भर्खरै :

अन्नको कचौरा

चालू वर्षको सेप्टेम्बर २९ दोस्रो ‘अन्तर्राष्ट्रिय अन्नबाली क्षति र फाल्ने समस्याको प्रचारप्रसार दिवस’ हो । जलवायु परिवर्तन, कोरोना महामारीलगायतका कारण विभिन्न मुलुकमा अन्नबालीको निर्यातमा निषेध गरिएको छ । विश्वमा अन्नबालीको सुरक्षामा ठूलो र गम्भीर चुनौती देखापरेको छ । संयुक्त राष्ट्र सङ्घको ‘विश्व अन्नबाली सङ्कट प्रतिवेदन २०२१’ मा उल्लेख भएअनुसार गत वर्ष विश्वमा कम्तीमा १५.५ करोड जनसङख्यामा अन्नबाली सुरक्षाको समस्या देखापरेको छ, जुन बितेका ५ वर्षमा सबभन्दा बढी हो ।
अन्नबालीको क्षति र खेर जाने अवस्था विश्वव्यापीरूपमा पाइन्छ । संयुक्त राष्ट्र सङ्घीय अन्न तथा कृषि सङ्गठनको तथ्याङ्कबमोजिम, फसलदेखि खुद्रा बिक्रीसम्मको हरेक बिन्दुमा विश्वव्यापी अन्नबालीको क्षति दर १४ प्रतिशत पुगेको छ । यसबाहेक, खानपान र उपभोग क्षेत्रमा खाना बर्बाद हुने दर १७ प्रतिशत रहेको तथ्याङ्क छ । प्रतिवर्ष अन्नबालीको क्षति र खेर जाने प्रवृत्तिबाट ल्याइएको प्रत्यक्ष क्षतिमा संलग्न रकम ४ खर्ब अमेरिकी डलर पुग्छ ।
अन्नबालीको सुरक्षा सम्पूर्ण मानवजातिको अस्तित्वसँग सम्बन्धित छ । चिनियाँहरू अन्नबालीलाई महत्व दिन्छन् । १.४ अर्ब जनसङ्ख्या भएको ठूलो मुलुक चीनले अन्नबालीको बचत, क्षति न्यूनीकरण र खेरफाल्ने गतिविधिविरुद्ध सक्रियताका साथ लागिपरेको छ ।
अन्नबालीको बचत र क्षतिको न्यूनीकरणबाट नै हरित विकास हुन्छ । बितेका वर्षहरूमा चीनले उच्च गुणस्तरीय अन्नबाली परियोजनालाई लागू गर्दै अन्नबाली सुरक्षा परियोजना कार्यान्वयनमा निरन्तरता दिइरहेको छ । चीनमा अन्नबालीको भण्डारण प्रबन्धको निर्माणलाई बढाइएको छ र अन्नबालीको उत्पादनपछि सेवा केन्द्रको निर्माण गरिरहेको छ । तेह्रौँ राष्ट्रिय पञ्चवर्षीय योजनाको अवधिमा हरेक वर्ष अन्नबालीको उत्पादनपछिको चरणमा हुने क्षति जोगाइएकोले १.३ करोड टन बचाइएको छ । अन्नबाली शिखर सम्मेलनमा सहभागी संयुक्त राष्ट्र सङ्घीय विशेष दूत कारिबाटाले भने, “चीनले आफ्नो अन्नबाली भण्डारणको राम्रो व्यवस्थापन गरिरहेको छ । यसबाट चिनियाँहरूको अन्नबाली आपूर्तिको प्रत्याभूति दिइएको छ । विश्वमा अन्नबालीको सुरक्षाको लागि चीनले योगदान गरिरहेको छ ।”
अन्नबालीको बचत तथा क्षति न्युनीकरण एउटा प्रणालीबद्ध योजना हो । यसमा सबैको समर्थन छ । अन्न खेर फाल्ने प्रवृत्तिको प्रतिरोधमा चीनले देशभरि ‘सफा प्लेट’ आन्दोलन फैलाएको छ । ‘रेस्टुरेन्टमा बढी खाना अर्डर नगर्ने, क्यान्टिनमा बढी खाना नलिने र भान्साघरमा बढी खाना नपकाउने’ प्रस्ताव गरिएको छ । ‘बचत शिक्षा’ लाई स्कूल शिक्षा प्रणालीमा राखिएको छ । सन् २०२१ को अप्रिल महिनामा चीन सरकारले ‘खाद्यान्न खेर फाल्नेविरोधी कानुन’ पारित गरेको छ ।
विश्वमा सबभन्दा ठूलो विकासोन्मुख मुलुक चीनले विश्वव्यापी अन्नबाली तथा कृषि व्यवस्थापनमा सक्रियताका साथ भाग लिई विश्वका विभिन्न मुलुकसँग अन्नबाली बचत क्षेत्रमा सहकार्य गरिरहेको छ, विशेषगरी विकासोन्मुख मुलुकको अन्नबाली सुरक्षा प्रत्याभूति क्षमता बढाउने क्षेत्रमा । जसबाट अन्तर्राष्ट्रिय समाजबाट मान्यता पाएको छ ।
विश्वव्यापी अन्नबालीको गम्भीर सुरक्षा समस्या विश्वका मुलुकले हातमा हात मिलाएर समाधान गर्नुपर्ने समस्या हो । हामी अन्नबालीको बचत तथा क्षतिको न्यूनीकरणमा सहयोग गरौँ ।
स्रोतः सीआरआई

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *