भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिका नगर शिक्षा शाखाको आयोजनामा भएको ४५१ औँ स्काउट बीटीसी र ३३६ औँ स्काउट पीटीसी तालिमको समापन कार्यक्रम ख्वप इन्जिनियरिङ कलेजको सभाहलमा सोमबार भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले स्काउट साहसिक तालिम भएको उल्लेख गर्दै स्काउटरहरूमा समाजसेवी भावना तथा सामाजिक गतिविधिहरूमा स्वयम्सेवकको रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा स्काउटलाई समावेश गरी नगरभित्रका ९२ वटै विद्यालयमा पठनपाठन गरिरहेको जानकारी दिँदै उहाँले समाजलाई सांस्कृतिक र राजनैतिक रूपमा अगाडि बढाउन स्काउटको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।
उहाँले प्रत्येक विद्यालयमा स्काउट तालिम सञ्चालन गर्दै समाजलाई बुद्धिजीवीकरण गर्न आवश्यक पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई शिक्षित, सुसंस्कृत, सभ्य, सुरक्षित र अनुशासित बनाउन स्काउटरहरूले खेल्नुपर्ने भूमिकाबारे प्रस्ट पार्दै स्काउटले जीवनोपयोगी शिक्षा दिने चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाको न्यायिक समितिमार्पmत भइरहेको गतिविधिबारे प्रस्ट्याउँदै उहाँले आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले स्काउटको मुख्य उद्देश्य जनताको सेवा हुनुपर्ने बताउँदै हरेक स्काउटरले समाजमा भइरहेको बेथितिविरूद्ध लाग्नुपर्ने जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले स्काउटले विगतमा विपद् व्यवस्थापन र सांस्कृतिक क्षेत्रमा गर्दै आएको कार्य सराहनीय भएको उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नेपाल स्काउटका पूर्वराष्ट्रिय सचिव रामगोपाल कर्माचार्य र नेपाल स्काउट नगर तदर्थ समितिका संयोजक कृष्णसुन्दर प्रजापतिले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले ४५१ औँ स्काउट बीटीसी र ३३६ औँ स्काउट पीटीसी तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply