भर्खरै :

‘जी–७’ को साँच्चै अन्त्य हुँदै छ ?

लियोनार्दो दा भिन्चीले कोरेको चित्रकलामा आधारित कथामा जिसस क्राइस्ट सम्मिलित अन्तिम भोजमा उनकै शिष्य जुडासले गरेको विश्वासघातबारे व्याख्या गरिएको चित्रकला हामी धेरैलाई याद होला । त्यही कथालाई जोडेर बेलायतमा केही महिनाअगाडि जी – ७ को बैठक हुँदै गर्दा चीनलाई दबाउन प्रयासरत ‘जी सेभेन’ भनेर चिनिने समूहका सदस्यहरूलाई चिनियाँ कलाकारको राजनीतिक व्यङ्ग्यले खिल्ली उडाएको ‘अन्तिम जी–७’ को शीर्षकमा प्रकाशित कार्टुन छिट्टै सत्य हुने छाँटकाँट पछिल्लो जी– ७ का प्रमुख राष्ट्रहरूको विवादले देखाएको छ ।
कार्टुन प्रकाशित भएको समयमा ‘अन्तिम जी–७’ शीर्षक अपत्यारिलो लाग्ने तर पछिल्लो घटनाक्रमले पत्याउनुपर्ने बनाइदिएको छ । हालैमात्र चीन लक्षित अमेरिका, बेलायत र अष्टे«लिया सम्मिलित अउकस (AUKUS) गुटबन्दीले आफ्नै मित्र फ्रान्समाथि कुठाराघात गरेको छ । अष्ट्रेलियाको ‘A’ , बेलायतको ‘UK’, र अमेरिकाको ‘US’ लाई जोडेर ‘AUKUS’ बनेको हो । फ्रान्स र अष्ट्रेलियाबीच परमाणु पण्डुबी निर्माणसम्बन्धी सम्झौता भएको थियो । तर, अमेरिकासँगको मिलेमतोमा अष्ट्रेलियाले उक्त सन्धि एकतर्फी खारेज गर्दा फ्रान्स रिसाएको हो । विवाद बढ्दै जाँदा फ्रान्सले अमेरिका र अष्ट्रेलियाबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको थियो । यसरी विश्वासघात गर्ने आफ्नै शिष्य जुदासले गर्दा यशुले क्रशमा टाङ्गिनु परेजस्तै जी– ७ का प्रमुख राष्ट्रहरूबीच नै एकआपसमा घात प्रतिघात गर्दै जाँदा यो कार्टुनमा भनेजस्तै ‘अन्तिम जी–७’ त हुने होइन भन्नेमा सबैको आशङ्का रहेको छ ।

‘अन्तिम जी ७’ को शीर्षकमा प्रकाशित कार्टुन


कार्टुनमा के थियो भन्नेबारेमा छोटो विश्लेषण यस आलेखमा गरिएको छ । चिनियाँ कार्टुनिस्टद्वारा कोरिएको ‘द लास्ट जी सेभेन’ को शीर्षक प्रसिद्ध क्रिश्चियन धार्मिक चित्र ‘द लास्ट सपर’ मा आधारित थियो । यो जी–७ शिखर सम्मेलनलाई अमेरिकाले चीनको विरुद्ध आफ्ना सहयोगीहरूलाई एक ठाउँमा ल्याउने प्रयासको रूपमा हेरिरहेको छ । चीनको Belt and Road Initiative आर्थिक अभियानलाई प्रतिवाद गर्ने तरिकाले Bring Back Better World, Bring Back Better Health  को नारा यो पटकको जी – ७ को सम्मेलनमा दिइएको थियो । यसपालि अष्ट्रेलिया र भारतलाई आमन्त्रित गरिएको कारण पनि चीनविरुद्धको गुटबन्दीलाई सुदृढ बनाउनको लागि थियो भन्ने थाहा हुन्छ ।
आफू क्रसमा टाँगिनुभन्दा पहिले यशु अन्तिम भोजमा आफ्ना चेलाहरूसँग सामेल भएका थिए  । अन्तिम भोजमा चित्रित गरिएजस्तै लेखकले क्रमशः अमेरिका, बेलायत, इटाली, क्यानाडा, जापान, जर्मनी, फ्रान्स, अष्ट्रेलिया र भारतको प्रतिनिधित्व गरिएका नौ जनावरहरू एक टेबलमा एक चिनियाँ नक्सा आकारको केकसँग बसेको एक जीवन्त तस्बिर चित्रित गरेका थिए ।

ब्वाँसोसँगै अकिता नामको कुकुर रहेको छ जसले जापानको प्रतिनिधित्व गर्दछ । जापानलाई अमेरिकाको इसारामा चल्ने कुकुरको रूपमा चित्रित गरिएको छ । अकिता कुकुर अरू जनावरहरूलाई रेडियोधर्मी दूषित पानीलाई जनाउने हरियो रङ्गको ‘पेय पदार्थ’ को सेवामा व्यस्त छ । फुकुशिमा परमाणु संयन्त्रबाट निस्केको रेडियोधर्मी दूषित पानीलाई प्रशान्त महासागरमा छोड्ने जापानको योजनालाई व्यङ्ग्य गरिएको छ ।

यी जनावरहरूको विभिन्न अनुहारको भाव र इसाराले प्रत्येक पक्ष चीनलाई दमन गर्ने र पश्चिमी आधिपत्यलाई कायम राख्ने साझा षड्यन्त्रहरू बुनिरहेको देखाउँछ । अमेरिकी झन्डासँग टोपी लगाएको, एउटा बुढो चील अन्तिम भोजमा यशुजस्तै भोजनको संयोजकको रूपमा देखिन्छ । बुढो चीलको अगाडि ट्वाइलेट पेपर प्रयोग गरेर नोट छाप्ने मेसिन राखिएको छ । यहाँ अमेरिकी डलरलाई ट्वाइलेट पेपरसँग तुलना गरिएको छ । यसको खुट्टामुनि फलामको हुक छ र टेबलमा हातको नजिकै रगत लतपतिएको कपासको दुई टुक्रा छ जसले “अमेरिकाको पुँजी सञ्चय जातीय उत्पीडनबाट बनेको थियो । बुढो चीलको छविले आजको आक्रामक तर कमजोर अमेरिका आफ्नो बढ्दो ऋण सङ्कट र जातीय द्वन्द्वमा फसेको देखाउँछ ।
बुढो चीलको देब्रेपट्टि बसेको खैरो ब्वाँसोले इटालीलाई जनाएको छ । इटालियन झन्डाको साथ टोपी लगाएको छ । चीनविरुद्ध कारबाही गर्ने अमेरिकी सुझावलाई ‘हुँदैन’ भनिरहेजस्तै ब्वाँसोले अन्तिम भोजमा यशुको शिष्य एन्ड्रयुको रूपमा आफ्नो हात हल्लाउँछ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सामेल हुने पहिलो युरोपेली देश र चीनलाई दबाउन अमेरिकासँग सहकार्य गर्न अनिच्छुक इटालीलाई खैरो ब्वाँसोको छविले देखाउँछ ।
ब्वाँसोसँगै अकिता नामको कुकुर रहेको छ जसले जापानको प्रतिनिधित्व गर्दछ । जापानलाई अमेरिकाको इसारामा चल्ने कुकुरको रूपमा चित्रित गरिएको छ । अकिता कुकुर अरू जनावरहरूलाई रेडियोधर्मी दूषित पानीलाई जनाउने हरियो रङ्गको ‘पेय पदार्थ’ को सेवामा व्यस्त छ । फुकुशिमा परमाणु संयन्त्रबाट निस्केको रेडियोधर्मी दूषित पानीलाई प्रशान्त महासागरमा छोड्ने जापानको योजनालाई व्यङ्ग्य गरिएको छ ।
कुकुरको छेउमा बसिरहेको कङ्गारुले आफ्नो देब्रे हातलाई अमेरिकामा छापिरहेको बैङ्कनोटतर्फ फैलाइरहेको छ, जबकि आफ्नो दाहिने हातमा एउटा झोला छ । कङ्गारु दोहोरो चरित्र देखाउने अष्ट्रेलियाको प्रतीकको रूपमा देखाइएको छ । अष्टे«लिया सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनबाट पैसा कमाएर अमेरिकालाई सहयोग गर्ने दोहोरो चरित्रको पात्रको रूपमा चित्रित गरिएको छ । हुन पनि अष्टे«लियाले फ्रान्ससँग यस्तै व्यवहार हालैमात्र देखाएको छ ।
बायाँ कुनामा रहेको कालो बाजले जर्मनीको प्रतिनिधित्व गर्दछ । दायाँ छेउमा मौनतामा देखिएको भाले कुखुराले फ्रान्सलाई प्रतिनिधित्व गर्छ । फ्रान्सको आफ्नै युरोपेली मुद्दाहरूमा अधिक रुचि देखिन्छ र अमेरिकाको प्रचारमा कमैमात्र उत्साह देखाउँछ ।
टेबलको दाहिनेपट्टि बुढो सिंहले एक समयको साम्राज्यवादी बेलायत अहिले शक्तिविहीन भएको चित्रित गरिएको छ । सिंहसँगै बसेको मुसाले क्यानाडाको प्रतिनिधित्व गर्दछ । दुवै अमेरिकाको नजिकको सहयोगी अङ्ग्रेजी भाषी मुलुक (Five eye) हुन् । क्यानाडालाई रातो कोट लगाएको र हातमा पुतली समातेको मुसाको छविमा चित्रित गरिएको छ । पुतलीलाई क्यानाडामा अमेरिकाको इसारामा अनुचितरूपमा नजरबन्दमा राखिएको हुवावेको मुख्य वित्तीय अधिकारी मेन वानझोउको प्रतिनिधित्व गर्दछ, जसलाई हालैमात्र रिहा गरिएको छ ।

लियोनार्दो दा भिन्चीद्वारा कोरिएको जिसस क्राइससम्बन्धी ‘अन्तिम भोज’ को विश्व प्रसिद्ध चित्रकला


टेबलको छेउतिर भारतको प्रतिनिधित्व गर्ने रोगी हात्ती रहेको छ । कार्टुनमा भारतलाई नराम्ररी आलोचना गरिएको छ । हात्तीले बस्नलाई मेच पनि पाएको छैन । उनलाई सलाइन पानी दिइएको छ र अर्कोतिर सिलिन्डरसँगै राखिएको छ । सलाइन पानीले भारतीयहरू अहिले पनि गंगा नदीको पानी र गौमुत्र सेवन गर्ने गरी चित्रत्रण गरिएको छ भने सिलिन्डरले कोरोना कालमा बिरामीले अक्सिजनसमेत नपाएर मृत्यु हुनुपरेको वास्तविकतालाई इङ्गित गरिएको छ ।
टेबलको तलतिर उफ्रिरहेको भ्यागुतोको हातमा नोट रहेको छ । सानो भ्यागुतोले सधैँ अमेरिकाको अधीनमा रहने ताइवानको प्रतिनिधित्व गरेको छ । टेबलसम्म पुगेर अमेरिकालाई पैसा दिनको लागि सकेसम्म उचाइमा उफ्रने कोसिस गरिरहेको छ ।
सीधा सीधा चीनलाई घेरा हाल्ने कोशिश गर्ने पश्चिमाको दुष्ट मनसायलाई स्पष्टरूपमा एउटा चित्रकलामार्फत व्याख्या गरिएको छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *