ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
श्रद्धाञ्जली, समवेदनाजस्ता शब्दहरू मलाई यति जटिल र भारी लाग्छन् कि म यस्ता शब्दहरू कक्षाकोठामा विद्यार्थीहरूलाई व्यवहारिक लेखन पाठ पढाउँदाबाहेक अरू बेला लेख्नै सक्दिनँ । यस वर्ष कोरोनाको कहरमा युनिभर्सिटीका मेरा धेरै गुरुहरू यस्तै शीर्षकमा समेटिएर फेसबुकका पोष्टहरूमा देखिनुभयो । धेरैले कमेन्टमा शब्दभावहरू लेखे तर मैले भारी मनले ती पोष्टहरू पढ्नुबाहेक एक शब्द लेखिनँ । किन हो मेरो मन र मेरा औँलाहरू ती शब्दहरू देखि डर डर मान्दै लर्बराइरहेका हुन्छन् । गहुँ्रगो मनको त कुरै छोडौँ । यसै क्रममा फोनबाट आदरणीय कवि पूर्ण वैद्यको निधनको खबर सुनेँ । मन त्यसै त्यसै हल्लियो । फेसबुकमा उहाँको फोटोसहित समवेदनाहरू आए । कक्षामा व्यवहारिक पाठ पढाउने म मान्छे व्यवहारिकतामा शून्य ! कमेन्टमा नो कमेन्ट ! सकिनँ केही लेख्न । अरूले लेखेको पढेँ अझ योगेन्द्रमान सरको पोष्टले त मन नराम्ररी चिमोट्यो । यद्यपि, मेरो नो कमेन्ट । कारण मेरा औँलाहरूले लेख्नै मानेनन्………………..
हिजो मित्र नीरजसित फोनमा भेट भयो र भन्नुभयो, “रूप ! तिमीलाई प्रायः सम्झिरहनु हुने कवि पूर्ण वैद्यको बारेमा केही लेखन । उहाँलाई श्रद्धाञ्जली दिएजस्तो नि हुन्छ ।” यति भन्दा उनको आवाजमा एक किसिमको कम्पन थियो त्यो ममात्रै अनुभव गर्न सक्छु तर सहज रूपमा उनले भने । त्यसबेला मेरो मन कति हल्लियो मै मात्र जान्दछु । मलाई यस्तो किन हुन्छ थाहा छैन । यो पटक त जुन विषयमा चार अक्षरको शब्द देख्न मन मान्दैन, त्यसै विषयमा पाना भर्नुपर्ने भो । हल्लिएको मन थामेर “म हेर्छु है” भन्दै कुरा सकाएँ । काम त बाँकी नै रह्यो ।
अहिले बिहानको पाँच बजेको छ । बाहिर घनघोर पानी परिरहेको छ । दिमागमा हलचल, मनमा गाँठो परेको कुरा लेख्नुछ । ‘लः लः खः’ (पानी पानी हो) कविताका लेखकको भौतिक अवसानलाई लिएर पानी परिरहँदा सम्झनाका क्षणहरू लेख्नु छ । जटिल छ मित्र, कस्तो काम दियौ !
आजभन्दा तीन वर्ष अघिको कुरा हो, कवि पूर्ण वैद्यसित भेट भएको । उहाँबाट कविता विषयमा प्रशिक्षित हुन पाएको । नेपालभाषा साहित्य तःमुंज्याको तयारी गोष्ठीमा उहाँ प्रशिक्षण दिन वागीश्वरी मा.वि.को आँगनमा आउनुभएको थियो । त्यो दिन सहभागी सबैले सामूहिक तस्बिर खिचेका थिए तर म एकक्षणको ढिलाइले छुटेकी थिएँ । दुई पाइलाको ढिलाइले गर्दा त्यो सामुहिक फोटोको क्षण मेरो आँखामा बसिरह्यो तर म त्यसमा रहिनँ । कुरा त सामान्य हो यद्यपि, त्यसबेला ज्या लागेको थियो । सायद अन्तिम भेट हुने भएर होला आजसम्म त्यो क्षण यादगार छ । अनौठो अनि अव्यक्त मेरो मन ¤ संयोग पनि कस्तो हुन्छ भने नि उहाँसितको त्यो अन्तिम भेटमा मेरी छोरी निहारिका गर्भमा नौ महिनाको पौडी खेल्दै थिइन् । आखिर जीवन पानीमै त हुँदोरहेछ । आज त्यसै पानीमा अर्को नौ महिने शिशु छ्याप्ल्याङ् छ्याप्ल्याङ पौडिरहेछ , फरक आज म पानीको जीवन र जीवनको पानीलाई लिएर कविता लेख्ने कविको भौतिक अवसानमा हल्लिएको मनले लर्बराएका अक्षरहरू कोर्दै छु ।
यो लेखाइमा मैले उहाँका काव्य विश्लेषण जोड्न सकिनँ । समय, परिस्थिति र पानीमा हुर्किँदो जीवन संयोगका कारण पनि । काव्य विश्लेषण गर्न यो लेखाइमा जस्तो भारी मन र लर्बराएको कलम पनि हुनेछैन । ज्गलमचभम मचयउक या धबतभच पुस्तककार कृति प्रकाशनको तयारी सुनाएर तीन वर्षअघि छुट्टिनु भएका कविले आफ्नो सपना म्चयउक या धबतभच कृतिमा पूरा गर्नुभयो । त्यसबेलाको मुस्कानयुक्त क्षण आज पनि याद आउँछ । उहाँ नेपालभाषा र नेपाली भाषा दुवैमा विशिष्ट बिम्ब कवि हुनुहुन्छ । नवीन बिम्ब र प्रतीकमा टहल्दै काव्यिक मह उत्पादन गर्नुहुने कविको सम्झना काव्य लेखनमा सदा रहनेछ । भौतिक उपस्थिति र भौतिक अवसानबिचको दुरीमा उहाँका काव्यिक थोपाहरू बगिरहने छन्, बाहिर वर्षादी थोपा बगेजस्तै । आखिर पानी पानी नै रहेछ अनि जीवन पानीमै हुँदोरहेछ । जय कवि ! जय बिम्ब !
Leave a Reply