सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
संरा अमेरिकाका मूलधारका सञ्चारमाध्यमले बारम्बार चीनलाई ‘बन्द’ देशको रूपमा चित्रण गर्ने गरेको छ । त्यसकारण, चीनमा अल्पसङ्ख्यक जनजातिमाथि अपमान र दमन हुने गरेको भनी प्रचार गर्छन् । गएको सेप्टेम्बर ९ को ‘द न्युयोर्क टाइम्स’ को विचार पृष्ठमा यस्तै आधारहीन आरोपलाई ठाउँ दिइएको छ । त्यसमा चीनले संसारबाट आफुलाई बन्द राखेको र अङ्ग्रेजी भाषालाई निषेध गरेको उल्लेख छ । चिनियाँ परिवारहरूले सामना गरिरहेको आर्थिक र सामाजिक तनाव हल गर्न शिक्षा प्रणालीमा गरिएको सुधारबाहेक लेखमा अरू कुनै पनि पुष्टि गर्न सकिने प्रमाण दिइएको छैन ।
लेखमा निजी शिक्षण र परीक्षण प्रक्रियामाथि कडा नियमन गर्ने चीनको निर्णयलाई बाँकी विश्वबाट आफूलाई अलग राख्ने चीनको प्रयासको रूपमा तर्क गरिएको छ । तर, सबैको लागि ‘साझा समृद्धि’ सुनिश्चित गर्ने चीनको केन्द्रीय सरकारले तोकेको लक्ष्य हासिल गर्न त्यो सुधारले खासमा लेखमा भनिएभन्दा ठीकविपरीत परिणाम दिएको छ । गत वर्ष चीनमा निरपेक्ष गरिबी उन्मूलन भयो । त्यसपछि तीव्रगतिमा विकास भइरहेको चिनियाँ समाजवादी अर्थतन्त्रको समृद्धिबाट लाभ उठाउन न्यून आय भएका नागरिकको लागि उपयुक्त वातावरण बनाउन चीनले प्राविधिक कम्पनी र शैक्षिक संस्थामाथि कडा नियमन गरेको हो ।
चीनबारे संरा अमेरिकाले उत्तेजनात्मक झूट प्रचार गर्दै आएको छ । जब कि संरा अमेरिका आफै भने आफ्नो देशको आर्थिक र सामाजिक स्वास्थ्य रक्षामा असफलता भोग्दै आएको छ । संरा अमेरिकी पुँजीवादी प्रणालीमा जातिवाद एउटा महत्वपूर्ण शक्ति बनेको छ जसले त्यहाँको नीति निर्माणमा प्रभुत्व जमाएका अल्पसङ्ख्यक मानिसको हित गर्न सबैको समृद्धिलाई अस्वीकार गर्छ । काला र आदिवासी जनतामाथिको अमानवीय दमनले उपनिवेशवाद र दास व्यवस्थाको वैचारिक आधारको काम गरेको छ । इतिहासदेखि संरा अमेरिकी विकासमा तिनैले वैचारिक आधारको काम गर्दै आएको छ । धेरै मानिस जातिवादलाई घृणाको अभिव्यक्तिको रूपमा स्वीकार्छन् । धेरै कम मानिस जातिवादलाई आर्थिक वितरणको समस्याको रूपमा लिन्छन् ।
चीनमा थप समतामूलक आर्थिक अवस्था बनाउन चीनले चाल्ने कुनै पनि कदम संरा अमेरिकी क्षेत्राधिकारबाट बाहिरको विषय हो । संरा अमेरिकी मूलधारका सञ्चारमाध्यमले चीनको सार्वभौमिकतालाई सधैँ अमेरिकी चासोको विषय बनाउने गर्छ । अमेरिकी सैनिक उद्योग र वाशिङ्टनको राजनीतिक नेतृत्वसँग त्यहाँका सञ्चारमाध्यमको गहिरो सम्बन्धको कारण त्यसो हुने गरेको हो । संरा अमेरिकाका प्रमुख सञ्चारमाध्यममा चीनबारे दिनहुँजस्तो नकारात्मक समाचार र विचार सम्प्रेषण गर्ने गरेका छन् ।
संरा अमेरिका नेतृत्वको नयाँ शीतयुद्धमा सञ्चारमाध्यमको गहिरो लगावको कारण चीनप्रति अमेरिकी जनमतलाई सघन प्रभाव पारेको छ । चीन नै कोभिड–१९ महामारीको लागि दोषी भएको भन्ने जातिवादी अतिरञ्जनालाई संरा अमेरिकी राजनीतिक नेतृत्व र मूलधारका सञ्चारमाध्यमले प्रोत्साहन गर्दा संरा अमेरिकाको विशाल हिस्सामा एसियाविरोधी जातिवाद थप जटिल समस्या बनेको छ ।
चीनले कोभिड–१९ महामारीविरुद्ध समन्वयात्मक र केन्द्रिकृत रोकथाम र नियन्त्रण प्रयासको प्रभावकारी कार्यान्वयनले असङ्ख्य जनताको जीवन जोगाउन सफल भएको छ । महामारीले विकास निर्माणसामु तेर्साएको समस्याको शिलशिलाबीच सकारात्मक आर्थिक वृद्धि हासिल गर्ने पहिलो प्रमुख अर्थतन्त्र चीन नै हो । विश्वव्यापी जनस्वास्थ्य सङ्कटकै बेलामा निरपेक्ष गरिबी उन्मूलनको लक्ष्य पूरा गर्न चीनले हासिल गरेको सफलताले साझा समृद्धिप्रति उसको प्रतिबद्धता वास्तविक भएको प्रस्ट पारेको छ ।
चीनबारे संरा अमेरिकाले उत्तेजनात्मक झूट प्रचार गर्दै आएको छ । जब कि संरा अमेरिका आफै भने आफ्नो देशको आर्थिक र सामाजिक स्वास्थ्य रक्षामा असफलता भोग्दै आएको छ । संरा अमेरिकी पुँजीवादी प्रणालीमा जातिवाद एउटा महत्वपूर्ण शक्ति बनेको छ जसले त्यहाँको नीति निर्माणमा प्रभुत्व जमाएका अल्पसङ्ख्यक मानिसको हित गर्न सबैको समृद्धिलाई अस्वीकार गर्छ । काला र आदिवासी जनतामाथिको अमानवीय दमनले उपनिवेशवाद र दास व्यवस्थाको वैचारिक आधारको काम गरेको छ । इतिहासदेखि संरा अमेरिकी विकासमा तिनैले वैचारिक आधारको काम गर्दै आएको छ । धेरै मानिस जातिवादलाई घृणाको अभिव्यक्तिको रूपमा स्वीकार्छन् । धेरै कम मानिस जातिवादलाई आर्थिक वितरणको समस्याको रूपमा लिन्छन् ।
काला अमेरिकी र आदिवासी जनताले आफ्नो भूमि र आम्दानीमा भएको ऐतिहासिक चोरीको क्षतिपूर्ति पाएका छन् । त्यसकारण, जातिवादले संरा अमेरिकामा बस्दै आएका काला र आदिबासी जनतामाथिको घातक तहको दमन जारी राखेको छ । काला अमेरिकीहरूको स्वामित्वमा रहेका सम्पत्ति अहिले शून्य दिशातिर उन्मुख छ । आदिवासी अमेरिकीहरू आज गोरा अमेरिकीहरूको तुलनामा तीन गुणाले गरिब छन् ।
मेक्सिकाली अमेरिकी समुदायको सन्दर्भमा पनि अवस्था उस्तै छ । उन्नाइसौँ शताब्दीमा मेक्सिकोको ठुलो भूभागलाई संरा अमेरिकालाई उपनिवेश बनायो । जसले धेरै मेक्सिकाली मजदुरहरूलाई न्यून ज्यालामा त्यहाँ बस्न बाध्य बनायो । एक जना गोरा अमेरिकाले एक दिनमा एक डलर कमाउने अवस्थामा एक जना मेक्सिकालीले ७५ सेन्टभन्दा कम आम्दानी गर्छ ।
जातिवादले आम्दानी र धनमा मात्र होइन, सबै स्रोतमा असमान वितरणको अवस्था निम्त्याउँछ । संरा अमेरिका संसारको सबभन्दा धनी देश हो । तर, उसले विश्वव्यापी महामारीको बेलामा निःशुल्क स्वास्थ्य सेवा पनि दिन सकेन । सम्पूर्ण समाजको हित गर्नुको सट्टा त्यहाँ सबै खालका लोककल्याणकारी सेवा एउटा मापन बन्दै आएको छ जसले ‘पाउनुपर्ने’ र ‘नपाउनुपर्ने’ गरिब जनताको निर्धारण हुने गरेको छ ।
यो व्यवस्थालाई हिंसाले धानेको छ । काला जातिका मानिस छरछिमेकमा हुँदा जातिवादी भयको अवस्था रहने भन्ने प्रचारबाजीले प्रहरी हिंसालाई जायज ठह¥याउने गरेको छ । साथै न्यून आयका मजदुरहरूलाई आफ्नो समुदायबाट पनि विस्थापित हुने अवस्था सिर्जना गर्छ । संरा अमेरिकाले सैनिक उद्योगमा खरबौँ खरब डलर खन्याइरहेको छ । त्यसले गर्दा देशभित्रका प्राथमिकता ओझेल परेका छन् भने विदेशी समाजलाई ध्वस्त बनाउन सहज बनाएको छ ।
संरा अमेरिकाको ‘मौलिक संस्था’ भनेको प्रजातन्त्र होइन, जातिवाद हो । जातिवादकै कारण कोभिड–१९ र अन्य जटिल समस्या समाधान गर्न केन्द्रिकृत काम गर्न संरा अमेरिकालाई अक्षम बनाएको छ । कसैको जीवनभन्दा अरूको जीवनलाई मूल्यवान ठान्ने प्रणालीले संरा अमेरिका र सिङ्गो विश्व दुवैको साझा समृद्धि हासिल गर्न अझ जटिल बनाएको हुन्छ । चीनको मामिलामा टाउको दुखाइरहनुभन्दा संरा अमेरिकाका प्रगतिशील शक्तिले जातिवादले निम्त्याएका अकल्पनीय अवस्था समाधानमा जोड दिनुपर्छ । थोरै धनी मानिसको हित गर्ने व्यवस्थाबाट अमेरिकी समाजलाई अलग बनाउनुपर्छ ।
(लेखक संरा अमेरिकाका स्वतन्त्र पत्रकार र अध्येता हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply