भर्खरै :

मध्यपुरमा ८० प्रतिशत नागरिक करको दायराबाहिर

भक्तपुर, २८ असार । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले नगर क्षेत्रको समग्र विकासका लागि जारी नगरपरिषद्ले उचित नीति तथा कार्यक्रमका साथै योजना तर्जुमा र बजेट विनियोजन गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले मध्यपुरथिमि क्षेत्रको खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटन विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
उहाँले मध्यपुरथिमी नगरपालिका क्षेत्रमा अहिलेसम्म २० प्रतिशत नागरिक मात्रै करको दायरामा आएको जानकारी दिनुभयो । यस नगरमा अझै ८० प्रतिशत नागरिक करको दायरामा आउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *