्धित राजनीतिक दल हो । नेमकिसङ्गठनले व्यवस्था र राज्य, राजा र सरकारविरूद्ध विद्रोह गरेको थिएन, हतियार उठाएको थिएन । सशस्त्र समूह गठन गर्ने कुनै क्रियाकलाप गरेको थिएन । साँच्चै भन्ने हो भने पञ्चायत व्यवस्था र राज्यको सामु नेमकिस एउटा सानो दल हो । पञ्चायत र नेमकिसबीच भौतिक, आर्थिकलगायतका शक्तिबीच तुलना र प्रतिस्पर्धा गर्ने कुनै पनि तत्व विद्यमान थिएन । व्यवस्था र राज्य हात्ती थियो भने नेमकिस कमिलाजस्तो पनि थिएन । नेमकिसभन्दा सङ्ख्या र शक्तिले ठूला दलहरू देशमा विद्यमान नभएको होइन । तर, पनि हात्तीले कमिलाविरूद्ध किन राज्यस्तर अर्थात् कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाबाट षड्यन्त्र भयो ? नेमकिसले के अपराध वा राज्यद्रोह गरेको थियो ? नेमकिसले गद्दी ताकेको थिएन, सिंहदरबार कब्जा गर्न खोजेको पनि थिएन । यदि नेमकिसले तत्कालीन राज्यविरूद्ध विद्रोह वा राज्यद्रोह गरेको भएर राज्यले सीधै दमन गर्नसक्थ्यो । तर, पनि नेमकिसलाई षड्यन्त्र गरेर समाप्त गर्न खोजेको थियो । ‘पानी किन धमिल्याइस्’ भनेर बाघले पाठोलाई झैँ षड्यन्त्र गरेको तथ्य हामीले बुझेका छौँ । पाठोलाई बाघले सीधै झम्टेको भए बाघको अत्याचार जगजाहेर हुने थियो । त्यसैले पानी धमिल्याएको निहुँ खोजेजस्तै एक भ्रष्ट नवपञ्चलाई बलिको बोका बनाई राज्यस्तरबाट श्वेत आतड्ढ मच्चाई दमन गरेको स्पष्ट भयो । तर, प्रम, राप अध्यक्षलगायत सडकमा ओर्लेर ‘फाँसी दे’ नारा लगाउनु व्यवस्थाको निम्ति कालको निम्तो भयो, आर्यघात जाने राजमार्ग बन्यो ।
नेमकिससँग व्यवस्था र राज्यलाई चुनौती दिनसक्ने कुनै भौतिक शक्ति थिएन । नेमकिसको शक्ति र सम्पत्ति भनेको सैद्धान्तिक अडान, वैचारिक निष्ठा, इमानदारी र नैतिक व्यवहारमात्र हो । जुन पञ्चायत व्यवस्था र पञ्चायती राज्यसँग थिएन । त्यसैले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचाराधाराबाट निर्देशित नेमकिस देशमा हतियार उठाउने शक्तिभन्दा खतरा बन्यो ।
प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ–संस्थामा गएर देश र जनताको निःस्वार्थ सेवा गर्ने लेनिनवादी नीति अँगाल्ने नेमकिसको नीति पञ्चायती व्यवस्थाको लागि घातक ठहरियो । देश र जनताको सेवामा अविचलित इमानदारीपूर्ण नैतिक व्यवहारले भ्रष्ट शासकहरू चौबाटोमा नाङ्गिन थाल्यो । यस्तै परिवेशले बलियो शक्तिले सानो शक्तिविरूद्ध राज्यस्तरको षड्यन्त्र रचेको हो । यसबाट भौतिक र सङ्ख्यात्मक शक्तिभन्दा सैद्धान्तिक, वैचारिक, इमानदारीपूर्ण नैतिक शक्ति बलियो हुने साबित भएको छ । यो स्थिति आजको फरक समयमा पनि हेरफेर भएको छैन । त्यसैले, नेमकिपाको सैद्धान्तिक, वैचारिक, इमानदारी र नैतिक व्यवहारसामु पुँजीवादी राज्य र शासक दलहरूबाट यो र त्यो रूपमा विभिन्न षड्यन्त्र, बेइमानी, धोखा र विश्वासघातका क्रियाकलाप हुने गरेका छन् । परन्तु, यस्ता षड्यन्त्रलाई असफल बनाउन प्रत्येक कार्यकर्ताले आफूलाई पार्टीको योग्य र सक्षम सिपाही बनाउनु समयको माग हो । । आजको कार्यक्रमले यस दिशामा थप टेवा पुगोस् ।
Leave a Reply