कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
ललितपुर, १६ असोज । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टी स्थापनाको इतिहासबारे अवगत चर्चा गर्दै पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेलिनवाद र माओ त्सेतुङ विचारधारा रहेको बताउनुभयो ।
पार्टी कार्यकर्ताहरूले पार्टी अनुशासन र निर्देशनलाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिँदैै उहाँले कार्यकर्ताहरू सैद्धान्तिकरूपमा पोख्त हुनु जरूरी रहेकोले अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले राजनैतिक कार्यकर्ताहरूले कुन पार्टीले कुन वर्गको सेवा गरेको अध्ययन गर्नुपर्ने र जनतालाई नेमकिपा र अरू पार्टीबीचको भेदबारे स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले जनविरोधी काम गर्ने पार्टीको पक्षमा नलाग्न आग्रह गर्नुभयो ।
पार्टीका अर्का वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले देशको स्थिति र अन्तराष्ट्रिय परिस्थितिबारे जानकारीे गराउँदै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले नेपालमाथि गरिरहेको हस्तक्षेपको विरोधमा लाग्नुपर्ने बताउनुभयो ।
कर्मचारी समाजका अध्यक्ष गौतम लासिवाले ‘जनताको प्रजातन्त्र’ हुँदै समाजवाद र साम्यवाद पुग्नु पार्टीको लक्ष्य रहेको बताउनुभयो ।
ललितपुर जिल्लाका टीकाराम महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रज्वल महर्जन, नमन महर्जन,मन्दिरा महर्जन,सुवर्ण शाक्य,रवि ज्यापुलगायतले बोल्नुभएको थियो ।
भेलाले राजवीर डंगोलको अध्यक्षतामा १३ सदस्यीय नेमकिपा ललितपुर जिल्ला समिति गठन गरेको छ ।
Leave a Reply