युद्धविराम भए पनि लेबनानमा इजरायली आक्रमण जारी
- जेष्ठ ८, २०८३
भक्तपुर, १२ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्दै प्रशिक्षण कार्यक्रम भयो ।
अनलाइनमार्फत शनिबार भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर काण्डमा नेमकिपाका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई दमन गरियो तर दमनको प्रतिरोधमा उठेको जनआन्दोलनले पञ्चायती व्यवस्था नै समाप्त ग¥यो भन्नुभयो ।
भक्तपुर काण्डमा राज्यबाट गरिएको दमन र ज्यादतीबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देश र जनताको सेवामा इमानदारीपूर्वक लाग्ने पार्टीविरूद्ध यस्ता षड्यन्त्रहरू भविष्यमा पनि हुनसक्ने भएकोले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “देश र जनताको इमानदारीपूर्वक सेवा, भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्ने नीति पञ्चायतलाई सह्य भएन । भक्तपुर काण्डमा जातीय हिसाबमा दमन गरियो । यसले शत्रु र मित्र चिन्ने अवसर सङ्गठनलाई मिल्यो ।”
शेयर बजारमा अस्वाभाविक चलखेल भइरहेको तर्फ सचेत हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले घर–जग्गा कारोबारको नाममा उपत्यकामा भइरहेको निजी प्लानिङ्गले अव्यवस्थित बस्ती विस्तार हुने भएकोले अविलम्ब बन्द गराउने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य सृजना सैँजूले भक्तपुर काण्डलाई वर्गसङ्घर्षको रूपमा लिनुपर्ने धारणा राख्दै इतिहास फरक ढङ्गले दोहोरिन सक्ने भएकोले सधैँ सचेत भएर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुर काण्डबारे पार्टीले धेरै प्रकाशनहरू प्रकाशित गरिसकेको हँुदा खोजी खोजी अध्ययन गर्नुपर्ने र आफूले पाएको ज्ञान नयाँ पुस्तासमक्ष पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले सिद्धान्त, विचारप्रति आस्थावान, देश र जनताको सेवामा अथक भई इमानदारीपूर्वक लाग्ने कार्यकर्ताले मात्र पार्टीलाई जीवन्तता दिने बताउनुभयो ।
जस्तोसुकै कठिन परिस्थिति आइपरे पनि पार्टी र जनतालाई धोका दिन नहुनेमा उहाँले जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको कार्यक्रममा रामसुन्दर सुवाल, विष्णुराम दुमरू, बिक्रम ढुकुछुले पनि बोल्नुभएको थियो ।
भक्तपुर काण्डको भत्र्सना र गाइँचा प्याखँका सहयोगीहरूलाई धन्यवाद
नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा वडा नं. १ एकाइ समितिको आयोजनामा भक्तपुर काण्डको भत्र्सना गर्दै गाइँचा प्याखँका सहयोगीहरूलाई धन्यवादसहित प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “देश र जनताको पक्षमा स्थापनाकालदेखि नेमकिपाले सदन र सडकमा एक्लैले भए पनि सङ्घर्ष गर्दै आएको छ । भारतीय विस्तारवादको थिचोमिचो र अमेरिकी साम्राज्यवादले गर्दै आएको अत्याचार र दमनविरुद्ध जनतालाई सचेत पार्दै नेमकिपाले बढाएको आन्दोलन भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादलाई असह्य भएको थियो । नेमकिपालाई समाप्त पार्ने षड्यन्त्र उनीहरू भित्रभित्रै बुन्दै थिए । २०४५ सालको भूकम्पलाई उपयोग गरी उनीहरूले भक्तपुर काण्डमार्फत नेमकिपालाई समाप्त गर्ने नीति पञ्चायतले लियो । पञ्चायतले गरेको दमनविरुद्ध जनताको प्रतिरोधले पञ्चायत आफै समाप्त भयो ।”
विश्वासघातीहरूलाई सबैले उपयोगमात्र गर्ने भएकोले उनीहरूको दुःखदायी अन्त हुने निश्चित छ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “कार्यकर्ताले सङ्गठन र समाजलाई बुझ्नु आवश्यक छ । देश र समाजको सेवामा आफूलाई समर्पित गर्ने उद्देश्यले अध्ययन गर्नु आवश्यक छ ।”
नेक्रायुसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले युवा–विद्यार्थीले पार्टी प्रकाशनहरू नियमित अध्ययन गरी अन्तरक्रिया गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आयोजक समितिका अध्यक्ष लक्ष्मीसुन्दर सुवालको सभापतित्वमा भएको कार्यक्रममा लक्ष्मीनारायण राजलवट, वडा अध्यक्ष श्याम खत्री, सूर्यप्रसाद श्रेष्ठ, कृष्णप्रसाद गारूलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नेक्रायुसङ्घको अगुवाइमा भएको गाइँचा प्याखँको लागि सहयोग गर्ने सहयोगी एवम् गाइँचा प्याखँका कलाकारलाई धन्यवाद व्यक्त गरिएको थियो । आयोजकको अगुवाइमा तयार
भएको गाइँचा प्याखँ कोरोना प्रकोपको कारण वडा – वडामा प्रदर्शन गर्न नसकेकोले छायाड्ढन गरी युट्युव र टेलिभिजनमार्फत सर्वसाधारणलाई हेर्ने अवसर प्रदान गरिएको आयोजकले बताएको छ ।
शिक्षक र प्राध्यापकहरूबीच कार्यक्रम
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ र नेपाल प्राध्यापक समाज आदर्श आजाद एकाइ समितिको आयोजनामा शनिबार भक्तपुर काण्डबारे अनलाइन प्रवचन कार्यक्रम भयो ।
आयोजक समितिका अध्यक्ष चक्रबहादुर चाकतुको सभापतित्वमा भएको कार्यक्रममा श्रीकृष्ण किसी, आशाकुमार चिकबन्जार, शिवराम बोहजू, रज्जु फसिकव, सुभद्रा दुवाल, प्रेमजन थापालगायतले भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।
वक्ताहरूले भक्तपुर काण्डको नाममा राज्यले गरेको दमन, दुव्र्यवहार, ज्यादती र आफूहरूले भोग्नुपरेको दुःख–पीडाबारे बोल्नुभएको थियो ।
Leave a Reply