सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
३ सेप्टेम्बरमा भएको छैटौँ पूर्वी आर्थिक सम्मेलनको विस्तारित बैठकको उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको नेपाली अनुवादः
महामहिम राष्ट्रपति भ्लादिमिर पुटिन,
महिला तथा सज्जनवृन्द र मित्रहरू ।
हार्दिकतापूर्ण आमन्त्रणको लागि म राष्ट्रपति पुटिनप्रति आभार व्यक्त गर्न चाहन्छु । तीन वर्षपछि फेरि पूर्वी आर्थिक मञ्चमा बोल्न पाउँदा म ज्यादै खुशी छु ।
जापानी हमलाविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासीवादविरोधी युद्धमा विजय प्राप्त गरेको आज ७६ औँ वार्षिकी हो । अगस्ट २५ मा मैले राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गरेको थिएँ । हामी दुवै जना अन्तर्राष्ट्रिय समुदायले दृढतापूर्वक प्रथम विश्वयुद्धका विजयी परिणामको जगेर्ना गर्नुपर्ने, इतिहासको सत्य रक्षा गर्ने र उज्यालो भविष्यतर्फ मार्गप्रशस्त गर्ने ऐनाको रूपमा इतिहासलाई ग्रहण गर्नेमा प्रतिबद्ध रहनेमा सहमत भएका थियौँ । यसअघि जुन महिनामा राष्ट्रपति पुटिन र मेरो सफल भिडियो बैठक भएको थियो ।
हामी दुवैले मिलेर असल छिमेकी र मैत्रीपूर्ण सहकार्यको लागि चीन र रुसबीचको सन्धिको विस्तार गर्ने घोषणा गरेका थियौँ । साथै चीन–रुस रणनीतिक समन्वय बलियो बनाउन र व्यापकरूपमा दुईपक्षीय व्यवहारिक सहकार्य अघि बढाउनेजस्ता प्रमुख विषयमा नयाँ साझा समझदारी विकास गर्ने विषयमा पनि हामीबीच सहमति भएको थियो । नयाँ युगको लागि चीन–रुस समन्वयात्मक बृहत् रणनीतिक साझेदारीलाई व्यापक स्तरमा सशक्त गति दिने छ ।
हामीले बोलेजस्तै अन्तर्राष्ट्रिय वृत्त अहिले ठूलो रूपान्तरण भएर अघि बढिरहेको छ । कोभिड–१९ महामारी बारम्बार हुर्रिएर राँकिरहेको छ । संसारको अर्थतन्त्रमा पुनःस्थापनाको सघन आवश्यकता छ । यस्तो परिस्थितिमा उत्तरपूर्वी एसियामा क्षेत्रीय सहकार्य बलियो चुनौती र महत्वपूर्ण अवसर दुवै बनेको छ । सबै देशहरूले विश्वव्यापी अवधारणा बोकेर आफ्नो क्षेत्रीय वास्तविकतामा आधारित हुन आवश्यक छ । प्रतिकुल समयमाथि पार पाउन आपसमा हातेमालो गर्नुपर्छ र साझा विकासको योजना बुन्नुपर्छ
– हामीले महामारीका चुनौतीमाथि विजय प्राप्त गर्न एक अर्कालाई सहायता गर्नुपर्छ । खोप अनुसन्धान, विकास र उत्पादनमा हामीले सहकार्य सघन बनाउनुपर्छ । अन्तर्राष्ट्रिय समुदायलाई थप सार्वजनिक बस्तु दिनुपर्छ । कोभिड–१९ खोप र उत्पत्तिको विषयलाई राजनीतिक गर्ने कुनै प्रयासलाई अस्वीकार गर्नुपर्छ । सबैको स्वास्थ्यको लागि विश्व समुदाय बनाउन हामीले मिहिनेत गर्नुपर्छ ।
–हामीले आपसमा हितकारी सहकार्य अघि बढाउन हाम्रो प्रयासलाई दोब्बर बनाउनुपर्छ । बेल्ट एन्ड रोड परियोजना र युरेसियाली आर्थिक सङ्गठनबीच सहकार्यलाई गहिरो बनाउनुपर्छ । विद्युतीय अर्थतन्त्रको विकासमा अनुसन्धानलाई हामीले टेवा दिनुपर्छ । साथै क्षेत्रीय विकासको लागि सामाजिक र आर्थिक विकास प्रवद्र्धन गर्नुपर्छ ।
–क्षेत्रीय शान्ति र स्थायित्व रक्षाको लागि हामीले ऊर्जा बनाउनुपर्छ । हामीले आपसी भिन्नता साँघुरो बनाउँदै संवाद र सम्बन्धमार्फत सहमति बनाउनुपर्छ । साझा, बृहत्, सहकार्यमूलक र दिगो सुरक्षाको अवधारणा हामीले अङ्गीकार गर्नुपर्छ । सबैको लागि सद्भावपूर्ण र मन शान्त बनाउने गृहभूमि बनाउन हामीले काम गर्नुपर्छ ।
यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शत्वार्षिकी हो । चीनले आधुनिक समाजवादी देश बनाउने काममा पूर्णता दिने नयाँ यात्राको सुरुवात गरेको छ । साँचो अर्थमा बहुपक्षता प्रवद्र्धन गर्न, आपसी विश्वास र सद्भावको पक्ष लिन, सबैको जीत हुने सहकार्य प्रवद्र्धन गर्न र मानव जातिको साझा भविष्य भएको समुदाय बनाउने लक्ष्य हासिल गर्ने दृढ कदमतिर अघि बढ्न हामी सबै देशसँग काम गर्न तयार छौं ।
धन्यवाद !
नेपाली अनुवादः सुमन
Leave a Reply