विकास निर्माणलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
- असार ७, २०८३
माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०७० सालको निर्वाचनमा आफ्ना कार्यकर्ताहरूसँग भनेका थिए, “साम, दाम, दण्ड, भेद जे गरेर पनि जित्नुपर्छ, पैसा बाँडेर भए पनि जित्नुपर्छ, हारे बर्बाद हुन्छ, कब्जा गरेर पनि जित्नुपर्छ, बाकसै बदलेर भए पनि जित्नुपर्छ ।”
दाहालले २०६४ सालको चुनाव अगाडि भनेका थिए, सहिद परिवारलाई १ लाख रुपैयाँको दरले राहत दिइन्छ, ६० करोड रुपैयाँ क्यान्टोन्मेन्टमा पठाइन्छ, यसमध्ये २० करोड रुपैयाँ हाम्रो (पार्टी) मा आउँछ, यो विद्रोहको तयारी हो ।”
उनले अगाडि भने, “पार्टीले सम्झौता गरेको होइन, ७–८ हजार लडाकूलाई हामीले ३५ हजार बनाएर क्यान्टोन्मेन्टमा राखेका छौँ । माओवादी सेना १० हजार नेपाली सेनामा समायोजन भयो भने नेपाली सेना माओवादीमय हुन्छ ।”
यही असोज ३ गते दाहालले भने– “जनतालाई जालझेल, ठगठाग गरेर पार्टी बिस्तारै–बिस्तारै एमालेकरण हुनथाल्यो । माओवादी भनेपछि सक्कियो, कसैकसैले हामीलाई ‘खाओवादी’ भन्छन् ।”
नेकाका एक नेता चक्रप्रसाद बास्तोलाले भनेका थिए, “माओवादी अण्डा कल्ले पा¥यो, थाहा भएन, अण्डाबाट चल्ला कोरल्ने काम भारतले ग¥यो ।”
सशस्त्र द्वन्द्वको बेला दाहाललगायत माओवादीका मुख्य नेताहरू भारत आश्रयमा बसेका थिए । दाहाल र बाबुराम भट्टराईले भारतीय प्राध्यापक एसडी मुनिमार्फत तत्कालीन भारतीय प्रम अटल विहारी वाजपेयीलाई ‘भारतको हानि नोक्सानी नगर्ने’ वाचा गरी पत्र पठाएका थिए । यसबारे मुनिले आफ्नो पुस्तिका ःबयष्कत क्ष्लकगचनभलकथ ष्ल ल्भउब िमा सरकारका अन्य पार्टीजस्तै ‘माओवादी पनि भारतको नजिक आउन चाहेको’ उल्लेख गरेका थिए । तत्कालीन भारतीय परराष्ट्रमन्त्री प्रणव मुखर्जीले सन् २००९ मा अल जजिरा टीभीमा बोलेका थिए, “बन्दुक उठाएका माओवादीलाई हामीले शान्ति प्रक्रियामा पठाएका थियौँ ।”
दाहाल र भट्टराईले माओवादी द्वन्द्व, शान्तिप्रक्रिया, संविधानसभा र सरकार गठनसम्म भारतको सहयोग भएको र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन भारतकै सहयोग आवश्यक भएको पटक–पटक दोहो¥याएका थिए ।
दाहालले असोज ३ गते केपी ओलीलाई भने, “झूट, बेइमानी, जालझेल, ठगठाग, भ्रष्टाचार, पद जसरी पनि प्राप्त गर्ने गुटैगुट, एमाले भनेको त्यही हो ।”
एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा ओली नेतृत्वको एमालेबारे यसरी उल्लेख गरे, “राष्ट्रिय पुँजीलाई हतोत्साहित गर्ने र विदेशी दलाल पुँजीलाई प्रोत्साहित गर्ने गरी कृषिमा वैदेशिक लगानी अगाडि सारियो । केपी ओलीको गुटबन्दी, स्वेच्छाचारी प्रवृत्ति, व्यक्तिवादी अहङ्कारवाद र दक्षिणपन्थी अवसरवादका विरुद्ध विद्रोह गर्नैपर्ने स्थिति उत्पन्न भयो । ओलीको दक्षिणपन्थी चिन्तन, सत्तालिप्सा र लोकतन्त्रविरोधी, स्वेच्छाचारी एवम् सर्वसत्तावादी चरित्र र गफाडी, अहङ्कारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो । जनताको आशामा तुषारापात भयो ।”
एमालेका अध्यक्ष केपी आलीले आफ्नो प्रतिवेदनमा माधवको एकीकृत समाजवादीबारे यसरी उल्लेख गरे– एमालेलाई जसरी पनि विभाजन गरिछाड्ने बृहत् योजनाकारमध्ये एउटा अङ्गको रूपमा घटित घटना हो । एमालेबाट केही व्यक्तिहरूको यो बहिर्गमन र तिनीहरूसँग अलग समूह गठनका पछाडि कुनै सैद्धान्तिक, राजनीतिक वा नीतिगत कारण, आधार र औचित्य छैन । प्रतिवेदनमा ओलीले ‘निवेदकले अनुकूल ठानेका न्यायाधीश राख्ने र प्रतिकूल ठानेका न्यायाधीश हटाएर इजलाश गठन गर्ने ‘सेटिङ’ को गलत र घातक अभ्यास सुरु भएको र निर्वाचन आयोगसमेत दल विभाजनमा सहयोगी बनेको उल्लेख गरे । केही दिन अगाडि झापा पुगेका एमाले अध्यक्ष ओलीले दाहाललाई ‘धोकेबाज’ भनेका थिए ।
एमाले र माओवादीको नाममा कम्युनिस्ट शब्द झुण्ड्याइएको छ तर, काम भाइकाङ्ग्रेसजस्तै छ । यथार्थमा एमाले र माओवादीको आरोप–प्रत्यारोप सैद्धान्तिक थिएन । यो आरोप–प्रत्यारोपमा अहिले माधव नेतृत्वको एकीकृत समाजवादी पनि थपिएको छ । नेका, एमाले, माओवादी, एकीकृत समाजवादी पार्टीका यी ‘नेताहरू’ कालापानीबाट भारतीय सेना फिर्ता गराउनेबारे एक शब्द बोलिरहेका छैनन् । बरु, शासक पार्टीहरू सबै एक भएर देशघाती एमसीसी सम्झौता पारित गर्ने जोखिम बढ्दो छ ।
Leave a Reply