यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
क्यामराले कविता कोर्ने रुसी फिल्मकार तारकोभ्स्कीले भनेका छन्– ठूलाबडाले केही कुरा अभिव्यक्त गर्न शब्द नभेटाए कलिला बालबालिकालाई सोध्नुपर्छ, तिनले सबथोक स्पष्ट पार्न सक्छन् । एमसीसी सम्झौताविरुद्ध काठमाडौँको एक कुनामा राजनीतिक सभाको तयारी चल्दै थियो । हरियो स्वेटर र खैरो पाइन्ट लगाएको एक बालकलाई मैले सोधेँ, “बाबु यति धेरै मान्छे किन आएको ? के हो यो ?” अति निर्दोष र मायालु स्वरमा उसले भन्यो, “होसियार ! होसियार हो ।” नजानेरै भने पनि उसको उत्तर घतलाग्दो थियो, गहिरो थियो ।
सङ्घर्षको मैदान नै सक्कली पाठशाला हो । रिङरोडको एक कुनामा राजनीतिक सभा थियो । पाँचसात सय देशभक्त प्रदर्शनकारीहरूको उपस्थिति थियो । सुस्ता अतिक्रमणदेखि महाकाली सन्धिविरुद्धको जुलुसमा लाठी खाएका मजदुर, किसान, पेशाकर्मी र युवा–विद्यार्थीहरू आएका थिए । घण्टौँ चलेको कार्यक्रममा दर्शकस्रोताको कमी भएन । सर्वसाधारणहरू बडो मनोयोगले सहभागी भए । जुलुस सुरु हुनुअघि दर्जनभर युवाहरू प्याडमा कर हटाउनुपर्ने मागसहितका प्लेकार्ड बोकेर सडकको किनारमा उभिएको हामीले देखेका थियौँ । त्यहाँ दुईचार ब्रान्डेड पत्रिकाका संवाददाताको उपस्थिति थियो । हाम्रो कार्यक्रमबारे भोलिपल्ट कुनै पनि ब्रान्डेड पत्रिकाले एक शब्द लेखेनन् । सस्तो प्याडको पक्षमा चलेको सेलिब्रिटी सङ्घर्षको उद्याम प्रचारबारे सबैलाई थाहा छ ।
सेलिब्रिटी आन्दोलनको अर्को बौद्धिक रूप अलि अघि पाटन दरबार क्षेत्रको मङ्गलबजारमा देखिएको थियो । विदेशबाट आउने पुस्तकहरूमा ‘कमाउनिस्ट’ सरकारले कर लगाएपछि काठमाडौँका बुद्धिजीवी र अग्र्यानिक कार्यकर्ताहरू सडकमा ओर्लेका थिए । सस्तो प्याडको नारालाई अहिले महिलामुक्तिसँग जोडेर सुललित डिस्कोर्स चलाइएको छ । त्यस्तै युगसँग हिँड्नबाट वञ्चित गरिएको पिर पुस्तकमाथिको करविरोधी पढाकु अभियन्ताहरूको थियो । यी बहसबारे टिप्पणीकारको मनमा मैलो छैन । खालि अलिकति गुनासो छ, केही प्रश्नहरू छन् । नेपालका जम्माजम्मी कति महिलाहरूको पहुँचमा प्याड पुगेको होला ? आफूले पढ्ने विदेशी पुस्तकहरूमा कर थोपरिँदा हप्तौँ कार्यक्रम गर्ने अग्र्यानिक कार्यकर्ताहरूको चित्त कर्णालीमा पाठ्यपुस्तक नपुग्दा किन नदुखेको होला ? नेपाल सरकारले नै प्याड उत्पादन गरेर देशका सम्पूर्ण चेलीबेटीलाई प्याड दिलाउनुपर्ने नारा किन नघन्केको होला ? कर्णालीमा पाठ्यपुस्तक नपुग्दा किन हप्तौँ आन्दोलन नचलेको होला ? डिस्कोर्समा यी विषय किन नपरेको होला ?
टिप्पणीकार षड्यन्त्र सिद्धान्तहरूको पछि लाग्ने गरेको त छैन, तैपनि कहिलेकाहीँ शङ्का लाग्छ, एमसीसीजस्तो मुख्य मुद्दा पाखा लगाउन सेलिब्रिटीहरू चलायमान भएका त होइनन् ¤ हाम्रो देशका एक यस्तै सेलिब्रिटी पत्रकारले ‘चीनलाई चिनाउने’ जमर्को गरेछन्, आफ्नो पत्रिकाको पछिल्लो अङ्कमा । चीन, तिब्बत र नेपालको सम्बन्धबारे काठमाडौँको ‘छलफलखाना’ मा भारतका प्रथम गुप्तचर प्रमुख बीएन मल्लिकको पुस्तक ‘बिट्रेयल अफ चाइना’ को मर्म नसमातिएकोमा उनलाई पर्नु पिर परेको बुझियो । भारतका विस्तारवादी भाइसरोय लर्ड कर्जन र तिनका सेवक फ्रान्सिस यङहजबेन्डले लेखाएको तिब्बतको इतिहास उनले राम्रै रटेको देखियो । उनले आफूलाई खुसी पार्ने नेपाली पत्रकार र बुद्धिजीवीहरू पनि जुटाउन भ्याएछन् । बेलायतको पाउमा पसारिने राणाहरूको बक्सिसले मौलाएका पुर्खाको विरासत उनले अझै थामेको प्रष्ट छ । प्रजग कोरियाली दुतावासको कबाड कहाँ जान्छ भनेर हिसाब राख्ने विद्वान पत्रकारले एमसीसीमा राम्रै कमाएको अनुमान हुन्छ । नत्र देशलाई साम्राज्यवादी ब्वाँसाहरूको तखतमा राख्ने एमसीसी उनलाई प्यारो हुँदैनथ्यो । कुनै बेला नेपालमा ‘विकास र वातावरण !’ को नाउँमा यिनले अङ्ग्रेजी पत्रिका निकाल्ने गरेका थिए ।
‘विकास’ नेपालमा अमेरिकाले रोपेको विषवृक्ष साबित भएको छ । नेपालका नयाँ पुराना शासकहरूलाई विदेशी सहयोगको नाउँमा पश्चिमा सहयोग आउँछ । त्यो पैसा विकासका एलिट ठेकेदारहरूले काठमाडौँमै हजम गर्छन् । त्यसको झन्डै ८० प्रतिशत रकम विदेशी विज्ञहरूले आफ्नै देश फर्काउँछन् । एलिट वर्गले पाउने रकम पनि छोराछोरी विदेश पठाउँदा, पढाउँदा र बढाउँदा उतै जान्छ । विकासको नाउँमा धनीमानीहरूले देशको प्राकृतिक स्रोतसाधन हसुर्छन् । किसानहरूको प्राकृतिक कृषि प्रणाली बिथोलिन्छ । वैज्ञानिक कृषिको नाउँमा नेपाली पर्यावरणीय सन्तुलन धर्मराउँछ । केही सीप नचलेपछि गाउँलेहरू घरखेत बन्धकी राखेर विदेशिनुपर्ने हुन्छ । ऋण दिनेमात्र होइन, विदेश पठाउने म्यानपावर कम्पनीका मालिक पनि हिजोकै शोषक, सामन्त र तिनका आसेपासे हुन्छन् । फर्किँदा धेरैको घरखेत साहुको भइसकेको हुन्छ । अर्कोतिर पश्चिमा साम्राज्यवादीहरूकै नाफाको भोकले निम्त्याएको जलवायु परिवर्तनले गर्दा हाम्रा कुनाकन्दराका गाउँहरू उजाडिएका छन् । यसमा डोजर आतङ्कको कुरा थपिएपछि के चाहियो ! गाउँहरू सहरमा शरण लिँदै छन् । हाम्रा सेलिब्रिटी अभियन्ताहरू कम्तीमा ग्रेटा थुनबर्गजत्तिको साम्राज्यवादविरोधी बन्नुपर्ने होइन र ? खोइ, कहिले फिर्ने हो हाम्रा बुद्धिजीवीहरूको बुद्धि !
नेपालमा ‘विकास’ ले विदेशी दलाल र लोभी विभीषणहरू तयार गरेको छ । मिहिनेत मजदुरी गर्ने वर्गका जनतालाई उठिबास लगाएको छ । धनीमानीलाई सपिङमल धाउन भ्याइनभ्याई छ भने गरिबहरूलाई दुई छाक जुटाउन र एउटा छाप्रो हाल्न हम्मेहम्मे छ । हुनेखानेहरू पश्चिमा जीवनशैलीका अगस्ती ‘उपभोक्ता’ बन्न ‘सफल’ भएका छन् भने गरिबलाई त्यही जीवनशैलीको सपना बाँडिदै छ । खासमा तराई, पहाड र हिमालका श्रमजीवी जनता ‘विकास’ को नाउँमा आफ्नो स्वत्वबाट वञ्चित हुँदै छन् । पश्चिमा पैसा आउन थालेको ७० वर्ष नाघिसक्दा पनि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको हक कागजको खोस्टामा सीमित छ । धनीमानीहरू गरिबको कङ्गाली देखाएर विदेशीसँग सहयोगको भिख माग्छन्, ‘सफल’ हुन्छन् । तर, गरिबहरू ‘विकासपीडित’ भइरहन्छन् ।
एमसीसीको ५० करोड अमेरिकी डलरको लोभ देखाउन विदेशीमात्र नभई तिनका नेपाली आउरेबाउरेहरू उचालिएको बेला विदेशी लगानी र ‘विकास’ को नाउँमा नेपालले कटाएको समकालीन इतिहास केलाउन आवश्यक छ । पानी नै पानी भएको देशका जनता किन प्यासी छन्, किन अन्धकारमा बसेका छन् ? तराईको विस्तृत र उर्बर मैदान हुँदाहुँदै पनि नेपाली जनता किन भोका र अर्धभोका छन् ? यति धेरै वनजङ्गल र जडिबुटी हुँदाहुँदै पनि नेपालका बहुसङ्ख्यक जनता किन औषधि नपाएर मर्छन् ? संसारले ज्ञानविज्ञानमा ठूलो फड्को मारिसक्दा पनि नेपाली जनता किन ‘अज्ञानी’ छन् ? ‘ज्ञानीहरू’ किन नेपाललाई हेय ठान्छन् र गोरो छालाको सेवा गर्न विदेश जान्छन् ? भारतीय र अन्य विदेशीहरू आएर नेपालबाट अर्बौँ पैसा कमाएर जाँदा बेरोजगार नेपालीहरू कामको खोजीमा युरोप, अमेरिका, अष्ट्रेलिया, खाडी र भारततिर भौतारिन्छन् । यथार्थ त के हो भने वर्तमान नेपाल ‘विकास’ को नाउँमा चलाइएको क्रूर र यातनाकारी राज्य हो । आफ्नै जमिन जोत्न नदिनु, आफ्नै वनको जडिबुटी खान नदिनु, आफ्नै झरनाको पानी पिउन नदिनु, पढेलेखेका युवाहरूलाई ज्ञानको ज्योति छर्न नदिनुमा दोष विदेशी पुँजीपतिहरूको मात्र छैन, तिनका नेपाली दलालहरूको पनि छ, नयाँ पुराना शोषकहरूको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन यही आतङ्कराज उल्ट्याउन जन्मेको थियो । यसमा अनेक विश्वासघात भए । तथापि नेपाल मजदुर किसान पार्टी अझै पनि सो सङ्घर्षमा कटिबद्ध छ । जगैदेखि परिवर्तन आवश्यक छ । माक्र्सले भन्नुभएझैँ सबै बन्धन नचुँडाली कुनै पनि बन्धन सही अर्थमा चुँड्नेछैन । सडक र संसदमा एमसीसीको विरोधमा एक्लो नेमकिपा हाबी भएको सत्य लुकाएर लुक्दैन । तैपनि यो देशमा वाक् स्वतन्त्रताको डिङ हाँकेर विदेशी पैसा झार्ने दलाल तमासेहरूले नेमकिपालाई ‘मौनताले मार्ने’ रणनीति लिएको देखिन्छ । उनीहरू हाम्रो विषयमा बोल्दैनन् । जनताले खोजीनीती गर्लान् भनेर गाली पनि गर्दैनन् । जनताको राजनीतिक चेतना उठाउन र तिनलाई सङ्गठित गर्न हामीले बलबुत्ताले भ्याएको गरेका छौँ । यसमा देशभक्तहरूको मौनता किन ? मित्रहरूको मौनता शत्रुको गालीभन्दा घातक हुन्छ ।
माक्र्सवादी दार्शनिक स्लाभोज जिजेकले कतै लेखेका छन् – स्पार्टाकसको युगदेखि आजसम्म न्यायपूर्ण आवाजहरू दबाइँदै आएको छ, तर ती आवाज विजयी हुन्थे भने आज संसारको यो दुर्गति हुन्नथ्यो । हामीले स्वीकार्नैपर्छ – नेपाल आर्थिक र राजनीतिकरूपमा भारतीय र अमेरिकी दलालहरूको हातमा छ । एमसीसीको नाउँमा देशलाई साम्राज्यवादीहरूको हातमा सुम्पँदा नेपाल, नेपाली र समस्त एसियालीहरू आहत हुनेछन् । यस्तो सङ्गीन घडीमा देशभक्त नेपालीहरूको समग्र सङ्घर्ष एमसीसी, त्यसका विदेशी मालिक र तिनका स्वदेशी दलालहरूविरुद्ध लक्षित हुनुपर्छ, विदेशी सहयोगको ७० वर्षे घिनलाग्दो रजगजविरुद्ध केन्द्रित हुनुपर्छ । नत्र, हाम्रा भावी सन्तानले अफगानी जनताले जस्तै जिजेककै भनाई दोहो¥याइरहेका हुनेछन् । नेमकिपाले अहिले देशैभरि सङ्घर्षको यही सन्देश छरिरहेको छ – होसियार, होसियार ! कुरा नचपाऔँ ! मुख नलुकाऔँ ! एमसीसीविरुद्ध डटेर लडौँ !
Leave a Reply