भर्खरै :

कोमिन्ताङको चुनाव : ताइवानको भविष्य

चीनको ताइवान क्षेत्रमा अहिले कोमिताङ पार्टीको नेतृत्वको लागि चुनाव भइरहेको छ । वर्तमान अध्यक्ष जोनी च्याङसहित पूर्व अध्यक्ष इरिक चु, चाङह्वा काउन्टीका पूर्व मेजिस्टे«ट चो पो–युआन र सन यात सेन विद्यालय नामको गैरसरकारी संस्थाका अध्यक्ष चाङ या–चुङ गरी चारजना उम्मेदवारबीच नेतृत्वको लागि प्रतिस्पर्धा भइरहेको छ । कोमिताङ पार्टीको अध्यक्षको निर्वाचन सन् २०२४ मा हुने क्षेत्रीय नेतृत्वको चुनावसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले यो चुनावलाई व्यापक महत्वका साथ हेरिएको छ । यो चुनावले सबैको ध्यानाकर्षण गरेको छ ।
गएको शनिबार उम्मेदवारहरूबीचको टेलिभिजन बहसमा चारैजना उम्मेदवारले मूलभूमि चीनसँगको सम्बन्धलाई गम्भीर विषयको रूपमा आफ्ना मुद्दामा समावेश गरेका छन् । उनीहरूले सन् २००८ देखि २०१६ सम्ममा मा यिङ–जिओ सरकारले कायम गरेको मूलभूमि चीनसँगको शान्तिपूर्ण र दिगो सम्बन्ध पुनःस्थापना गर्ने वकालत गरे । उनीहरूले मूलभूमि चीनसँगको सम्बन्धमा अहिले चालु राजनीतिक गतिरोधको मूल कारण पनि औँल्याए र सन् १९९२ को सहमतिमा आधारित भएर असल सम्बन्ध कसरी स्थापना गर्ने भन्ने विषयमा मनग्य सल्लाह दिए । उनीहरूले संरा अमेरिकाको कठपुतली बन्न नहुने तर्क गरेका छन् ।
उम्मेदवारहरूले भने जस्तै साइ इङ्ग–वेन सन् २०१६ को ताइवान क्षेत्रको निर्वाचनमा निर्वाचित भएपछि सन् १९९२ को सहमति अस्वीकार मात्र गरिनन् । बरु मूलभूमिसँग भिड्न बाह्य शक्तिसँगमा कुम मिलाइन् । मूलभूमि चीनसँग बितेका पाँच वर्षमा ताइवानको राजनीतिक गतिरोधको मूल कारण मूलभूमिप्रति साइ इङ्ग–वेन सरकारको समस्याग्रस्त नीति हो ।
यस्तो परिस्थितिमा ताइवान टापुको सबभन्दा ठुलो विपक्षी दल कोमिताङ पार्टीले मूलभूमि चीनसँगको सम्बन्धमा विद्यमान अन्योलको समाधान गर्ने जिम्मेवारी पूरा गर्ने अपेक्षा गरिएको छ ।
तथापि, कोमिताङका वर्तमान नेता र पार्टीभित्र नयाँ पुस्ताका प्रतिनिधि जोनी च्याङ्गले सन् २०२० मा पदभार ग्रहण गरेर हालसम्म पनि सन् १९९२ को सहमति स्वीकारेका छैनन् । सन् १९९२ सहमतिप्रति तिनको असहमतिमा सरकारले मान्यता दिएको १९९२ को सहमतिसहित मूलभूमि चीनप्रतिको नीतिबारे पार्टीभित्रको बहस मिलाउने आशयमा आधारित छ ।
सन् १९९२ को असहमति नै जलडमरुका दुवै किनारा (मूलभूमि चीन र ताइवान) बीच संवादको राजनीतिक आधार भएको विषयमा कोमिताङ जानकार छ । त्यो सहमति त्यागे कोमिताङले ताइवानमा मूलभूमि चीनसँगको नीतिमाथिको बहसमा प्राप्त लाभलाई गुमाउने कुरा पक्का छ । त्यो सहमति त्यागेपछि बितेका अठार महिनामा कोमिताङ पार्टीको कमजोर र सीमान्तकृत अवस्थाले पनि यो पुष्टि गरेको छ ।
त्यसका साथै सत्तारुढ प्रजातान्त्रिक प्रगतिशील पार्टी (डीपीपी) ले सन् १९९२ को सहमतिमाथि हमला गरेर त्यसमाथिको बहसमा आफ्नो पल्ला भारी गरेको छ । मूलभूमि चीनविरुद्ध कथित रणनीतिक प्रतिस्पर्धामा जित्ने प्रयासमा बाइडेन सरकारले ताइवान कार्ड प्रयोग गर्न ठुलो मिहिनेत गरेको छ । संरा अमेरिकासँग काम गर्ने डीपीपीको उत्साहले मात्र पनि कोमिताङको भाग्यलाई खतरामा पारेको छ ।
पार्टीमा आफ्नो सहकर्मीहरूको समर्थन पाउने र कोमिन्ताङको नेतृत्वको लागि हुने निर्वाचन जित्ने आशासहित केही उम्मेदवारले चुनावी बहसमा सन् १९९२ को सहमतिको महत्वमाथि पुनः विचार गरेका छन् । उनीहरूले सन् २००८ र २०१६ मा मा सरकारले प्राप्त गरेका उपलब्धिलाई सकारात्मक समीक्षा गरेका छन् । त्यत्तिबेला कोमिन्ताङ पार्टीले सहमतिलाई मान्यता दिनुका साथै तथाकथित ‘ताइवान स्वाधीनता’ लाई अस्वीकार गरेको थियो ।
तर, अहिले मत आफुतिर तान्न उनीहरूले पनि सहमतिलाई हतियारको रूपमा प्रयोग गर्ने ओठे काम गरिरहेका छन् । उनीहरूले यो राजनीतिक आधारलाई मत बटुल्ने नाराको रूपमा मात्र लिन छोड्नुपर्छ किनभने यसले उनीहरू आफैको छवि मात्र धमिल्याउनेछ । साथै कोमिन्ताङको मूलभूमि चीन नीतिलाई नीतिगत अन्तरद्वन्द्व र अस्थीरताको अन्योलमा धकेल्नेछ । जसले मूलभूमि चीनसँगको शान्तिपूर्ण र स्थायी समाधानलाई खतरामा मात्र पार्नेछ ।
कोमिन्ताङको नेतृत्वले धेरै अर्थ राख्छ । कोमिन्ताङ र डीपीपीबीचको राजनीतिक पार्टीहरूको गतिशील विकाससँग मात्र यो कुरा प्रत्यक्ष सम्बन्धित छैन । बरु अब तीन वर्षभन्दा कम अवधिमा हुने ताइवानको नेतृत्वको चुनावमा ढाँचा र परिणामलाई पनि यसले प्रभावित बनाउनेछ । योग्य उम्मेदवार रणनीतिक दृष्टिकोणबाट पनि सुसज्जित हुनुपर्छ । सन् १९९२ को सहमतिको सन्दर्भमा उनीहरूको बोली र वचन मिल्नुपर्छ । त्यसकारण उनीहरू स्वयम् र मूलभूमि चीनसँगको सम्बन्धको भविष्यको लागि यो असहमतिको राजनीतिक प्रयोग अस्वीकार गर्नुपर्छ ।
(लेखक नानचिङ विश्वविद्यालयको ह्वाची विश्व प्रशासन प्रतिष्ठानका अनुसन्धानकर्ता हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : मेरिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *