सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
बीस वर्षको युद्ध समाप्त गर्दै संरा अमेरिकी सेनाको अन्तिम टोली फर्केपछि काबुल विमानस्थलमा तालिवानले नियन्त्रण लिएको खुसियालीमा गत अगस्ट ३१ मा अफगानी राजधानीभरि बन्दुक पड्केको आवाज सुनियो । अमेरिकी सेनाको अन्तिम विमान उडेपछि तालिवानका प्रवक्ताले त्यो क्षणलाई ‘ऐतिहासिक दिन र ऐतिहासिक समय’ भएको बताए । “हामीले हाम्रो देशलाई एउटा महाशक्तिबाट मुक्त गरेका छौँ । हामी यो समय गौरव अनुभव गरिरहेका छौँ”, उनले भनेका थिए । वास्तवमै त्यो दिन संरा अमेरिकी नेतृत्वको निम्ति गम्भीर दिन थियो ।
अठार वर्ष लामो रक्तपात र झूटपछि अमेरिकी नेताहरूले अन्ततः तालिवानसँग संवादको टेबुलमा बस्नुभन्दा अर्को अफगान युद्धको अर्को समाधानको सम्भावना नभएको गम्भीरतापूर्वक अनुभव गरे । संरा अमेरिका र तालिवानबीचको संवादले अन्ततः सन् २०२० को फेब्रुअरीमा शान्ति सम्झौतामा पु¥यायो । सोही सम्झौताले अफगानिस्तानलाई विदेशी शक्तिबाट मुक्त गर्ने र तालिवानलाई सत्तामा ल्याउने बाटो खुला गरिदियो ।
अफगान युद्धको दुष्प्रभाव अफगानिस्तानमा मात्र सीमित रहेन । बरु पाकिस्तानले पनि धेरै मानिसको ज्यान र आर्थिक क्षतिको चर्को मूल्य भोग्नुप¥यो । सन् २०१८ को ब्राउन विश्वविद्यालयको प्रतिवेदन ‘युद्ध परियोजनाको मूल्य’ले संसार र अमेरिकी जनतासामू पीडादायी वास्तविकता उजागर ग¥यो । दक्षिण पश्चिम एसिया र मध्यपूर्व क्षेत्रमा अहिलेसम्म भएका लडाइँमा गुमाउनुपरेको अमेरिकी जीवनबाट संसार र अमेरिकी जनतालाई यतिञ्जेल मूलतः थाहा थिएन । यी लडाईका वर्षमा पाकिस्तानमा मात्र ६५ हजारभन्दा बढी मानिस युद्धका विभिन्न कारणबाट मारिएको प्रतिवेदनमा लेखिएको छ । मारिनेमा सर्वसाधारण र सुरक्षाकर्मीहरू पनि छन् ।
प्रतिवेदनमा भनिएको छ,“सन् २०१८ को अक्टोबरसम्ममा अफगानिस्तानमा मर्नेको सङ्ख्या १ लाख ४७ हजारभन्दा बढी भयो । त्यसमा अफगानी सुरक्षा फौज, सर्वसाधारण र विपक्षीतर्फका लडाकुहरू सामेल छन् । तीमध्ये झन्डै ६ हजार ३३४ जना अमेरिकी सिपाहीं र ठेकेदारहरू छन् । त्यस्तै सन् २००१ देखि २०१८ सम्ममा युद्धमोर्चासम्बद्ध अन्य देशका सेनाका ११ सय सिपाहीं मारिए ।” घाइते भएका, अपाङ्ग भएका वा मनोवैज्ञानिक रोगबाट ग्रसित अमेरिकीहरूको वास्तविक सङ्ख्या नै गोप्य राखियो । यसो नगरे सार्वजनिक अस्थिरता फैलिन सक्थ्यो । भियतनाममा मारिएका र घाइते भएका अमेरिकी सिपाहींको सङ्ख्या थाहा पाएपछि फैलिएको उपद्रवको तीतो सम्झना अमेरिकीहरू दोहो¥याउन चाहँदैनथे ।
अफगानिस्तान, इराक र सिरियालगायत अन्य धेरै देशसँगको लडाइँमा संरा अमेरिका सामेल भयो । बितेका १७ वर्षदेखि पाकिस्तानलगायत आतङ्कवादविरोधी युद्धका साझेदार देशहरूलाई सहयोग गरेर मोर्चालाई विस्तार गरिरह्यो । तथापि, सन् २०१७ मा आएर पाकिस्तानले आर्थिक सहयोग लिन छाड्यो । किनभने अफगानिस्तानको जटिल र अन्योलपूर्ण अवस्थाबारे संरा अमेरिका र पाकिस्तानबीच आपसी बुझाइ मिलेको थिएन । ब्राउन विश्वविद्यालयको प्रतिवेदनअनुसार अफगानिस्तान, इराक र सिरियामा आतङ्कवादमाथिको युद्धमा संरा अमेरिकाले ५६ खर्ब अमेरिकी डलर (५.६ त्रिलियन) खर्च गरेको छ ।
इराक र अफगानिस्तानमा पुनःनिर्माणको निम्ति संरा अमेरिकाको पैसा १ खर्ब ७० अर्बदेखि १ खर्ब ८० अर्ब अमेरिकी डलर खर्च गरेको छ । यसमध्ये अधिकांश बजेट दुवै देशका सुरक्षा फौजलाई हातहतियार र अन्य सैनिक बन्दोबस्तको लागि खर्च गरियो । साथै मानवीय सहायता र नागरिक समाजको पुनःनिर्माणको निम्ति छुट्याइएको बजेट नेताहरूले भ्रष्टाचार, ठगी, दुरुपयोग र अपव्ययमा खेर फाले । ती नेताहरू संरा अमेरिकाले नै बनाएका नेताहरू थिए । बजेट खर्चमा पारदर्शिता सुनिश्चित गर्न कुनै जवाफदेहिताको पद्धति थिएन । बजेटमा लुटपाट गरेबापत उनीहरूलाई सजायको कुनै बन्दोबस्त थिएन ।
पाकिस्तानले संरा अमेरिकी नेतृत्वलाई तत्कालै अफगानिस्तानको वास्तविक अवस्था बुझ्न र ओइलाउँदै गएको अफगान युद्ध अन्त्य गर्न तालिवानसँग प्रत्यक्ष संवाद थाल्न आग्रह गरिरह्यो । अघिल्लो डोनाल्ड ट्रम्प सरकारले पाकिस्तानमाथि ‘अधिकतम दबाब र परिचालन’ को नीति लागु गर्न भरमार प्रयास ग¥यो । अमेरिकी संसदमा पाकिस्तानले यदि संरा अमेरिका र अफगानिस्तानसँग सहकार्य गरेको हुँदो हो त आफ्नो भूमिमा तालिवानको आधार सहेर बस्ने थिएन, त्यसकारण पाकिस्तान खासमा अमेरिकी विदेश नीतिको सबभन्दा ठुलो शत्रु भएको चर्को आवाज बुलन्द भएको थियो ।
अफगानिस्तानमाथि हमला गर्ने ‘स्प्रिङबोर्ड’ (आधार)को रूपमा पाकिस्तानी भूमि प्रयोग गर्नबाट तालिवानलाई रोक्न डुरान क्षेत्रमा ७० हजारभन्दा बढी सेना तैनाथ गर्न पाकिस्तानलाई आवश्यक सहायता कटौती गर्न संरा अमेरिकाले एकपल्ट पनि दोहो¥याएर सोचेन । संरा अमेरिकी बजेट रोकिँदा अन्ततः सेनाको तैनाथी रोक्न मद्दत ग¥यो । उनीहरूले त पाकिस्तानी व्यक्ति र सङ्गठनलाई समेत निशाना बनाएर उनीहरूविरुद्ध नाकाबन्दी थोपर्ने र बिनारोकतोक पाकिस्तानमा रहेका तालिवानी आधारमाथि हमला गर्ने धम्की पनि दिए ।
यस्ता सबै हल्लाबाजी र नग्न चुनौतीले पाकिस्तानलाई अफगान युद्धको अफगानिस्तानमै बुनिएको र अफगानिस्तानको स्वामित्वको समाधान खोज्नुपर्ने पूर्व निर्धारित नीतिमा टसमस भएन । पाकिस्तानको दृष्टिकोणमा तालिवानको सहभागिताबिना अफगानिस्तानमा दिगो शान्ति हासिल गर्न सकिंदैन । संरा अमेरिकी नेतृत्वले धेरै वर्षपछि मात्र यो वास्तविक अवस्था बुझ्न सके ।
अफगानिस्तानको लागि विशेषतः दूतको रूपमा राजदूत जालमे खिलालजदलाई नियुक्ति गरेपछि अफगानिस्तानको शान्ति स्थापना प्रक्रियाले गति पायो । उनलाई तालिवानसँग प्रत्यक्ष संवादको प्रक्रिया थाल्ने अधिकार दिइएको थियो । चीन, पाकिस्तान र अन्य क्षेत्रीय देशहरूको समर्थनमा रुसले अफगान युद्धको दिगो समाधानको निम्ति अघि सारेको क्षेत्रीय पहलमा भएको सहमत ‘मस्को ढाँचा’ ले संरा अमेरिकी नेतृत्वमाथि चर्को दबाब पा¥यो ।
ठुलो मतभेद हुँदाहुँदै पनि सन् २०२० को फेब्रुअरीमा संरा अमेरिका र तालिवानबीच अन्ततः शान्ति सम्झौतामा हस्ताक्षर भयो । त्यसमा संरा अमेरिका र नाटो सेना फिर्ता गर्ने समयसीमा तोकिएको थियो । तथापि, अफगान सेनाको पतन, असरफ घानी सरकारको पतन र संरा अमेरिका एवम् नाटो सेनाको भद्रगोल फिर्ती अवस्थाले सैगन (भियतनाम) को पराजयलाई स्मरण गरायो ।
अफगानिस्तान, इराक र सिरियामा ५ लाखभन्दा बढी मानिसको मृत्युपछि संरा अमेरिकाले आखिरमा पायो के ? अमेरिकाले प्रजातन्त्र, कानुनी शासन, मानव अधिकारको रक्षा र आतङ्कवादीलाई नष्ट गर्नुलाई आफ्नो लक्ष्य बताएको थियो । धेरै सङ्ख्यामा मानिसको जीवन र अथाह अमेरिकी धन खर्च गरिसकेपछि संरा अमेरिकाले के ती लक्ष्य हासिल ग¥यो ? अफगानिस्तान त अझै पनि राजनीतिक अस्थिरताको दलदलमा फसेकै छ । अझै पनि विद्रोहीहरूको रजगज चलेकै छ । इराक पनि इरानी प्रभावमा रहेका बहुमत सिया समूहको मुट्ठीमा छ ।
सिरियाले रुस, इरान र टर्कीको मद्दतले आफूलाई उपादेयता भएको सार्वभौम राज्यको हैसियतमा पु¥याउन प्रयास गरिरहेको छ । अमेरिकी नेतृत्वको संरक्षणमा रहेका अमेरिका पक्षधर अनुदार राज्यहरूबाट तालिम र हतियार प्राप्त विपक्षी समूहविरुद्ध सिरिया आज सघन युद्ध लडिरहेको छ । लिविया झन्डै तीन वटा आपसमा युद्धरत शक्तिमा विभाजित भइसकेको छ । इजिप्ट, जोर्डन र लेवनान पनि मध्यपूर्वको युद्धको खराब प्रभावको भुक्तमान भोगिरहेका छन् ।
अल्प स्मरण भएको संरा अमेरिकी नेतृत्वले के आफ्नो सीमाभन्दा बाहिरको सैनिक परिचालनले निम्त्याउने अवस्थाबाट पाठ सिक्ला ? यसको उत्तर सन्देहजनक छ ।
(लेखक पाकिस्तानको परराष्ट्र सेवामा आबद्ध हुनुहुन्थ्यो । उनी कीर्गिस्तान र सुडान इस्लामिक गणतन्त्रको लागि पाकिस्तानका पूर्वराजदूत हुनुहुन्थ्यो ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : मनिषा
Leave a Reply