भर्खरै :

जुलुसमाथि गाडी चलाउँदा चार किसानको हत्या

लखनउ, ४ अक्टोबर । कृषिमा उदारीकरणको विरोधमा भारतका किसानहरूले आन्दोलन सघन बनाउने भएका छन् । उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लामा आइतबार किसानहरूको प्रदर्शनमाथि प्रहरीले दमन गर्दा नौ जना किसानहरूको हत्या भएपछि आन्दोलनले आगामी दिन अझ उग्र लिने अपेक्षा गरिएको छ ।
आइतबार मारिएका किसानहरूका परिवारलाई प्रतिपरिवार ६० हजार ५ सय भारु क्षतिपूर्ति दिने घोषणा गरे पनि किसानहरूले कृषि कानुनविरुद्ध प्रदर्शनलाई अझ अघि बढाउने घोषणा गरेका छन् । आइतबारको हत्या काण्डबारे अनुसन्धान गर्न उच्च अदालतका एक जना अवकाश प्राप्त न्यायाधीशको अध्यक्षतामा अनुसन्धान आयोग बनाएको छ ।
“सोझा किसानहरूको अवस्थाबारे संसारलाई जानकारी दिन हामी उत्तर प्रदेश र भारतका अन्य भूभागमा पनि किसान आन्दोलनलाई सघन बनाउनेछौँ”, भारतीय किसान सङ्घका नेता धर्मेन्द्र मलिकलाई भने ।
“सरकारले भारतीय किसानहरूको दस महिना लामो आन्दोलनलाई बेवास्ता गरेको छ । तर, हामी शान्तिपूर्ण तरिकाबाट सङ्घर्ष जारी राख्नेछौँ”, उनले भने ।
किसानहरूको प्रदर्शनमा भारतका सङ्घीय गृह राज्यमन्त्री अजेय मिश्रको छोराले गाडी हुइँकाएपछि चार जना किसानहरू मारिएको किसान नेता र सरकारी अधिकारीहरूले बताएका छन् ।
किसानहरूले किसानहरूको निर्मम हत्याको निम्ति गृह राज्यमन्त्री र उनका छोरा दोषी भएकोले मन्त्री मिश्रले तत्काल पदबाट राजीनामा दिनुपर्ने र छोरालाई कानुनी कारबाही हुुनुपर्ने माग गरेका छन् ।
किसानको हत्याका लागि दोषीको रक्षा गर्दै गृहराज्य मन्त्रीहरूले उल्टै आन्दोलनरत किसानहरूले गाडीका चालक र भारतीय जनता पार्टीका तीन जना कार्यकर्तालाई कुटेर मारेको आरोप लगाएका छन् ।
घटनाको अनुसन्धानको क्रममा प्रहरीले मन्त्रीका छोरासहित चौध जना मानिसविरुद्ध प्रहरीले फौजदारी मुद्दा दायर गरेको छ ।
भाजपाले पनि आफ्ना तीन सदस्य र चालकको हत्याको आरोपमा आन्दोलनरत किसानहरूविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ ।
भारतको सङ्घीय सरकारले गत वर्षको सेप्टेम्बरमा संसद्बाट पारित कृषि कानुनहरू भारतका किसानहरूको हितमा नरहेको भन्दै खारेजीको माग गर्दै लगातार आन्दोलन गरिरहेका छन् । गत सातामात्र आन्दोलन थालनी भएको एक वर्षको पुगेको अवसर पारेर राजधानी नयाँ दिल्ली नजिकै विशाल प्रदर्शन गरेका थिए । किसानहरूले किसानविरोधी कानुनलाई कालो कानुनको संज्ञा दिँदै आएका छन् । किसानहरूले ती कानुन व्यवहार आए कृषि उत्पादनको मूल्यमा सुनिश्चितता अन्त्य किसानको आम्दानी घट्ने र आफ्नो फसल सस्तो मोलमा व्यापारीलाई बेच्नुपर्ने बताएका छन् ।
किसान आन्दोलनको क्रममा जनवरी महिनामा एक जना प्रदर्शनकारी मारिएका थिए भने हजारौँ प्रदर्शनकारीहरू घाइते भएका छन् ।
भारतका हजारौँ किसानहरूले नयाँ दिल्ली वरपर लगातार दस महिनादेखि धर्ना दिएर काला कानुनको खारेजीको माग गर्दै आएका छन् । आन्दोलनको विषयमा सरकार र किसानहरूबीच भएको चरणबद्ध वार्ता सफल हुनसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *