सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
भदौ २१ गते अमेरिकी सहयोग परियोजना मिलियन च्यालेन्ज कर्पोरेसनविरुद्धको आन्दोलनमा कठपुतली सरकारको प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको ठाडो आदेशमा प्रहरी दमन गरियो । प्रहरीको लाठीचार्जबाट नेपाल मजदुर किसान पार्टीका केही कार्यकर्ता घाइते हुनुका साथै एक जनालाई गम्भीर चोट लागेको हुँदा टिचिङ्ग अस्पतालमा उपचार भइरहेको खबर छ ।
काठमाडौँ रत्नपार्कबाट सुरु भएको शान्तिपूर्ण आन्दोलन ठमेल, सामाखुसी हुँदै टिचिङ्ग अस्पतालको पश्चिमतिरका गल्लीमा पुग्दा उक्त शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी हस्तक्षेप भयो । एमसीसीको विरुद्ध नारा लगाउँदै जाने क्रममा साम्राज्यवादी अमेरिकी सरकारको दलाल प्रहरीको लाठी मेरो टाउकोमा पनि बजारियो । त्यसलगत्तै काँधमा दोस्रोपटक लाठीले हिर्काइयो । अनि, एक पुलिसले तानेर पछाडि धकेलिदियो । नेमकिपाका थुप्रै कार्यकर्ताहरूलाई प्रहरीद्वारा दुव्र्यवहार गरियो । ठाउँ गल्ली र अलि साँघुरो तथा उकालो परको हुँदा हामीलाई अगाडि बढेर जाने सम्भावना कम भयो । प्रहरी अवरोध भए पनि हामी अगाडि बढेर जाने सिलसिलामा झडप हुन पुग्यो । जब हामी एमसीसीको विरुद्ध नारा लगाउँदै अगाडि बढ्दै थियौँ जनताले हामी आन्दोलनकारीहरूलाई चोकचोकमा हौसला दिँदै थिए । सर्वसाधारण जनताले पनि एमसीसी मुर्दावादको नारा लगाउँदै थिए । हामी काँक्राबारी, भक्तपुरका साथीहरू पे्रम तामाङ, जितबहादुर तामाङ, शङ्कर लामा र बुद्ध लामा पनि आन्दोलनमा नेक्रायुसङ्घको झन्डा फहराउँदै, नारा लगाउँदै अगाडि बढ्दै गयौँ । तर, नियोजित तरिकाले अचानक प्रहरी दमन भयो । आन्दोलन सकेर घर फर्किँदा नयाँ बानेश्वरमा समेत प्रहरी अवरोध भएकोे थियो । कार्यक्रम सकेपछि हामी घर फर्कियौँ । अमेरिकी साम्राज्यवादको योजनाअनुसार ल्याइएको एमसीसी सम्झौतालाई संसद्बाट पारित गर्ने दल र त्यसको समर्थन गर्ने व्यक्तिहरूविरुद्ध अझै थप सङ्घर्ष तथा विरोध गर्नु आवश्यक छ ।
Leave a Reply